
पोखरा ,
पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार उत्तममान बुद्धाचार्यले संघलाई प्रविधिमैत्री, व्यवसायीको साझा आवाज र नीतिगत पैरवीको प्रभावकारी केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्। संघको आसन्न ३६ औँ महाधिवेशनका लागि उम्मेदवारी दर्ता गराएका बुद्धाचार्यले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा व्यवसायिका दैनिक समस्या समाधानदेखि प्रविधि, बजार विस्तार, पर्यटन र लगानी प्रवर्द्धनसम्मका १७ वटा विषय समेटिएका छन्।
बुद्धाचार्यले कर, कानुन, बैंकिङ, व्यवसाय दर्ता तथा नवीकरणलगायतका समस्यामा व्यवसायिलाई सहजीकरण गर्न ुएकद्वार व्यवसायी सहायता केन्द्र र विशेषज्ञ सहायता टिमु स्थापना गर्ने बताएका छन्। संघका गतिविधि र सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही तथा व्यवसायीमैत्री बनाउने प्रतिबद्धता पनि उनले जनाएका छन्। उनको प्रतिबद्धता पत्रमा ुडिजिटल प्रविधि र कृत्रिम बौद्धिकता ९एआई० लाई व्यवसायसँग जोड्नेु विषयलाई पनि प्राथमिकता दिइएको छ। डिजिटल कारोबार, मार्केटिङ, डेटा व्यवस्थापन, स्वचालन तथा आधुनिक व्यवसाय व्यवस्थापनमा व्यवसायिको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।
युवा, महिला तथा नयाँ उद्यमीलाई सीप, परामर्श, प्रविधि, वित्तीय पहुँच, नेटवर्किङ र बजारसँग जोड्ने कार्यक्रम सञ्चालन गर्ने योजना पनि बुद्धाचार्यले अघि सारेका छन्। व्यवसायी, कर्मचारी तथा उद्यमीका लागि बदलिँदो बजार र प्रविधिअनुसार रिस्किलिङ तथा अपस्किलिङ कार्यक्रम सञ्चालन गर्ने उनको प्रतिबद्धता छ। बुद्धाचार्यले पोखराका उद्योग व्यवसायसम्बन्धी तथ्यांक संकलन गरी ुव्यवसायिक डाटा बैंकु स्थापना गर्ने बताएका छन्। उक्त तथ्यांकलाई बजार अध्ययन, सूचना, परामर्श तथा व्यवसाय प्रवर्द्धनमा उपयोग गर्ने उनको योजना छ। त्यस्तै, कृषि, घरेलु तथा स्थानीय उत्पादनको प्रशोधन, ब्रान्डिङ र बजारीकरणमा सहजीकरण गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न ुलोकल टु ग्लबोलु अभियान सञ्चालन गर्ने प्रतिबद्धता उनले जनाएका छन्। पोखरामा उत्पादित वस्तु तथा सेवाको प्रयोग र खरिदलाई प्रोत्साहन गर्न ु बाइ पोखराु अभियान अघि बढाउने पनि पत्रमा उल्लेख छ ।
व्यवसायीका उत्पादन तथा सेवाका लागि नयाँ बजार, व्यावसायिक साझेदारी, नेटवर्किङ र लगानीका अवसर विस्तार गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहल गर्ने योजना पनि प्रतिबद्धता पत्रमा छ। पोखरा तथा गण्डकीको पर्यटन र लगानी सम्भावनालाई प्रवर्द्धन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक संस्था, लगानीकर्ता तथा साझेदारसँग सम्बन्ध विस्तार गर्ने र पोखरालाई पर्यटन, लगानी, व्यापार, प्रविधि तथा अन्तर्राष्ट्रिय व्यावसायिक गतिविधिको केन्द्रका रूपमा विकास गर्न पहल गर्ने बुद्धाचार्यको प्रतिबद्धता छ।ु मेला, महोत्सव तथा प्रदर्शनीलाई व्यापार प्रवर्द्धनको माध्यमु बनाउने योजना पनि उनले अघि सारेका छन् । स्थानीय उत्पादनको प्रवर्द्धन, बजार विस्तार, लगानी आकर्षण तथा व्यावसायिक नेटवर्किङका लागि यस्ता कार्यक्रमलाई उपयोग गर्ने उल्लेख छ। त्यस्तै, व्यवसायीको मौज्दात सामान बिक्री तथा नयाँ स्टक व्यवस्थापनमा सहयोग पुर्याउन विशेष छुटसहित मिड इएर सेल तथा व्यापारिक मेला आयोजना गर्ने प्रतिबद्धता उनले जनाएका छन्। खेलकुद र पर्यटनको सम्भावनालाई व्यवसायसँग जोड्दै खेल पर्यटन तथा लगानी प्रवर्द्धन गर्ने योजना पनि बुद्धाचार्यले सार्वजनिक गरेका छन्।उनले पोखराको सभ्यता, संस्कृति र पहिचानलाई आसपासका पालिकाको उत्पादन, जनजीविका, पर्यटन तथा विकाससँग जोड्दै ग्रटेर पोखराको अवधारणा अघि बढाउने बताएका छन्।
यससँगै संघ, प्रदेश तथा स्थानीय सरकारसँग निरन्तर संवाद, समन्वय र सहकार्य गर्दै उद्योग व्यवसायमैत्री नीति निर्माण तथा कार्यान्वयनका लागि प्रभावकारी नीतिगत पैरवी गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्। बुद्धाचार्यले सबै क्षेत्र, वर्ग र पुस्ताका व्यवसायीलाई समेट्ने समावेशी तथा समन्वयकारी नेतृत्व प्रदान गर्ने बताएका छन्। उनले आफ्नो प्रतिबद्धताको मूल ध्येय ु व्यवसायीको सम्मान, संस्थाको सुदृढीकरण र पोखराको समृद्धिु रहेको उल्लेख गरेका छन्।





