
पोखरा, वैशाख ११,
पूर्व राजा ज्ञानेन्द्र शाह परिवार सहित आज (शुक्रबार) पोखराको एक चाइनिज रेस्टुरेन्टमा लन्च गर्न पुगेसंगै रेष्टुरेण्ट परिवरले उहाँलाई स्वागत गरेको छ । पोखराको बाराहीघाट स्थित ३१ पार्क होटल परिसर भित्र सञ्चालनमा रहेको ‘छु मी’ चाइनिज रेस्टुरेन्टमा उहाँ परिवार सहित लन्चका लागि पुग्नुभएको श्रोतले पोखराक्लिकलाई जनाएको छ ।

पूर्व राजा शाह करिब तीन घण्टा उक्त रेस्टुरेन्टमा बिताउनुभएको थियो। उहाँसँगै पूर्व रानी कोमल राज्यलक्ष्मी देवी शाह तथा शाही परिवारका अन्य सदस्यहरू पनि उपस्थित हुनु भएको थियो । उहाँहरूको आगमनसँगै रेस्टुरेन्ट व्यवस्थापन टोलीले आत्मीय स्वागत गरेको थियो। पारिवारिक वातावरणमा भोजन गरेको उक्त भेटलाई रेस्टुरेन्टले विशेष क्षणका रूपमा लिएको उल्लेख गरेको छ । भोजनपछि पूर्व राजा शाहले रेस्टुरेन्टको सेवा, आतिथ्यता तथा वातावरणप्रति सन्तुष्टि व्यक्त गर्नुभएको स्रोतले जनाएको छ। उहाँले पोखराको आतिथ्य संस्कृतिको प्रशंसा गर्दै यस्ता स्तरका सेवाले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको बताइन्छ ।
अंशुभरा समूहको लगानीमा सञ्चालित ३१ पार्क होटलभित्र रहेको ‘छु मी’ चाइनिज रेस्टुरेन्ट पोखरामा गुणस्तरीय चिनियाँ परिकारका लागि परिचित छ । स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार यस्ता उच्चस्तरीय भ्रमणले पोखराको पर्यटन छविलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। रेष्टुरेण्टले आफ्नो रेष्टुरेण्टमा उच्च पदस्थ व्यक्तिहरुको आगमनमा आफुहरुले सक्दो स्वागत सत्कार गर्ने जनाएको छ । पूर्व राजा शाह परिवार एक सातादेखि पोखरामा रहनु भएको छ भने अझै एक साता रहनु हुने भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य अर्जुन खनालले बताउनु भयो ।




