राजनीति

जिल्ला समन्वय समिति कास्कीको ५३ औ बैठक

पोखरा,३० असोज, जिल्ला समन्वय समिति कास्कीले चाडपर्बको समयमा बजार अनुगमन र यातायात संचालनको क्षेत्रलाई प्रभाबकारी बनाउन कास्कीको प्रशासन सहित स्थानीय तहहरूलाई आग्रह गरेको छ । समितिको शुक्रबार सम्पन्न ५३ औ बैठकले निर्णय गरे मुताबिक सो आग्रह गरेको हो । बैठकले कास्की जिल्लाका यातायात व्यवसायीहरुले क्षमता भन्दा बढी यात्रु बोक्ने, बढी भाडा लिने गरेको गुनासो आएकोले सो हुन नदिन अनुगमनकारी निकाय थप सक्रिय बन्न अनुरोध गरेको प्रमुख लिलाधर पौडेलले बताउनुभयो ।प्रमुख पौडेलका अनुसार चाडपर्व समयमा मूल्यबृद्धी बढ्दै गएको, मिसावट बढ्दै व्यापक… पुरा पढौ

पोखरामा दशैंको अवसरमा १० किलोमिटर खुला सडक दौड प्रतियोगिता हुने

दीननाथ बराल, पोखरा, असोज २९, स्वस्थ जीवनशैली र नियमित शारीरिक व्यायामको महत्वबारे सन्देश प्रवाह गर्ने उद्देश्यले पोखरामा १० किलोमिटर खुला सडक दौड प्रतियोगिता आयोजना हुने भएको छ । जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजना तथा एनवाईसी रत्नचोकको सहआयोजनामा हुने प्रतियोगितामा हालसम्म ४५० जना महिला तथा पुरुष धावकले नाम दर्ता गराइसकेको आज क्याम्पसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । दशैंको अवसर पारेर आयोजना गर्न लागिएको प्रतियोगिताले नियमित शारीरिक व्यायामलाई दैनिक जीवनको हिस्सा बनाउन प्रेरित गर्ने क्याम्पस प्रमुख कृष्णबाबु बरालले बताउनु… पुरा पढौ

निर्माणाधीन सेती नदी र फिर्के खोला पुलको सांसद पौडेलद्धारा स्थलगत अनुगमन, निर्माण प्रगतिबारे जानकारी

पोखरा, कास्की निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उत्तमप्रसाद पौडेलको उपस्थितिमा पोखराका दुई निर्माणाधीन पुलको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ । पृथ्वीचोकस्थित सेती नदीमाथि निर्माणाधीन पुल तथा पोखरा महानगरपालिका वडा नं ४ र ५ लाई जोड्ने फिर्के खोला पुलको निर्माणस्थलमा पुगेर सांसद पौडेलले अनुगमन गर्नु भएको हो । अनुगमनका क्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सम्बन्धित आयोजना सञ्चालन गर्ने निकायका प्रतिनिधि तथा कार्यालय प्रमुखहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। निरीक्षणका क्रममा प्रतिनिधिसभा… पुरा पढौ

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको ज्यान गयो

पोखरा, पोखरामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री र मोटरसाइकल चालकसहित दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१७ स्थित बालोदय चोकमा सिद्धार्थ राजमार्गअन्तर्गत बिहीबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक १९ वर्षीय सफलकुमार श्रेष्ठ र पैदलयात्री ४५ वर्षीय कृष्ण कुमालको ज्यान गएको प्रहरीले जनाए । प्रहरीका अनुसार बिहीबार बिहान करिब ७ बजे विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका कुमाललाई ठक्कर दिएको थियो। पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको मोटरसाइकल सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको… पुरा पढौ

पोखरा–२५ हेमजामा प्राइम कमर्सियल बैंकको एटीएम सेवा सञ्चालनमा

हेमजा, २८ पोखरा, नेपालीहरूको महान् चाड बडादसैँ २०८३ को अवसरमा ग्राहकलाई सहज र छिटो बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले प्राइम कमर्सियल बैंक लिमिटेडको पोखराको हेमजा शाखामा एटीएम सेवा सञ्चालनमा आएको छ। पोखरा महानगरपालिका–२५, हेमजाको मिलनचोकस्थित बैंकको शाखामा आज (बुधबार) देखि एटीएम मेसिन पूर्ण रूपमा सञ्चालनमा ल्याइएको शाखा प्रमुख लेखनाथ आचार्यले जानकारी दिनुभयो। नेपालीहरूको महान् चाडपर्वलाई लक्षित गर्दै ग्राहकको सुविधालाई मध्यनजर गरी एटीएम सेवा सञ्चालनमा ल्याइएको आचार्यले बताउनुभयो। उहाँका अनुसार यस सेवाबाट हेमजा तथा आसपास क्षेत्रमा रहेका ग्राहकहरू लाभान्वित हुनेछन्। एटीएम… पुरा पढौ

फेवाताल संरक्षणमा सरकारलाई खबरदारी, संरक्षण नहुँदा पोखराको पर्यटन र जलारी समुदायको जीविको पार्जन संकटमा पर्ने चिन्ता (भिडियो सहित)

दीननाथ बराल, पोखरा, २७ असोज, फेवातालको संरक्षणमा प्रभावकारी कदम नचालिए पोखराको पर्यटन, पर्यावरण र तालमा आश्रित जलारी समुदायको जीविकोपार्जन समेत संकटमा पर्न सक्ने सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । तालमा बढ्दो प्रदूषण, वर्षायाममा बगेर आउने गेग्रान तथा ढुङ्गा, गिटी र बालुवाको थुप्रो नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्ने उहाँहरुको माग छ । https://www.youtube.com/watch?v=6K7_eRli3ss&t=5s फेवाताल संरक्षण एवं सौन्दर्यीकरणमा सामाजिक अभियन्ताहरूको भूमिका विषयक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी वक्ताहरूले तालको संरक्षणलाई साझा दायित्वका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका हुन् । नागरिक समाज… पुरा पढौ

सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव सङ्कलन

पोखरा, असोज २७, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्यहरूले पोखरामा सुझाव सङ्कलन गरेका छन् । प्रतिष्ठानका प्राज्ञसभा सदस्य विनोद बानिया, दीपक पराजुली र परिवर्तनको अगुवाइमा भएको कार्यक्रममा पोखरामा क्रियाशील गीत, सङ्गीत, नाटक र संस्कृतिसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूले प्रज्ञा प्रतिष्ठानहरूले आफ्ना गतिविधिमार्फत परिवर्तनको सङ्केत दिनुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा प्राज्ञसभा सदस्य गायक विनोद बानियाँले आगामी प्राज्ञसभामा सम्बन्धित विषयविज्ञहरूको सुझाव लिएर नीति निर्माणका लागि सुझाव दिने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको जानकारी दिए । उनले आवश्यकता र नीतिको संयोजन गरी… पुरा पढौ

गण्डकीमा बजेटको लैंगिक दायरा साँघुरिँदै

पोखरा, २७ असोज, गण्डकी प्रदेशमा लैंगिक उत्तरदायी बजेटको प्रभावकारिता प्रत्येक वर्ष घट्दै गएको छ । प्रदेश सरकारले ल्याउने नीति, योजना र सार्वजनिक खर्चमा लैंगिक समावेशी बजेटको प्रत्यक्ष लाभको अनुपात सुरुवाती वर्षहरूको दाँजोमा आधाभन्दा बढीले तल झरेको छ । यस विषयले सार्वजनिक रूपमा नै गम्भीर प्रश्न जन्माएको छ । संसदीय पत्रकार मञ्च गण्डकीले युएनडिपी संसद सहयोग परियोजनाको सहकार्यमा मंगलबार पोखरामा गरेको सार्वजनिक सुनुवाइमा बजेटको वर्तमान अवस्था, संसद्भित्र सांसदहरूबीच हुने गरेको विभेद र कार्यान्वयनका चुनौतीहरूमाथि गहन समीक्षा गरिएको छ । कार्यक्रममा पोखरा… पुरा पढौ

फ्लाई दुबईले एक वर्षको टिकट बुकिङ खुलायो, पोखरा–दुबई उडान नियमित हुने आशा

पोखरा, पोखरा र गण्डकी प्रदेशवासीका लागि खुसीको खबर छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा सिधा उडान सञ्चालन गरिरहेको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मको टिकट बुकिङ खुला गरेको छ । कम्पनीले झन्डै एक वर्षअघिसम्मको बुकिङ खुलाएसँगै पोखरा–दुबई उडान नियमित रूपमा सञ्चालन हुने आशा थप बलियो बनेको छ । यसले पोखराका पर्यटन व्यवसायीमा समेत उत्साह थपेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत सेप्टेम्बर २३ देखि फ्लाई दुबईले उडान सञ्चालन गर्दै आएको छ । लामो अवधिसम्मको टिकट बुकिङ… पुरा पढौ

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् मुख्यमन्त्री पाण्डे

पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानमा उल्लेख गरिएका अधिकार र जिम्मेवारी बाँडफाँटमा संघ सरकार उदासीन रहने र अहिलेकै अवस्था कायम रहने हो भने संघीयताका बारेमा सोच्नुपर्ने बताएका छन्। कोशी प्रदेशको आयोजनामा विराटनगरमा आजदेखि सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको उद्घाटनका क्रममा उनले प्रदेशका साझा समस्या समाधानका लागि चार वर्षदेखि विभिन्न विषय उठाउँदै आए पनि प्रदेशका समस्या संघ सरकारको प्राथमिकतामा नपरेको बताए। संघीयता कार्यान्वयनका चुनौती, प्रदेशका अधिकार र संघ सरकारको जिम्मेवारीका विषयमा हरेक पटक प्रधानमन्त्रीसँग बारम्बार ध्यानाकर्षण गराउँदा पनि अपेक्षित उपलब्धि… पुरा पढौ

This will close in 20 seconds