राजनीति

पोखरा म्याराथनलाई सफल पार्न सरकारले सहयोग गर्छः मन्त्री चौधरी, पोखरा रंगशालको जिर्ण पर्खाल पुनः मर्मत गर्न पोखरेलीको माग

दीननाथ बराल, पोखरा, २५ मंसिर, नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरामा आउँदो फागुन ३ गते हुने पोखरा म्याराथन प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने बताउनु भएको छ । अग्रज खेलाडीहरूको साझा सस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आज(मंगलबार) पोखरामा आयोजना भएको स्वागत तथा छलफल कार्यक्रम बोल्दै मन्त्री चौधरीले पोखरा क्षेत्रको प्रतिष्ठित प्रतियोगितालाई सफल पार्नु राज्यको पनि दाहित्व भएको उल्लेख गर्दै थप सहयोग गर्ने बताउनु भएको हो । पोखरा म्याराथनले पोखरा क्षेत्रको खेल पर्यटन सहित खेलाडी उत्पादनमा सहयोग गर्दै आएकोमा… पुरा पढौ

जाईकाबाट पोखरामा नयाँ टेक्नोलोजीको विकास ः मेयर आचार्य

पोखरा, २५ मंसिर, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपाल र जापान बीचको सम्वन्ध हर प्रकारले सकारात्मक भएको बताएका छन् । मंगलबार पोखरामा आयोजित रिजल्ट डिब्रिफिङ तथा समापन सत्रको उद्घाटन गर्दै खानेपानी क्षेत्रमा गरेको सुधारले पोखरेली उपभोक्ता र पर्यटकलाई शुद्ध र सफा पानीको व्यवस्था गरेको बताए । नयाँ टेक्नोलोजीको विकास र प्रयोग भएको भन्दै पोखराका प्रमुख आचार्यले पोखराको फोहोर पानी व्यवस्थापनमा जाइकाको सहयोग हुनेमा विश्वास व्यक्त गरे । मेयर आचार्यले पोखरा भौगोलिक विशालता र जनसंख्या बृद्धिदर उच्च भएकाले पानीको माग बढ्दै… पुरा पढौ

भौतिक मन्त्री केसीले गरे मोटरेबल पुलको उद्घाटन, सम्झौताभन्दा सात महिनाअघि नै बन्यो पुल

पर्वत, २२ मंसिर, पर्वतको मोदी गाउँपालिकामा निर्माण सम्पन्नको सम्झौता मितिभन्दा सात महिनाअगाडि नै मोटरेबल पुलको निर्माण सकिएको छ । मोदी–६ स्थित लिदी खोलामा २ करोड ५३ लाख ३९ हजार रुपैयाँ लागतमा मोटरेबल पुल तयार भएको हो । पुलको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शनिबार उद्घाटन गरेका छन् । उद्घाटनपछि बोल्दै मन्त्री केसीले समय अगावै मोटरेबल पुल निर्माण सम्पन्न गरेकोमा ठेकेदार कम्पनीको प्रशंसा गरे । जनताले तिरेको करको पैसा विकासमा सही तरिकाले सदुपयोग भएको भन्दै… पुरा पढौ

बेरोजगार नागिरकलाई रोजगारी दिलाउन प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी मन्त्री थापा

पोखरा २२, मंसिर, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले बेरोजगार नागरिकलाई रोजगारी दिलाउन प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी रहेको बताएका छन् । शनिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमको दुई दिवसीय वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उनले बेरोजगारी समस्यालाई समाधान गर्न र जीवनस्तर सुधार्न उक्त कार्यक्रम सफल भएको उल्लेख गरे । मन्त्री थापाले गण्डकी प्रदेशमा पनि सीमान्तकृत समुदाय, महिला र युवाहरूलाई रोजगारीको अवसर प्रदान गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत उल्लेखिय काम… पुरा पढौ

धार्मिक पर्यटकीय गन्तब्य बनाउन बजेटको व्यवस्था गर्छु मन्त्री भट्टराई

पोखरा २१ मंसिर, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पर्यटकीय विकासको संझावनालई उजागर गर्न प्रतिवद्ध रहेको बताएकी छन् । पोखरा महानगरपालिका वडा नम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा जारी कोटिहोममा पुगेर मन्त्री भट्टराइले पट्नेरीको विकासमा जनतासंसगै रहेको बताइन् र्। यहाँहरुले दुइ दुइ पटक निर्वाचित गराइसक्नुभएको छ, म यहाहरुसगैँ छु, यहाँहरु सबैको मायार सद्भावले अगाडी बढिरहेको छुु’ उनले भनिन् । सेती नदी माथी रहेको गुफामा जानका लागि आवश्यक संरचना बनाउन तपाईहरुले माग गर्नुभएको छ यसका लागि मेरो सहयोग रहन्छ’ उनले भनिन् ।… पुरा पढौ

द्वन्द्व पीडितहरू आत्म सम्मान पूर्वक बाँच्न पाउनुु पर्नेमा जोड

पोखरा, २१ मङ्सिर, पोखरामा बिहिबार आयोजित एक कार्यक्रममा द्वन्द्व पीडितहरूले समाजमा आत्मसम्मापूर्वक बाँच्न पाउनुुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालयको आयोजना एवम् विजय विकास स्रोत केन्द्र गैंडाकोट, नवलपरासी(ब.सुु.पूर्व) को समन्वय र सहयोगमा महिला, शान्ति र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० सम्बन्धि दोस्रो राष्ट्रिय कार्ययोजना विषयक गण्डकी प्रदेश स्तरीय अन्तरसम्वाद कार्यक्रमका सहभागीले शान्ति सम्झौता भएको १८ वर्षसम्म पनि द्वन्द्व पीडितले न्यायको अनुुभूति गर्न नसकेको बताए । बेपत्ता परिवार समाज कास्कीका… पुरा पढौ

निःशुल्क र अनिवार्य शिक्षा लागु गर्दा सबै स्थानिय तहसंग शिक्षा योजना र शिक्षा कोष हुनुपर्छः मन्त्री भट्टराई

दीननाथ बराल, पोखरा २०, मंसिर, नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईले सबै स्थानिय तहसंग शिक्षा योजना र शिक्षा कोष हुनु पर्ने बताउनु भएको छ । पोखराको पुरानो टुडिखेलमा रहेको राष्ट्रिय माध्यमिक बिद्यालयको विहिबार सम्पन्न भएको हीरक महोत्सवको समापन समारोहमा बोल्दै मन्त्री भट्टराईले नेपालमा निःशुल्क र अनिवार्य शिक्षा कार्यान्वयन गर्दा सबै स्थानिय तहसंग शिक्षा योजना र शिक्षा कोष हुनु पर्ने बताउनु भएको हो । उहाँले भन्नुभयो“माध्यामिक तहका शिक्षा निःशुल्क हुनुपर्छ, आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्छ भन्ने… पुरा पढौ

घोकेन्ते शिक्षा भन्दा व्यवसायिक शिक्षा अपरिहार्य स्मन्त्री थापा

पोखरा २०, मंसिर, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले घोकन्ते शिक्षा भन्दा व्यवसायिक शिक्षा अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय माध्यमिक विद्यालय पोखराको हीरक महोत्सवमा विहिबार उनले प्राविधिक शिक्षा, नवीनतम पाठ्यक्रम, र सीपमूलक कार्यक्रमहरू जस्ता शिक्षा नै आजको आवश्यकता रहेको उल्लेख गरे । राष्ट्रिय माध्यमिक विद्यालयले लामो यात्रा पार गर्दै शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भनाई उनको छ । स्थानीय तथा राष्ट्रिय स्तरमा हजारौँ विद्यार्थीलाई ज्ञान, सीप र नैतिकतामा सक्षम बनाउँदै समाज रूपान्तरणमा ऐतिहासिक भूमिका उक्त… पुरा पढौ

तपाईहरु ढुक्क हुनुहोस २०२७ मा विश्व कपका केही खेल पोखरामा हुन्छःमन्त्री—चौधरी

दीननाथ बराल, पोखरा १९, मंसिर, नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सन् २०२७ मा विश्व कप क्रिकेटका केही खेल पोखरामा हुने दाबी गर्नु भएको छ । सन् २०२७ मा यू–१९ महिना वल्र्ड कप क्रिकेट प्रतियोगिता नेपाल र बंगलादेशमा हुने भए पनि केही खेलको लागि पोखरामा संचालनको लागि पोखरा क्रिकेट मैदानमा आवश्यक भौतिक संरचना निर्माण गर्न सरकार तयार रहेको बताउदै केही खेल पोखरामा हुने उहाँले दाबी गर्नु भएको हो । https://www.youtube.com/watch?v=ZU1jqyf37Hc बुधबार पोखराका पत्रकारसंग कुराकानी गर्दै मन्त्री चौधरीले अब… पुरा पढौ

फागुन अन्तिम साता दशौं राष्ट्रिय खेलकुदको मिति घोषणा गछौंः मन्त्री चौधरी (भिडियो सहित)

दीननाथ बराल,पोखरा १९, मंसिर, नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशको सुर्खेतमा तय भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति केही दिनमा बन्ने परिषदको बैठकले तोक्ने बताउनु भएको छ । आगामी फागुन महिनाको अन्तिम सातामा उक्त प्रतियोगिता हुने गरी निर्णय गर्ने तयारी भएको उहाँले खुलसा गर्नु भयो । आज (बुधबार) पोखरा रंगशालाको अवलोकन पश्चात विभिन्न खेल संघहरुसंग सक्षिप्त कुराकानी गर्दै मन्त्री चौधरीले पत्रकारसंग कुराकानी गर्दै विश्व कप क्रिकेटको लागि बजेट अभावले गर्दा कुनै खेलहरु प्रभावित नहुने बताउनु भयो… पुरा पढौ