राजनीति

गण्डकी प्रदेश सरकारले कृषि, पर्यटन, पूर्वाधार र सुशासनलाई प्रथामिकता दिने

दीननाथ बराल, पोखरा २१, जेठ, गण्डकी प्रदेश सरकारले कृषि, पर्यटन, पूर्वाधार र सुशासनलाई प्रथामिकता दिदै आउँदो आर्थिक बर्षको २०८२÷०८३ लागि नीति तथा कार्यक्रममा ल्याउने भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आज(बुधबार) प्रदेश सभा बैठकमा प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस बर्ष केही नयाँ बाहेक अन्य पुरानै कार्यक्रम दोहोर्याउनु भएको हो । एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री स्मार्ट कृषि फार्म, जलवायु अनुकूलन सिँचाइ विशेष कार्यक्रम, घरेलु मदिराको ब्राण्डिङ र गाँजा खेती बैध बनाउनेदेखि एक निर्वाचन… पुरा पढौ

यातायात सेवा भोलि (बुधबार) देखि सुचारु हुने, राइड सेयरिङचालकको आन्दोलन गर्ने चेतावनी

दीननाथ बराल,पोखरा, जेठ २०, बुधबार देखि सार्वजनिक यातायात सेवा पुनः सुचारु हुने भएको छ । संघीय सरकारको निर्देशन पछि राइड सेयरिङ नियमावली स्थगन गरिएको र एक महिनाभित्र माग सम्बोधन गर्न कार्यदल गठन गरिने सहमतिसँगै सार्वजनिक यातायात व्यवसायीहरूको आन्दोलन स्थगन भएको यातायात व्यवसायीले पोखराक्लिकलाई बताए । गण्डकी प्रदेश सरकारले इन ड्राइभ, टुटल, पठाओ जस्ता राइड सेयरिङ एपहरूमार्फत सेवा सञ्चालनलाई वैधानिकता दिने गरी ल्याएको नियमावली २०८२ हाललाई स्थगन गरिएको छ। तर, यो विवाद केवल नियमावलीको पक्षविपक्षमा सीमित छैन — यो एक गहिरो… पुरा पढौ

भरतपुर महानगरद्धारा ताराखोला गाँउपालिका सहित देशका ९ पालिकासँग भगिनी सम्बन्ध कायम

जेठ १९, चितवन, मध्य नेपालमा अवस्थित भरतपुर महानगरपालिकाले देशका ९ पालिकासँग भगिनी सम्बन्ध कायम गरेको छ ।पछिल्लो समय भरतपुरमा भइरहेको पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रमा मारेको फड्कोले भरतपुरसँग भगिनी सम्बन्ध कायम गर्न खोज्ने पालिका वृद्धि हुँदै गएको छ । भरतपुर महानगरपालिका प्रम्ुख रेनु दाहालले देशका धेरै पालिकाबाट भगिनी अर्थात् मेतेरी सम्बन्धको लागि प्रस्ताव आए उल्लेख गर्नुभयो । प्रस्तावहरु क्रमश ः कार्यापालिकाबाट पारित गरी भगिनी सम्बन्धहरु कायम गर्ने कार्यलाई अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । भगिनी सम्बन्ध कायम… पुरा पढौ

पोखरामा राइड शेयरिङमा चर्को मुल्य तिर्न यात्रु बाध्य, नियमन नहुँदा यात्रु ठगिदै

दीननाथ बराल,पोखरा १८, जेठ, पोखरामा राइड शेयरिङ (सेल्फ चालक) हरूले मनपरी भाडा अशुल्न थाले पछि यात्रु मर्कामा पर्नु भएको छ । पोखरा सहित गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा ठप्प हुँदा यो अबस्थामा राइड सेयरिङ एप मार्फत यात्रु वोक्नेहरुले यात्रु ठग्न थालेको यात्रुले पोखराक्लिक समक्ष गुनासो गर्नु भएको छ । गण्डकी प्रदेश सरकारले निजी सवारी साधनलाई सार्वजनिक सवारी सरह यात्रु ओसारपसार गर्न दिने निर्णय फिर्ता गर्न माग गर्दै यातायात व्यवसायीहरुले सार्वजनिक यातायातका सवारी साधनहरु घर ग्यारेज गरी सेवा ठप्प पार्दा राइड… पुरा पढौ

१८ औं गणतन्त्र दिवसःगणतन्त्र शासन प्रणालीको परिवर्तन मात्र होइन, चेतना र जिम्मेवारीको ऐतिहासिक रुपान्तरण होः प्रदेश प्रमुख भट्ट

पोखरा, १५ जेठ, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले १८ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै गणतन्त्र शासन प्रणालीको परिवर्तन मात्र होइन, चेतना र जिम्मेवारीको ऐतिहासिक रुपान्तरण रहेको बताउनुभएको छ । ‘जनताको शासन, जनताको लागि, जनताद्वारा चुनेको उन्नत व्यवस्था नै ‘गणतन्त्र’ हो । यो शासन प्रणालीको परिवर्तन मात्र नभई सोच, चेतना र जिम्मेवारीको एउटा ऐतिहासिक रुपान्तरण पनि हो ।’ उहाँले भन्नुभएको छ – ‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने यात्रामा महत्वपूर्ण पाइला चालेका छौं । संघ, प्रदेश र… पुरा पढौ

५ राजनीतिक दलको अन्तर्क्रिया कार्यक्रम पोखरामा सम्पन्न

पोखरा, १७ औं गणतन्त्र दिवसको अवसर पारेर कास्कीमा क्रियाशील ५ राजनीतिक दलहरुले संयुक्त रुपमा एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। पोखराको शहिद पार्क भित्र रहेको घनश्याम स्मृति कक्षमा रहेको हलमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै आर्थिक विश्लेषक तथा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले देशको आर्थिक अवस्था नाजुक अवस्थामा पुगेको र मुख्य राजनीतिक दलभित्र मौलाएको आर्थिक पारदर्शिताको अभावले गर्दा यो व्यवस्था प्रति नैं जनतामा नैराश्यता बढेको दाबी गर्नू भयो। कार्यक्रममा नागरिक अभियन्ता विष्णु प्रसाद वराल, नेकपा माओबादी… पुरा पढौ

नेकपा एमाले गण्डकीद्वारा युबा संघका नबनिर्बाचित पदाधिकारी तथा सदस्यलाई सम्मान

१४ जेठ ,पोखरा, ने क पा एमाले गण्डकीले युबा संघ नेपालको दशौ राष्ट्रिय महाधिवेशनबाट नबनिर्बाचित पदाधिकारी तथा सदस्यलाई बुधबार सम्मान गरेको छ। एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले देशमा आशा र बिश्वास र संभावनाका स्रोत युबा भएको हुँदा नयाँ कार्यसमिति ले प्रतिष्पर्धी सबैको भावनाअनुरूप कार्ययोजना सहित काम गर्न आग्रह गरे । शर्माले देश र पार्टी निर्माणका लागि ससक्त युवा चाहिने हुँदा युबाहरूमा आशाको संचार हुने गरि काम गर्न आग्रह गरे । नव निर्बाचित अध्यक्ष क्षितिज थेबेले पार्टीको कार्यदिशा मुताबिक सुखी… पुरा पढौ

शहिद पत्रकार कृष्णसेन इच्छुकको तेइसौं स्मृति दिवस पोखरामा दीप प्रज्वलन गरी मनाइयो

पोखरा, १३ जेठ, शहिद पत्रकार कृष्णसेन इच्छुकको तेइसौं स्मृति दिवसको अवसरमा पोखरामा मंगलबार साँझ दीप प्रज्वलन गरी उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश, कास्की र पोखरा महानगर समितिको संयुक्त आयोजनामा पोखरास्थित शहिद पार्कमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा पोखरा महानगर इन्चार्ज तेजकुमारी पौडेलले इच्छुकको तस्बिरमा माल्यार्पण गर्दै दीप प्रज्वलन गरिन्। उनले इच्छुकले देखाएको बाटोमा हिँड्न पत्रकारहरुलाई आग्रह गर्दै समाजमा हुने अन्याय र अत्याचारविरुद्ध कलम चलाउन प्रेरित गरिन्। “पत्रकार इच्छुकको योगदान… पुरा पढौ

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा पोखराको फेवाताल र ड्यामसाइड क्षेत्रमा सरसफाइ

पोखरा, जेठ १३, गणतन्त्र दिवसको पूर्वसन्ध्यामा पोखराको प्रमुख पर्यटकीय स्थल फेवातालको ड्यामसाइड क्षेत्रमा विशेष सरसफाइ गरिएको छ । पोखरा महानगरपालिकाको व्यवस्थापन तथा गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा उक्त सरसफाइ कार्यक्रम मंगलबार गरिएको हो। कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेश सरकारका मुख्यसचिव रघुराम विष्ट, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जनप्रतिनिधिहरू, नागरिक समाजका अगुवा राम बहादुर पौडेल तथा वातावरण संरक्षणमा सक्रिय व्यक्तित्वहरू, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयवासी सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुकोे उल्लेखनीय सहभागिता रहेको महानगरले पोखराक्लिकलाई… पुरा पढौ

युवा संघ नेपालको अध्यक्षमा पुनः थेबे

दीननाथ बराल,पोखरा १३, जेठ, नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको १० औं राष्ट्रिय महाधिवेशनबाट क्षितिज थेबे पुनः अध्यक्षमा निर्वाचित भएका छन् । आज (मंगलबार) सम्पन्न भएको महाधिवेशनबाट थेबेले १ सय ८८ मत अन्तरले निकटतम प्रतिस्पर्धी सुमन पुरीलाई पराजित गर्दै लगातार दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन । पुरी यस अघिका महासचिव हुन् । थेबेले ७ सय ९६ मत ल्याउदा उनका निटकतम प्रतिष्प्रर्धी पुरीले भने ६ सय ८ मत ल्याउनु भएको निर्वाचन अधिकृत इश्वरी पौडेलले बताइन् । थेबेको प्यानलले… पुरा पढौ