पोखरा महानगरले ल्यायो नयाँ नीति तथा कार्यक्रम पूर्ण पाठसहित

-


     पोखरा क्लिक     
     असार ४ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, ४ असार,

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि पर्यटन, पूर्वाधार, सुशासन, हरित विकास र डिजिटल सेवामा केन्द्रित महत्वाकांक्षी कार्यक्रम अघि सारेको छ । महानगरको १९ औँ नगरसभामा आज (बिहीबार) वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख धनराज आचार्यले महानगरले पोखरा रिङरोड निर्माण प्रक्रिया सुरु गर्ने, आधुनिक बसपार्क निर्माण गर्ने लगायतका योजना सार्वजनिक गर्नु भएको हो ।

सभागृह निर्माण थाल्ने, पातलेछाँगोमा सिसा पुल सञ्चालनमा ल्याउने तथा फिर्केखोलालाई नयाँ पर्यटकीय करिडोरका रूपमा विकास गर्ने, हरित विद्यालय विकास, सुरक्षित शहर, डिजिटल गुनासो व्यवस्थापन, सार्वजनिक शौचालय विस्तार तथा पर्यटकमैत्री पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै नयाँ अभियानहरू महानगरले अघि सारेको छ । प्रमुख आचार्यले ‘समुन्नत पोखराको आधारः सबल अर्थतन्त्र र पूर्वाधार’ नारालाई कार्यान्वयन गर्ने गरी नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो । नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सटल बस सेवा सञ्चालन गरिनेछ भने विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पहललाई निरन्तरता दिइनेछ । महानगरले पोखरा–भरतपुर–लुम्बिनी ‘सिल्भर ट्राइएङ्गल’ अवधारणामार्फत संयुक्त पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पर्यटन पूर्वाधार विस्तारअन्तर्गत सार्वजनिक–निजी साझेदारीमा निर्माणाधीन पातलेछाँगो सिसा पुल सञ्चालनमा ल्याइने, वेगनासतालमा वाटर स्पोट्र्स परियोजना अघि बढाइने, हर्पन खोला करिडोरमा एड्भेन्चर बोटिङको सम्भाव्यता अध्ययन गरिने तथा पोखरा कल्चर भिलेज निर्माण गरिने भएको छ । महानगरले फिर्केखोलालाई हरियाली बेल्ट, साइकल लेन, पदमार्ग, खुला क्याफे र विश्रामस्थलसहितको आधुनिक सार्वजनिक करिडोरका रूपमा विकास गर्ने योजना अघि सारेको छ। फेवाताल संरक्षणलाई पनि प्राथमिकतामा राख्दै ताल वरपर हरियाली क्षेत्र, पार्क तथा पर्यावरणीय पर्यटन पूर्वाधार विस्तार गरिने जनाइएको छ । शहरी पूर्वाधारतर्फ पोखरा रिङरोडको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सुरु गरिनेछ । साथै आधुनिक पोखरा बसपार्क र पोखरा सभागृह निर्माण कार्य शुभारम्भ गरिने, वडा केन्द्र जोड्ने सडकहरू स्तरोन्नति गरिने तथा मुख्य बजार क्षेत्रका विद्युतीय तार भूमिगत गर्ने कामलाई निरन्तरता दिइनेछ । महानगरले आगामी वर्षलाई डिजिटल सेवा विस्तारको वर्षका रूपमा समेत अघि सारेको छ । घरनक्सा, व्यक्तिगत घटना दर्ता, सिफारिस, राजस्व भुक्तानीलगायत अधिकांश सेवा पूर्ण रूपमा डिजिटल प्रणालीमा आबद्ध गरिनेछ । नागरिकका सुझाव, समस्या र गुनासो अनलाइनमार्फत दर्ता गर्न ‘डिजिटल गुनासो अभियान’ सञ्चालन गरिने भएको छ ।

शिक्षातर्फ सबै विद्यालयमा ‘आरयू एण्ड ग्रीन क्लब’ गठन गरी हरित विद्यालय अभियान सञ्चालन गरिने, विद्यालयमा मनोसामाजिक परामर्श, खेलकुद र नेतृत्व विकास कार्यक्रमलाई जोड दिइने पोखरा महानगरको नीति तथा कार्यक्रममा समेटिएको छ । ‘पढ्दै कमाउँदै’ अवधारणालाई थप प्रभावकारी बनाइने तथा प्रत्येक वडाबाट कम्तीमा एक महिलालाई प्राविधिक शिक्षामा छात्रवृत्ति प्रदान गरिने नीति लिइएको छ । स्वास्थ्य क्षेत्रमा विद्यालय नर्स कार्यक्रम विस्तार, स्वास्थ्य संस्थाको डिजिटल अभिलेखीकरण, स्वास्थ्य बीमा विस्तार तथा शिशुवा अस्पतालमा विद्युतीय मेडिकल रेकर्ड प्रणाली लागू गरिने भएको छ । पर्यावरण संरक्षणका लागि ‘क्लिन सिटी एण्ड ग्रीन सिटी’ अभियानलाई निरन्तरता दिँदै एक घर दुई बिरुवा कार्यक्रम सञ्चालन गरिनेछ। एक पटक प्रयोग हुने प्लास्टिक न्यूनीकरण, फोहोरको स्रोतमै वर्गीकरण र अत्याधुनिक फोहोर प्रशोधन केन्द्र निर्माणलाई प्राथमिकतामा राखिएको छ । महानगरले आगामी वर्ष ३३ वटा विशेष अभियान पनि सञ्चालन गर्ने घोषणा गरेको छ । ‘एक वडा–एक सार्वजनिक शौचालय’, ‘सुरक्षित शहर’, ‘नो प्लास्टिक पोखरा’, ‘साप्ताहिक कार–फ्री सडक’, ‘एक पर्यटक–एक मित्र’, ‘मेरो घर अगाडि, मेरो जिम्मेवारी’, ‘उज्यालो र सुरक्षित पोखरा’ तथा ‘शून्य अतिक्रमण–शून्य प्रदूषण’ अभियान प्रमुख छन् । यस्तै उत्कृष्ट कृषक, शिक्षक, उद्यमी, पर्यटन व्यवसायी, सहकारी तथा आमा समूहलाई वार्षिक सम्मान र पुरस्कार प्रदान गरिने व्यवस्था पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नगर प्रमुख आचार्यले नागरिक सहभागितामार्फत पोखरालाई स्वच्छ, हरित, सुरक्षित र समुन्नत पर्यटकीय राजधानीका रूपमा विकास गर्ने लक्ष्यका साथ नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो । नीति तथा कार्यक्रमको पूर्ण पाठ जस्ताको तस्तैः

file:///C:/Users/SAMSUNG/Downloads/NITI%20PGM%202083084%20FINAL.pdf

पोखरा महानगरपालिका
१९ औँ नगरसभा

आर्थिक वर्ष २०८३।०८४
वार्षिक नीति तथा कार्यक्रम

पोखरा महानगरपालिका
नगर कार्यपालिकाको कार्यालय
नया“बजार, कास्की
२०८३।०३।०४ गते विहिबार

पोखरा महानगरपालिका
१९ औँ नगरसभामा पोखरा महानगरपालिकाका प्रमुख
श्री धनराज आचार्यज्यूद्धारा प्रस्तुत
आर्थिक वर्ष २०८३।०८४ को
नीति तथा कार्यक्रम
१. पोखरा महानगरपालिकाका उप–प्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, नगरसभा सदस्यज्यूहरु, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी तथा सम्पूर्ण नगरवासी दाजुभाई तथा दिदिबहिनीहरुलाई पोखरा महानगरपालिकाको १९ औँ नगरसभामा हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्दछु ।
२. यस सम्मानित सभासमक्ष आ.व.२०८३।८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा म गौरवान्वीत भएको छु । इतिहासका विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तन तथा विभिन्न न्यायपूर्ण आन्दोलनमा ज्यान उत्सर्ग गर्ने ज्ञात अज्ञात शहिदहरु प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । साथै यसैवर्ष दिवंगत हुनुभएका तत्कालिन पोखरा उप–महानगरपालिकाका प्रमुख स्व.कृष्णबहादुर थापा तथा महानगरका कर्मचारीहरु प्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दछु ।
३. प्रस्तुत नीति तथा कार्यक्रम हाम्रो कार्यकालको अन्तिम मार्गचित्र हो । हामीले विगत चार वर्षमा प्रस्तुत गरेको दृष्टिकोण, कार्य सम्पादन र यसबाट प्राप्त प्रतिफलको मूल्याङ्कन गर्ने जिम्मा आमनगरवासीहरुलाई दिन चाहन्छु । विभिन्न समस्या र चुनौतीका बावजुद समुन्नत् पर्यटकीय पोखरा निर्माणका लागि चालिएका कदमहरुको प्रभाव पोखराले लामो समयसम्म महसुश गर्नेछ, भन्ने विश्वास लिएको छु । महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको निरन्तर लगाव र विकास प्रतिको प्रतिवद्धताको प्रतिफल स्वरुप देशभरीका पालिकाहरु मध्येबाट पोखरा महानगरपालिका शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनका सन्दर्भमा उत्कृष्ट कार्य गरेवापत म्युनिसिपल एक्सेलेन्स अवार्डबाट पुरस्कृत हुन सफल भएको छ । यस अवसरमा म आमनगरवासीहरुमा खुसी साट्न चाहन्छु ।
४. एक जुगमा एक पटक, त्यो पनि विरलै मात्र हुने एक महत्वपूर्ण इनिसियसनका रुपमा पोखरालाई गर्वका साथ मुलुकको पर्यटकीय राजधानी घोषणा गरिएको छ । यस घोषणा पश्चात् सञ्चालन गरिएका अभियानबाट पोखरा र गण्डकी प्रदेश कै पर्यटन क्षेत्र थप चलायमान भएको छ । पोखरा भ्रमण वर्ष घोषणाले पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको छ । यो पोखरा र सिङ्गो गण्डकी प्रदेशका लागि सुखद् कुरा हो ।
५. दशकौँ अघिदेखि चर्चामा रहेको पोखराको अनुपम प्राकृतिक सम्पदा फेवाताल संरक्षणका लागि विभिन्न प्रयत्न हुँदै आइरहेकोमा पछिल्लो समय सम्मानित सर्वोच्च अदालतको आदेशानुसार सिमांकन कार्य सम्पन्न गरी १ हजार ५५ सीमा स्तम्भहरु गाडिएको छ । हाल तालघरबाट ६५ मिटरको क्षेत्रलाई मध्यवर्ती क्षेत्रका रुपमा विकास गर्ने प्रक्रिया अघि बढाइएको छ । पछिल्लो सर्भे अनुसार तालको क्षेत्रफल ६.३४३ वर्ग किमी अर्थात १२ हजार ६४८ रोपनी ३ पैसा ३ दाम कायम हुन भएको छ । फेवातालको उत्तरी क्षेत्रमा बायोईन्जिनियरिङ गरी मड ड्याम निर्माणका लागि डिपिआर तथा वातारिणिय अधध्ययन पूरा हुने प्रक्रियामा रहेको छ ।
६. स्थानीय स्तरमा लोकतन्त्र र संघियतालाई बलियो बनाउने उद्देश्य अनुरुप वडा कार्यालयहरुलाई विकासको केन्द्रका रुपमा सुदृढ बनाइएको छ । वडा स्तरमा नै खर्च केन्द्रको व्यवस्था गरी भुक्तानी प्रक्रियालाई व्यवस्थित र सरल बनाइएको छ।
७. महानगर क्षेत्रभित्र सार्वजनिकरपर्तीरऐलानी जग्गा संरक्षणको अभियान व्यवस्थित रुपमा अगाडी बढाइएको छ । यस कार्यमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज, स्थानीय प्रशासन, सुरक्षा निकाय, सञ्चारक्षेत्र तथा विभिन्न संघसंस्था लगायत सरोकारवालाहरुबाट उल्लेख्य सहयोग प्राप्त भइरहेको छ ।
८. महानगरले फिर्केखोलाको खोलाघर भित्र निर्माण भएका ३९ वटा कम्पाउन्ड वाल, ५८ वटा अस्थायी र ६३ वटा स्थायी गरी १६० वटा संरचनाहरु हटाएको छ । यो केवल खोला संरक्षणको योजना मात्र नभई “हरित, स्वच्छ, आधुनिक र जीवन्त सार्वजनिक करिडोर शहर” विकास गर्ने दूरदर्शी अभियान हो ।
९. पृथ्वीचोक स्थित पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा रहेको जग्गामा वर्षौ अगाडीदेखि विभिन्न संघसंस्थाहरुले निर्माण गरी भोगचलन गर्दै आइरहेका भवनहरु हटाइ नयाँबजार जोड्ने फुटपाथ सहितको सुविधायुक्त सडक निर्माणको प्रक्रिया अगाडी बढाइएको छ । अमरसिंह माध्यमिक विद्यालयसँगको सहकार्यमा अमरसिंहचोक स्थित पृथ्वीराजमार्गसँग जोडिएको क्षेत्रमा रहेका जिर्ण संरचना तथा सटरकवलहरु पूर्ण रुपमा हटाइएको छ ।
१०. दशकौँ अगाडी पोखरा बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको जग्गामा बसोबास गरिरहेका भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीहरुलाई सो स्थानबाट स्थानान्तरणको प्रक्रिया अगाडी बढाइएको छ । यसका लागि बास्तविक सुकुम्बासीहरु पहिचान, जग्गा व्यवस्थापन र बसपार्क क्षेत्रमा जग्गाधनी प्रमाण पूर्जा भएकाहरुको हकमा सत्यतथ्य छानविनको प्रक्रिया थालिएको छ ।
११. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँगको सहकार्यमा नगरक्षेत्रमा सञ्चालित दीर्घकालिन महत्वका परियोजनाहरु नतिजामुखी बन्दै गइरहेका छन् । विश्व बैंकको सहयोगमा निर्माण थालिएको तालचोक वेगनास सडक निर्माण सम्पन्न हुने क्रममा रहेको छ । शिशुवाचोकदेखी खुदीखोलापुल र पुँडीटारदेखि लामगाढी हुँदै लामेआहालसम्म अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको सडक निर्माण गरिएको छ ।
१२. कोरिया अन्तराष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा सञ्चालित हरित रोजगारी सिर्जना परियोजना अन्तरगत नयाँबजारमा ग्रीन भेन्चर जोन (न्ख्श्) सेन्टर निर्माण सम्पन्न हुने क्रममा छ । यस परियोजनाले रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत ३ हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । पोखरामा सुविधा सम्पन्न वर्न अस्पताल निर्माणका लागि कोईकासँग समझदारी गरिएको छ । हरियोखर्क अस्पतालसँगको साझेदारीमा जलन उपचार सम्बन्धी स्पेसल केयर युनिट सञ्चालन गरिएको छ ।
१३. कोरियाली सरकारको सहयोगमा पोखराको सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउँदै ग्रीन ट्रान्सपोर्टेसनको अवधारणा अनुरुप हरित यातायात विकास परियोजना सञ्चालनको क्रममा छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा वेष्ट वाटर म्यानेजमेन्ट परियोजनाको पश्चिम क्षेत्रमा निर्माण हुने ट्रिटमेन्ट प्लान्टको वृस्तित अध्ययन भई प्रतिवेदन नेपाल सरकार र महानगरपालिकालाई बुझाईसकेको छ । एशियाली विकास बैंक (एडिवी) को सहयोगमा इ–मोबिलिटि र दिगो पर्यटन विकासका परियोजनाहरु अगाडी बढाइएको छ ।
१४. स्थानीय तहको विविधिकृत तथ्यांकको अभावमा योजना कार्यान्वयनको परिमाणात्मक लक्ष्य र उपलब्धि मापन गर्ने परिसूचकहरू परिभाषित गर्न नसकिएको कठिनाइलाई मध्यनजर गर्दै महानगरपालिकाको विद्युतीय पाश्र्व चित्र तयार गरिएको छ । यसबाट तथ्य, प्रमाण र वस्तुनिष्ठ आधारमा योजना पहिचान, छनौट र कार्यान्वयन गरी अपेक्षित नतिजा हासिल गर्न मार्गदर्शन हुने विश्वास लिइएको छ ।
१५. राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पोखराको ब्रान्डिङ् गर्दै पर्यटन मार्फत समृद्धि हासिल गर्ने लक्ष्यका साथ पोखरालाई नेपालको पर्यटकीय राजधानी र वर्ष २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरी भव्यताका साथ सम्पन्न गरिएको छ । यस अवधिमा पोखरा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि हुनुका साथै अर्थतन्त्र समेत चलायमान बनेको छ ।
१६. अन्तराष्ट्रिय बजारसम्म पोखराको सिधा पहुँच स्थापित गर्ने प्रमुख मार्गका रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि महानगरको तर्फबाट विशेष पहल गरिएको छ । महानगर कै पहलमा विभिन्न समयमा अन्तर्राष्ट्रिय चाटर्ड उडानहरु भएको व्यहोरा समेत म सम्मानित सभामार्फत स्मरण गराउन चाहन्छु । निकट भविष्यमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवासायिक उडानको तयारी गरिरहेको वायुसेवा कम्पनी फ्लाई दुवई लगायत अन्य वायुसेवा कम्पनीहरुसँग आवश्यक पहकदमी लिनुहुने सम्पूर्ण सरोकारवालाहरु प्रति आभार व्यक्त गर्दछु ।
१७. महानगरपालिका समन्यायिक विकास र समुन्नतिका लागि आवश्यक नीति तथा कानुनको तर्जुमा, संस्थागत संरचनाको निर्माण तथा सक्षम एवम् उत्प्रेरित मानव संसाधनको विकास गरी शहरी सुशासन कायम गर्ने उद्देश्य हासिल गर्न अग्रसर छ। महानगरपालिकाको दोस्रो पञ्चवर्षीय योजना (आ.व.२०८१।०८२–२०८५।०८६) कार्यान्वयनमा ल्याइएको छ ।
१८. पोखरालाई कार्बन तटस्थ शहरको रूपमा विकास गर्ने महानगरको दीर्घकालीन परिकल्पनालाई साकार पार्न प्रथम पञ्चवर्षीय नगर ऊर्जा योजना (ःभ्ए) निर्माण गरिएको छ । यसले आयातित इन्धनको प्रतिस्थापन र सन् २०४३ सम्म विद्युतीय सवारी साधनको उपयोग दर ९०% पु¥याउने लक्ष्य राखेको छ । यस कार्यमा सहयोग गर्ने जिआइजेड (न्क्ष्श्) नेपालको रिप (ग्रीन) कार्यक्रम प्रति आभार प्रकट गर्दछु ।
१९. महानगरपालिकाको भवन तथा पूर्वाधार मापदण्ड निर्माण गरिएको छ । ६० वर्षदेखि मापदण्ड पर्खिरहेको पोखराका लागि आवश्यक अध्ययन पश्चात युरोपियन युनियनको सहयोगमा ‘पोखरा महानगरपालिका भवन तथा पूर्वाधार मापदण्ड–२०८०’ निर्माण गरी राष्ट्रिय भवन संहिताका प्रावधानहरूलाई एकीकृत गरिएको छ । यसले समग्र मापदण्डलाई एकीकृत रुपमा मागर्दशन प्रदान गरी व्यवस्थित विकास प्रक्रियालाई नियमन गर्न मद्धत गर्नेछ ।
२०. विपद् व्यवस्थापन तथा विपद् प्रतिकार्यका लागि एकिकृत विपद् व्यवस्थापन कार्य सञ्चालन केन्द्र निर्माण गरिएको छ । दमकल स्थित अत्याधुनिक भवन निर्माण गरी सोही स्थानबाट एकिकृत रुपमा दमकल सेवा, एम्बुलेन्स र नगर प्रहरी समेत सेवा प्रदान गर्ने गरी व्यवस्था मिलाइएको छ । अग्नी नियन्त्रक र नगर प्रहरीहरुलाई यसका लागि विशेष तालिम समेत प्रदान गरिएको छ । तत्काल रेस्पोन्सका लागि छुट्टै युनिट निर्माण गरिएको छ । एडिवीको सहयोगमा लेखनाथमा सुविधा सम्पन्न डिआरआर सेन्टरको डिपिआर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
२१. परम्परागत वास्तुकलामा आधुनिक प्रविधिको संयोजन गरी पोखराको चिनारीका रुपमा पृथ्वीचोकमा ‘पोखरा घर’ निर्माण गरिएको छ । पोखरा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको प्रथम गन्तव्य स्थलका निर्माण गरिएको यस घरमा भूमीगत पार्किङ, कोसेली घर, सूचना केन्द्र, सार्वजनिक शौचालय, आधुनिक पुस्तकालय, बैठक कक्ष, आर्ट ग्यालरी, स्नानघर र घण्टाघर लगायत रहेका छन् । यसलाई पूर्ण रुपमा सञ्चालनमा ल्याईनेछ । महानगर स्थापना दिवसका अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुहुने ९ जना व्यक्तित्वहरु नवरत्नलाई सम्मान प्रदान गरिएको छ ।
२२. ‘समून्नत पोखराको आधार ः सबल अर्थतन्त्र र पूर्वाधार’ भन्ने मूल ध्येयका साथ संवैधानिक अधिकारको उपयोग गर्दै समग्र पोखराको व्यवस्थित विकास, निर्वाचनको समयमा गरेका प्रतिवद्धताहरु आत्मसाथ गरी समुन्नत पर्यटकीय पोखरा निर्माणको दीर्घकालीन लक्ष्य हासिल गर्न पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८३।०८४ को नीति कार्यक्रममा निम्न विषयलाई जोड दिएको छु ।
संस्थागत विकास तथा सुशासन तर्फः
२३. महानगरपालिका र मातहत कार्यालयहरुमा सुशासन सुदृढीकरण तथा सेवाप्रवाहलाई थप प्रभावकारी बनाउन ‘विधि, प्रविधि र सदाचारिताः सुशासन र जवाफदेहिता’ को अवधारणा अनुसार नीतिगत, कानुनी तथा प्रक्रियागत सुधार गरी व्यवस्थित, मितव्ययी, सरल, सहज र पारदर्शी तथा प्रविधिमैत्री बनाइनेछ ।
२४. महानगरलाई वित्तिय दायित्व पर्ने अनावश्यक संरचना खारेज गरी अनलाईन प्रणालीबाट प्रदान गरिने सेवा विस्तार गर्दै एबउभचभिकक, ँबअभभिकक बलम ऋबकजभिकक सार्वजनिक सेवाको अवधारणा लागू गरी विद्युतीय शासन ९भ्(न्यखभचलबलअभ० को अवधारणा अनुरुप म्ष्नष्तब िकथकतझ लाई जोड दिइनेछ ।
२५. भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता आत्मसाथ गर्दै अख्तियार दुरुपयोग नियन्त्रणका लागि आचारसंहिता कार्यान्वयन, अनुगमन, सचेतना अभियान र खरिद लगायतका प्रक्रिया र सेवाप्रवाहमा पारदर्शिता कायम गरी सुशासन प्रवद्र्धन गर्ने व्यवस्था मिलाइनेछ । सेवा प्रवाह, विकास व्यवस्थापन र न्याय सम्पादन प्रक्रियालाई विश्वसनीय र नागरिकको पहुँच अभिवृद्धिका लागि सुशासन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
२६. डिजिटल पोखराको अवधारणा अनुरूप महानगरबाट प्रवाह हुने सेवाहरू (घरनक्सा पास, व्यक्तिगत घटना दर्ता, सिफारिस, राजस्व भुक्तानी, योजना व्यवस्थापन तथा अभिलेख प्रणाली) लाई पूर्ण रूपमा डिजिटल प्रणालीमा आबद्ध गर्दै एकीकृत सूचना तथा सेवाप्रवाह प्रणालीको विकास तथा कार्यान्वयन गरिनेछ ।
२७. कर्मचारीको वृत्तिविकास सुनिश्चितता तथा प्रोत्साहनका लागि नेपाल सरकार तथा गण्डकी प्रदेश सरकारसँग आवश्यक समन्वय गरिनेछ । राष्ट्रसेवक कर्मचारीहरुलाई दिदै आएको सुविधा कोभिडका कारण आंशिक कटौती गरिएकोमा आगामी आ.व.देखि कार्य सम्पादनका आधारमा साविककै दरमा स्थानीय भत्ता उपलब्ध गराइनेछ । कर्मचारी पदस्थापन, सरुवा र कामकाजमा खटाउने कार्यलाई व्यवस्थित, पारदर्शी र अनुमानयोग्य बनाउन यस सम्बन्धी मापदण्ड कार्यान्वयन गरिनेछ ।
२८. महानगरपालिका र वडाहरुबाट प्रवाह हुने सेवा सुविधा एकद्वार प्रणालीबाट सम्पादन हुने गरी व्यवस्था गरिएकोमा थप संरचनागत सुधार गरी व्यवस्थित गर्दै लगिनेछ । आ.व २०८३।०८४ देखि अधिकांश महाशाखा÷शाखाहरुबाट प्रवाह हुने सेवा सुविधा एउटै भवनबाट प्रवाह हुने गरी महानगरको प्रमुख प्रशासकीय भवन निर्माण कार्य शुरु गरिनेछ ।
२९. संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी राष्ट्रिय मापदण्ड, २०८२ बमोजिम पोखरा महानगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण पुनरावलोकन गरी प्रदेश किताबखानामा दर्ताको लागि पेश गरिसकिएको छ । यसमा केही सेवाका क्षेत्रहरु छुटेकोमा थप इ७ः गरी सभामा पेश गरिएको छ । महानगरपालिका र मातहत वडा कार्यालयहरूबाट हुने सेवाप्रवाह तथा विकास व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति व्यवस्थापन, अनुकूल कार्य वातावरण, साइबर सुरक्षा, डिजिटल साक्षरता तथा सूचना प्रविधिको प्रयोगलाई सुदृढ गर्दै लगिनेछ ।
३०. महानगरपालिकामा कार्यरत नगर प्रहरीको क्षमता विकास, उत्प्रेरणा तथा मनोबल अभिवृद्धि गर्न आवश्यक सुरक्षा सामाग्री र बिमाको व्यवस्था मिलाइनेछ । प्रहरीबलको व्यारेकलाई आवासिय सुविधा सहित २४ सै घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने छ । छाडाचौपाया नियन्त्रण, बजार अनुगमन, फुटपाथ अतिक्रमण तथा मापदण्ड विपरितका संरचना हटाई पैदलयात्रुहरुको आवागमन व्यवस्थित गर्न फुटपाथ पैदलयात्रुका लागि हो भन्ने मानक स्थापित गरिनेछ ।
३१. सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण तथा अतिक्रमण हटाउने कार्यमा स्थानीय प्रशासनको सहयोग तथा समन्वयमा विशेष अभियान सञ्चालन गरिनेछ । सार्वजनिक जग्गाको अभिलेख सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (एब्ःक्) मा प्रविष्ट गरी व्यवस्थित गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
३२. महानगर क्षेत्रमा बसोबास गरिरहेका २० हजार १०६ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई भूमि समस्या समाधान समितिको समन्वयमा क्रमश व्यवस्थापन गरिनेछ । पहिलो चरणमा फिर्केखोलाको खोलाघर तथा पोखरा बसपार्कको जग्गामा बनेका संरचनाहरु हटाउँदा विस्तापित भएकाहरुलाई व्यवस्थापन गरिनेछ ।
३३. न्यायिक समितिको क्षमता विकास गर्दै न्याय सम्पादन प्रक्रियालाई निष्पक्ष, गुणस्तरीय र विश्वसनीय बनाउँदै लगिनेछ । न्यायमा नागरिकको पहुँच अभिवृद्धि गर्न नागरिकसँग न्यायिक समिति अभियानलाई विस्तार गरिनेछ । मेलमिलाप पद्धतिद्वारा विवाद समाधान गर्न प्रोत्साहित गर्दै मेलमिलापकर्ताको क्षमता विकासमा जोड दिइनेछ ।
३४. हाल पोखरा महानगरपालिकाको विदेशका १४ नगरहरुसँग भगिनी सम्बन्ध कायम रहेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्बन्ध कायम गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरी महानगरसँग मितेरी शहरको प्रस्ताव गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय शहर तथा नगरहरुसँग भगिनी सम्बन्ध विस्तार गर्दै लगिनेछ ।
३५. विपद् पूर्व जोखिम आँकलन, जोखिम पूर्व चेतावनी, विपद् जोखिम न्यूनीकरण, पुर्नस्थापना र पुर्नलाभको लागि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरी संघ र प्रदेशसँग समन्वयात्मक रूपमा कार्यान्वयन गरिनेछ । विपद् जोखिम क्षेत्रहरुको नक्साङ्कन गरी भ्बचथि ध्बचलष्लन क्थकतझ स्थापना गरिनेछ ।
३६. स्थानीय तथ्याङ्क प्रणालीको स्थापना गरी आधिकारिक तथ्याङ्कको व्यवस्थित संकलन, प्रशोधन, भण्डारण, वितरण र पहुँच सुनिश्चित गरिनेछ । नीति, नियम, योजना तथा बजेट निर्माण प्रक्रियामा तथ्याङ्कको अधिकतम उपयोग गरिनेछ । तथ्याङ्क संकलन, अभिलेखीकरण तथा व्यवस्थापन प्रक्रियालाई पूर्ण रूपमा विद्युतीय प्रणालीमा आवद्ध गरिनेछ । जनप्रतिनिधि तथा कर्मचारीहरूको तथ्याङ्कीय क्षमता अभिवृद्धिका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
३७. नेपाल सरकारको सूचना प्रविधि नीतिसँग सामञ्जस्य हुने गरी महानगरपालिकाको सूचना प्रविधि तथा साइबर सुरक्षा कार्यविधि तर्जुमा गरिनेछ । तथ्याङ्क चोरी वा ह्याक हुनबाट जोगाउन नियमित रूपमा साइबर सुरक्षा अडिट गर्ने नीति लिइनेछ । सुरक्षा र अपराध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयसँगको साझेदारीमा शहरका मुख्यचोक तथा संवेदनशिल क्षेत्रहरुमा आधुनिक सीसीटीभी क्यामेराहरू जडान गरिनेछ ।
शिक्षा तर्फः
३८. बालबालिकाहरुलाई प्रारम्भीक बाल कक्षामा भर्नाको सुनिश्चितता गरी बालविकास सिकाई पश्चात् कक्षा १ मा भर्ना हुने दर वृद्धि गरिनेछ । महानगर भित्रका बालविकास सहजकर्ताहरूको वृत्तिविकास तथा न्यूनतम पारिश्रमिकको सुनिश्चितता गर्दै उनीहरूलाई नवीनतम बालबिकास सम्बन्धी प्रयोगात्मक प्रशिक्षणको व्यवस्था गरिने छ । निजी क्षेत्रबाट सञ्चालित पूर्व–प्राथमिक विद्यालयहरूको प्रभावकारी अनुगमन, नियमन र मापदण्ड निर्धारण गर्दै गुणस्तर अभिवृद्धिमा जोड दिइनेछ ।
३९. आधारभुत तहको शिक्षालाई अनिवार्य तथा निःशुल्क शिक्षाको प्रत्याभूती हुने गरी शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा कक्षाकोठाको सिकाईलाई प्रभावकारी बनाउन संघीय सरकारसँग समन्वय गरी आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ । माध्यमिक तहको शिक्षालाई सूचना प्रविधिको प्रयोग मार्फत विद्यार्थीहरुमा स्वअध्ययन तथा सिर्जनात्मक क्षमताको विकासमा जोड दिइनेछ । संस्कारयुक्त नवपुस्ता निर्माणका लागि बालबालिकालाई “हाम्रा नानी, कति ज्ञानी” अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
४०. प्राविधिक शिक्षालाई जीवनोपयोगी बनाउन बजारको माग अनुसार रोजगारमूलक प्राविधिक शिक्षा संचालन भएको विद्यालयलाई थप सुदृढिकरण गरिनेछ । सामुदायिक सिकाई केन्द्रलाई सामुदायिक विकास र जनचेतना तथा साक्षरतासँग जोड्दै साक्षर नागरिकलाई सीपमुलक एवं व्यवसायिक तालिम मार्फत आत्मनिर्भर बनाईनेछ ।
४१. फरक क्षमता भएका बालबालिकाको वृहत्तर हितका लागि महानगर क्षेत्रमा संचालनमा रहेका श्रोत कक्षाहरुलाई थप व्यवस्थित बनाइनेछ । गत आ.व देखी संचालनमा आएका अटिजम र श्रवण दृष्टिविहिन स्रोत कक्षालाई सुविधा सम्पन्न बनाउँदै डाउनसिन्ड्रोम लगायत वौद्धिक अपाङ्गताको श्रोत कक्षा संचालनमा ल्याइनेछ ।
४२. शैक्षिक गुणस्तर सुधार र स्वच्छ प्रतिस्पर्धाका लागि कक्षा ८ को परीक्षालाई समुह विद्यालयको केन्द्र बनाई परीक्षा संचालनलाई निरन्तरता दिइने छ । वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हाषिल गर्ने विद्यालय, विद्यार्थी, शिक्षकहरुलाई उचित प्रोत्साहन प्रदान गरिनेछ । महानगरको ग्रामिण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयहरुले सञ्चालन गरिरहेका विद्यालय बसहरुमा चालकको व्यवस्था गरिने छ ।
४३. सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि यसअघि नै जारी गरिएको ५६ बुँदे विद्यालय सुधार कार्ययोजना कार्यान्वयनको प्रभावकारी अनुगमन गरी प्रध्यानाध्यापकहरुको कार्य सम्पादनको मूल्यांकनका आधारमा प्रोत्साहनको व्यवस्था गरिनेछ ।
४४. गण्डकी बहुप्राविधिक शिक्षालयलाई स्वायत्त संस्थाका रूपमा विकास गरी आत्मनिर्भर, प्रविधिमैत्री तथा उद्योगसँग प्रत्यक्ष जोडिने उत्कृष्ट प्राविधिक शिक्षालयका रूपमा स्थापित गरिनेछ । प्राविधिक तथा व्यावसायिक शिक्षालाई आधुनिक, रोजगारमुखी र उत्पादनमुखी बनाउँदै शिक्षालयमा क्रमशः ब्चतषष्अष्ब िक्ष्लतभििष्नभलअभ ९ब्क्ष्०, च्यदयतष्अक, ब्गतयmबतष्यल, भ्भिअतचष्अ ख्भजष्अभि ९भ्ख्० त्भअजलययिनथ, क्ष्लायचmबतष्यल त्भअजलययिनथ, ज्यतभ िःबलबनझभलत, च्भलभधबदभि भ्लभचनथ तथा म्ष्नष्तब िभ्लतचभउचभलभगचकजष्उ सम्बन्धी आधुनिक शैक्षिक कार्यक्रम क्रमशः सञ्चालन गर्दै लगिनेछ ।
४५. अन्तर्राष्ट्रिय स्तरको सीप विकासका लागि डिजिटल प्रयोगशाला, क्mबचत ऋबिककचययm तथा क्ष्लमगकतचथ(द्यबकभम त्चबष्लष्लन क्थकतझ स्थापना गरी विद्यार्थीलाई दक्ष जनशक्तिको रुपमा तयार गरिनेछ । स्थानीय उत्पादन, पर्यटन, कृषि, सूचना प्रविधि तथा निर्माण क्षेत्रसँग सम्बन्धित व्यवहारिक परियोजना मार्फत आत्मनिर्भर उत्पादनमा विशेष जोड दिइनेछ ।
४६. महिला सशक्तीकरण तथा प्राविधिक शिक्षामा महिलाको सहभागिता अभिवृद्धि गर्न “इलभ ध्बचम इलभ ध्यmबल त्भअजलष्अब िःबलउयधभच” कार्यक्रम सञ्चालन गरिनेछ । यसअन्तर्गत प्रत्येक वडाबाट हरेक सेमेस्टरमा कम्तीमा एक जना महिलालाई प्राविधिक तथा व्यावसायिक शिक्षामा छात्रवृत्ति साथै सीपमुलक तालिम प्रदान गरी रोजगारीसँग जोड्ने विशेष व्यवस्था गरिनेछ ।
४७. स्थानीय उद्योग, बैंक तथा वित्तिय संस्था, अस्पताल, होटल तथा क्ष्त् कम्पनीहरूसँग सहकार्य गरी क्ष्लतभचलकजष्उ, व्यावसायिक अभ्यास तालिम तथा व्यद एबिअझभलत एचयनचबm लागू गरिनेछ । “पढ्दै कमाउदै” अवधारणा अनुसार विद्यार्थीलाई अध्ययनसँगै आम्दानी र उद्यमशीलतासँग जोडिने वातावरण सिर्जना गरिनेछ । स्थानीय पाठ्यक्रममा रिसाईकल अपसाईकल बारे अध्ययन÷अवलोकन लागयत विषयहरु थप सामावेश गरिनेछ ।
४८. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पहिचान कमाएका विभिन्न खेलहरुको महानगर स्तरीय विभिन्न प्रतियोगिता संचालन गरी खेलाडीको शारीरिक, मानसिक, संवेगात्मक विकास गरी प्रतिष्पर्धी खेलाडी उत्पादन गरिनेछ । विगतदेखि नै सञ्चालन गरिँदै आएको महानगर स्तरीय मेयर कप खेलकुद महोत्सवलाई निरन्तरता दिइनेछ ।
४९. यूवालाई समयसापेक्ष प्राविधिक, ज्ञान, सिप तथा स्वरोजगारमुलक बनाउन यूवा लक्षित तालिम, प्रशिक्षण र यूवा परिचालन लगायतका कार्यक्रमहरु संचालन गरिनेछ । नगर युवा परिषद्ले तयार गरेको पञ्चवर्षिय रणनीतिक योजनाअनुसार युवा लक्षित कार्यक्रमहरुलाई प्रभावकारी रुपमा व्यवस्थित गरिनेछ । दिगो फोहर व्यवस्थापनका लागि विद्यार्थी जीवनबाट नै व्यवहार परिवर्तन गर्न पोखरा महानगरपालिकाका सबै विद्यालयमा च्भअथअष्लिन बलम गउअथअष्लिन र न्चभभल ऋगिद गठन गरिने छ र च्भअथअष्लिन ग्उअथष्लिन को विषयवस्तुलाइ स्थानीय पाठ्यक्रममा समावेश गरिनेछ ।
५०. नगर क्षेत्रको कला, साहित्य, संस्कृतिको संरक्षण, संवद्र्धन र विकासका लागि साहित्य महोत्सव लगायत विभिन्न कार्यक्रमहरु संचालन गरिनेछ । विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वहरुलाई प्रत्येक पाँच वर्षमा पोखरेली नवरत्न सम्मान प्रदान गर्न कानुनी व्यवस्था गरिएको छ । पोखरा प्रज्ञा प्रतिष्ठानलाई पोखरा घरमा व्यवस्थित गरी प्रभावकारी सञ्चालनको व्यवस्था मिलाइनेछ । पोखराको प्रतिनिधित्व र प्रतिध्वनी हुने पोखरा त्जझभ क्यलन (गीत) तयार गरिनेछ ।
स्वास्थ्य तर्फः
५१. अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीको नियमित आपूर्ति सुनिश्चित गर्न योजनाबद्ध खरिद प्रणाली लागू गरी औषधि अभाव हुन नदिने व्यवस्था मिलाइने छ । जनसंख्या, भौगोलिक अवस्था, स्थानीय आवश्यकता तथा सेवा उपलब्धताको आधारमा स्वास्थ्य संस्थाहरूको स्तरोन्नति सहित पुनर्संरचना गरी रणनीतिक स्थानहरूमा प्रवद्र्धनात्मक, उपचारात्मक तथा निदानात्मक सेवाको विस्तार गरिनेछ।
५२. महानगर अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूका लागि न्युनतम सेवा मापदण्ड निर्धारण गरी गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था लागू गरिने छ । महानगरका स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने सेवाको विवरणलाई डिजिटल प्रणालीमार्फत अभिलेखीकरण तथा व्यवस्थापन गर्ने कार्यलाई थप सुदृढ गरिनेछ ।
५३. आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिलाई स्वास्थ्य सेवाको मूलधारमा समावेश गर्दै योगाभ्यास, ज्येष्ठ नागरिक लक्षित कार्यक्रम, स्थानीय जडीबुटी उत्पादन, प्रशोधन, प्रयोग तथा प्रवद्र्धन सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइनेछ । नगरक्षेत्रमा सञ्चालनमा रहेका जिमहलहरुको सहकार्यमा ःष्लम न्थm ध्यान कार्यक्रम सञ्चालन गरिनेछ । नेपाल सरकारले घोषणा गरेको आरोग्य वर्ष २०८३ लाई सफल पार्न आवश्यक सहकार्य र समन्वय गरिनेछ ।
५४. स्वास्थ्य बिमा कार्यक्रम लागु भएका संस्थाहरुको सेवालाई थप गुणस्तरीय बनाउदै बिमा संचालन भएका स्वास्थ्य संस्थाको कार्यक्षेत्रका सबै घरधुरीमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्न पहल गरिनेछ । “स्वस्थ पोखरा” अभियान अन्तर्गत स्वास्थ्य बिमा कार्यक्रमलाई सःशुल्क ९ऋयकत(कजबचष्लन० प्रणालीमा सञ्चालन गर्ने नीति अवलम्बन गरिनेछ ।
५५. संघीय तथा प्रदेश सरकारसँगको समन्वयमा नगरक्षेत्रमा सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्था तथा औषधि पसलहरूको प्रभावकारी नियमन तथा अनुगमन प्रणाली सुदृढ गरिनेछ । प्रदेश सरकारको समन्वयमा निजी तथा सरकारी संस्थाहरुमा १० प्रतिशत बेड निशुल्क उपलब्ध हुने व्यवस्था कार्यन्वयन गरिने छ । खाद्य स्वच्छता तथा खाद्य सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
५६. विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण तथा प्रवद्र्धनात्मक क्रियाकलापका लागि सामुदायिक विद्यालयहरूमा विद्यालय नर्स कार्यक्रम सञ्चालन गरिनेछ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई सामाजिक परिचालन तथा क्षमता विकास सम्बन्धी तालिम प्रदान गरी नेतृत्व तथा पेशागत विकासका अवसरहरू सिर्जना गरिने छ । विभिन्न अस्पताल तथा युनिभर्सिटीसँगको सहकार्यमा स्वास्थ्य शिविरहरु सञ्चालन सहित साझेदारीमा सहुलियत फार्मेसि तथा स्वास्थ परियोजना सञ्चालन गरिनेछ ।
५७. महानगरको एकमात्र आधारभुत शिशुवा अस्पतालमा बिरामीको स्वास्थ्य सम्बन्धी विवरण सुरक्षित गर्नका लागि विद्युतीय चिकित्सकीय अभिलेख प्रणाली ९भ्भिअतचयलष्अ ःभमष्अब िच्भउयचत( भ्ःच्० लागू गरिनेछ । मातृ तथा नवजात शिशुको जीवन रक्षाको जोखिमपूर्ण र जटिल अवस्थाको उपचारका लागि विशेषज्ञ चिकित्सकीय सेवा सहितको ऋभ्इल्ऋ ९ऋयmउचभजभलकष्खभ भ्mभचनभलअथ इदकतभतचष्अ बलम ल्भधदयचल ऋबचभ० क्ष्तभ संचालन गरिनेछ ।
५८. महानगर क्षेत्रभित्र आपूर्ति हुने खानेपानीको गुणस्तर परीक्षण, अनुगमन तथा प्रभावकारी नियमनको व्यवस्था गरिनेछ । खानेपानीको मुहान संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि छिमेकी पालिकाहरुसँग साझेदारीमा आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ । खानेपानी उपभोक्ता समितिहरुलाई महानगरको तर्फबाट मुल व्यवस्थापन (श्रोत) तथा साथ र सहयोग गर्ने नीति लिईने छ ।
सामाजिक विकास तर्फः
५९. महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, दलित, आदिवासी जनजाति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हकहित संरक्षण, सशक्तीकरण तथा समावेशी विकासलाई सुनिश्चित गर्न समतामूलक, अधिकारमा आधारित कार्यक्रमहरू कार्यान्वयन गरिनेछ । यसका लागि लक्षित वर्गको पहिचान, सामाजिक सुरक्षा सेवामा पहुँच विस्तार, क्षमता विकास तथा आर्थिक–सामाजिक सशक्तीकरणका कार्यक्रमहरूलाई प्राथमिकताका साथ सञ्चालन गरिनेछ ।
६०. महिलाहरूको आर्थिक र सामाजिक सशक्तीकरणको लागि उप–प्रमुखसँग महिला कार्यक्रमलाई निरन्तरता दिइनेछ । सबै प्रकारका विभेद, हिंसा तथा सामाजिक बहिष्करणको अन्त्य गर्दै समावेशी, समतामुलक एंव न्यायपूर्ण समाज निर्माण गर्न आवश्यक कार्यक्रमहरु संचालन गरिनेछ । पोखरा ३३ स्थित दीर्घकालिन पुनस्र्थापना केन्द्र (सेफ हाउस) सँगको साझेदारी कार्यक्रमलाई निरन्तरता दिइने छ ।
६१. नगरक्षेत्र भित्र बाल मञ्च, बाल सञ्जाल तथा बाल क्लबहरूको गठन तथा परिचालन गर्दै बाल सहभागिता, बाल सक्रियता र बालबालिकाहरुको व्यक्तिगत तथा नेतृत्व क्षमता विकास कार्यक्रमहरुलाई जोड दिइननेछ । भौतिक पूर्वाधार र निर्माण सम्बन्धी योजनाहरू बालमैत्री र पहुँचयुक्त बनाउन आवश्यक कार्य गरिने छ ।
६२. न्यून आय भएका नागरिकको सुरक्षित तथा व्यवस्थित आबास निर्माणका लागि साझेदारीमा आबास निर्माण कार्यक्रमलाई निरन्तरता दिइनेछ । यस प्रकारको आवास निर्माण गर्दा एकीकृत बस्ती विकासको अवधारणा अवलम्बन गरिनेछ ।
६३. महानगर र वडा कार्यालयहरूमा श्रम डेस्क स्थापना गरी श्रम, समय, सीप, उत्पादन र उद्यमशीलतामा आधारित स्वरोजगार कार्यक्रम सञ्चालन गरिनेछ । गृहिणी महिलाहरूलाई उद्यमशीलता, नेतृत्व र सामाजिक सुरक्षामा प्रोत्साहन गर्दै आवश्यक तालिम तथा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
६४. राष्ट्रिय स्तरमा प्रशासनिक, सुरक्षा, प्राविधिक, प्राध्यापन, लगायत क्षेत्रमा उल्लेखनीय योगदान गरी निवृत्त पूर्व राष्ट्रसेवकहरूको ज्ञान, सीप, दक्षता तथा अनुभवलाई महानगरपालिकाको समृद्धिमा उपयोग गर्न प्रेरित गरिनेछ । यसका लागि एक रोष्टरको स्थापना गरिने छ ।
६५. गतवर्ष नै अगाडी बढाइएको नेपाली भाषाका आदिकवी भानुभक्त आचार्यको जीवनी तथा नेपाली साहित्यको अभ्ययन अनुसन्धान समेत हुने गरी पोखरा महानगरपालिका ३३ मा आदिकवी भानुभक्तको स्मृतिमा भानु स्मारक निर्माण प्रक्रियालाई निरन्तर दिइने छ । कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई उचित व्यवस्थापन, सम्वद्र्धन, संरक्षण र विकास गरिनेछ ।
शहरी विकास तथा पूर्वाधारः
६६. महानगरका वडा केन्द्र जोड्ने कनेक्टिङ सडक र शहरी सडकहरूलाई क्रमशः अस्फाल्ट, कङ्क्रिटमा स्तरोन्नति गर्दै लगिनेछ । रणनीतिक महत्वका सडक तथा पुल निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाइनेछ । शहरी सडकहरूलाई संघ सरकार र प्रदेश सरकारको सहकार्यमा ब्कउजबतिरऋयलअचभतष्लन गर्दै लगिनेछ । महानगरका भित्री र ग्रामीण सडकहरूको च्यगतष्लभ ःबष्लतष्लभलअभ कार्यक्रम सञ्चालन गरिने छ । भाद्र २४ गतेको जेनजी आन्दोलनका क्रममा पूर्ण रुपमा क्षतिग्रस्त भएको महानगरपालिकाको प्रमुख प्रशासकीय भवन डिस्मेन्टल उक्त स्थानलाई उपयुक्त प्रयोजनमा उपयोगमा ल्याइनेछ ।
६७. सार्वजानिक निजि साझेदारीमा कार्यान्वयनमा रहेको पातले छाँगोमा सिसा पुल निर्माण आयोजनालाई यसै आ.वदेखि सञ्चालनमा ल्याई उत्कृष्ट पर्यटकीय गन्तब्यको रुपमा विकास गरिनेछ । फोहोरमैला प्रशोधन केन्द्र र सेती खोंचमा क्यान्टीलिभिर वाक निर्माण कार्य सूरु गरिनेछ । व्यवस्थित बद्यशाला निर्माण, विन्ध्यवासिनी बसपार्कको स्तरोन्नती, वेगनासतालमा वाटर स्र्पोट्स परियोजना सञ्चालन तथा हर्पन खोला करिडोर निर्माण गरी एड्भेन्चर बोटिङ परियोजना सञ्चालनका लागि अध्ययन गरिनेछ । पोखरा रिङरो‍डको डिपिआर निर्माण प्रक्रिया यसै आ.व.बाट सुरु गरिनेछ । नगर क्षेत्रमा रहेका तालहरुको संरक्षण तथा सौन्दर्यीकरण लगायत सम्भाव्य आयोजनाहरु सावर्जनिक निजी साझेदारी अवधारणामा अगाडी बढाइनेछ ।
६८. प्इक्ष्ऋब् र ग्ल्म्ए को सहयोगमा संचालित न्ऋच्ग् परियोजना अन्तर्गत रिसाईक्लिङ र अपसाईक्लिङ मार्फत हरित रोजगारी सिर्जना गरी आयआर्जनमा जोड्दै कुहिने फोहरलाई समुदायस्तरमा नै व्यवस्थापन गर्ने कार्यलाई व्यवस्थित गरिनेछ । नयाँबजारमा निर्माणाधिन न्चभभल ख्भलतगचभ श्यलभ ९न्ख्श्० यसै आ.वबाट सञ्चालन शुभारम्भ गरिनेछ ।
६९. ग्चदबल च्भकष्ष्भिलअभ ीष्खभबदष्ष्तिथ क्ष्mउचयखझभलत एचयवभअत ९ग्च्ीक्ष्ए० अन्तर्गत एयपजबचब म्चबष्लबनभ च्यबम ँययतउबतज बलम क्तचभभत क्ष्mउचयखझभलत, एबलअजबकभ भ्अय म्भखभयिऊभलत बलम ब्अअभकक, इमि एयपजबचब ज्भचष्तबनभ ऋयलकभचखबतष्यल, च्बलष्दबल भ्अय त्चबष् िबलम ँभधब ीबपभ क्ष्mउचयखझभलत, क्जबलतष् द्यबल द्यबतष्पब द्ययतबलष्अब िन्बचमभल, एयपजबचब अथअभि चष्लन चयबम, म्ष्कबकतभच च्ष्कप च्भमगअतष्यल ऋभलतचभ लगायतका दीर्घकालिन महत्वका आयोजनाहरु विकास साझेदरसँगको सहकार्यमा निर्माण कार्य शुरु गरिनेछ ।
७०. भवन नक्सा पास प्रकृयालाई सरल, सहज र पारदर्शी बनाउन विद्युतीय भवन अनुमति प्रणाली ९भ्भिअतचयलष्अ द्यगष्मिष्लन एभचmष्त क्थकतझ० लाई थप प्रभावकारी बनाउन आवश्यक प्रबन्ध मिलाइनेछ । म्ष्नष्तब िक्ष्नलबतगचभ लाई यसै आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याइनेछ । जग्गा विकास कार्यविधि लागू गरी न्यूनतम भौतिक पूर्वाधार सहितको विकसित घडेरी तयार गर्न प्रोसाहित गरिनेछ ।
७१. भूमिगत तल्ला जुन प्रयोजनका लागि स्विकृती लिएको हो, सो बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने ब्यबस्था कडाइका साथ कार्यान्वयन गरिनेछ । मुख्य बजारक्षेत्रको पार्किङलाई उचित व्यवस्थापन गरिनेछ । शहरी सडकको सौन्दर्यीकरण, जेब्राक्रस, ट्राफिक आइल्याण्ड, ट्राफिक लाईट तथा सिसिटिभी जडान, पैदलयात्रुमैत्री फुटपाथ व्यवस्थापन, अनावश्यक तार तथा पोलहरु व्यवस्थापन, ट्राफिक व्यवस्थापन लगायत सडक सुरक्षासम्बन्धी कार्यक्रमहरु सम्वद्ध निकायहरुसँगको समन्वयमा सञ्चालन गरिनेछ ।
७२. नगर विकास कोष र एशियाली विकास बैंकसँगको साझेदारीमा आधुनिक र व्यवस्थित पोखरा बसर्पाक र पोखरा सभागृह निर्माण कार्य शुभारम्भ गरिनेछ । वेगनास ताल बसपार्क, पोखरा प्रवेश गर्ने नाकाहरुमा मिनी बसपार्क, मुक्तीक्षेत्र प्रवेशद्धार र नमुना अक्षराधाम निर्माणका लागि आवश्यक प्रक्रिया अगाडी बढाइने छ ।
७३. पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सटल बससेवा सञ्चालनका लागि आवश्यक रुटको पहिचान गरी तोकिएका ठाँउमा मात्र यात्रु चढाउने र झार्ने ९एष्अप ७ म्चयउ० लाई कडाईका साथ लागु गर्दै नगरक्षेत्रका मुख्य स्थानमा रहेका बसस्टपहरुमा यात्रुहरुको सूचनाका लागि म्ष्नष्तब िद्यगक त्भचmष्लब िजडान गरीनेछ । २० वर्ष पुराना सवारी साधानहरु क्रमश विस्थापन गर्न सम्बन्धित निकायसँग समन्वय गरिनेछ । मानव स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गरी वातावरण प्रदुर्षण गर्ने जिर्ण सार्वजनिक तथा निजी सवारी साधानहरुलाई नियमानुसार कारबाहीको दायारामा ल्याइनेछ ।
७४. जलवायू परिवर्तन असर न्यूनिकरण तथा अनुकुलन र विपद् जोखिम न्युनिकरण गर्न विद्यमान र सम्भावित जोखिमको आकलन तथा विश्लेषण गरी यस सम्वन्धी राष्ट्रिय नीति तथा कार्ययोजना अनुरूप महानगरपालिका स्तरिय रणनीतिक कार्ययोजना निर्माण गरी समन्वयात्मक रूपमा कार्यान्वयन गरिनेछ । जलवायु परिवर्तन अनुकुलन तथा विपद व्यवस्थापन न्यूनिकरणलाई विकास आयोजनासँग आवद्ध गरी हरित रोजगारी सिर्जना गर्ने परियोजनाहरुमा लगानी आकर्षित गरिने छ ।
७५. मुख्य बजार क्षेत्रको विद्युतीय तारलाई भूमिगत गर्ने पहिलो चरणको कार्य चालु आ.व.मा सम्पन्न हुने र बाँकी कार्यका लागि नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरिनेछ । पदमार्ग, हाइकिङ्ग र पकृतिमैत्री पर्यटन पूर्वाधार विकास गरिनेछ । रोयल ट्रेकलाई पुनः सञ्चालनमा ल्याउन छिमेकी पालिकाहरुसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ । पोखरालाई आधुनिक, सुरक्षित र व्यवस्थित महानगरका रुपमा विकास गर्न रणनीतिक महत्वका पूर्वाधार आयोजना संचालन गरिनेछ ।
७६. पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रुपमा विकास गर्न ताल, हिमाल, संस्कृति र साहसिक पर्यटनको एकिकृत प्रर्बद्धन गरिनेछ । फेवाताल, वेगनासताल, रुपाताल लगायत नगर क्षेत्रमा रहेका ताल तथा ऐतिहासिक पोखरीहरुलाई पर्यटकीय क्षेत्रको रुपमा सौन्दर्यकरण गर्दै पर्यावरणीय संरक्षणलाई प्राथमिकता दिइनेछ ।
७७. पोखरा–भरतपुर–लुम्बिनी सिल्भर ट्रियाङ्गल अवधारणा अन्तरगत संयुक्त पर्यटन प्रवद्र्धन कार्यक्रम संचालन गर्न एक आपसमा साझेदारी गरिनेछ । त्रिपक्षीय भ्रमण आदानप्रदान लगायत पर्यटकीय वस्तु तथा सेवाको प्रवद्र्धनात्मक गतिविधिहरुलाई जोड दिइनेछ ।
७८. ुऋभिबल ऋष्तथ बलम न्चभभल ऋष्तथु अभियानलाई पोखराको महत्वपूर्ण अभियानका रुपमा संचालन गरी प्रत्येक वडा, विद्यालय, सामुदायिक वन तथा सार्वजनिक क्षेत्रमा वृक्षारोपण कार्यक्रम संचालन गरिनेछ । महानगरपालिकाको मेगा वृक्षारोपण अभियानलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक सहकार्य गरिनेछ । महानगर क्षेत्रमा रहेका १ सय वर्ष पुराना ऐतिहासिक रुखहरुको अध्ययन र जिपिएस नक्सांकन सहित अभिलेख तयार गरिने छ ।
७९. पोखराको पुरानो र ऐतिहासिक बजारलाई सम्पदा तथा साँस्कृतिक पर्यटन क्षेत्रको रुपमा विकास गरिनेछ । महानगर क्षेत्रभित्र मनाइने परम्परागत जात्रा, पर्व, मेला, पूजा, जीवनशैली एवं अन्य सांस्कृतिक सम्पदाहरूको परिचयात्मक प्रोफाइल तयार गरिनेछ । 
८०. फिर्केखोलालाई प्राकृतिक सौन्दर्य, पर्यावरणीय सन्तुलन, पर्यटन र नागरिक जीवनशैलीसँग जोडेर नयाँ गन्तव्यका रुपमा विकास गरिनेछ । खोलाको दायाँ–बायाँ व्यवस्थित फुटट्रेल, सुरक्षित साइकल लेन, आकर्षक पदमार्ग निर्माण सहित हरियाली बेल्ट, ढुंगे तटबन्ध, वातावरणमैत्री सार्वजनिक खुला क्षेत्रले सजाइनेछ । करिडोरभित्र ठाउँ–ठाउँमा पोख्ररेली शैलीमा विश्रामस्थल, खुला क्याफे र खुला पार्क तथा चौतारी निर्माण परियोजना विकास साझेदारहरुको सहकार्यमा प्राथमिकताका साथ अघि बढाइने छ ।
८१. संघ र प्रदेश सरकारसँगको साझेदारीमा सम्मानित सर्वोच्च अदालतको आदेशानुसार फेवाताल संरक्षण सहित मापदण्ड कार्यान्वयन गरिनेछ । ताल वरपर हरियाली क्षेत्र, सार्वजनिक पार्क तथा पर्यावरणीय पर्यटन पूर्वाधार निर्माणमा जोड दिइनेछ । तालसँग सम्बन्धित सेवा तथा व्यवसायलाई नियमन गरिनेछ । फेवातालमा मिसिने खोलाहरुको ढलभल व्यवस्थापन गरिनेछ ।
८२. स्रोतमै फोहोर वर्गीकरणलाई अनिवार्य गरी पुनःप्रयोग, पुनःचक्रण तथा फोहोर व्यवस्थापन प्रणाली लागु गरिनेछ । अत्याधुनिक फोहोर प्रशोधन केन्द्र निर्माण कार्य द्रुत गतिमा अगाडी बढाइनेछ । जाथभाबी फोहोरमैला बिसर्जन गर्ने कार्यलाई निरुत्साहित गर्दै सफा शहर निर्माणमा महिला स्वास्थ्य स्वयंमसेविका, आमासमुह, युवाक्लव, नागरिक समाजसँगको सहकार्यमा विशेष अभियान सञ्चालन गरिनेछ । हाल भइरहेको अस्थायी व्यवस्थापनलाई थप व्यवस्थित गरिनेछ । मूख्य बजार क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रहरु र वर्क सपहरुको व्यवस्थापन गर्न अटो भिलेज निर्माण कार्यलाई अगाडी बढाइनेछ ।
८३. लेखनाथ क्षेत्रमा निर्माणको क्रममा रहेको औद्योगिक क्षेत्रभित्र च्भअथअष्लिन ७ ग्उअथअष्लिन उद्यमको लागि मभमष्अबतभम कउबअभ उपलब्ध गराउने छ । पोखरा महानगरपालिकाको “ऋभिबल ऋष्तथ बलम न्चभभल ऋष्तथ” को लक्ष्यलाइ टेवा पु¥याउनको लागि पोखरा महानगरपालिका भित्र दिगो फोहर व्यवस्थापनको क्षेत्रमा क्रियाशिल भइ रोजगारी सृजना गरिरहेका व्यक्ति र संस्थालाइ प्रोत्साहन गरिने छ । दिगो ठोस फोहोर व्यवस्थापन तथा ठोस फोहोर व्यवस्थापनसँग सम्बन्धित नीति तथा योजनाहरूको तर्जुमा र कार्यान्वयनका लागि तथ्यमा आधारित निर्णय प्रक्रियालाई प्राथमिकता दिइनेछ । यसका लागि महानगरपालिकाले वैज्ञानिक डाटाबेस प्रणालीको प्रयोग गरी भरपर्दो तथा अद्यावधिक तथ्याङ्कको व्यवस्थापन र उपयोग गर्नेछ ।
८४. महानगरको पञ्चवर्षिय उर्जा योजनालाई कार्यान्यवन गर्दै नविकरणीय उर्जा, उर्जा दक्षता र स्वच्छ उर्जाको प्रयोगलाई प्रोत्साहन गरिनेछ । सार्वजनिक भवनमा सौर्य उर्जा विस्तारमा जोड दिइनेछ ।
८५. अधिकांश नाला तथा पानी निकास प्रणाली हालको जनसङ्ख्या, जनघनत्व र पक्की सतहको विस्तार अनुसार पर्याप्त नभएकाले भारी वर्षाको समयमा सडक जलमग्न हुने अवस्थाको अन्त्य गर्न ‘वैज्ञानिक वर्षा’ पानी निकास गुरुयोजना तयार गरिनेछ । जाइकाको सहयोगमा नगर क्षेत्रको फोहोरपानी प्रशोधनका लागि विशेष परियोजना सञ्चालनको क्रममा रहेकाले त्यसको कार्यान्वयनका लागि थप प्रक्रिया अगाडी बढाउन पहलकदमी लिईनेछ ।
८६. नगरक्षेत्रको शहरी वन व्यवस्थापन सहित एक घर दुई विरुवा कार्यक्रमलाई निरन्तरता दिइनेछ । वृक्षारोपण पश्चात् विरुवाहरु संरक्षण तथा हुर्काउने सन्दर्भमा नागरिक सचेतना अभिवृद्धि गर्दै ग्रीन पोखरा क्लिन पोखरा कार्यक्रमलाई कार्वन तटस्थ शहर निर्माणको अभियानका रुपमा सञ्चालन गरिनेछ ।
आर्थिक विकास तर्फः
८७. कृषिमा उत्पादकत्व वृद्धि, खाद्य सुरक्षा र कृषकको आयवृद्धि गर्ने लक्ष्यसहित सिँचाइ पूर्वाधार निर्माण, भूमि बैंक स्थापना र माटो परीक्षण मार्फत भू–उपयोगलाई अधिकतम बनाइनेछ । उत्पादन परिमाण तथा गुणस्तरको आधारमा कृषकहरुलाई थप सहुलियत प्रदान गरिनेछ । उत्पादनदेखि बजारसम्म कृषि उपजको न्यूनतम समर्थन मूल्यको सुनिश्चतता, संकलन केन्द्र, किसान÷साझेदार बजारको ब्यवस्थापन गरिनेछ । कृषि उपज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालनलाई निरन्तरता दिइनेछ ।
८८. कृषक तालिम, क्ष्एः कृषक पाठशाला र अनुसन्धान मार्फत प्राविधिक क्षमता विकास गर्दै बाली उपचार, विपद् राहत र बाँदर व्यवस्थापन कार्यक्रमद्वारा कृषि क्षति न्यूनीकरण गरिनेछ । माटोको जैविक गुणस्तर कायम राख्न प्राङ्गारिक मल उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गर्दै रासायनिक मल र विषादीको प्रयोगलाई नियमन गरी मानव स्वास्थ्य र जैविक विविधताको संरक्षण गरिनेछ । मुख्य शहरी क्षेत्रमा घरायसी फोहरबाट कम्पोस्ट मल बनाइ कौसी खेती प्रवद्र्धन गरिनेछ ।
८९. उत्पादनमा वृद्धि महानगरको समृद्धि भन्ने नाराका साथ क्लस्टरमा धान, गहुँ, फलफूल, कफी, ताजा तरकारी, सयपत्री फूल, तरबुजा खेती लगायत हिउँदे तथा वर्षे बाली प्रवद्र्धन गरिनेछ । आर्थिक विकास सम्बन्धी सूचना, कृषि सेवा तथा सल्लाह, दैनिक बजारमूल्य अपडेट गर्दै एयपजबचब प्चष्कजष् मोबाइल एपलाई स्तरोन्नती गरी कृषिमा डिजिटल प्रविधीको प्रयोगलाई निरन्तरता दिइनेछ ।
९०. पशुपन्छीजन्य उत्पादन वृद्धि, पशु स्वास्थ्य सुरक्षा र पशुपालक कृषकको आयवृद्धि गर्ने लक्ष्यसहित पशु स्वास्थ्यतर्फ औषधी, भ्याक्सिन तथा जैविक सुरक्षा सामग्री आपूर्ति गर्दै पशु स्वास्थ्य शिविर, बाँझोपन निवारण, थुनेलो नियन्त्रण र महामारी रोकथाम कार्यक्रमलाई निरन्तरता दिइनेछ । कृषकहरुलाई उत्पादनमा आधारित प्रोत्साहन प्रदान गरिनेछ ।
९१. पशुपालन व्यवसायीकरण तर्फ गोठ तथा खोर सुधार, ५० प्रतिशत लागत साझेदारीमा यान्त्रीकरण सहयोग र कृत्रिम गर्भाधान कार्यक्रम मार्फत नश्लसुधार र उत्पादकत्व वृद्धि गरिनेछ । घाँसमा आधारित पशुपालनतर्फ जैं तथा वर्षे घाँसको बीउ वितरण, पराल तथा साइलेज आपूर्ति मार्फत दिगो पशुआहारा व्यवस्थापन गरिनेछ ।
९२. ‘लागत घटाई आम्दानी बढाऔँः आधुनिक यान्त्रीकरण र वैज्ञानिक माटो व्यवस्थापन गरौँ’ भन्ने उदेश्य सहित उन्नत बीउ, कृषि यन्त्र र मलमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ । माटो परीक्षण अभियान, स्थानीय मल खरिद÷ढुवानीमा लागत साझेदारी तथा यन्त्र मर्मत अभियान सञ्चालन गरिनेछ ।
९३. जोखिम न्यूनीकरण र विपद् व्यवस्थापन, सुरक्षित किसान, सुरक्षित भविष्यको लागि बाली उपचार शिविर, विषादी न्यूनीकरण र आकस्मिक बाली संरक्षण कार्यक्रम सञ्चालन गरिनेछ । बाली बिमामा जोड दिदै प्राकृतिक प्रकोप पीडित किसानलाई राहत प्याकेज दिनुका साथै बाँदर व्यवस्थापनका लागि वैकल्पिक बाली प्रवद्र्धन गरिनेछ ।
९४. पोखरा–१४ बाच्छिवुडुवा स्थित पुष्करिणी परोपकार गोकुल धाम (गौशाला) को स्तरोन्नति गरी छाडाचौपाय व्यवस्थापन तथा संरक्षण गरिनेछ । गौशालालाई गोबर, गहुत तथा प्राङरिक मल उत्पादन, अध्ययन केन्द्र र धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रुपमा विकास गरिनेछ । घरपालुवा कुकुरमा माइक्रोचिप जडान, बन्ध्याकरण शिविर र भेटेरिनरी एम्बुलेन्स सेवा सञ्चालन गरिने छ । सामुदायिक कुकुरहरुको बन्ध्याकरण, रेविज विरुद्धको भ्याक्सिनेसन सहित व्यवस्थापनका लागि साझेदारीमा डग होस्टेल साञ्चालन गरिनेछ ।
९५. पोखरालाई प्राकृतिक सौन्दर्य, जीवन्त संस्कृति र साहसिक गतिविधिको विश्वस्तरीय गन्तव्यका रूपमा स्थापित गरी स्थानीय कला–संस्कृतिको संरक्षण गर्न पर्यटनलाई स्थानीय अर्थतन्त्रको मूल आधार बनाइनेछ । अन्तर्राष्ट्रिय ट्रायथलन, प्याराग्लाइडिङ, ड्रागनबोट रेस, इन्डुरो रेस, क्रस कन्ट्री रेस, ःक्ष्ऋभ् त्यगचष्कm लगायत राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरी पोखरालाई साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गरिनेछ । पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरिने छ ।
९६. समुदाय स्तरमै पर्यटन संस्कृति विकास गर्न पर्यटन आचारसँहिता निर्माण गरी विद्यालय र समुदायमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ । पोखरा भ्रमणमा आउने आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी दैनिक मौलिक संस्कृति÷सांस्कृतिक प्रदर्शनीका लागि सार्वजनिक निजी साझेदारीमा पोखरा कल्चर भिलेज निर्माण गरिने छ । वातावरण र पर्यावरणबारे सचेनता अभिवृद्धि गर्न सातामा एकदिन भेइकल फ्री डे अभियान सञ्चालनका लागि विशेष पहल गरिनेछ ।
९७. जातिय कला संस्कृति, लोकभाका, भजन, धार्मिक पर्यटन र साहित्य महोत्सव मार्फत सांस्कृतिक सम्पदाको संरक्षण गरिनेछ । पर्यटन सूचना केन्द्र, मोबाइल एप, त्तच् कोड प्रणाली, सोसल मिडिया इन्फ्लुएन्सर परिचालन लगायत प्रवद्र्धनात्मक कार्यक्रम मार्फत पोखराको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गरिनेछ । पोखरा आरोग्य वर्ष २०८३ घोषणा गरी योग, ध्यान र वेलनेस पर्यटनलाई विशेष प्राथमिकता दिइनेछ ।
९८. स्थानीय उद्यमशीलता प्रवद्र्धन, रोजगार सिर्जना र आर्थिक आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित व्यवसाय तथा उद्यम विकासका कार्यक्रम सञ्चालन गरिनेछ । ऋय(धयचपष्लन क्उबअभ, द्यगकष्लभकक क्ष्लअगदबतष्यल ऋभलतभच, रोजगार मेला, पोखरा आइडिया मार्ट र ःबतअजष्लन ँगलम मार्फत नवीन व्यावसायिक विचारलाई व्यवहारमा उतार्न स्टार्टअप तथा नवप्रवर्तनात्मक कार्यक्रमहरु सञ्चालन गरिने छ।
९९. स्थानीय उत्पादन तथा बजारतर्फ ूःबपभ ष्ल एयपजबचब, ःबमभ ष्ल एयपजबचबू ब्राण्डिङ, रैथाने बजार सञ्चालन र व्यवसायीक परामर्श सेवा मार्फत स्थानीय उत्पादनको प्रतिस्पर्धात्मकता बढाइनेछ । पढ्दै कमाउँदै कार्यक्रम, युवा स्वरोजगार अभियान, क्ष्ऋत् तथा डिजिटल क्याफे मार्फत युवालाई उत्पादनशील रोजगारीमा आबद्ध गर्न साझेदारी मार्फत निजी क्षेत्रसँगको सहकार्य सुदृढ बनाइनेछ ।
१००. वैदेशिक रोजगारीका लागि विदेश जाने प्रवृत्तिलाई न्यूनिकरण गर्न १८ देखि ३० बर्ष उमेर समूहका युवालाई स्वरोजगार सम्भाव्यता अन्वेषण गर्न उद्दमशिलता नवप्रवर्तन अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ । कलेज लेभलमा अध्ययनरत विद्यार्थीहरुको व्यवहारिक ज्ञान अभिवृद्धि गर्न स्टार्टअप प्रोत्साहन मार्फत व्यवस्थित र वैज्ञानिक इन्टर्न प्रणाली शुरुवात गरिनेछ ।
१०१. सभ्य, सुरक्षित तथा मर्यादित रोजगारीको अवसर सिर्जना गर्दै बेरोजगारी न्यूनीकरण गर्ने लक्ष्यसहित श्रम बजारको माग अनुरूप दक्ष जनशक्ति उत्पादन, स्वरोजगार प्रवद्र्धन र श्रमिक अधिकार संरक्षणमा केन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ । रोजगार बैंक, श्रम संसार प्रणाली तथा डिजिटल रोजगार सूचना प्रणाली मार्फत सीप विकास तालिम र व्यावसायिक कार्यक्रम सञ्चालन गरिनेछ ।
१०२. महानगरपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको क्षमता अभिवृद्धि गरी रोजगार, सीप तथा उद्यमशिलता केन्द्रको रुपमा विकास गरिनेछ । महिला, युवा, अपाङ्गता भएका व्यक्ति र विपन्न समुदाय लक्षित रोजगार कार्यक्रम सञ्चालन गर्दै वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको सीप र पुँजीलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न प्रोत्साहन गरिनेछ । वैदेशिक रोजगारी सम्बन्धी कन्सुलर सेवा प्रदान गरिनेछ ।
१०३. समस्याग्रस्त सहकारीको वित्तीय विश्लेषण गरी जटिल अवस्थाका सहकारी संस्थाको पुनरुत्थानमा सहयोग गरिनेछ । एक सहकारी एक उत्पादन अवधारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गरी सहकारीलाई आर्थिक उत्पादनको केन्द्रका रूपमा विकास गर्ने नीति लिइनेछ ।
१०४. व्यापार तथा वाणिज्य क्षेत्रलाई व्यवस्थित, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउने लक्ष्यसहित स्थानीय उत्पादनको बजार विस्तार, ब्राण्डिङ र मूल्यशृङ्खला विकासमा जोड दिँदै कृषि, पर्यटन र उद्योगसँग आवद्ध व्यापारिक गतिविधि प्रवद्र्धन गरिनेछ । ई–कमर्स तथा डिजिटल व्यापार प्रणालीलाई प्रोत्साहन गर्दै स्थानीय उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार र निर्यात प्रवद्र्धनमा विशेष जोड दिइनेछ ।
१०५. बजार अनुगमन तथा नियमन प्रणाली सुदृढ गरी कालोबजारी, कृत्रिम अभाव र अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्दै उपभोक्ताको अधिकार तथा हित संरक्षण सुनिश्चित गरिनेछ ।
राजश्व तर्फ
१०६. राजश्व प्रणालीलाई प्रविधिमैत्री, सरल, सहज र विश्वसनीय बनाइ राजश्वको दायारा विस्तार गरिनेछ । राजश्व प्रशासनलाई विश्वसनीय र यथार्थपरक बनाउन स्थानीय तह राजश्व पोर्टल (ीीच्ए) को अनलाईन प्रणालीमार्फत कर संकलन र भुक्तानीको कार्यलाई थप व्यवस्थित बनाईनेछ ।
१०७. कर प्रणालीलाई भ्(एबथmभलत, त्तच ऋयमभ, ःयदष्भि द्यबलपष्लन मा आवद्ध गर्दै करदातासँग प्रत्यक्ष सम्पर्क स्थापित गरी गुनासो सुन्ने, सूचना उपलब्ध गराउने र राजश्व भुक्तानीमा सहजीकरण लगायत कार्यका लागि सहायता कक्ष सञ्चालन गरिनेछ । समयमा र नियमित कर दाखिला गर्ने करदाताको पहिचानका लागि असल करदाता स्टिकर प्रदान गरी करदाता सम्मान कार्यलाई निरन्तरता दिईनेछ।
१०८. महानगरपालिकाको विज्ञापन ऐन कार्यान्वयन गरी महानगर क्षेत्रभित्र हुने सवै प्रकारको विज्ञापनलाई करको दायरामा ल्याईनेछ । मुख्य पर्यटकीय क्षेत्रको पर्यटन शुल्क महानगर मातहत ल्याई आन्तरिक राजश्वको स्रोतको रुपमा विकास गरिनेछ । सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीलाई करको दायरामा ल्याईनेछ ।
१०९. स्थानीय तहबाट भुमि प्रशासन सम्बन्धी सेवा प्रदान गर्ने व्यवस्था भएबमोजिम मूल्याङ्कन प्रणालीलाई कर सूचना प्रणाली र भू–सूचना (न्क्ष्क्् द्यबकभम) प्रणालीमा आबद्ध गरी कर नक्साङ्कन (त्बह ःबउउष्लन) प्रविधिको विकास गरिनेछ ।
११०. महानगरपालिका र मातहत कार्यालय तथा जिल्ला स्थित सरकारी निकायसँग समन्वय गरी कर तथा शुल्कलाई सेवासँग आबद्ध गरिनेछ । ठूला करदाता र कर अनुसन्धानलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन कर अनुसन्धान ईकाई स्थापना गरिनेछ । राजश्व संकलनमा देखिएको अस्पष्टतालाई समाधान गर्न आवश्यक समन्वय गरिनेछ ।
१११. राजश्वको ठूलो हिस्सा ओगट्ने आय ठेक्कालाई समयसीमा भित्र व्यवस्थापन गर्न वार्षिक कार्य योजना बनाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मार्गदर्शन बमोजिम कार्यान्वयन प्रकृयालाई प्रभावकारी बनाईनेछ । नगरक्षेत्र भित्र उत्पादित वस्तुहरुको विज्ञापनमा ५० प्रतिशत छुट दिइनेछ भने महानगरपालिका प्रवद्र्धक रहेका कार्यक्रममा पनि विशेष सहुलियत दिने नीति लिइनेछ ।
११२. जग्गाको मूल्याङ्कन प्रणाली वस्तुनिष्ठ एवम् तथ्यमा आधारित नभएको कारण महानगरले लगाउँदै आएको सम्पति कर, भूमिकर तथा मालपोत बापत सङ्कलन हुने राजश्व समेत न्यून हुने गरेकोले करयोग्य सम्पति कर प्रशासनमा समसामायिक सुधार गरिनेछ । जग्गाको न्यूनतम मूल्याङ्कनलाई आधारयोग्य, विश्वसनीय र बजार मूल्यको निकटवर्ती बनाउन मूल्याङ्कनका वस्तुगत आधार र सूचकहरु पहिचान गरी जग्गाको न्यूनतम मूल्याङ्कन विधि अवलम्बन गरिनेछ ।
११३. करयोग्य सम्पत्तिको अभिलेख प्रणालीलाई सूचना प्रविधिमा आधारित बनाइने छ । सम्पतिको स्वामित्व र अन्य विवरणमा हुने परिवर्तनको अद्यावधिक सूचना प्राप्तिका लागि भूमि प्रशासन तथा नापी शाखासँग सूचना नेटवर्क स्थापना गरी स्वचालित रुपमा सूचना आदानप्रदान हुने पद्धति विकास गरिनेछ । करयोग्य सम्पतिको अभिलेख र सम्पति कर संकलनको विवरणलाई क्रमशः सुत्र (क्ग्त्च्ब्) र (भ्द्यएक्) प्रणालीसँग आबद्ध गरिनेछ । करको दायरामा नआएका र आएर पनि नियमित नभएका करदाताको अभिलेख अद्यावधिक गरी नियमित गराईनेछ । यसै आ.वबाट भूमि प्रशासन तथा नापी सम्बन्धी सेवा महानगरपालिकाबाटै प्रवाह गरिनेछ ।
वित्त व्यवस्थापन तर्फः
११४. सार्वजनिक खर्चलाई पारदर्शी बनाउन तथा खर्चसँग सम्बन्धित श्रेष्ताहरुको सूरक्षा तथा व्यवस्थापनका लागि श्रेष्ताहरुलाई श्रेष्ता व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरिने छ । साथै खर्च र आम्दानीको विवरणलाई डिजिटल प्रणाली मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाईनेछ । बेरुजु सम्परीक्षण कार्यलाई कार्यदल बनाएर प्रभावकारी रूपमा अगाडी बढाईनेछ ।
सञ्चार, सूचना तथा प्रविधि तर्फः
११५. नगरवासीको सुसूचित हुन पाउने अधिकार सुनिश्चित गर्दै पत्रपत्रिका, रेडियो, टेलिभिजन र विद्युतीय सञ्चार माध्यम सहित नागरिकको पहुँचमा रहेका सामाजिक सञ्जालहरूको प्रभावकारी उपयोग गरिनेछ । सञ्चारमाध्यमहरूलाई अनिवार्य सूचीकरण गरी सूचना तथा सञ्चार क्षेत्रको सबलीकरण, दिगो व्यवस्थापन, सुरक्षित र विश्वसनीय प्रयोग मार्फत समग्र सञ्चार क्षेत्रलाई सार्वजनिक सेवाका रूपमा सक्षम बनाउने नीति लिइनेछ । पोखरालाई कर्मथलो बनाई पत्रकारिता मार्फत पोखरा प्रवद्र्धनमा महतवपूर्ण योगदान गर्ने सञ्चारकर्मीहरु मध्येबाट छनौट समितिको सिफारिसमा एक जना सञ्चारकर्मीलाई नगद रु.१ लाख सहित पोखरा प्रवद्र्धन पत्रकारिता पुरस्कार–२०८३ बाट सम्मान गरिनेछ ।
११६. पत्रकारिताको प्राज्ञिक विकास तथा खोज पत्रकारिता प्रोत्साहन, सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि र लेखनवृत्तिका लागि आवश्यक तालिम तथा प्रशिक्षण कार्यक्रमहरूमा साझेदारी गरिनेछ । प्रविधिको विकाससँगै सञ्चारकर्मीहरू परम्परागत पत्रकारिताबाट डिजिटल पत्रकारितामा रूपान्तरण हुनुपर्ने आवश्यकताको बोध गर्दै यसका लागि नेपाल पत्रकार महासंघ र स्थानीय मिडिया हाउसहरूसँगको साझेदारीमा सञ्चारकर्मीहरूलाई आवश्यक प्राविधिक तालिमको व्यवस्था गरिनेछ । डीपफेक र भ्रामक समाचारहरूको जोखिम न्युनिकरण गर्न सञ्चारकर्मीहरूका लागि डिजिटल साक्षरता र फ्याक्ट–चेकिङ टुलहरू प्रयोग सम्बन्धि तालिम सञ्चालन गरिनेछ ।
११७. महानगरपालिका क्षेत्रभित्रको ऐतिहासिक, सांस्कृतिक, सामाजिक, पर्यटन तथा आर्थिक पक्षका सूचना, जानकारी र तथ्यांक तथा सेवाहरू सार्वजनिक प्रदर्शनका लागि संग्रहालय÷अभिलेखालयका रूपमा पोखरा घरमा एकीकृत शहरी सूचना केन्द्र सञ्चालन गरिनेछ । पोखरा दर्पण लगायत महानगरका प्रकाशनहरूलाई नियमित गरिनेछ ।

नगरसभा सदस्यज्यूहरु,
अब म आगामी आर्थिक वर्षमा सञ्चालन गर्नेगरी पोखरा महानगरपालिकाका लागि प्रस्तावित विशेष अभियान तथा प्रोत्साहन कार्यक्रमहरू प्रस्तुत गर्दछु ।
१) ग्रीन शिक्षक तथा विद्यालय विकास अभियान
सबै विद्यालयमा आर.यू. एण्ड ग्रीन क्लब गठन गरिनेछ । विद्यालय तहमा मनोसामाजिक परामर्श, खेलकुद तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्न मनोसामाजिक प्रशिक्षक तथा खेलकुद शिक्षकका लागि आधारभूत तालिम अभियानका रुपमा सञ्चालन गरिनेछ । विद्यालयहरू बीच हरियाली प्रवद्र्धनका लागि प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरिनेछ । यसका आवश्यक निर्देशिका र मापदण्डहरु तर्जुमा गरी लागु गरिनेछ ।
२) सीमा नाकामा रिफ्रेसमेन्ट सेन्टर
पोखरा महानगरपालिकाका प्रमुख तीन नाका प्रवेश तथा सीमा क्षेत्रमा धार्मिक पर्यटकहरुको सुविधाका लागि भान्छाघर तथा सार्वजनिक शौचालय निर्माण तथा सञ्चालनको व्यवस्था मिलाइेछ ।
३) एक वडा–एक सार्वजनिक शौचालय अभियान ः प्रत्येक वडामा कम्तीमा एक आधुनिक, व्यवस्थित र अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन गरिनेछ । सवै सार्वजनिक शौचालय सञ्चालन र व्यवस्थापन सम्बन्धी मापदण्ड, कार्यविधि तयार गरी सञ्चालन गरिनेछ।
४) सुरक्षित शहर अभियान
सडक सुरक्षालाई प्रभावकारी बनाउन सार्वजनिक रुपमा सडकतर्फ जडान गरिने सीसीटिभी क्यामराका सम्बन्धमा विद्यमान कानुनी व्यवस्थाबारे जनचेतना अभिवृद्धि गरिनेछ । घर, व्यवसायिक प्रतिष्ठान तथा संघसंस्थाहरूलाई सडकतर्फ कम्तीमा एउटा सीसी क्यामराको दृश्य देखिने गरी जडान गर्न प्रोत्साहित गरिनेछ ।
५) सुन्दर घर, हरित घर अभियान ः प्रत्येक घरमा बाहिरबाट देखिने गरी फूल, बिरुवा तथा गमला राख्ने अभियान सञ्चालन गरिनेछ । महानगर स्थापना दिवसको अवसरमा ३३ वटै वडाबाट एक–एक जना गरी ३३ जना उत्कृष्ट घर, बगैंचा वा गमला व्यवस्थापन गर्ने नागरिकलाई सम्मान तथा पुरस्कार प्रदान गरिनेछ ।
६) वार्षिक ग्रीन अवार्ड
सबैभन्दा बढी वृक्षारोपण तथा हरियाली प्रवद्र्धन गर्ने ३ विद्यालय, ३ सरकारी कार्यालय, ५ टोल विकास संस्था र ७ आमासमुहलाई “वार्षिक ग्रीन अवार्ड” प्रदान गरिनेछ ।
७) सफा टोल प्रोत्साहन कार्यक्रम
उत्कृष्ट करदातालाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै सफाई, व्यवस्थापन र सामुदायिक सक्रियताका आधारमा उत्कृष्ट टोल विकास संस्थालाई विशेष समारोहका बीच सम्मान तथा पुरस्कार प्रदान गरिनेछ । छनोट प्रक्रियालाई निष्पक्ष बनाउन नागरिकस्तरको मू्ल्यांकन समिति गठन गरिनेछ ।
८) महिला सशक्तीकरण तथा आमा समूह सम्मान कार्यक्रम
सकारात्मक सोच, महिला सशक्तीकरण तथा महिला आर्थिक विकासमा उल्लेखनीय योगदान पु¥याउने आमा समूहहरूमध्येबाट वडा स्तरमा १÷१ समूह तथा समग्र महानगरबाट उत्कृष्ट १० आमा समूहलाई नगद पुरस्कार सहित सम्मान गरिनेछ ।
९) उत्कृष्ट सहकारी सम्मान कार्यक्रम
सुशासन, कार्यसम्पादन, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक योगदान पु‍¥याउने सहकारी संस्थाहरूमध्येबाट सर्वोत्कृष्त १० सहकारीलाई पुरस्कार तथा सम्मान प्रदान गरिनेछ ।
१०) वर्ष व्यक्तित्व सम्मान
कृषि, शिक्षा तथा उद्यमशीलताको क्षेत्रमा उल्लेखनीय योगदान पु‍¥याउने व्यक्तिहरूमध्येबाट ‘वर्ष कृषक’, ‘वर्ष शिक्षक÷शिक्षिका’ तथा ‘वर्ष उद्यमी’ घोषणा गरी नगद पुरस्कार सहित सम्मान गरिनेछ ।
११) पर्यटन उत्कृष्टता पुरस्कार
पर्यटनको राजधानी पोखराको पहिचानलाई थप सुदृढ बनाउन पर्यटन क्षेत्रमा विशिष्ट योगदान पु‍¥याउने उत्कृष्ट पर्यटन व्यवसायी तथा पर्यटन संस्थाहरूलाई वार्षिक पर्यटन उत्कृष्टता पुरस्कार प्रदान गरिनेछ ।

१२) मेरो घर अगाडि, मेरो जिम्मेवारी अभियान
हरेक घर, पसल र कार्यालयले आफ्नो अगाडिको सडक र नाली सफा राख्ने कार्यलाई अभियानका रुपमा सञ्चालन गरिनेछ । हप्तामा एक दिन १५ मिनेट नियमित सरसफाई कार्यक्रम सञ्चालन गर्ने उत्कृष्ट टोललाई सम्मान गरिनेछ ।
१३) नो प्लास्टिक पोखरा अभियान
एक पटक प्रयोग हुने प्लास्टिकको प्रयोगलाई घटाइने छ । कपडाको झोला प्रयोगलाई प्रोत्साहन गरिनेछ ।
१४) मुस्कान सहितको पोखरा अभियान
सेवा लगायतका क्षेत्रमा क्रियाशिल ट्याक्सी चालक, होटल कर्मचारी, व्यापारी र नागरिकलाई पर्यटकसँग मित्रवत व्यवहार गर्न प्रेरित गरिनेछ । क्mष्भि एयपजबचब सन्देशलाई महानगरव्यापी बनाइने छ ।
१५) हरित बाल्कोनी, हरित घर अभियान
प्रत्येक घर र व्यवसायिक भवनमा कम्तीमा एक फूल वा बिरुवा लगाउने कार्यलाई अभियानका रुपमा सञ्चालन गरिनेछ । सडक किनार र सार्वजनिक स्थलमा फूल रोप्ने कार्यलाई प्रोत्साहन गरिनेछ ।
१६) भित्ते कला र संस्कृति अभियान
नगरक्षेत्रमा रहेका पर्खाललाई स्थानीय कला, संस्कृति र पर्यटन झल्काउने कामका लागि कलाकारहरु सम्वद्ध संघसँस्थाहरु र कलाकर्मी विद्यार्थीहरुसँगको साझेदारीमा भित्तेचित्रले सजाइनेछ ।
१७) हर्न कम, सम्मान बढी अभियान
अनावश्यक हर्न बजाउने प्रवृत्ति घटाइने छ । पर्यटकमैत्री र सभ्य ट्राफिक संस्कृतिको विकास गरिनेछ ।
१८) एक पर्यटक, एक मित्र अभियान
पोखरा भ्रमणमा आउने पर्यटकहरुलाई नागरिक स्तरबाट आवश्यक जानकारी सहित पोखरा भ्रमणको निम्तो दिने कार्यलाई अभियानका रुपमा सञ्चालन गर्न ‘एक पर्यटक, एक मित्र’ अभियान सञ्चालन गरिनेछ ।
१९) सफा सार्वजनिक शौचालय अभियान
निजी व्यवसायलाई पनि पर्यटकका लागि शौचालय खुला राख्न प्रेरित गरिनेछ छ । व्यवस्थापनमा उत्कृष्टता हाषिल गर्ने महानगरपालिकाको तर्फबाट उचित सम्मान प्रदान गरिनेछ ।
२०) पैदलमैत्री पोखरा अभियान
महानगरक्षेत्रका व्यस्त सडकहरुमा पैदलयात्रुहरुका लागि जेब्राक्रसिङ प्रयोग गर्ने बानीको विकासका लागि आवश्यक सचेतना अभियान सञ्चालन गरिनेछ । पैदल यात्रुलाई प्राथमिकता दिने संस्कृतिको विकासमा जोड दिइनेछ ।
२१) सभ्य र सुसंस्कृत पोखरेली अभियान
फोहोर देख्नासाथ व्यवस्थापनमा तदारुकता देखाउने र फोहरमैला फोहोर बोक्ने गाडीमा मात्रै फोहोर बिसर्जन गर्ने कार्यलाई प्रोत्साहन गर्न ‘सभ्य र सुसंस्कृत पोखरेली’ अभियान सञ्चालन गरिनेछ ।
२२) पोखरा पर्यटन दूत अभियान
यस अभियान मार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पोखराको प्रवद्र्धन अभियान सञ्चालन गरिनेछ ।
२३) साप्ताहिक कार–फ्री सडक अभियान
पोखरा महानगरपालिकाको निश्चित क्षेत्र र समयमा पैदल, साइकल र सांस्कृतिक गतिविधिलाई प्राथमिकता दिदैँ ‘साप्ताहिक कार–फ्री सडक’ अभियान सञ्चालन गरिने छ।
२४) एक संस्था, एक सार्वजनिक स्थल सरसफाइ र वृक्षारोपन अभियान
विद्यालय, क्लब, बैंक, होटलहरुमा एक सार्वजनिक स्थलको संरक्षण र सरसफाइको जिम्मा लिने प्रवृतिको विकास गरिनेछ ।
२५) लाइनमा बसौं, सभ्यता देखाऔँ अभियान
सेवाग्राहीको भिडभाड हुने कार्यालयमा लाइन बस्ने संस्कृतिको विकासमा जोड दिइनेछ ।

२६) पोखरा बोल्छ, सभ्य भाषा प्रयोग गरौँ अभियान
सार्वजनिक व्यवहार, सामाजिक सञ्जाल र सेवामा सभ्य भाषाको प्रयोगलाई प्रोत्साहन गरिने छ ।
२७) उज्यालो र सुरक्षित पोखरा अभियान
पोखरालाई उज्यालो शहरका रुपमा विकास गर्न उज्यालो पोखरा अभियानलाई विस्तार गरिनेछ । घर, पसल र संस्थाले बाहिरी बत्ती नियमित बाल्ने व्यवस्था व्यवहारिक रुपमा अनिवार्य गरिनेछ । सुरक्षित शहर निर्माणका लागि समुदाय–प्रहरी सहकार्यलाई चुस्त बनाइनेछ ।
२८) पोखराको फोटो, विश्वभर प्रचार अभियान
नागरिक र पर्यटकलाई सामाजिक सञ्जालमा सकारात्मक सामग्री पोस्ट गर्न प्रोत्साहन गरिनेछ । ३ख्ष्कष्तएयपजबचब ३त्यगचष्कmऋबउष्तब ि३न्चभभलएयपजबचब ३ऋभिबलएयपजबचब जस्ता साझा ह्यासट्यागहरुलाई सामाजिक सञ्जालहरुमा प्रयोगका लागि प्रोत्साहन गरिनेछ ।
२९) अतिथि देवो भवः अभियान
पोखरा भ्रमणमा आउने पर्यटकहरुलाई आतिथ्यता प्रदान गर्न होटल, रेष्टुरेन्ट, यातायात सेवा, व्यवसायीक लगायत सेवाक्षेत्र सहित नगरवासीहरुमा आतिथ्य संस्कृतिको प्रवद्र्धन गरिनेछ ।
३०) १० मिनेट नागरिक योगदान अभियान
हरेक नागरिकले दैनिक १० मिनेट आफ्नो टोल, पार्क वा सार्वजनिक स्थल सफा गर्ने कार्यलाई प्रोत्साहन गरिनेछ ।
३१) मेरो कुकुर, मेरो जिम्मेवारी अभियान
मेरो कुकुर, मेरो जिम्मेवारीको भावना अनुरूप महानगर भित्रका घरपालुवा कुकुरहरूको अनिवार्य दर्ता र नवीकरण प्रणाली लागू गरिनेछ । आफ्ना कुकुरहरूलाई सार्वजनिक स्थलमा खुला छाड्ने र दर्ता नगर्ने धनीलाई कानुनी दायारामा ल्याईने छ । सामुदायिक कुकुरहरूको लगत संकलन, बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान संचालन गरी सामुदायिक कुकुर व्यवस्थापनलाई प्रभावकारी बनाइनेछ ।
३२) डिजिटल गुनासो अभियान
मोवाइल एप, वेवसाईट, क्युआर कोड लगायतका प्रविधिको प्रयोग गरी सार्वजनिक महत्वका विषयमा महानगरपालिका समक्ष सुझाव, समस्या र गुनासो दर्ता गर्न डिजिटल गुनासो अभियान सञ्चालन गरिनेछ ।
३३) शुन्य अतिक्रमण शुन्य प्रदुर्षण अभियान
सडकपेटी, नदिकिनार, खुल्ला तथा सार्वजनिक स्थल अतिक्रमण गर्ने कार्यलाई निरुत्साहन गर्दै संरक्षण अभियान संचालन गरिनेछ । नगरक्षेत्रमा ध्वनी तथा धुँवा प्रदुर्षण रोक्न आवश्यक सचेतना अभियान सञ्चालन गरिनेछ ।
यी अभियानहरूलाई पोखरा महानगरका विद्यमान ३३ अभियान अन्तर्गत समेटी समुन्नत पर्यटकीय पोखरा निर्माणको अभियानमा नागरिक सहभागिता सुनिश्चित गरिनेछ ।

अन्त्यमा, समुन्नत् पोखराको आधार, सवल अर्थतन्त्र र पूर्वाधार भन्ने नारालाई सार्थकता प्रदान गर्ने गरी समुन्नत पर्यटकीय पोखरा निर्माणको अभियानमा हातेमालो गर्न आमनगरवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु, राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यवसायी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुमा हार्दिक आव्ह्वान गर्दछु । साझा समृद्धि प्राप्त गर्ने संकल्प सहित पोखरा महानगरपालिकाको १९ औँ नगरसभालाई सभ्य र भव्य बनाउन सहयोग गर्नुहुने उपप्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, नगर सभाका सदस्यज्यूहरू, राष्ट्रसेवक कर्मचारी लगायत उपस्थित सम्पूर्ण महानुभावहरू प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
धन्यवाद । जय पोखरा ।

धनराज आचार्य
नगर प्रमुख,
पोखरा महानगरपालिका

२०८३ आषाढ ४ गते बिहिबार