खानपिनमा बिषेश ध्यान दिदै शारीरिक व्यायम गरी मोटोपन घटाउन चिकित्सकहरुले सुझाव दिनु भएको छ । मोटोपन दिवसको सन्दर्भमा पोखरा नयाँबजारमा रहेको बिद्याज डाइट एण्ड र फिट्नेस सेन्टरले सोमबार पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा चिकित्सकहरुले उक्त सुझाव दिनु भएको हो ।
रातो मासु, सुकाएका तथा पोलेको मासु नखाने, तेलमा पकाइएको खाना कम खाने, धेरै भन्दा धेरै फलफुल र साग सब्जी खाने, चना र अंकुरित चनाको सेवन गर्ने, शरीरका वजनलाई संतुलित राख्नका लागि प्रतिदिन शारीरिक व्यायम गर्न चिकित्सकहरुले सुझाव दिनु भएको हो । त्यसै गरी कार्वोहाइड्रेड प्राप्त गर्ने खाने कुरामा कम गर्दै प्रोटिन प्राप्त गर्ने खानेकुरामा जोड गर्न छलफलमा सहभागि चिकित्सकले आग्रह गर्नु भएको हो । भोजनमा चीनी कम, अल्कोहल कम गरी दुधको मात्रा बढाउन सुझाव दिइएको छ ।
कलाकार क्षेत्रलाल कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा फिजिसियन डा.बसन्त ताम्राकार, वरिष्ठ परामर्शदाता चिकित्सक डा. खड्गबहादुर गुरुङ, वरिष्ठ फिजियोथेरापिस्ट डा. सुवास भट्टराई, वरिष्ठ ग्यास्ट्रोएन्टेरोलॉजिस्ट डा.विद्या कायस्थ, पश्चिमाञ्चल माविका संस्थापक मिनु कुवंर श्रेष्ठ लगायतले विश्व मोटोपना दिवसको सन्र्दभमा मानव शरीरमा मानवका कारण अधिकांश मोटोपन हुने जसले धेरै समस्या ल्याउने हँुदा समयमै यसको रोकथाम गर्न सुझाव दिनु भएको हो । कार्यक्रममा नर्स नम्रता थापा पौडेलले सहजीकरण गरेको निराजन कायस्थले बताउनु भयो । कार्यक्रममा विभिन्न स्वास्थ्यका संघ संस्था सहित सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको कायस्थले पोखराक्लिकलाई बताउनु भयो । पछिल्लो समयमा हाल मोटोपनको निकै ठुलो समस्या देखा पर्दै गएकोले यसमा सचेत गराउन उक्त कार्यक्रम आयोजना गरिएको सेन्टरका अध्यक्ष सरोज कायस्थले बताउनु भयो ।