राजनीति

संगठन विस्तार र उत्पादनमा जोड्न अध्यक्ष प्रचण्डको आग्रह,(भिडियो सहित) बृहत सडक आन्दोलन गर्ने

दीननाथ बराल, पोखरा, ५ भदौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले संगठन विस्तार र उत्पादन वृद्धिमा जोड दिनु भएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) गण्डकी प्रदेश समितिले पोखरामा विहिबार आयोजना गरेको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेता कार्यकर्ता सहित मजदुरहरुलाई संगठन विस्तार र उत्पादनमा जोड्न आग्रह गर्नु भएको हो । https://www.youtube.com/watch?v=CAg_EaGp4TA माओवादी केन्द्रलाई फेरि एकीकृत गर्नुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, “गणतन्त्र र समाजवादलाई संस्थागत गर्नका लागि एउटा संकल्प,… पुरा पढौ

उपाध्यक्ष मात्र होइन अब अध्यक्षमा दाबी गर्न महिला नेतृलाई सञ्चारमन्त्री गुरुङको आग्रह

दीननाथ बराल,पोखरा ५, भदौं, नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले महिलाहरुलाई पालिको उपाध्यक्षमा मात्र नभई अब अध्यक्षमै प्रतिष्प्रर्धा गर्न आग्रह गर्नुभयो । अखिल नेपाल महिला सङ्घ गण्डकी प्रदेश कमिटीको बिहीबार सुरु भएको दोस्रो सम्मेलनमा बोल्दै नेकपा एमालेका उपमहासचिव समेत रहनुभएका मन्त्री गुरुङले आउने चुनावमा कति वटा वडाध्यक्ष महिला लड्ने, कुन कुन पालिकामा उपाध्यक्ष, उपमेयर होइन, प्रमुख नै माग्ने भन्ने योजना बनाउन महिलाहरुलाई आग्रह गर्नु भएको हो । सोहि अनुसारको गृहकार्य आजैबाट सुरु गर्न सुझाव दिदै मन्त्री गुरुङले… पुरा पढौ

आन्तरिक नियन्त्रण प्रणाली निर्माण गरेर जनउत्तरदायी र जबाफदेही सेवा प्रबाहमा केन्द्रित हुन जि.स.स.कास्की प्रमुख पौडेलको आग्रह

पोखरा ,साउन ४, जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका पालिकाहरू संग असल अभ्यास बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नु भएको थियो। पौडेलले कार्य सम्पादन र बिकास निर्माणका असल अभ्यास आदान प्रदान सहित समस्याहरूको निराकरण र प्रभाबकारी समन्वयका निम्ति कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै आपसी अनुभव आदान प्रदानले प्रभाबकारी कार्यसम्पादनको स्तर वृद्धिमा सहयोग गर्ने उल्लेख गर्नुभयो। पौडेलले सबै पालिकाहरूले आन्तरिक नियन्त्रण प्रणाली निर्माण गरेर जनउत्तरदायी र जबाफदेही सेवा प्रबाहमा केन्द्रित हुनुपर्ने… पुरा पढौ

गण्डकीमा १० स्थानमा करियर बुथ स्थापना

पोखरा, गण्डकी प्रदेशमा एकीकृत करियर बुथ स्थापना सुरु गरिएको छ । काठमाण्डौ विश्वविद्यालय र स्विजरल्याण्डको इटीएच जुरिचको साझेदारीमा सञ्चालन भइरहेको शिक्षा प्रणाली कार्यशाला (i-Lab) नेपाल कार्यक्रम अन्तर्गत प्रदेशका १० स्थानमा परीक्षण स्वरूप करियर बुथ स्थापना गरिएको हो । करियर बुथ स्थापना तथा सञ्चालनका लागि विभिन्न शैक्षिक र व्यवसायिक संस्थासँग समझदारी गरिएको छ । ती संस्थामा गण्डकी प्रदेश सरकार रोजगार सूचना केन्द्र, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् गण्डकी, व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिका, वालिङ नगरपालिका (स्याङ्जा), माछापुच्छ्रे गाउँपालिका (कास्की), पोखरा… पुरा पढौ

दातृ निकाय फर्किदा ३० हजार बेरोजगार ..

दीननाथ बराल,पोखरा, भदौ १, नेपालमा २२ वटा दातृ निकाय निष्क्रिय हुँदा करिब ३० हजार जना बेरोजगार हुनु परेको गैरसरकारी संस्था महासंघ (गैसस महासंघ) ले जनाएको छ । कोभिड पछि विश्व अर्थतन्त्रमा परेको असरसंगै नेपाल विकासउन्मुख देशमा जाने तयारी स्वरुप केही दातृ निकायले नेपालमा निष्क्रिय रुपमा रहेकोले त्यसको असर प्रत्यक्ष रुपमा पर्ने हाल करिब ३० हजार जना बेरोजगार हुनु परेको केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईले बताउनु भयो । यसबाट मात्रै करिब ६५० मिलियन अमेरिकी डलर गुमेको दाबी गर्दै उहाँले उक्त विकल्पमा स्वदेशमा… पुरा पढौ

ढोरपाटन २३ औं वर्षमा प्रवेश, काफ्ले र नेपाली सम्मानित

पोखरा, पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बागलुङमा जन्मिएर पनि पर्यटकीय राजधानी पोखरा हुँदै गण्डकीको यात्रा तय गर्नु खुसीको कुरा रहेको बताए । ‘बागलुङमा जन्मेर पोखरा हुँदै गण्डकीको यात्रा तय गर्ने हिम्मत राखेको ढोरपाटन अझै स्थापित हुनेछ’ उनले भने ।आचार्यले प्रविधि फेरिए पनि संचारमाध्यम र पत्रपत्रिकाको महत्व… पुरा पढौ

भरतपुरमा ८ वर्षमा १ हजार ६५ सय किलोमिटर सडक कालोपत्रे

चितवन, भदौ १, कुनै समय भरतपुरमा कालोपत्रे सडक हेर्न नारायणगढ बजार नै पुग्नु पर्दथ्यो । अहिले भने यहाँका भरतपुरको स्वरुप नै फेरिएको छ । भरतपुरको १ देखि २९ वडा पुग्न ३० मिनेट छुट्टाए पुग्ने भएको छ । सडक सञ्जालले सबै स्थानलाई जोडेको छ ।भरतपुर महानगरपालिकामा ८ वर्षको अवधिमा १ हजार ६५ किमि सडक कालोपत्रे भएको छ । यी सडकहरू ६ मिटरदेखि १६ मिटर चौडाइसम्मका छन्। यसबाहेक सङ्घ र प्रदेश सरकारमार्फत करिब २०० किमि सडक थप बनेका छन्। महानगर प्रमुख रेनु… पुरा पढौ

अन्तर्राष्ट्रिय युवा दिवसमा पोखरा–२२ मा लागू औषध, मदिरा दुरु पयोग नियन्त्रण र सरसफाइ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

पोखरा, २७ साउन, अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा पोखरा महानगरपालिका–२२ वडा युवा परिषदको आयोजनामा मङ्गलबार “लागूऔषध तथा मदिरा दुरुपयोग नियन्त्रण र व्यक्तिगत सरसफाइ” विषयक विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम पोखरा–२२, भुम्दीस्थित श्री ओखलेडाँडा भुम्दीकोट माध्यमिक विद्यालयमा आयोजना गरिएको थियो, जहाँ कक्षा ७, ८, ९ र १० का गरी करिब ६० जना विद्यार्थी तथा युवाहरूको सक्रिय सहभागिता रहेको थियो। वडा युवा परिषद–२२ का अध्यक्ष दिनेश बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि पोखरा–२२ का वडा अध्यक्ष हिमलाल बराल, विशेष… पुरा पढौ

पोखरामा गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको उद्घाटन

पोखरा, गण्डकी प्रदेशमा सञ्चार क्षेत्रको नियमन, पारदर्शिता र पेशागत पत्रकारिता प्रवद्र्धनलाई थप व्यवस्थित बनाउन स्थापना गरिएको प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको औपचारिक उद्घाटन सोमबार पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उक्त कार्यालयको उद्घाटन गर्दै लोकतन्त्रको मेरुदण्ड स्वतन्त्र प्रेस भएको उल्लेख गरे । प्रेस स्वतन्त्रतासँगै उत्तरदायित्व पनि अनिवार्य भएको भन्दै गण्डकी प्रदेश सरकारले प्रेस रजिष्ट्रार कार्यालयको स्थापना गरेको उनले बताए । पत्रकारिता व्यवसायमा कानुनी स्पष्टता, अभिलेख व्यवस्थापन र पारदर्शिता अभिवृद्धि गर्न उक्त कार्यालय अग्रसर रहने विश्वास उनको… पुरा पढौ

गण्डकी प्रदेश सरकारको क्रान्तिकारी कदम, ७ निर्देशनालय खारेज, १८५ दरबन्दी कटौती , प्रदेशको आर्थिक भार कम गर्न यस्तो निर्णय गरिएको मुख्यमन्त्री पाण्डेको भनाई (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २६ साउन, कर्मचारीहरुको आलोचनाका बाबजुत अन्ततः गण्डकी प्रदेश सरकारले कान्तिकारी कदम चालेको छ । प्रदेश सरकार स्थापना भएको ७ बर्ष पूरा भई सक्दा पनि त्यसको कार्यमुल्याङकन र प्रभावकारीता खासै नदेखेर प्रदेश सरकारले कम आर्थिक भार होस भन्दै केही कर्मचारी दरबन्दी कटौती देखि निर्देशनालय खारेज गर्नेसम्मको निर्णय गर्न बाध्य भएको सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनु भयो । https://www.youtube.com/watch?v=QHT1Z0yPcOE गण्डकी प्रदेश सरकारले प्रशासनिक खर्च कटौतीका लागि ७ निर्देशनालय र २ केन्द्र खारेज गर्दै १८५ कर्मचारी दरबन्दी… पुरा पढौ