राजनीति

पोखरा १३ मा दोस्रो साहित्य पर्व–२०८३

पोखरा, १३ वैशाख, पोखराको सांस्कृतिक र साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यसहित दोस्रो साहित्य पर्व–२०८३ भएको छ ।पोखरा महानगरपालिका वडा नं. १३ को आयोजनामा वडा कार्यालय परिसरमा साहित्य पर्व भएको हो । उक्त कार्यक्रमको लेखक तथा पत्रकार नारायण वाग्लेले शनिबार उद्घाटन गरेका हुन् । यस साहित्य पर्वलाई स्थानीयस्तरमै सिर्जनात्मक अभिव्यक्ति र बौद्धिक छलफलको साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । कार्यक्रममा लेखक तथा पत्रकार वाग्लेले आफ्नो लेखन क्षेत्रको प्रेरणाको स्रोत पुस्तकाल रहेको बताए । उनले पुस्तका पुग्दा आफ्नै… पुरा पढौ

पोखरामा आधुनिक प्रविधिसहित पोखरा सभागृह अब पुनःनिर्माण हुने तयारीमा

पोखरा, वैशाख १२, करिब चार दशकअघि २०४४ सालमा निर्माण गरिएको पोखरा सभागृह अब आधुनिक प्रविधिसहित पुनःनिर्माण हुने भएको छ। जीर्ण अवस्थामा पुगेको यस ऐतिहासिक संरचनालाई करिब २९ करोड रुपैयाँको लागतमा रेट्रोफिटसहित नयाँ स्वरूप दिइने तयारी गरिएको हो। पोखरा महानगरपालिकाले परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ भने छिट्टै टेण्डर प्रक्रियामा जाने योजना बनाएको छ। मेयर धनराज आचार्यका अनुसार नगर विकास कोष र महानगरपालिकाको साझेदारीमा लगानी गरिनेछ, जसमा सहुलियतपूर्ण ऋणसमेत प्रयोग गरिनेछ । नयाँ डिजाइनअनुसार सभागृहमा अन्डरग्राउन्ड पार्किङको सुविधा हुनेछ,… पुरा पढौ

पोखरा रात्रिकालीन सडक दौडलाई नयाँ ब्राण्डका रूपमा स्थापित गर्न सुझाव

पोखरा, १२ वैशाख, “जाग्छ पोखरा, दौडाउँछ पोखरा” मूल नाराका साथ पोखरामा गत चैत्र २८ गते आयोजना पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) प्रतियोगिता २०८३ लाई पोखराको नयाँ ब्राण्डका रूपमा विकास गर्न सरोकारवालाहरूले जोड दिएका छन् । शनिबार पोखरा–१७, दोबिल्लास्थित सहारा एकेडेमी परिसरमा आयोजित समीक्षा तथा शुभकामना एवं मैत्रिपूर्ण फुटबल कार्यक्रममा सहभागी वक्ताले प्रतियोगितालाई अझ व्यवस्थित, प्रभावकारी र अन्तर्राष्ट्रियस्तरको बनाउन सुझाव दिएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले पत्रकारहरूलाई नयाँ र… पुरा पढौ

नक्कली पेस्तोल देखाएर सर्वसाधारणलाई तर्साउने दुई युवक प्रहरीको नियन्त्रणमा

पोखरा, पोखरामा नक्कली पेस्तोल देखाएर सर्वसाधारणलाई तर्साउने दुई युवक प्रहरीको नियन्त्रणमा परेका छन्। कास्की प्रहरीले सिमलचौर क्षेत्रमा हतियार देखाएर डरत्रास फैलाएको सूचनापछि ती युवालाई समातेको हो। पक्राउ पर्नेमा ३२ वर्षीय सुवास कायस्थ र ३१ वर्षीय सुरज कायस्थ रहेका छन्, जो हाल पोखरा–८ सिमलचौरमा बस्दै आएका थिए। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनीहरूको डेरामा खोजतलास गर्दा नक्कली पेस्तोल, त्यसको कभर, दुई थान नोक र रडबाट बनेको स्लाइड स्टिक बरामद गरेको जनाएको छ । स्थानीयलाई धम्क्याएको गुनासो आएपछि प्रहरी तुरुन्तै सक्रिय… पुरा पढौ

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह दुई साता बस्ने, राजनीतिक भेटघाट समेत हुदै

दीननाथ बराल,पोखरा, १२ वैशाख, पूर्व राजाः ज्ञानेन्द्र शाह शुक्रबार पोखरा आएसंगै उहाँ दुई साता पोखरामा रहनु हुने भएको छ । शुक्रबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि विमानस्थल बाहिरसम्म विभिन्न संघ–संस्थाका प्रतिनिधि र समर्थकहरूले उहाँलाई स्वागत गर्नु भएको थियो । उहाँका समर्थकहरुले “राजा आउ देश बचाउ” र “हाम्रो राजा हाम्रो देश” जस्ता नारा लगाउँदै स्वागत गर्नु भएको थियो । पूर्वराजा शाह पोखराको लेकसाइडस्थित सोल्टी होटल पोखरामा बस्ने कार्यक्रम रहेको छ । उक्त होटलमा एक साता रहने बताइएको छ । पोखरा बसाइँ… पुरा पढौ

पोखराको लेकसाईड क्षेत्रमा फुटपाथ अतिक्रमण र अव्यवस्थित पार्किङ नियन्त्रणका लागि सचेतना अभियान सुरु

दीननाथ बराल ,पोखरा ९, वैशाख , पोखरा महानगरपालिका–६, लेकसाइड क्षेत्रमा सडक सुरक्षालाई ध्यानमा राख्दै फुटपाथ अतिक्रमण र अव्यवस्थित पार्किङ नियन्त्रणका लागि सक्रिय कदम चालिएको छ। व्यापारिक प्रयोजनका सामग्रीहरू सडक पेटीमा राख्दा तथा जथाभावी सवारी पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको निष्कर्षपछि सम्बन्धित निकायहरूले संयुक्त रूपमा यस्तो कार्य थालेका हुन्। पोखरा ६ का वडाध्यक्ष बिष्णुबहादुर भट्टराईको नेतृत्वमा, सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष ठकुर प्रसाद बराल, नगर प्रहरी तथा अन्य सरोकारवाला संस्थाहरूको सहभागितामा लेकसाइड क्षेत्रमा अनुगमन गरी अतिक्रमित फुटपाथ खाली गराइएको छ।… पुरा पढौ

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

पोखरा, ७ वैशाख, गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१र०८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टलाई पेस गर्नुभएको हो । संविधानको धारा २९४ को उपधारा ९३० को व्यवस्था बमोजिम आयोगले सोमबार एक कार्यक्रमका बीच सातौं वार्षिक प्रतिवेदन पेस गरेको हो । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तिकरणका लागि आयोग गठन भएको… पुरा पढौ

कास्कीमा कर्मचारीलाई कार्यशैली सुधार्न सांसद पौडेलको कडा निर्देशन, गुनासो आए सिधै माथिल्लो तहमा उजुरी गर्ने चेतावनी

दीननाथ बराल,पोखरा ७, वैशाख, कास्की जिल्लाका प्रशासनिक कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरूसँग आज (सोमबार) पोखरामा भएको बैठकमा प्रतिनिधि सभा सदस्य उत्तम पौडेल ले कार्यशैलीमा आमूल परिवर्तन गर्न कडा निर्देशन दिएका छन्। उनले विगतमा नेताको पहुँच, भनसुन र चिटका आधारमा हुने कामको संस्कृतिलाई तत्काल अन्त्य गर्नुपर्ने बताएका हुन् । बैठकमा बोल्दै सांसद पौडेलले सुशासन नारामा मात्र सीमित नभई हरेक सरकारी कार्यालयको व्यवहार र सेवा प्रवाहमा देखिनुपर्नेमा जोड दिए। “जनताको गुनासो सुन्ने पहिलो जिम्मेवारी तपाईंहरूको हो, जनताले मसम्म आउनु पर्ने अवस्था… पुरा पढौ

क्होला सोँप्रे ट्हो (क्होलासोंथर) अध्ययन भ्रमणका लागि यूकेको जम्बो टोली भुजुङ हुदै जाने तयारी (भिडियो सहित)

पोखरा, गुरुङ (तमु) समुदायको ऐतिहासिक तथा सांस्कृतिक उद्गमस्थल मानिने क्होला सोँप्रे ट्हो (क्होलासोंथर) को अध्ययन, संरक्षण र अन्तर्राष्ट्रिय पहिचानका लागि यूकेबाट जम्बो टोली आइतबार भुजुङ तफृ प्रस्थान गर्ने भएको छ । तमु प्ये ल्हु संघ यूकेको संयोजकत्वमा गठन गरिएको करिब ५०/५५ सदस्यीय टोली २०८३ वैशाख ६ गते (अप्रिल १९, २०२६० देखि अध्ययन तथा अवलोकन भ्रमणमा निस्कने जानकारी शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत दिइएको हो। टोलीमा ६ जना महिला, चिकित्सक, प्राविधिक र सञ्चारकर्मीहरू समेत सहभागी रहनेछन्। https://www.youtube.com/watch?v=FIUEgxOpKa4 संघका अध्यक्ष क्या.… पुरा पढौ

राइड सेयरिङ सहित ८० प्रतिशत प्रगति भएको दाबी

पोखरा, ३ वैशाख, गण्डकी प्रदेशसभा सदस्य प्रकाशबहादुर केसीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारीबाट बुधबारबाट समाप्त भयो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू नेतृत्वको मन्त्री मण्डलका सबै मन्त्री परिवर्तन गर्दै बुधबार सपथ गराए । निवर्तमान मन्त्री केसीको कार्यकालका मुख्य उपलब्धिमा राइड सेयरिङ सेवाको प्रक्रिया सुरु र मन्त्रालयको प्रगति ८० प्रतिशत भएको उनले दाबी गरे । २०८१ भदौ १७ गते मन्त्री नियुक्त भएका केसीले मन्त्रालयका योजना कार्यान्वयनमा विभिन्न पहल गरेका थिए । मन्त्रालयका कार्यचारी, निर्देशकहरुलाई निर्देशक, योजनाहरु अनुगमनदेखि समस्या भएका… पुरा पढौ

This will close in 20 seconds