राजनीति

पोखराको फोहोर व्यबस्थापनमा ध्यान दिऔंः रोग फैलिने त्रास

पोखरामा विगत तीन साता भन्दा बढी समय देखि फोहोर नठ्दा बजारै भरी यसरी अस्त व्यस्त फोहोरका थुप्रा रहेका छन् । गर्मी मौसम सुरु हुन लागेसंगै अब यसलाई समयमै व्यबस्थापन गर्न नसके रोग फैलिने त्रास रहेको वातावरण विज्ञहरु बताउनु हुन्छ । पोखराका मेयर धनराज आचार्यले अब छिट्टै फोहोर व्यबस्थापन हुने गरी ठाँउको खोजि भई रहेको बताउनु भएको छ । यद्यपी हालसम्म यसको समस्या । समाधान भएको छैन् । तष्विर शिव देवकोटा पुरा पढौ

सुकुम्बासी समस्या समाधानका लागि नेकपाको नेतृत्व आवश्यक ः उम्मेदवार थापा

पोखरा, १८ माघ, कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल नेपाल सुकुम्बासी संघ जिल्ला समिति कास्कीले आज आयोजना गरेको उम्मेदवारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले शहर सबै वर्गको साझा भएको बताउँदै भने,‘गरीब, मध्यम वर्ग र श्रमजीवी जनताको अधिकार सुरक्षित नगरी समृद्ध शहरको कल्पना गर्न सकिन्न । त्यसको नेतृत्व नेकपाबाहेकबाट सम्भव छैन ।’ उम्मेदवार थापाले संकटका बेला ठूला वर्ग भाग्ने र त्यसको सामना… पुरा पढौ

चर्का भाषण होइन, नीतिगत काम गर्छु : रास्वपा उम्मेदवार बिना गुरुङ

पोखरा, कास्की क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधि सभा सदस्य उम्मेदवार बिना गुरुङले चर्का भाषण र सस्तो आश्वासन नबाँड्ने स्पष्ट पारेकी छन् । मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या सुन्ने र नीतिगत तहबाट समाधान खोज्ने अभियानमा सक्रिय गुरुङले हेमजासहित विभिन्न स्थानमा मतदातासँग छलफल गरेकी हुन् । आइतबार पुरुन्चौर र सोमबार हेमजामा मतदातासँग भेटघाट गर्दै गुरुङले राष्ट्रिय नीति निर्माणदेखि स्थानीय समस्या समाधानसम्मका विषयमा संवाद गरिन् । आलु तथा तरकारी उत्पादनको पकेट क्षेत्र हेमजाका स्थानीयले कृषिको आधुनिकीकरण र बजारीकरणका… पुरा पढौ

जनता केन्द्रित हुन्छौंः नेकपा कास्की क्षेत्र नम्बर १ का उमेदवार राजकाजी गुरुङ करण (भिडियो सहित), पोखरामा सचिवालय उद्घाटन

पोखरा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय पोखरा अम्मरसिंहचोकमा उद्‌घाटन गरिएको छ । नेकपाका नेता एवं गण्डकी इन्चार्ज श्रीनाथ बरालले सम्पर्क कार्यालयको आज एक समारोहका बिच उद्‌घाटन गरेका हुन् । https://www.youtube.com/watch?v=CeR8lM1BKYk कार्यालयको उद्‌घाटन गर्दै उनले जनताले प्राप्त गरेका उपलब्धिको रक्षा गर्न, देश बचाउन र समाजवादमा जान नेपाली कम्युनिष्ट पार्टीको जित आवश्यक भएकोमा जनोड दिए । संसद पुनस्थापनाको एजेण्डा बोकेका कांग्रेस एमाले र एजेण्डा विहिन नयाँ भनिनेले देशको नेतृत्व र विकास गर्न नसक्ने उनको तर्क थियो… पुरा पढौ

शनिबारदेखि पोखरामा यू–१९ महिला साफ च्याम्पियनसिप फुटबल हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा, १५ माघ, खेलकुदको शहर पोखरामा १९ बर्ष मुनिका खेलाडीहरु सभागि (यू–१९) महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता शनिबार देखि सुरु हुने भएको छ । यही माघ २४ गतेसम्म पोखरा रंगशालाको फुटवल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएकोे अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज (विहिबार) पोखरामा आयोजित पत्रकार सम्मेलनबाट जानकारी गराएको हो । https://www.youtube.com/watch?v=f3mN8308_Jk दक्षिण एसियाली फुटबल महासंघ (साफ) को समन्वय तथा एन्फाको आयोजनामा हुने यस प्रतियोगितामा नेपाल सहित भारत, बंगलादेश र भुटान गरी चार देशका यू–१९… पुरा पढौ

गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै गण्डकी प्रदेशको भविष्य निर्भर छ ः मन्त्रीथापा

पोखरा, गण्डकी प्रदेशका सामाजिकविकास, युवातथा खेलकुदमन्त्रीविन्दु कुमार थापाले गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै गण्डकी प्रदेशको भविष्यनिर्भर रहेको बताएका छन् । मन्त्रालयअन्तर्गत शिक्षाविकास महाशाखाद्वारा आयोजितप्रदेशस्तरीय शिक्षकतथाविद्यार्थी प्रतिभापहिचानकार्यक्रमउनले यस्तो बताएकाहुन् । मन्त्रीथापाले शिक्षा नै समृद्ध समाजनिर्माणको मूलआधार भएको उल्लेख गरे । उनले गण्डकी प्रदेश सरकारले शिक्षालाई दीर्घकालीन सामाजिक रूपान्तरणको मुख्यआधारका रूपमालिँदै गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामा निरन्तर प्राथमिकतादिँदै आएको बताएका छन् । मन्त्रीथापाले शिक्षक र विद्यार्थीको प्रतिभापहिचान, क्षमताविकास र प्रोत्साहननगरी शिक्षा क्षेत्रमा अपेक्षित परिवर्तन सम्भव नहुने बताउँदै भने, “प्रतिभापहिचानकार्यक्रमले शिक्षक र विद्यार्थीभित्र… पुरा पढौ

जेंजी आन्दोलनको मर्म बोकेर संसदतर्फ वैज्ञानिक कदम, कास्की–२ बाट स्वतन्त्र उम्मेदवार डा.निरञ्जन कोइराला घर दैलो कार्यक्रममा व्यस्त

पोखरा, जेनजी आन्दोलनको जगमा हुन लागेको आम निर्वाचनमा सबै दलले आफ्ना–आफ्ना उम्मेदवार मैदानमा उतारेका छन्। तर सहिद जेनजीले चाहेको कस्तो प्रतिनिधि भन्ने प्रश्नतर्फ कसैको ध्यान नपुगेको देख्दा जेनजी सहिदप्रति अन्याय र धोका भएको अनुभूति धेरैमा परेको छ। नयाँ अनुहार होइन, नयाँ सोच र नयाँ स्कुलिङ भएको नेतृत्व आवश्यक छ भन्ने आवाज यहीँबाट उठेको हो। यही सन्दर्भमा, नेपालको विज्ञान, प्रविधि र अनुसन्धान क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएका वैज्ञानिक डा. निरञ्जन कोइराला कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा… पुरा पढौ

न्याय, समानता र स्वतन्त्रताको पक्षका गोपाल गिरि जनतामा लोकप्रिय बन्दै

पोखरा, अथक संघर्ष, निरन्तर त्याग र नथाक्ने राजनीतिक यात्राका प्रतीक हुन गोपाल गिरी । कम्युनिस्ट आन्दोलनको भुइँ तहदेखि उठ्दै आज संसदीय उम्मेदवारसम्मको यात्रामा उनी कहिल्यै विचलित भएनन्, न झुके, न थाके । पुष्पकमल सुवेदीलगायतका युवाहरूले गठन गरेको माले क्रान्तिकारी कम्युनिस्ट दलको ‘रेड गार्ड’ मा आबद्ध हुँदै गोपाल गिरीको राजनीतिक यात्रा सुरु भएको हो । त्यसै क्रममा तत्कालीन नेकपा (माले) रिभान गाउँ कमिटीको सचिव बनेर उनले संगठन निर्माण र जनसम्पर्कमा महत्वपूर्ण भूमिका खेले । माले, एमाले हुँदै एकीकृत समाजवादीसम्म आइपुग्दा उनले… पुरा पढौ

गठबन्धनका तिमिल्सिना र देवकोटा राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित

दीननाथ बराल, पोखरा, ११ माघ, राष्ट्रियसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत गण्डकी प्रदेशबाट गठबन्दनका दुई जना विजयी हुनु भएको छ । आइतबार पोखरामा भएको मतदानबाट ‘अन्य समूह’तर्फ नेपाली काँग्रेसका जगत तिमिल्सिना र ‘महिला समूह’ मा नेकपा (एमाले) का उम्मेदवार सम्झना देवकोटा विजयी हुनुभएको हो । तनहुँका प्रा.डा. जगत तिमिल्सिनाले कुल ५ हजार ३३ मतभार प्राप्त गर्दै विजयी हुनुभयो भने उनले स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षबाट १ सय ३१ मत र प्रदेशसभा सदस्यबाट ४८ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्धान्दी नेपाली… पुरा पढौ

“वडा खेलकुद महोत्सवमा खेलको उत्सव ः फुटबलमा एसओएस गण्डकी, यूनी हकीमा सेंट फ्रान्सिसको दोहोरो उपाधि”

पोखरा, पोखरा महानगरपालिका वडा नं १५ मा जारी वडा खेलकुद महोत्सवमा विहीबार भलिवल, फुटवल, दौड र यूनि हकी अन्तर्गतका खेल सम्पन्न भएका छन । जस अन्तर्गत विद्यालय स्तरीय फुटवलको उपाधी एस ओ एस गण्डकीले विद्यालय स्तरीय फुटवलको उपाधी हात पारेको छ । बुधवार सम्पन्न विद्यालय स्तरीय फुटवलको फाइनलमा एस ओ एस गण्डकीले भ्यू प्वाइन्ट सेकेण्डरी बोर्डिङ स्कुललाई ३–१ को गोल अन्तरले पराजित गर्दै विद्यालय स्तरीय फुटवलको उपाधी हात पारेको हो । त्यसैगरी टोल तथा क्लव स्तरीय फुटवलमा स्यानी मजुवा टोल… पुरा पढौ