राजनीति

गठबन्धनका तिमिल्सिना र देवकोटा राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित

दीननाथ बराल, पोखरा, ११ माघ, राष्ट्रियसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत गण्डकी प्रदेशबाट गठबन्दनका दुई जना विजयी हुनु भएको छ । आइतबार पोखरामा भएको मतदानबाट ‘अन्य समूह’तर्फ नेपाली काँग्रेसका जगत तिमिल्सिना र ‘महिला समूह’ मा नेकपा (एमाले) का उम्मेदवार सम्झना देवकोटा विजयी हुनुभएको हो । तनहुँका प्रा.डा. जगत तिमिल्सिनाले कुल ५ हजार ३३ मतभार प्राप्त गर्दै विजयी हुनुभयो भने उनले स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षबाट १ सय ३१ मत र प्रदेशसभा सदस्यबाट ४८ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्धान्दी नेपाली… पुरा पढौ

“वडा खेलकुद महोत्सवमा खेलको उत्सव ः फुटबलमा एसओएस गण्डकी, यूनी हकीमा सेंट फ्रान्सिसको दोहोरो उपाधि”

पोखरा, पोखरा महानगरपालिका वडा नं १५ मा जारी वडा खेलकुद महोत्सवमा विहीबार भलिवल, फुटवल, दौड र यूनि हकी अन्तर्गतका खेल सम्पन्न भएका छन । जस अन्तर्गत विद्यालय स्तरीय फुटवलको उपाधी एस ओ एस गण्डकीले विद्यालय स्तरीय फुटवलको उपाधी हात पारेको छ । बुधवार सम्पन्न विद्यालय स्तरीय फुटवलको फाइनलमा एस ओ एस गण्डकीले भ्यू प्वाइन्ट सेकेण्डरी बोर्डिङ स्कुललाई ३–१ को गोल अन्तरले पराजित गर्दै विद्यालय स्तरीय फुटवलको उपाधी हात पारेको हो । त्यसैगरी टोल तथा क्लव स्तरीय फुटवलमा स्यानी मजुवा टोल… पुरा पढौ

पोउवा संघद्वारा संचारकर्मीलाई भ्याटसम्बन्धी तालिम

पोखरा,७ माघ २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको सरकारले उदारीकरणको नीति अंगिकार ग¥यो । सरकारसँग अपेक्षा बढी थिए तर ढुकुटी बलियो थिएन । तत्कालीन सरकारले राजश्व बढाउन कर प्रणाली सुधारको अभियान चलायो ।मूल्य अभिवृद्धि कर ९भ्याट० मार्फत् राजश्व बढाउने नीति पारित भयो । नेपालको निजी क्षेत्र त्यसको विरुद्धमा थियो । उनीहरुले भ्याटविरुद्ध उभिन छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघलाई दबाब दिइरहेका थिए । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष थिए–पोखराका आनन्दराज मुल्मी । सरकारले लिएको उदारीकरणको नीतिलाई समर्थन गरेको महासंघ र अध्यक्ष… पुरा पढौ

कास्कीमा ६ स्वतन्त्र सहित ४९ जनाको उम्मेदवारी दर्ता (भिडियो सहित), महिला सहभागिता न्यून, रास्वपा बाहेक मुख्य दलबाट महिला उम्मेदवार छैनन्

दीननाथ बराल,पोखरा, ६ माघ, कास्की जिल्लाका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट स्वतन्त्रसहित ४९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार ४३ जना विभिन्न राजनीतिक दलका उम्मेदवार रहेका छन् भने ६ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्। https://www.youtube.com/watch?v=5-vnV6hxVug आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएको मनोनयन अवधिमा कास्की–१ मा १७ जना, कास्की–२ मा १७ जना र कास्की–३ मा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। समग्रमा हेर्दा कास्कीका तीनै क्षेत्रमा पुरुष उम्मेदवारको दबदबा देखिएको छ भने महिला सहभागिता… पुरा पढौ

कास्की–२ बाट उज्यालो नेपाल पार्टीका कुशल गुरुङको उमेदवारी दर्ता

पोखरा ऊर्जा तथा जलवायु क्षेत्रका विज्ञ कुशल गुरुङले कास्की निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दर्ता गराएका छन ्। ऋाज (मंगलबार) माघ ६ गते उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उज्यालो नेपाल पार्टी (उनेपा) को तर्फबाट मनोनयनपत्र दर्ता गराएका हुन्। उज्यालो नेपाल पार्टीका अभियन्ता समेत रहेका गुरुङ समर्थक तथा शुभेच्छुकसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । लामो समयदेखि ऊर्जा क्षेत्र, हरित विकास र वातावरण संरक्षणमा सक्रिय गुरुङले आर्थिक समृद्धि र सुशासनलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्। मनोनयन… पुरा पढौ

कास्कीका तीनै क्षेत्रमा कांग्रेसको उम्मेदवार टुंगियो

पोखरा, अन्ततः नेपाली कांग्रेसले कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाउँदै नाम सार्वजनिक गरेको छ । अन्य दलहरूले उम्मेदवार घोषणा गरिसकेपछि कांग्रेसले अन्तिम चरणमा आएर आफ्ना उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो । कांग्रेसबाट कास्की क्षेत्र नम्बर १ मा तिलक रानाभाट, क्षेत्र नम्बर २ मा माधव बास्तोला ‘मधु’ र क्षेत्र नम्बर ३ मा मनोज गुरुङले टिकट पाएका छन् । ढिलै भए पनि कांग्रेसले तीनै क्षेत्रमा उम्मेदवार तय गरेपछि चुनावी गतिविधि थप सक्रिय हुने देखिएको छ । यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा)… पुरा पढौ

राप्रपाबाट कास्की–३ मा युवा पर्यटन उद्यमी अर्जुन खनाल उम्मेदवार

पोखरा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट सफल युवा पर्यटन उद्यमी तथा समाजसेवी अर्जुन खनाल लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा अघि सारेको छ। युवामाझ भरोसाको पात्रका रूपमा चिनिँदै आएका खनाल राप्रपाका केन्द्रीय सदस्य समेत हुन्। टिकट प्राप्त गरेसँगै खनालले पार्टीले आफूमाथि गरेको विश्वासप्रति आभार व्यक्त गर्दै कर्तव्यबोधका साथ उम्मेदवारी स्वीकार गरेको बताएका छन्। उनले कास्की–३ का मतदाताबाट अमूल्य मत प्राप्त हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे। खनालले कास्की–३ को आर्थिक विकास र समृद्धि लाई मुख्य… पुरा पढौ

पोखरा १५ मा चौथो वडा खेलकुद महोत्सव सुरु

पोखरा, पोखरा महानगरपालिका वडा नं १५ मा चौथो संस्करणको वडा खेलकुद महोत्सव सुरु भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मेयर आचार्यले सवै उमेर समुहकालाई समेटेर वडाको खेलकुद गतिविधीलाई समेट्ने गरी वडा खेलकुद महोत्सवको आयोजना गरी खेलकुद महोत्सव आयोजना गरेकोमा धन्यवाद ब्यक्त गरे । वडा नं १५ संस्कृतिमा धेरै धनी रहेको वन विज्ञान अध्ययन संस्थानको केन्द्रीय क्याम्पस, ८ दशकको इतिहाँँस बोकेको आइएनएफ हस्पिटल, सिद्ध परोपकार सहितको बैदिक गुरुकुल देखि आधुनिक शिक्षा प्रदान… पुरा पढौ

कास्कीमा रास्वपाले पनि उम्मेदवार टुंग्यायो, गनेश, उत्तम र उदुनाथ उमेदवार

दीननाथ बराल,पोखरा ५, माघ, गण्डकी प्रदेशको राजधानी जिल्ला कास्कीमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्ना उम्मेदवार टुंगो लगाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले कास्की क्षेत्र नम्बर १, २ र ३ मा उम्मेदवारको नाम सार्वजनिक गरेको हो । रास्वपाले कास्की क्षेत्र नम्बर १ मा गनेस पौडेललाई उम्मेदवार बनाएको छ । पौडेल २०७९ सालको स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा ‘अटेरी उम्मेदवार’का रूपमा लौरो चुनाव चिह्नबाट उम्मेदवार बनेका… पुरा पढौ

नेकपाका करण कास्की क्षेत्र नं १ का उमेदवार

नेपाली कम्युनिष्ट पार्टी(नेकपा) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र न १ बाट राजकाजी गुरुङ(करण)लाई उम्मेदवार बनाउने भएको छ । फागुन २१ गतेको चुनावका लागि नेकपाले करणलाई टिकट दिएको श्रोतले जनाएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल(प्रचण्ड) र सहसंयोजक माधवकुमार नेपालले टिकट प्रदान गर्नुभयो । गुरुङ संविधानसभा सदस्य समेत हुनुहुन्छ । उहाँ विसं २०६४ को निर्वाचनमा कास्की क्षेत्र नं २ बाट विजयी हुनुभएको थियो । नेकपाको केन्द्रीय सदस्य समेत रहनुभएका गुरुङले केही समय अर्थमन्त्रालयमा राजनीतिक सल्लाहकार भएर समेत काम गर्नुभयो… पुरा पढौ

This will close in 20 seconds