राजनीति

पोखराको लेकसाइडमा ‘मिरक्याट पार्क’ संचालनमा खाना, खेल, संगीत र समुदाय जोड्ने नयाँ गन्तव्य (भिडियो सहित)

दीननाथ बराल,पोखरा, असोज २५, पोखराको लेकसाइडमा खाना, कफी, खेलकुद, संगीत, वेलनेस र सिर्जनशील गतिविधिलाई एउटै स्थानमा जोड्ने उद्देश्यसहित ‘मिरक्याट पार्क’ सञ्चालनमा आएको छ। लेकसाइडको स्ट्रिट नम्बर १७ मा स्थापना गरिएको पार्कले पर्यटक, स्थानीय बासिन्दा, उद्यमी र सिर्जनशील युवालाई भेटघाट, सहकार्य तथा नयाँ अनुभव आदानप्रदान गर्ने साझा थलो उपलब्ध गराउने लक्ष्य राखेको छ। https://www.youtube.com/watch?v=ayofp6wwbuQ मिरक्याट इन नेपालले करिब चार रोपनी क्षेत्रफलमा चार करोड रुपैयाँको लगानीमा विकास गरेको यो पार्क परम्परागत व्यावसायिक कम्प्लेक्सभन्दा फरक अवधारणामा आधारित छ। यहाँ खानपान र कफीदेखि खेलकुद,… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। पाण्डेले लामो समय पार्टीमा गरेको अनुभव, सहकर्मीहरूको साथ तथा युवा पुस्ताको ऊर्जा र आकांक्षालाई जोड्दै एकताबद्ध, सुदृढ र समयानुकूल नेपाली कांग्रेस निर्माण गर्ने संकल्पसहित उम्मेदवारी दिएको बताएका छन्। उम्मेदवारी दर्तापछि पाण्डेले गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीका रूपमा काम गर्ने क्रममा प्राप्त सरकार सञ्चालनको अनुभवलाई पार्टीको हितमा उपयोग गर्दै सुशासन, पारदर्शिता, जवाफदेहिता, निष्पक्षता, संगठन सुदृढीकरण र विचारमा स्पष्टताका माध्यमबाट कांग्रेसलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे। ‘अबको… पुरा पढौ

गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसनको ३३औँ वार्षिकोत्सवः रक्तदानमा ५६ युनिट रगत संकलन

पोखरा, २० असोज, गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन, नयाँबजार, पोखराको ३३औँ वार्षिकोत्सवको अवसरमा आज मंगलबार खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष विष्णुप्रसाद अधिकारीले संस्थाको ३३औँ वार्षिकोत्सवको महत्त्व, संस्थाका निरन्तर वार्षिक कार्यक्रमहरू तथा अटोमोबाइल क्षेत्रको योगदानबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रमकी प्रमुख अतिथि एवं पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन नयाँ नेतृत्व र सक्षम व्यक्तित्व निर्माण गर्न सफल संस्था भएको बताउनुभयो। संस्थाले वार्षिकोत्सवमा रक्तदान कार्यक्रम आयोजना गरेर पुण्य काम गरेको… पुरा पढौ

कांग्रेसको १५औँ महाधिवेशनमा किरण केसीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

पोखरा, पोखराका उद्यमी किरण केसीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पार्टीको नीति, विधान र पछिल्लो राजनीतिक परिवेशअनुसार आफू उम्मेदवार बन्न लागेको उनले बताएका छन्। नेपाली कांग्रेसले खुला अर्थतन्त्र, निजी क्षेत्रसँगको सहकार्य, लगानीमैत्री तथा अनुमानयोग्य व्यावसायिक वातावरण र स्वदेशमै रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर आर्थिक नीतिबारे बहस अघि बढाइरहेको छ। पार्टीले उद्यम तथा व्यवसायमा दक्षता हासिल गरेका सक्षम युवालाई पार्टी संरचना र निर्वाचनमा निश्चित प्रतिशत अवसर दिने नीति अघि सारेको अवस्थामा केसीले केन्द्रीय सदस्यमा दाबी गरेका… पुरा पढौ

स्थानीय नेतृत्वको अनुभव लिएर केन्द्रीय राजनीति तर्फ मीनबहादुर गुरुङ, जनजातितर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी

पोखरा, माछापुच्छ्रे गाउँपालिकाको नेतृत्व गर्दै स्थानीय सरकारमा अनुभव बटुलेका मीनबहादुर गुरुङ अब नेपाली कांग्रेसको केन्द्रीय राजनीतितर्फ अघि बढेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उनले जनजातितर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि कांग्रेसको संगठनात्मक राजनीतिमा सक्रिय गुरुङले स्थानीय तहमा प्राप्त अनुभव, पार्टी संगठनमा गरेको योगदान र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई अब केन्द्रीय तहमा उपयोग गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्। यसअघि कास्की निर्वाचन क्षेत्र नं। ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित गुरुङले पार्टीभित्र एकता, पुस्ताबीचको सहकार्य, संगठन सुदृढीकरण, विचारमा… पुरा पढौ

पोखरामा विश्व लगानीकर्ता सप्ताहः ‘इमानदारीपूर्वक मुनाफा कमाउदा राज्यलाई फाइदा हुन्छ उनीहरुलाई सम्मान गरौं’ अध्यक्ष भट्ट (भिडियो सहित)

दीननाथ बराल, पोखरा, नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले लगानी मार्फत मुनाफा कमाउने र राज्यलाई कर तिर्ने संस्कारलाई सम्मान गर्नुपर्ने बताउनु भएको छ । विश्व लगानीकर्ता सप्ताह–२०२६ अन्तर्गत पोखरामा सोमबार आयोजित प्रभातफेरीपछि भएको कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले लगानी र उद्यमशीलतामार्फत मुलुकको अर्थतन्त्रमा योगदान गर्ने व्यक्तिलाई निरुत्साहित नभई प्रोत्साहित गर्ने संस्कारको विकास गर्नुपर्ने आवश्यक रहेको बताउनु भएको हो । https://www.youtube.com/watch?v=3vwuom-Gx-w&t=9s उहाँले भन्नुभयो “जसले लगानी गर्छ, मुनाफा कमाउँछ र राज्यलाई कर तिर्छ, त्यो देश नै धनी हुन्छ” । इमानदारीपूर्वक… पुरा पढौ

स्थानीय विकासको अनुभवसहित कांग्रेसको केन्द्रीय सदस्यमा देवीजंग गुरुङको दाबी

पोखरा, नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नम्बर १ बाट ३५ वर्षको उमेरमा युवा समूहअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित देवीजंग गुरुङले अब केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। कास्कीको मादी गाउँपालिका–१ का वडाध्यक्षसमेत रहेका गुरुङ युवा उमेरमै जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्दै स्थानीय विकास र जनसेवामा सक्रिय रहँदै आएका छन्। कांग्रेसको युवा पुस्ताबाट प्रतिनिधित्व गर्दै उनी पार्टीको केन्द्रीय राजनीतिमा आफ्नो भूमिका विस्तार गर्ने तयारीमा छन्। पर्यटकीय गाउँ सिक्लेसको विकासमा समेत गुरुङले महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। जनप्रतिनिधिका रूपमा स्थानीय पूर्वाधार,… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। उम्मेदवारी घोषणा गर्दै पाण्डेले पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै अघि बढाउन आफूले उपसभापति पदमा उम्मेदवारी दिएको उहाँले बताउनुभयो।पार्टीभित्र र बाहिरबाट समेत कांग्रेसको एकता र सुदृढ संगठन निर्माणको आवश्यकता निरन्तर उठिरहेको बताउँदै उहाँले पार्टीका सबै तह र पुस्ताका नेता–कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा जोड्नमा आफ्नो प्राथमिकता रहने बताउनुभएको छ। पाण्डे नेपाली कांग्रेसको तीन पटक केन्द्रीय… पुरा पढौ

बाढीपहिरो प्रभावित २० विश्वकर्मा परिवारलाई विश्वकर्मा समाज नेपालको राहत

पर्वत, १८ असोज, अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट प्रभावित पर्वतको फलेवास नगरपालिका–८, ठाना मौला, सल्यानीधाराका २० घरपरिवारलाई विश्वकर्मा समाज नेपालले राहत सामग्री वितरण गरेको छ। विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय कास्कीको तर्फबाट सोमबार घटनास्थलमै पुगेर प्रभावित परिवारलाई प्रतिपरिवार एक बोरा चामल, नुन, तेल, सोयाबिन, दाल, चिनी, चियापत्ती र आलुलगायतका खाद्यान्न सामग्री वितरण गरिएको हो। साथै, प्रभावित परिवारलाई बसोबासमा सहयोग पुगोस् भन्ने उद्देश्यले ओछ्याउनका लागि म्याटसमेत वितरण गरिएको थियो । राहत वितरण कार्यक्रममा फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्री र सम्बन्धित वडाका… पुरा पढौ

पोखरा–२२ मा निःशुल्क मधुमेह तथा मिर्गौला परीक्षण, ११० जना लाभान्वित

पोखरा, १८ असोज, पोखरा महानगरपालिका वडा नं. २२ मा स्थानीयवासीलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क मधुमेह तथा मिर्गौला परीक्षण एवं स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ११० भन्दा बढी स्थानीयवासी सहभागी भई विभिन्न स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परामर्श सेवा लिएका छन्। पोखरा महानगरपालिका वडा नं। २२ कार्यालयको आयोजना तथा वडा युवा परिषद्–२२ को सहआयोजनामा, पोखरा महानगरपालिका नगर युवा परिषद्को समन्वय तथा नेशनल प्याथ ल्याब अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा प्रगतिशील टोल विकास संस्थाको… पुरा पढौ

This will close in 20 seconds