
दीननाथ बराल,
पोखरा १५, जेठ,
पोखरा ३ नदीपुरमा सडक सहित एक घरको केही भाग भासिएको छ । खानेपानीको पाइप आज विहानै फुटेसंगै सडक सहितको एक स्थानियको घरको केही भाग भासिएको पोखरा महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश उदासले बताउनु भयो ।
उक्त क्षेत्रमा ६ महिनाको अन्तरालमा ५ पटक यस्तै समस्या हुँदा हाल आफ्नो घर तर्फको एउटा कोठा मुनिसम्म भाषिएको स्थानिय सिता पराजुलीले गुनासो गर्नुभयो । उहाँले यसरी पटक पटक एकै ठाँउमा सडक सहितको घर अगाडी र घरमा समेत क्षति पुगेकोले यसको दिगो व्यबस्थापन सहित क्षतीपुर्तिको उहाँले माग समेत गर्नुभयो । खानेपानीको पाइप फुट्दा सडक सहित आफ्नो घरमा क्षति पुगेकोले राम्रोसंग व्यबस्थापन गर्न स्थानिय हरिहर पराजुलीले बताउनु भयो । कोठाका सामानहरु स्थानिय र प्रहरीको सहायतामा सामान सारिएको उहाँले जनाउनु भयो ।
सडक डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले हाल पानीको पाइट फुटेका कारण उक्त क्षेत्रमा सिंकहोल (भ्वाङ परेको) बताउनु भयो । हाल फुटेको पाइपलाई तत्काल जडान गरी ग्रावेल फिलिङ गरिएको उहाँले जनाउनु भयो । पोखराको भौगोलिक कारणले गर्दा पोखरा नदीपुर देखि सेतीनदी वारी क्षेत्रको डेभिड फल्ससम्म सिंकहोल समस्या हुने हुँदा यसमा सबै सरोकारवालाहरु सचेत हुनु पर्ने प्रमुख अधिकारीले जनाउनु भयो ।
नेपाल खानेपानी संस्थान पोखरा विन्ध्यवासिनी शाखाका ईकाई प्रमुख लक्ष्मण पाण्डेले पोखरा नदीपुर क्षेत्रमा हाल एकै ठाँउमा ६,८, १२ र २० इन्चाका पाइपहरु रहेकोले यहाँको भ—ूधरातल निकै कमजोर हँुदा सवारी साधनहरु गुड्दा तथा जमिनमा थोरै पानी लिग हुँदा यस्तो समस्या दोहोरीको बताउनु भयो । हाल सि आई ८ इन्चको पाइप काटेर जस्तै गरी बिचमा फुटेको जसले गर्दा सडक सहित घर भाषिन पुगेको उहाँले जनाउनु भयो । हाल फुटेको पाइपबाट पोखरा पृथ्बीचोकसम्मका लागि पानी वितरण भएकोले सडक अबरुद्ध भए पनि पानी भने तत्काल संचालन हुने गरी काम गरेको अधिकारीले जनाउनु भयो । कोही मेनलाईन, केही घर घरमा पुर्याउने केही पुरानो पाइप भएकोले कहिले काहि यस्तो समस्या हुने उहाँले जनाउनु भयो । सबै सरोकारवालाहरुले सहकार्य गरी हाल उक्त खाडलमा ग्रावेलले पुरीएको छ ।





