राजनीति

पोखराको पुरानो टुँडिखेलमा हुने तीज महोत्सव स्थगित, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख सहयोग गर्ने

पोखरा, १३ भदौ, नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका–१ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने गरी तयारी गरिएको ऐतिहासिक टुँडिखेल तीज महोत्सव–२०८३ स्थगित गरिएको छ । इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा–१ को आयोजनामा भदौ २५ देखि ३१ गतेसम्म सञ्चालन गर्ने तय भएको महोत्सव यस वर्षका लागि स्थगित गरिएको हो। ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल उद्धेश्यका साथ पोखराको ऐतिहासिक स्थल पुरानो टुँडिखेलमा आयोजना गर्न लागिएको महोत्सव तीन दिनअघि भोटेकोशी नदीमा आएको बाढीका कारण… पुरा पढौ

प्रतिभा मावि ह्याण्डबलमा च्याम्पियन

पोखरा, भदौ १३, पाँचौ मञ्जुबहादुर स्मृति छात्र ह्याण्डबल प्रतियोगितामा पालिखेचोकस्थित प्रतिभा मावि च्याम्पियन भएको छ । कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा पोखरामा शनिबार भएको फाइनल खेलमा प्रतिभा मावि च्याम्पियन बनेको हो । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा प्रतिभाले गुरूकुल मावि विरुद्ध झिनो १ गोलको अन्तरले जित हात पर्न सफल भएको हो । फाइनल खेलमा प्रतिभाले १२ गोल गर्दा गुरुकुलले ११ गोल गरेको थियो । प्रतिभा च्याम्पियन भएसँग नगद २० हजार र गुरुकुलले नगद र १० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र… पुरा पढौ

एआईमैत्री व्यवसायदेखि ‘बाइ पोखरा’ अभियानसम्म, बुद्धाचार्यका १७ प्रतिबद्धता

पोखरा , पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार उत्तममान बुद्धाचार्यले संघलाई प्रविधिमैत्री, व्यवसायीको साझा आवाज र नीतिगत पैरवीको प्रभावकारी केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्। संघको आसन्न ३६ औँ महाधिवेशनका लागि उम्मेदवारी दर्ता गराएका बुद्धाचार्यले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा व्यवसायिका दैनिक समस्या समाधानदेखि प्रविधि, बजार विस्तार, पर्यटन र लगानी प्रवर्द्धनसम्मका १७ वटा विषय समेटिएका छन्। बुद्धाचार्यले कर, कानुन, बैंकिङ, व्यवसाय दर्ता तथा नवीकरणलगायतका समस्यामा व्यवसायिलाई सहजीकरण गर्न ुएकद्वार व्यवसायी सहायता केन्द्र र विशेषज्ञ सहायता टिमु स्थापना गर्ने बताएका… पुरा पढौ

सदस्यका ८ उमेदवारहरुलाई  व्यवसायीले भने ´स्वतन्त्ररूपमा उठेर ठिक गर्नुेभयो

पोखरा, पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६ अौ अधिवेशनमा स्वतन्त्ररूपमा कार्यसमिति सदस्य पदमा उमेदवार रहेका ८ उमेदवारहरुलाई व्यवसायी मतदाताहरूले स्वतन्त्ररूपमा कुनै अध्यक्षको प्यानलमा नबसी उमेदवार बनेकोमा धन्यवाद दिएका छन् । पोखराको महेन्द्रपुल,पन्थी गल्ली,पराजुली मार्ग,ट्रेडमल,बुद्व विशाल बजार लगाएतका ठाँउहरूमा गरिएको घरदैलो कार्यक्रममा सदस्यका ८ उम्मेदवारहरूले व्यावसायिक हकहितको संरक्षण, कर प्रणालीमा सुधार, बजार चलायमान बनाउने जस्ता प्रतिबद्धतासहित चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन्। घरदैलोमा सदस्यका उमेदवारहरूलाई व्यवसायीहरूले वर्तमान आर्थिक मन्दी, चर्को बैंक ब्याजदर, र उपभोक्ता अभावका कारण व्यवसायीहरूले भोग्नुपरेका समस्याहरू प्रत्यक्ष रूपमा सुनाएका… पुरा पढौ

पोखरामा १ सय २ शव, दुई जनाको पहिचान, एकको आफन्तले बुझे

दीननाथ बराल,पोखरा, १२ भदौ, रसुवा तथा भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु भएका १ सय २ जनाको शव पोखरामा हाल व्यबस्थापन तथा पहिचान प्रक्रिया अघि बढाइएको छ । पोखरा ल्याइएका शवमध्ये हालसम्म २ जनाको मात्र पहिचान खुलेको छ भने एक जनाको उहाँका आफन्तलाई बुझाइृएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । भक्तपुर–९ का ३६ वर्षीय सत्यसुन्दर प्रजापतीको पहिचान खुलेसंगै उहाँका आफन्तलाई शव बुझाईएको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । उहाँका… पुरा पढौ

रसुवा बाढीपीडितको उद्धार र राहतका लागि गण्डकी सरकारले ४ करोड सहयोग गर्ने

दीननाथ बराल,पोखरा १२, भदौं, रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, खोजी, उपचार तथा राहतका लागि गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ करोड सहयोग गर्ने भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपुरलगायतका क्षेत्रमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्मा परेका नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता भएको बताउनु भयो । मुख्यमन्त्री पाण्डेले शुक्रबार एक अपिल जारी गर्दै बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति… पुरा पढौ

भोटेकोशी बाढीमा कास्कीका १४ जना सम्पर्कविहीन, पोखराबाट राहत र उद्धारमा सक्रियता

दीननाथ बराल, पोखरा, ११ भदौ रसुवा र भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी कास्कीबाट पुगेका १४ जना अझै सम्पर्कविहीन भएका छन् । बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएका उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराक्लिकलाई जनाएको छ । विभिन्न काम, भ्रमण तथा अन्य प्रयोजनले रसुवा पुगेका व्यक्तिहरू सम्पर्कविहीन भएको भन्दै आफन्तले प्रशासनमा जानकारी गराएको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनु भयो । हालसम्म १४ जनाको… पुरा पढौ

उद्योग बाणिज्य संघका अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार सहयोग

पोखरा, पोखरा उद्योग वाणिज्य संघका अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ। यही भदौ २० र २१ गते हुने पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गर्नुभएका पोखरेलले निर्वाचनमा हुने खर्चलाई मितव्ययी बनाउँदै बचत भएको केही रकम विपद् प्रभावितका लागि राहत कोषमा सहयोग गरेको बताउनुभयो। देशमा ठूलो विपत्ति प दुःख व्यक्त गर्दै प्रभावित नागरिकको खोजी, उद्धार तथा राहत वितरणको कामलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन सरकारसँग आग्रह गर्नुभयो। पोखरेलले विपद्को… पुरा पढौ

ड्याडिज किचनले बाढी प्रभावितका लागि १ लाख ११ हजार सहयोग

पोखरा, पोखराको ड्याडिज किचनले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ। देशमा परेको विपद्का बेला सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारको राहत अभियानमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको ड्याडिज ग्रुपका अध्यक्ष एवं युवा व्यवसायी कमलजंग कुँवरले पोखराक्लिकलाई बताउनुभयो। पोखरामा ड्याडिज किचनका विभिन्न शाखा तथा आउटलेट सञ्चालनमा छन्। चिप्लेढुंगामा ड्याडिज किचनको चौथो शाखा केही समयदेखि सञ्चालनमा आएको हो भने बिरौटामा फुड ट्रक, हिमाली टोलमा ड्याडिज… पुरा पढौ

भोटेकोशी बाढीको कहर ६६७ नेपाली तथा विदेशी सम्पर्कविहीन, तटीय क्षेत्रमा शवको चाङ

पोखरा, भदौ १२, रसुवा र भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो मानवीय संकट निम्त्याएको छ। बाढीपछि प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा यात्रुको खोजी तथा उद्धारलाई तीव्र पारिएको छ भने ठूलो संख्यामा नेपाली तथा विदेशी नागरिक सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ। नेपाल पर्यटन बोर्डले बिहीबार साँझ ५ः३० बजेसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार १२७ नेपालीसहित ६६७ जना नेपाली तथा विदेशी नागरिक अझै सम्पर्कविहीन छन्। बोर्डले उनीहरूलाई ‘अझै सम्पर्कविहीनको सूचीमा राखेको छ। बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा ३२ देशका नागरिक छन्। सबैभन्दा धेरै भारतका… पुरा पढौ