राजनीति

नागरिक समाजले भन्यो–जेनजी पुस्तामाथि सरकारले गोली वर्षाउनु अक्षम्य अपराध

पोखरा, २४ भदौ, नागरिक समाज कास्कीले जेनजी पुस्ताको सोमबार शान्तिपूर्ण आन्दोलनका क्रममा सरकारका तर्फबाट भएको नरसंहारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार एक प्रेस विज्ञप्ति जार्दै इतिहासमै कलंकित हुने गरी भएको नरसंहारको जति भत्र्सना गरे पनि कमी हुने ठहर गरेको छ । देशमा व्याप्त चरम भ्रष्टाचार बेथिति तथा नेताहरु र तिनका परिवारको उच्च बिलासी जीवनशैलीका साथै सरकारद्वारा गरिएको सामाजिक सञ्जाल बन्दप्रति व्यापक असन्तुष्टि जनाउँदै भएको शान्तिपूर्ण प्रदर्शनमा नरसंहार र गोलाबारीबाट दर्जनौं किशोरकिशोरी र युवाहरुले अनाहक ज्यान गुमाएकोमा दुःख… पुरा पढौ

आम जनता पार्टीले कास्कीमा आफ्नो संगठन बिस्तार

प्रतिनिधि सभा सदस्य प्रभु साहको नेतृत्वमा रहेको आम जनता पार्टीले कास्की जिल्लामा आफ्नो संगठन बिस्तार गरेको छ। शनिबार पोखरामा सम्पन्न आम जनता पार्टी कास्की जिल्ला समितिको प्रथम जिल्ला भेलाले अर्जुन केसीको अध्यक्षतामा २५ सदस्यीय पार्टीको जिल्ला कार्य समिति घोषणा गरेको छ। आम जनता पार्टी कास्की जिल्ला समितिको नवगठित समितिमा उपाध्यक्षमा आइतराज गुरुङ, सचिवमा अर्जुन सुनार, सह(सचिवमा पवित्रा मल्ल र कोषाध्यक्ष रेखा परियार रहेका छन् भने सदस्यहरुमा सुसिला पोख्रेल, गौकाशी गुरुङ, सागर सुनार, कुशल गुरुङ, विकास सुनार, मोहन सुनार, राहुल मगर,… पुरा पढौ

होटल तथा रेष्टुरेण्टलाई कानूनि मापदण्ड पालना गर्न सुझाव, रेवान पोखराको ३१ औं बार्षिक साधारण सभा सम्पन्न

दीननाथ बराल, पोखरा १९, भदौं, पोखराका होटल तथा रेष्टुरेण्टहरुलाई कानूनि मापदण्ड पालना गर्न विहिबार पोखरामा आयोजना भएको एक कार्यक्रमका वक्ताहरुले बताउनु भएको छ । रेष्टुरेण्ट एण्ड वार एशोसियसन(रेवान) पोखराको ३१ औं बार्षिक साधारण सभाको विहिबार पोखरामा भएको उद्घाटन सत्रमा वोल्ने वक्ताहरुले पोखराका केही होटल तथा रेष्टुरेण्टहरुमा कम उमेरका बालबालिकाहरु काममा लगाउने र न्यूनतम पारिश्रम समेत नदिएको गुनासो आएकोले होटल तथा रेष्टुेण्टहरुलाई वक्ताहरुले कानूनि मापदण्ड पालना गर्न चेतावनी दिनु भएको हो । उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले राज्यको… पुरा पढौ

गण्डकी प्रदेशमा सातौं र आठौं तहका कर्मचारीका लागि सेवा कालीन तालिम सुरु

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा प्रदेश तथा स्थानीय तहमा कार्यरत सातौं र आठौं तहका कर्मचारीहरूका लागि ३० कार्यदिने सेवाकालीन तालिम सुरु भएको छ। कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य खगराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा अधिकारीले तालिमको उचित सदुपयोग गरि कार्यसम्पादनमा सुधार ल्याउन सहभागीहरुलाई उत्प्रेरित गर्दै कानुन कार्यान्वयनमा कर्मचारीको भूमिका मुख्य रहने औल्याउदै असल व्यवस्थापक बनेर सेवा प्रवाह गर्न यसप्रकारका तालीमहरु फलदायी हुने विस्वास ब्यक्त गरेका थिए । प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबु तिवारीको अध्यक्षतामा… पुरा पढौ

पोखराबाट भुटानका लागि असोज १२ गते देखि चार्टर्ड फ्लाइट सुरु हुने (भिडियो सहित)

दीननाथ बराल,पोखरा, १८ भदौ, पर्यटनको राजधानि पोखराबाट भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलका लागि भुटान एयरलाइन्सले आउँदो असोज १२ गते (सेप्टेमबर २८ तारिख) देखि चार्टर्ड फ्लाइट सुरु गर्ने भएको छ । युनिभर्सल टुर्स एन्ड ट्राभल्स (युटिटि) को पहलमा पहिलो चरणमा ४ वटा उडान हुने जानकारी मंगलबार साँझ पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गराइएको हो । https://www.youtube.com/watch?v=VWdHLb_VJIE युटिटिका कार्यवाहक अध्यक्ष परासर प्रसाईले आफ्नो ५० वर्ष पुरानो कम्पनीले पोखराको पर्यटन सम्भावना देखेर सुरुमा ४ उडान गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले माग र व्यवसायीको… पुरा पढौ

पोखरामा दोस्रो नेपाल खुला स्नूकर प्रतियोगिता सुरु (भिडियो सहित) , स्नुकर खेललाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न मेयर आचार्यको आग्रह

दीननाथ बराल,पोखरा १७, भदौ, खेलकुदको शहर पोखरामा दोस्रो संस्करणका नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ सुरु भएको छ । पोखरा ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोट्र्स बार प्रा.लि.को आयोजनामा र कास्की बिलियार्ड स्नूकर तथा पुल संघको विशेष सहयोगमा पुनः दोश्रो पटक उक्त प्रतियोगिता पोखरामा मंगलबार देखि सुरु भएको हो । पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोट्र्स बारमा यही भदौं २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले स्नुकर खेल खेल्ने खेलाडीहरु समाजमा हेर्ने दृष्टिकोणमा सकरात्मक परिवर्तन… पुरा पढौ

गण्डकी प्रदेशमा ‘दलित अधिकार तथा सशक्तिकरण ऐन २०८२’ सर्वसम्मत पारित

पोखरा, गण्डकी प्रदेशसभाले दलित समुदायको अधिकार सुनिश्चित गर्दै उनीहरूको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक सशक्तिकरण गर्ने उद्देश्यले तयार गरिएको ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित गरेको छ । यससँगै प्रदेशसभाले ऐतिहासिक कदम चालेको भन्दै यसलाई समानता र न्यायको यात्रातर्फको कोसेढुङ्गाका रूपमा लिइएको छ । यो विधेयक २०८१ चैत १५ गते सामाजिक विकास तथा कृषि समितिमा दफावार छलफलका लागि पठाइएको थियो। सरोकारवाला, विज्ञ तथा सांसदहरूसँगको व्यापक छलफलपछि परिमार्जनसहित प्रतिवेदन तयार गरी प्रस्तुत गरिएको विधेयकलाई… पुरा पढौ

ट्रक व्यवसायीले ढुवानी मात्र नभएर देशकै अर्थतन्त्र चलायमान गराएका छन् ः मन्त्री केसी

पोखरा, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले ट्रक व्यवसायीले मालसामान ढुवानी मात्र नभएर देशकै अर्थतन्त्र चलायामान गराएको बताएका छन् । शनिबार गण्डकी ट्रक यातायात व्यवसायी संघको ४८ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री केसीले निजी क्षेत्र देशको अर्थतन्त्रको खम्बाको रुपमा रहेको समेत उल्लेख गरे । उनले बीमा दावी प्रक्रिया कठिन हुनु, समयानुकूल नीति नहुनु, दक्ष चालकको कमी, सडकको खराब अवस्था, भारतीय ट्रकहरूसँग प्रतिस्पर्धा लगायतका व्यवसायीका समस्याका बारेमा आफू जानकार… पुरा पढौ

जलवायु परिवर्तनबाट नेपालजस्ता विकासोन्मुख मुलुक बढी प्रभावितस् प्रदेश प्रमुख भट्ट

पोखरा, १३ भदौ, गण्डकीका प्रदेश प्र्रमुख डिल्लीराज भट्टले जलवायु परिवर्तनबाट नेपालजस्ता विकासोन्मुख मुलुक बढी प्रभावित भएको बताउनुभएको छ । मौसम तथा जलवायु परिवर्तन र विश्व उष्णीकरणको मारमा दक्षिण एशियाली राष्ट्र परेको उहाँको भनाई छ । कानुनी युवा मञ्च ९फ्लाई० ले आयोजना गरेको ‘दक्षिण एशियाली जलवायु न्याय फेलोशिप तथा क्याम्प २०२५’ मा बोल्दै उहाँले जलवायु परिवर्तनका असरहरुबारे विभिन्न कार्यक्रम गरेर विश्व समुदायलाई सचेत गराएपनि सोचेअनुसारको प्रगति गर्न नसकिरहेको उल्लेख गर्नुभयो । ‘जलवायु परिवर्तनको मूल कारक नेपाल जस्ता विकासोन्मुख मुलुक होइनन् तर… पुरा पढौ

लेखनाथ उद्योग वाणिज्य संघको इतिहासमा पहिलो पटक महिला नेतृत्वको दाबी

लेखनाथ, भदौ १२, लेखनाथ उद्योग वाणिज्य संघको आगामी २९औं साधारण सभा तथा १५औं अधिवेशनमा पहिलो पटक महिला उम्मेदवार अध्यक्ष पदको दाबी सहित चुनावी मैदानमा उत्रिएकी छिन् । जानुका पराजुली अधिकारीले नेतृत्वले बिहीबार पत्रकार सम्मेलन मार्फत आफ्नो टिम घोषणा गर्दै संघको नेतृत्वमा पुग्ने प्रतिबद्धता जनाएकी हुन् । “ईमान्दारिता, पारदर्शिता र लगनशिलता, व्यावसायिक क्षेत्रमा सक्षम नेतृत्व आजको आवश्यकता” भन्ने नारा बोकेको उनको टिमले चुनावी प्रतिस्पर्धा गर्ने जनाएको छ । यसअघि २९ वर्षको इतिहासमा संघको नेतृत्वमा महिला उम्मेदवारको औपचारिक दाबी यसैपटक पहिलो पटक… पुरा पढौ