राजनीति

कास्कीमा कर्मचारीलाई कार्यशैली सुधार्न सांसद पौडेलको कडा निर्देशन, गुनासो आए सिधै माथिल्लो तहमा उजुरी गर्ने चेतावनी

दीननाथ बराल,पोखरा ७, वैशाख, कास्की जिल्लाका प्रशासनिक कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरूसँग आज (सोमबार) पोखरामा भएको बैठकमा प्रतिनिधि सभा सदस्य उत्तम पौडेल ले कार्यशैलीमा आमूल परिवर्तन गर्न कडा निर्देशन दिएका छन्। उनले विगतमा नेताको पहुँच, भनसुन र चिटका आधारमा हुने कामको संस्कृतिलाई तत्काल अन्त्य गर्नुपर्ने बताएका हुन् । बैठकमा बोल्दै सांसद पौडेलले सुशासन नारामा मात्र सीमित नभई हरेक सरकारी कार्यालयको व्यवहार र सेवा प्रवाहमा देखिनुपर्नेमा जोड दिए। “जनताको गुनासो सुन्ने पहिलो जिम्मेवारी तपाईंहरूको हो, जनताले मसम्म आउनु पर्ने अवस्था… पुरा पढौ

क्होला सोँप्रे ट्हो (क्होलासोंथर) अध्ययन भ्रमणका लागि यूकेको जम्बो टोली भुजुङ हुदै जाने तयारी (भिडियो सहित)

पोखरा, गुरुङ (तमु) समुदायको ऐतिहासिक तथा सांस्कृतिक उद्गमस्थल मानिने क्होला सोँप्रे ट्हो (क्होलासोंथर) को अध्ययन, संरक्षण र अन्तर्राष्ट्रिय पहिचानका लागि यूकेबाट जम्बो टोली आइतबार भुजुङ तफृ प्रस्थान गर्ने भएको छ । तमु प्ये ल्हु संघ यूकेको संयोजकत्वमा गठन गरिएको करिब ५०/५५ सदस्यीय टोली २०८३ वैशाख ६ गते (अप्रिल १९, २०२६० देखि अध्ययन तथा अवलोकन भ्रमणमा निस्कने जानकारी शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत दिइएको हो। टोलीमा ६ जना महिला, चिकित्सक, प्राविधिक र सञ्चारकर्मीहरू समेत सहभागी रहनेछन्। https://www.youtube.com/watch?v=FIUEgxOpKa4 संघका अध्यक्ष क्या.… पुरा पढौ

राइड सेयरिङ सहित ८० प्रतिशत प्रगति भएको दाबी

पोखरा, ३ वैशाख, गण्डकी प्रदेशसभा सदस्य प्रकाशबहादुर केसीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारीबाट बुधबारबाट समाप्त भयो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू नेतृत्वको मन्त्री मण्डलका सबै मन्त्री परिवर्तन गर्दै बुधबार सपथ गराए । निवर्तमान मन्त्री केसीको कार्यकालका मुख्य उपलब्धिमा राइड सेयरिङ सेवाको प्रक्रिया सुरु र मन्त्रालयको प्रगति ८० प्रतिशत भएको उनले दाबी गरे । २०८१ भदौ १७ गते मन्त्री नियुक्त भएका केसीले मन्त्रालयका योजना कार्यान्वयनमा विभिन्न पहल गरेका थिए । मन्त्रालयका कार्यचारी, निर्देशकहरुलाई निर्देशक, योजनाहरु अनुगमनदेखि समस्या भएका… पुरा पढौ

पोखरामा रोटरीको १८ औं डिष्ट्रिक्ट कन्फरेन्स हुने, १५ सय रोटरीयन पोाखरामा भेला हुदै

पोखरा, ३ वैशाख, पर्यटकीय राजधानी पोखरामा शुक्रबारदेखि रोटरी डिष्ट्रिक्ट ३२९२ को १८ औं डिष्ट्रिक्ट कन्फरेन्स सुरु हुँदैछ । पोखराकै इतिहासमा रोटरीको यो तेस्रो सम्मेलन हो । बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा वैशाख ४ देखि ६ गतेसम्म संचालन हुने सम्मेलनले पोखरेलीहरु उत्साहित छन् । नेपाल र भुटानका गरी १५ सय रोटरियनले भाग लिने सम्मेलनले यहाँको आन्तरिक एवं वाह्य पर्यटन व्यवसायमा टेवा पुग्ने अपेक्षा गरिएको छ । बिहीबार पत्रकार सम्मेलनमा डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाले आफू पोखराबाटै प्रतिनिधित्व गर्दै गभर्नर भएकाले पनि गृहनगरीमा ऐतिहासिक… पुरा पढौ

गण्डकीका कृषि मन्त्री भिम कार्कीको पहिलो निर्णय उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने

पोखरा ,बैशाख २, गण्डकी प्रदेशका नवनियुक्त कृषि ,भुमी ब्यबस्था तथा सहकारी मन्त्री भिम बहादुर कार्कीले पदभार ग्रहण गर्दै गण्डकी प्रदेशमा एघार जिल्लाका विभिन्न कृशकहरूलाइ पुरस्कृत गर्ने पहिलो निर्णय गरेका छन । बुधबार मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री परिषद पुनर्गठन गरे लगत्तै सपथ पस्चात मन्त्रालय पुगेर मन्त्री कार्कीले उक्त निर्णय गरेका हुन। सो अबशरमा मन्त्री कार्कीले आफुले सबैका सुझाव समेटेर कार्य योजना निर्माण गर्ने र सोही मुताबिकका नीति तथा कार्यक्रम तयार गर्ने प्रतिबद्धता व्यक्त गरे। गण्डकी प्रदेशको कृषि क्षेत्रलाइ थप सबलिकरण… पुरा पढौ

विश्व शान्ति स्तुपाः नजिक विश्वकर्मा संग्रहालय सञ्चालनमा

पोखरा, पोखराको विश्व शान्ति स्तूप क्षेत्रमा नयाँ पर्यटन आकर्षणका रूपमा “विश्वकर्मा संग्रहालय” सञ्चालनमा आएको छ। नेपाली समाजमा विश्वकर्मा समुदायको इतिहास, सीप, कला र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त संग्रहालय आज (मंगलबार) देखि औपचारिक रूपमा खुला गरिएको हो। विशाल महादेवको मूर्ति र विश्व शान्ति स्तूप बीचमा अवस्थित यो संग्रहालयमा विश्वकर्मा समुदायद्वारा निर्माण गरिएका हातहतियार, कृषि औजार, धातुकला, काष्ठकला, चित्रकला, मूर्तिकला लगायतका महत्वपूर्ण सामग्रीहरू प्रदर्शन गरिएका छन्। साथै कला, वास्तुकला र ऐतिहासिक तथा सांस्कृतिक सम्पदासम्बन्धी लेख–रचनाहरू पनि समावेश… पुरा पढौ

नयाँ वर्षमा प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश‘राष्ट्रको आजको प्राथमिकता आपसी मेलमिलाप, स्थायी शान्ति र दीगो विकास हो’

पोखरा, १ वैशाख गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले राष्ट्रको आजको प्राथमिकता आपसी मेलमिलाप, स्थायी शान्ति र दीगो विकास रहेको उल्लेख गर्नुभएको छ । नयाँ वर्ष २०८३ साल आगमनको अवसरमा शुभकामना सन्देश जारी गर्दै भट्टले प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु साझा लक्ष्य रहेको बताउनुभयो । ‘हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्ने गर्दछौँ । त्यसैले, नव वर्ष सुखद् आशा, अपेक्षा र उमङ्गको उत्सव हो… पुरा पढौ

एगा पोखराको शुभकामना एवम् सामाजिक उत्तरदायित्व कार्यक्रम

पोखरा, ३० चैत, इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८३ आगमनको अवसर पारी आज शुभकामना आदानप्रदान तथा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको एक समारोहका बीच प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, विशेष अतिथि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने र एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पहारीले एगा पोखराले व्यवसायिक दक्षता अभिबृद्धिसँगै समाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो… पुरा पढौ

दीपशिखा पुस्तकालय र टीआइसी तालचोक विच सम्झौतापत्रमा हस्ताक्षर

पोखरा , पोखरा महानगरपालिकावडा नं २९ मा अवस्थित दीपशिखा सामुदायिक पुस्तकालय र त्रिवेणी इन्टरनेशनल कलेज टिआईसी पोखरा–२७, तालचोक विच सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम एक समारोहका विच सम्पन्न भएको छ ।दीपशिखा सामुदायिक पुस्तकालयको सभाहलमा सोमवार भएको सम्झौतापत्रमा त्रिवेणी इन्टरनेशनल कलेजका प्रमुख डिल्लिराम पौडेल, कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भट्टराई,उपप्राध्यापक शिबचन्द्र घिमिरे, सल्लाहकार छत्रधर आत्रेय, बाबुराम गिरी तथा पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी लगायत कार्यसमितिका पदाधिकारीहरू, लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारीहरूको उपस्थितिमा हस्ताक्षर गरी एक एक प्रति आदानप्रदान गरिएको थियो । उक्त… पुरा पढौ

पोखरा महानगरको सार्वजनिक सुनवाइमा फेवातालको चर्चा

चैत्र ३०, पोखरा, पोखरा महानगरपालिकाले प्रदान गर्ने सेवा तथा विकासका गतिविधिलाई प्रभावकारी बनाउन महानगरबासीले महत्वपूर्ण सुझाव दिएका छन् । आइतबार पोखरा सभागृह हलमा पोखरा महानगरपालिकाले आयोजना गरेको चालु आर्थिक वर्ष २०८२÷०८३ को चैत्र महिनासम्मको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भएका नागरिक र सर्वेक्षणमा सहभागी बनेका सेवाग्राहीले महानगरको काम कारवाहीलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन आग्रह गरेका छन् । सिटीवान टेलिभिजनको सहजीकरणमा भएको सार्वजनिक सुनवाई कार्यक्रममा सबै भन्दा बढी जिज्ञासा तथा सुझाब महानगरले केही दिन अगाडि पोखराको फेवातालको ६५ मिटर मापदण्ड भित्र… पुरा पढौ