
कास्की ,
गण्डकी प्रदेश छनोट क्रिकेट प्रतियोगितामा स्याङ्जा महिला यू—१९ टोली च्याम्पियन भएको छ । वाई वाई महिला यू—१९ गण्डकी प्रदेश छनोट क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत सोमबार सम्पन्न खेलमा स्याङ्जा महिला यू—१९ टोलीले कास्की महिला यू—१९ लाई ३ विकेटले पराजित गर्दै च्याम्पियन भएको हो ।

वाई वाई महिला यू(१९ गण्डकी प्रदेश छनोट क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत सोमबार सम्पन्न खेलमा स्याङ्जा महिला यू—१९ टोलीले कास्की महिला यू(१९ लाई ३ विकेटले पराजित गर्दै च्याम्पियन भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको कास्कीले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ४४ रन मै सिमित भयो । कास्कीका लागि चन्द्रमाया बरालले सर्वाधिक १३ रनको योगदान दिइन् । स्याङ्जाका बलरहरूले भने उत्कृष्ट प्रदर्शन गरे । रञ्जना साउदले ३ विकेट निरु जीटी, आकृति तिवारी, बुढा मगरले समान २÷२ विकेट लिन सफल भए ।
४५ रनको सामान्य लक्ष्य पछ्याएको स्याङ्जाले १२.३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गगरी उपाधि सहित छनौट भएको हो । सेरिना थापा १० रनमा अविजित रहिन् भने रबिना बुढा मगरले ८ रनको योगदान दिइन् । कास्कीका लागि रचना चौधरीले ३ विकेट तथा मुस्कान जैसवालले २ विकेट लिइन् । वर्षा पौडेलले १ विकेट हात पारिन् ।
खेलमा स्याङ्जाकी रञ्जना साउद ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । प्रतियोगिताको अन्तिम अंक तालिकाअनुसार स्याङ्जा ८ अंकसहित च्याम्पियन बनेको प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । कास्की ५ अंकसहित दोस्रो स्थानमा रहँदा पर्वत पनि ५ अंकका साथ तेस्रो स्थानमा सीमित भयो ।





