राजनीति

गण्डकी प्रदेश सरकारको खर्च ६९.५४ प्रतिशत, चालु तर्फ ६०.४३ र पूजिँगत तर्फ ७६.७३ प्रतिशत खर्च

दीननाथ बराल,पोखरा २८, असार, गण्डकी प्रदेश सरकारले यस चालु आर्थिक बर्ष २०८१÷०८२ मा ६९.५४ प्रतिशत खर्च गरेको छ । चालु तर्फ ६०.४३ र पूजिँगत तर्फ ७६.७३ प्रतिशत खर्च भएको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रालयका निमित्त सचिव डिल्लीराम रिज्यालले बताउनु भयो । चालु आर्थिक बर्षका लागि प्रदेश सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट विनियोजन गरे पनि २२ अर्ब ९३ करोड ४० लाख ८२ हजार (६९.६४%) खर्च भएको मन्त्रालयले जनाएको छ । पूजिँगत तर्फ १४ अर्ब ९९… पुरा पढौ

आदिकवि विशेष कविता वाचन सम्पन्न

पोखरा, २८ असार, २१२ औं भानु जयन्तीको अवसरमा शनिबार पोखरामा “सम्झनामा आदिकवि” विशेष कविता वाचन सम्पन्न गरेको छ । कार्यक्रममा ९ जना कविले पद्य तथा गद्यमा कविता प्रस्तुत गरे । कवि संयोग बस्यालले बाँचिन्छ आरामले र करुणा प्रस्तुत गरे । कवि सुरेश रानाभाटले माटोको वासना तथा लालुपाते शीर्षकको कविता सुनाए । यस्तै केआर ढकालले पर्ख र सस्तो पसल, सञ्जिव पौडेलले विज्ञप्ति मुर्दावाद र जानेहरू, रमा खतिवडाले भानुभक्त र असारे झ्याउरे कविता सुनाइन् । कवि रुपिन्द्र प्रभावी जोशीले प्रतिविम्ब र सास्ती… पुरा पढौ

कालोमोसो काण्डको मुख्य योजनाकारको रूपमा सुजन विक पक्राउ

पोखरा, असार २८, छोरेपाटन माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीमाथि कालोमोसो दलिएको घटनामा संलग्न भएको आरोपमा नेकपा बहुमत निकट युवा संगठनका केन्द्रीय अध्यक्ष सुजन विक पक्राउ परेका छन्। शुक्रबार सार्वजनिक रूपमा घटेको उक्त घटनापछि जिल्ला प्रहरी कार्यालय कास्कीले तत्काल अनुसन्धान अघि बढाउँदै शुक्रबार राति नै विकलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार विक नै कालोमोसो दल्ने योजनाका मुख्य सूत्रधार हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले अभद्र व्यवहार मुद्दाअन्तर्गत विकलाई पक्राउ गरिएको पुष्टि गर्दै बाँकी दुई अभियुक्तलाई समेत… पुरा पढौ

वडा देखि पालिकासम्म भएको बेरुजु र भ्रष्टचार बिरुद्ध आवाज उठाउन सुझाव,नेकपा माओबादी केन्द्र पोखरा २२ को कार्यकर्ता भेटघाट तथा परिचयात्मक कार्यक्रम

पोखरा २७, असार, पोखरा सहित कास्कीका विभिन्न वडा देखि पालिकाहरुमा भएको बेरुजु र भ्रष्टचार बिरुद्ध आवाज उठाउन शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले सुझाव दिएका छन् । नेकपा माओवादी (केन्द्र) पोखरा महानगरपालिका–२२, (पुम्दी भुम्दी) समितिले शुक्रबार विश्व शान्ति स्तुपः नजिक इलाइट क्याफेमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्ने वक्ताहरुले जनताले तिरेको करको व्यापक दुरुपयोग भएको जनगुनासो आएकोले वडा देखि पालिकाहरुमा भएको बेरुजु र भ्रष्टचार बिरुद्ध आवाज उठाउन नेता तथा कार्यकर्तालाई सुझाव दिनु भएको हो । कार्यक्रममा पार्टीका कास्की… पुरा पढौ

विज्ञ भन्छनः जैविक विषादी प्रयोग गर्दा किरा कम लाग्छ, उत्पादन बढ्छ, पोखरामा ४ देशका प्रतिनिधि जलवायु स्मार्ट बाली संरक्षणमा केन्द्रित

पोखरा, कृषि विज्ञहरुले जैविक विषादी प्रयोग गर्दा किरा कम लाग्ने र उत्पादन बृद्धि हुने बताएका छन् । पोखराको वाटरफन्ट रिसोर्टमा विहिबार देखि सुरु भएको ‘प्राकृतिक समाधानहरुमा केन्द्रित जलवायु स्मार्ट बाली संरक्षण’ सम्बन्धी क्षेत्रीय प्रशिक्षण तथा कार्यशाला गोष्ठीमा सहभागि कृषि विज्ञहरुले रसायनिक बिषदी भन्दा जैविक बिषादी प्रयोग गर्न सुझाव दिदै त्यसले किरा कम लाग्नुका साथै उतपादन बृद्धि हुने दाबी गरेका हुन् । https://www.youtube.com/watch?v=ln2vtm8jLhg शुक्रबारसम्म पोखरामा संचालन हुने उक्त कार्यक्रममा नेपाल सहित ४ देशका प्रतिनिधि जलवायु स्मार्ट बाली संरक्षणमा केन्द्रित हुने गरी… पुरा पढौ

स्थानिय तह र प्रदेशका कर्मचारीलाई पनि योगदानमा आधारित निवृत्तभरणमा लैजान माग

दीननाथ बराल, पोखरा, २६ असार, स्थानिय तह र प्रदेशका कर्मचारीलाई पनि योगदानमा आधारित निवृत्तभरणमा लैजान माग गरिएको छ । संघिय सरकार अन्र्तगतका कर्मचारीलाई योगदानमा आधारित निवृत्तभरणमा लगेको अबस्थामा बाँकी रहेका स्थानिय तह र प्रदेश सरकारका कर्मचारीलाई समेत योगदानमा आधारित निवृत्तभरणमा लैजान पोखरामा आयोजित एक कार्यक्रमबाट माग गरिएको हो । कर्मचारी सञ्चय कोष, शाखा कार्यालय, पोखराले गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वय र सहयोगमा योगदानमा आधारित निवृत्तभरण योजना सम्बन्धी प्रदेशस्तरीय हालै पोखरामा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रमबाट स्थानिय… पुरा पढौ

पोखरामा वर्षाका कारण १५ दिनसम्म पर्यटकीय गन्तव्यहरुमा समय सिमा पालना गर्न निर्देशन

कास्की, जिल्ला प्रशासन कार्यालय कास्कीले वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको भन्दै कास्कीका पर्यटकीय गन्तव्यहरुमा जान र आउनको लागि समय सिमा पालना गर्न निर्देशन जारी भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा यही असार २३ गते बसेको बैठकको निर्णय अनुसार असार २५ गतेदेखि लागू हुनेगरी आगामी १५ दिनका लागि यात्रुवाहक सवारी साधन सञ्चालनमा समयसीमा तोकिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । तोकिएको स्थानहरूमा अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी यात्रु वाहक सवारी साधनहरू मात्र सञ्चालन गर्न पाइने… पुरा पढौ

विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना भविष्य निर्माणतर्फको ठूलो कदम होः मन्त्री थापा

पोखरा, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पोखरा–९ स्थित श्री सहारा बाल आधारभूत विद्यालयमा नवस्थापित विज्ञान प्रयोगशालाको उद्घाटन गर्दै यसलाई बालबालिकाको उज्यालो भविष्य निर्माणतर्फको महत्वपूर्ण कदमको रूपमा टिप्पणी गरेका छन् । प्रयोगशाला शुभारम्भका साथै विद्यालयलाई विभिन्न दाताहरूको सहयोगमा प्राप्त प्रोजेक्टर, साउन्ड सिस्टम र फर्निचर सामग्रीको पनि औपचारिक हस्तान्तरण गरिएको उक्त कार्यक्रममा मन्त्री थापाले भने, “हामीले चाहेको परिवर्तन यस्ता विद्यालयमै हुन्छ, जहाँ विज्ञान पढिन्छ, प्रयोग गरिन्छ र बालबालिकाले भविष्य कोर्छन्।” उनले शिक्षा क्षेत्रमा प्रदेश सरकारको प्राथमिकता अनुसार… पुरा पढौ

कास्कीमा अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनका लागि अन्तरक्रिया

२४ असार, पोखरा, कास्की जिल्लामा अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनका लागि सरोकारवालासँग सोमबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकारले २०८५ साल वैशाख १ गतेबाट लागू हुने गरी अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान कार्यान्वयनको तयारी थालेको सन्दर्भमा कास्कीमा यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा जिल्ला शिक्षा समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले प्रत्येक नागरिकलाई संविधानले प्रत्याभूत गरेको निशुल्क शिक्षाको अवधारणा कार्यान्वयनको तयारी हुनु सुखद पक्ष भएको बताउनुभयो।प्रमुख पौडेलले २०८५ साल वैशाख १ गतेदेखि कार्यान्वयनमा आउने… पुरा पढौ

गण्डकीमा उद्योग, शिक्षालय र प्रशिक्षार्थी पुरस्कृत

पोखरा, गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना’ अन्तर्गत औद्योगिक प्रशिक्षार्थी तालिम ९अपे्रन्टिशीप० कार्यक्रमका उत्कृष्ट शिक्षालय, उद्योग र प्रशिक्षार्थीलाई एक कार्यक्रममा सम्मान गरिएको छ । शिक्षालय तर्फ निर्मल मावि, व्यास तनहुँ प्रथम घोषित हुँदै रु ५० हजारसहित सम्मानित भयो भने धवलागिरी बहुप्राविधिक शिक्षालय, थासाङ मुस्ताङ द्वितीय रु ३० हजार, पोखरा प्राविधिक शिक्षालय तृतीय रु २० हजार र रणविर जनहित मावि, वालिङ स्याङ्जा चौथो रु १० हजार नगद सहित सम्मानति… पुरा पढौ