राजनीति

पोखरामा असार २० गते विभिन्न ब्राण्डका निःशुल्क कफीको स्वाद लिन पाइने (भिडियो) ,राष्ट्रिय कफी कपिङ च्याम्पियनसिपको उपाधि कफी सहकारी संघ ललितपुरलाई

दीननाथ बराल,पोखरा, १८ असार, के तपाई व्यवसायीक कफी खेति गर्न चहानुहुन्छ ? के तपाई कफीको पारखी हुनुहुन्छ ? साच्चै हामीले कस्तो कफी खाने वा स्वास्थ्यका लागि कफीको महत्व लगायतका बिषयमा बृहत बहस, छलफल र अन्तरक्रिया सहितको राष्ट्रिय कफी प्रदर्शनी यही असार २० गते शनिबार पोखरामा हुने भएको छ । माथि उल्लेखित प्रश्नको गतिलो जबाफ दिने उद्धेश्यले शनिबार पोखरा मालेपाटन (डुमि«बोट) मा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय परिसरको कफी बगैचामा राष्ट्रिय कफी प्रदर्शनी हुने जसले उपभोक्तादेखि कफी उत्पादन… पुरा पढौ

कक्षा १ मा भर्ना भएका करिब आधा विद्यार्थी एसईईसम्म पुग्दैनन्, विद्यालय शिक्षामा टिकाइ सबैभन्दा ठूलो चुनौती

पोखरा, असार १८, नेपालमा विद्यालय शिक्षाको सबैभन्दा ठूलो चुनौती विद्यार्थी भर्ना होइन, उनीहरूलाई विद्यालयमै टिकाइराख्नु बनेको छ। कक्षा १ मा भर्ना भएका करिब ९ लाख बालबालिकामध्ये करिब आधाले मात्रै माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्मको यात्रा पूरा गर्ने तथ्य सार्वजनिक भएको छ। शिक्षा विज्ञहरूले यसलाई विद्यालय शिक्षाको गुणस्तर, नीति कार्यान्वयन र राज्यको लगानीमाथिको गम्भीर प्रश्नका रूपमा हेरेका छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिहीबार पोखरामा आयोजना गरेको शिक्षा क्षेत्रका समसामयिक विषयमा पत्रकारसँगको अन्तरक्रियामा सार्वजनिक गरिएको तथ्यांकअनुसार कक्षा १ मा ८… पुरा पढौ

लेउवा संघको स्थापना दिवसमा ब्याडमिन्टन र दौड प्रतियोगिता

लेखनाथ, १८ असार , लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो ३० औं स्थापना दिवस एवं २९ औं वार्षिकोत्सवका अवसरमा संस्थाका सदस्यहरु विच ब्याडमिन्टन तथा दौड प्रतियोगिता सम्पन्न गरेको छ । असार १६ र १७ गते गरि २ दिनसम्म आयोजित ब्याडमिन्टन प्रतियोगिताको उपाधी शुभम पार्टी प्यालेसका सञ्चालक हरि बस्ताकोटी र आरोश फर्निचर उद्योगका सञ्चालक सन्तोष गुरुङको समुहले प्राप्त गरेको छ भने गण्डकी मल्टी एग्रो फार्मका सञ्चालक हरि बुढाथोकी र शिशुवा कंक्रिट ब्लक उद्योगका सञ्चालक लक्ष्मण बाँस्तोलाको समुह उपबिजेतामा सिमित हुन पुगेको छ… पुरा पढौ

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

असार १८ ,पोखरा, कास्की जिल्लाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ । पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ बमोजिम सम्पूर्ण प्रक्रीयाहरू पूरा गरि बिहीवार जिल्ला समन्वय समिति कास्कीमा बिशेष समारोहका बिच सो घोषणा गरिएको हो । यस अघि कास्किका सबै पाँच पालिकाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भएका थिए । उक्त अबशरमा प्रमुख पौडेलले सो अभियानलाई सफल पार्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने सबै पक्षहरूलाई आभार व्यक्त गर्दै सबै तहका जन प्रतिनिधिहरू र आम जनसाथले नै कुनै अभियान सफल हुने… पुरा पढौ

कम्युनिस्ट पार्टीहरूबीच तत्काल एकता गर्नुभन्दा पहिले सहकार्य आवश्यक छः संयोजक प्रचण्ड (भिडियो सहित)

दीननाथ बराल,पोखरा १७, असार, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टीहरूसंग सहकार्य आवश्यक रहेको बताउनु भएको छ । नेकपा गण्डकी प्रदेश समितिले बुधबार पोखरामा आयोजना गरेको प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले कम्युनिस्ट पार्टीहरूसंग बीच तत्काल एकता गर्नुभन्दा पहिले सहकार्य आवश्यक रहेको बताउनु भएको हो । https://www.youtube.com/watch?v=3tZIDcURbdU सहकार्यका क्रममा विचार, नीति र कार्यशैलीमा समानता देखिएपछि मात्रै न्यूनतम आधारमा पार्टी एकीकरण हुने उहाँको भनाई थियो । विगतमा एमाले र… पुरा पढौ

पेट्रोलियम पदार्थको मुल्य ह्वात्तै घट्यो, पेट्रोलमा २०, डिजेल–मट्टितेलमा ३० र ग्यासमा १०० रुपैयाँ सस्तो, नयाँ मूल्य लागू

काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो। नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू भइसकेको निगमले पोखराक्लिकलाई जनाएको छ। नयाँ निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाइएको छ । मूल्य समायोजनपछि पेट्रोल पहिलो वर्गका क्षेत्रमा १९४ रुपैयाँ… पुरा पढौ

जल, जमिन र वातावरणको सन्तुलन बिग्रँदा मानव अस्तित्व नै संकटमा पर्छः सरोकारवाला

दीननाथ बराल,पोखरा, असार १६, जल, जमिन र वातावरणीय प्रणालीबीचको प्राकृतिक सन्तुलन खल्बलिदा मानव समुदायको जीवन, स्वास्थ्य र भविष्य नै गम्भीर संकटमा पर्ने सरोकारवालाले चेतावनी दिएका छन्। वातावरण संरक्षणलाई केवल प्राकृतिक सम्पदाको संरक्षणका रूपमा नभई मानवअधिकारको अभिन्न विषयका रूपमा स्थापित गर्दै सरकार, निजी क्षेत्र, नागरिक समाज र आमनागरिकबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको वक्ताहरुले जोड दिएका थिए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजना तथा मानवअधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशको समन्वयमा मंगलबार पोखरामा आयोजित ‘वातावरण र मानवअधिकार’ विषयक अन्तरक्रिया… पुरा पढौ

कोभिडपछि कण्डम वितरणमा तीव्र गिरावट, तीन वर्षमै गण्डकीमा ६ लाख ६४ हजारले घट्यो

दीननाथ बराल,पोखरा १५, असार, कोभिड–१९ महामारीपछि नेपालमा गैरसरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)हरूको सहयोग घट्दै जाँदा गण्डकी प्रदेशमा निःशुल्क कण्डम वितरणमा उल्लेख्य कमी आएको छ । गण्डकी प्रदेशको प्रादेशिक जनस्वास्थ्य केन्द्र, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा, एएचएफको संयुक्त आज (सोमबार) पोखरामा आयोजित पत्रकार संगको अन्तरक्रिया कार्यक्रममा प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश, पोखराका क्षयरोग तथा कुष्ठ अधिकृत लक्ष्मण बस्यौलाले बताउनु भयो । कोभिडपछि विकास साझेदार संस्थाहरूको सहयोग घटेकाले कण्डम खरिद तथा वितरण प्रभावित भएको उहाँले जनाउनु भयो । केन्द्रको तथ्यांकअनुसार… पुरा पढौ

लेकसाइडको श्रीकृष्ण मारवाडी भोजनालयलाई ५० हजार जरिवाना

दीननाथ बराल,पोखरा, १५ असार, पोखरा महानगरपालिका–६ लेकसाइडस्थित श्रीकृष्ण मारवाडी भोजनालयलाई ५० हजार जरिवाना गरिएको छ । बजार अनुगमनका क्रममा उक्त भोजनालयमा सरसफाइमा लापरवाही, लेबल नभएका खाद्य सामग्री बिक्री–वितरण तथा केही म्याद गुज्रिएका खाद्यवस्तु फेला परेपछि पहिलो पटक सम्झाइबुझाइ गर्दै ५० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराक्लिकलाई जनाएको छ । उपभोक्ताको गुनासोका आधारमा श्रीकृष्ण मारवाडी भोजनालय मा जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा सोमबार बजार अनुगमन गरिएको हो । बजार अनुगमनका क्रममा खाद्य… पुरा पढौ

गण्डकी प्रदेशको बजेट बहुमतले पारित

दीननाथ बराल,पोखरा, १४ असार, गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि प्रस्तावित. ३२ अर्ब ९९ करोड ९९ लाख बराबरको बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ । आज (आइतबार) बसेको प्रदेशसभा बैठकले आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले असार १ गते प्रस्तुत गरेको विनियोजन विधेयक तथा मन्त्रालयगत बजेटमाथिको छलफल टुंग्याउँदै बहुमतका आधारमा बजेट पारित गरेको हो । बजेटमाथि प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरू तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जवाफ दिएपछि सभामुख कृष्णप्रसाद धितालले बजेट बहुमतले पारित भएको घोषणा गर्नुभएको थियो… पुरा पढौ