
पोखरा, १७ बैशाख,
जिल्ला समन्वय समिति कास्कीद्वारा माछापुच्छ्रे गाउँपालिकाका योजना अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिले आर्थिक बर्ष २०८२ ( ८३ मा उक्त गाउँपालिकासंग विभिन्न लागत साझेदारी बजेटमा बिनियोजित निर्माणाधीन योजनाहरूको अनुगमन गरिएको जिल्ला समन्वय समिति कास्कीले जानकारी दिएको छ ।
यसरी अनुगमन गरिएका योजनाहरूमा जिल्ला समन्वय समिति कास्की र माछापुच्छ्रे गाउँ पालिकाको लागत साझेदारीमा निर्माणाधीन माछापुच्छ्रे गाउँपालिका वडा न ६ को वडा कार्यालय मर्मत सम्भार तथा कम्पाउण्ड निर्माण योजना , बराह मा बि भेडावारिको स्टेज निर्माण र कैलाश मा बि पर्खाल निर्माण योजना , वडा न ४ को वडा कार्यालय तथा स्वास्थ्य चौकी मर्मत सम्भार योजना ,वडा न ३ शुक्लागण्डकी मा बि को सभाहल , मेघराज आधारभुत बिद्यालय सभाहल निर्माण ,वडा न ५ स्थित निस्पक्ष मा। बि ।को सभाहल निर्माण योजना ,वडा न ८ तारे बराह आहारभुत बिद्यालय भवन निर्माण योजना रहेका छन ।
अनुगमनका क्रममा जिसस कास्कीका प्रमुख लिलाधर पौडेलले बिनियोजित बजेट र निर्धारित मापदण्ड अनुसार गुणस्तरीय कार्यमा ध्यान दिन आग्रह गर्नुभयो। कमजोरी देखिएका केही योजनालाई तत्काल सच्याउन आग्रह गर्दै पौडेलले निर्माण कार्य प्रभाबकारी र निर्धारित समयमा सम्पन्न गर्न निर्माण कम्पनी ,साझेदार पालिका र सरोकारवाला उपभोक्ता जागरुक हुन आग्रह गर्नुभयो । अनुगमनमा जिसस कास्कीका सदस्यद्वय सुकमाया नेपाली , लक्ष्मी दमै , कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल सहित इन्जिनियर ,प्राबिधिक तथा कर्मचारी र निर्माण कम्पनीका प्रतिनिधिहरू सहभागी रहनुभएको थियो।




