पोखराको फिस्टेल एकेडेमीमा फिस्टेल मोडल युनाइटेड नेसन्स सुरुवात

-


     पोखरा क्लिक     
     भाद्र ५ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरास्थित फिस्टेल एकेडेमी ९आईबी वल्र्ड स्कुल० मा फिस्टेल मोडल युनाइटेड नेसन्स सुरु भएको छ । तीन दिन सम्म फिस्टेल एकेडेमीमा आयोजना हुने उक्त कार्यक्रमको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले उद्घाटन गरे ।

सो अवसरमा वोल्दै प्रमुख जिल्ला अधिकारी गुरुङले विद्यालयले आयोजना गरेको फिस्टेल मोडल युनाइटेड नेसन्स कार्यक्रमले विद्यार्थीहरुलाई सिकाईप्रति थप जिम्मेवार बनाउने बताए । वर्तमान समयका विद्यार्थीहरुले एक्काइसौं शताब्दीका चुनौतीबाट बुझेर तिनको समाधानमा अग्रसर हुनुपर्नेमा उनको जोड रहेको थियो । आगामी आइतबार सम्म सञ्चालन हुने उक्त कार्यक्रममा पोखरा र पोखरा बाहिरका तीन दर्जन विद्यालयका ८ सय बढी विद्यार्थीहरुको सहभागीता रहेको छ । विद्यार्थीहरूलाई संयुक्त राष्ट्रसङ्घ अन्तर्गतका विभिन्न २४ वटा समूह ९कमिटी० हरूमा विभाजन गरी कार्यशाला सञ्चालन गरिएको छ । समावेश गरिएका प्रमुख कमिटीहरूमा विश्व स्वास्थ्य संगठन अन्तराष्ट्रिय श्रम संगठन संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम हेका छन ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले १ सय ८० देशका प्रतिनिधि ९डेलिगेट्स० बनेर विश्वव्यापी रूपमा देखिएका समस्या र तिनको समाधानका लागि संयुक्त राष्ट्रसङ्घले गर्ने पहलका विषयमा सघन छलफल गर्नेछन् । यस अभ्यासबाट विद्यार्थीहरूमा अनुसन्धानात्मक तथा सिर्जनात्मक सीपको विकास हुनुका साथै तार्किक तथा कूटनीतिक चासोका बारेमा समेत व्यावहारिक ज्ञान प्राप्त हुनेछ । कार्यक्रमको उद्घाटन शत्रमा विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाटले स्वागत मन्तव्य राख्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई सिकाइ प्रक्रियामा थप सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा यूएनडीपीका गण्डकी लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्याल, प्याब्सनका केन्द्रीय सल्लाहकार वीरबहादुर बुढाथोकी, प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम , अष्टे«लियन क्याथोलिक युनिभर्सितीका प्रतिनिधिहरु लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कक्षा ११ की छात्रा स्नेहा खड्काले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न आकर्षक सांस्कृतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्तिम दिन आइतबार विद्यार्थीहरूले आ–आफ्ना अवधारणाहरू र छलफलका निष्कर्षहरू प्रस्तुत गर्नेछन् । यसका लागि सम्बन्धित विषयक्षेत्रका विज्ञहरूले विद्यार्थीहरूलाई आवश्यक सहजीकरण तथा मार्गदर्शन गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।