राजनीति

कास्कीको दिगो विकास, पूर्वाधार विस्तार र युवामैत्री कार्यक्रमलाई तीव्रता दिन्छौंः मन्त्री थापा

पोखरा, नेपाली काँग्रेसका नेता एवम् गण्डकी प्रदेश सरकारका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले कास्कीको दिगो विकास, पूर्वाधार विस्तार र युवामैत्री कार्यक्रमलाई तीव्रता दिने बताएका छन् । कास्कीबाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसबाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका तिलक रानाभाट, माधव प्रसाद बास्तोला “मधु”, मनोज गुरुङ र समानुपातिक तर्फका उम्मेदवार आई बहादुर गुरुङका लागि मत माग्दै उनले कास्कीमा प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खेलकुद र युवा स्वरोजगारका थुप्रै योजनाहरू अघि बढाएको उल्लेख गरे । यी योजनालाई संघीय तहसँग समन्वय गरी… पुरा पढौ

तनहुँ–१ का उम्मेदवार ढकालको घरदैलो ः शिक्षा, रोजगारी र विकास मुख्य एजेन्डा

बन्दिपुर, आगामी प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढेसँगै तनहुँ क्षेत्र नम्बर १ मा चुनावी गतिविधिले तीव्रता पाएको छ । यसै क्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवार विद्या ढकालले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो र मतदाता भेटघाटलाई तीव्र बनाएका छन् । मंगलबार ढकालले बन्दिपुर गाउँपालिकाका विभिन्न वडाहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् । उम्मेदवार ढकालले बन्दिपुर गाउँपालिका वडा नं. ५ र ६ का विभिन्न स्थानहरूमा पुगी मत मागे । उनले बन्दिपुरका बस्तीहरूमा पुगेर स्थानीयका समस्या सुन्नुका साथै… पुरा पढौ

साइबर सुरक्षा सम्बन्धीे तालिम

पोखरा,१२ फागुन नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको तिन दिने साइबर सुरक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कस्कीको प्राविधिक सहयोगमा फागुन १० गते देखि सुरु भएको उक्त तालिम सम्पन्न भएको हो । तालिमको समापन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्माले पत्रकारहरुलाई लक्षित गरि डिजिटल युगमा साइबर जन्य अपराधका घटना चुनौतीको रुपमा रहेको बताउनु भयो । उहाँले पत्रकार स्वयम् साइबर जन्य अपराधबाट बच्न र आम नागरिकलाई समेत सचेत गराउन… पुरा पढौ

मनोज गुरुङको संकल्पः ‘पाँच वर्षभित्र सबै वडा कार्यालयमा पक्की सडक, गाउँ–गाउँमा एम्बुलेन्स चल्ने बाटो’

पोखरा, कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार मनोज गुरुङले आफू निर्वाचित भए आगामी पाँच वर्षभित्र निर्वाचन क्षेत्रका सबै वडा कार्यालयसम्म पक्की सडक पु¥याउने प्रतिबद्धता जनाएका छन् । चुनावी घरदैलो अभियानका क्रममा मतदाताहरूसँग अन्तरक्रिया गर्दै गुरुङले वडा कार्यालय जोड्ने सडक सञ्जाललाई पहिलो प्राथमिकतामा राखेको बताएका हुन् । उनले सांसदको भूमिका नीति निर्माणमा केन्द्रित हुने भए पनि आफ्नो क्षेत्रको पूर्वाधार विकासका लागि संसदबाटै विशेष पैरवी गर्ने स्पष्ट पारे । ‘हाम्रो क्षेत्रका ३१ वटै वडाका केन्द्रसम्म कालोपत्रे वा ढलान सडक… पुरा पढौ

पोखरा–१४ मा एमालेको घरदैलो

पोखरा, ११ फागुन, नेकपा एमालेबाट कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका बैनबहादुर अधिकारी क्षेत्रीले पोखरा महानगरपालिका–१४ का मतदातासँग भेटघाट गरेका छन् । उनले सोमबार पोखरा–१४ का खाल्टेमसिना, भोटेचौतारा, काजीपोखरी, चाउथेलगायत प्रमुख वस्तीसहित उक्त वडाका करिब २० वटा टोलमा पुगेर मतदाता भेटेका हुन् । अधिकारीले आफू जिल्ला समन्वय समिति कास्कीको प्रमुख हुँदा मझेरीपाटनको रामेश्वरी माविको आठ कोठे भवन निर्माणका लागि पहल गरेको सम्झिए । सुकुम्बासी समस्या समाधानका लागि एमालेले पुनः सक्दो भूमिका खेल्ने उनले बताए । स्थानीयले चोरीको… पुरा पढौ

पोखरामा फागुन १५ मा काँग्रेसको चुनावी सभा हुने

पोखरा, ११ फागुन नेपाली काँग्रेसले फागुन १५ गते शुक्रबार पोखराको अमरसिंह चौरमा चुनावी सभा गर्ने भएको छ । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदक्त बरालको अध्यक्षतामा बसेको बैठकले सभाको तयारी अघि बढाउने निर्णय गर्दै चुनावी सभा व्यवस्थापन समिति गठन गरेको सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो । सभालाई नेपाली काँग्रेसका सभापति गगन थापा र उपसभापति विश्व प्रकाश शर्माले सम्बोधन गर्नुहुने छ । नेपाली काँग्रेसका महासमिति सदस्य दीपक गुरुङ माइलाको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा माया बराल क्षेत्री , दुर्गा लामिछाने, मदन… पुरा पढौ

फेवातालको माथिल्लो भाग श्रोत केन्द्रबाट जलकुम्भी झार हटाउने अभियान सुरु,

दीननाथ बराल, पोखरा, ११ फागुन, पोखरा फेवातालको सिरान भाग तथा श्रोतकेन्द्रमा जलकुम्भी झार हटाउने अभियान सुरु भएको छ । बर्खायाममा ताललाई कुरूप बनाउँदै तीव्र रूपमा फैलिने जलकुम्भीलाई मुहानमै पुगेर नियन्त्रण गर्ने उद्देश्यसहित फागुन ४ गतेदेखि अभियान थालिएको नागरिक समाज कास्कीका अगुवा बृहत सफाई पोखराका अभियान्ता रामबहादुर पौडेलले पोखराक्लिकलाई बताउनु भयो । डिभिजन वन कार्यालय कास्कीको ३ लाख रुपैयाँ आर्थिक सहयोग, जलारी समुदायको समन्वय तथा नागरिक समाजको सहकार्यमा अभियान अघि बढाइएको उहाँले जनाउनु भयो । पौडेलका अनुसार बर्खायाममा जलकुम्भी अत्यधिक मौलाएर… पुरा पढौ

अपाङगता भएका व्यक्तिहरुलाई पोखरामा मतदाता शिक्षा, नमुना मतदान सहित प्रभावकारी तालिम

दीननाथ बराल,पोखरा ११, फागुन, नेत्रहीन युवा संघ नेपालको आयोजना कास्की शाखाको समन्वयमा पोखरामा अपाङ्गता भएका व्यक्तिहरूका लागि एक दिने मतदाता शिक्षा तथा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बहिरा, दृष्टिविहीन तथा शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा निर्वाचन आयोगका महानगरपालिका मतदाता शिक्षा समन्वयकर्ता ईश्वरी पोखरेलले सहजीकरण गर्नुभएको थियो । उहाँले नमुना मतपत्रमार्फत स्वस्तिक छाप कसरी लगाउने, मत बदर हुन नदिन के–के कुरामा ध्यान दिनुपर्ने, सहायता लिएर कसरी मतदान गर्न सकिने लगायत विषयमा मैत्रीपूर्ण… पुरा पढौ

चुनाव लक्षित लगातार ३ दिने सार्वजनिक बिदाले एक साता बिदा हुने

काठमाडौं, नेपाल सरकारले चुनावलाई लक्षित गर्दै लगातार तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। निर्वाचन आयोगको सिफारिसमा सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने भएको हो। सरकारको उक्त निर्णयसँगै फागुन १८ र १९ गते फागु पूर्णिमा (होलि) का कारण बिदा, त्यसपछि २०, २१ र २२ गते चुनावको बिदा, २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय नारी दिवसको बिदा परेकाले लगातार सात दिनसम्म बिदा हुने भएको छ। यसरी होलि, निर्वाचन, शनिबार र नारी दिवसको संयोगले करिब एक… पुरा पढौ

कास्कीमा ४ हजार सुरक्षाकर्मी, २ हजार कर्मचारी खटिदै (भिडियो सहित)

दीननाथ बराल, पोखरा १०, फागुन, देशमा हाल चुनावी माहोल निकै तातिएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ११ दिन बाँकी छदा कास्की निर्वाचनको अन्तिम तयारी तिव्र पारिएको छ । कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा सौहादपूर्ण र निष्पक्ष एवं शान्तिपूर्ण निर्वाचन गराउन आवश्यक तयारी तिव्र पारिएको कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले बताउनु भयो । दुई दिन अघि उहाँसंग गरिएको कुराकानीको केही अंश जस्ताको तस्तै । https://www.youtube.com/watch?v=0UisSpa0E8o कास्कीमा १ सय ५३ मतदानस्थल र ३ सय ६३… पुरा पढौ