राजनीति

लेखनाथ उद्योग वाणिज्य संघको नेतृत्वका लागि जानुका नेतृत्व टोली घर–दैलो अभियानमा

पोखरा, लेखनाथ उद्योग वाणिज्य संघ (लेउवा संघ) को आगामी भदौ २० र २१ गते हुने २९ औँ साधारण सभा तथा १५ औँ अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदकी उम्मेदवार जानुका पराजुली अधिकारीको नेतृत्वमा रहेको प्यानल हिजो आज घर–दैलो अभियानमा सक्रिय भएको छ । संघका आवद्ध सदस्य र व्यवसायिक प्रतिष्ठानमा पुगेर आफ्नो एजेन्डा र भावी योजनाबारे प्रत्यक्ष संवाद गर्ने अभियानमा जानुका नेतृत्वको टोली जुटेको हो । संघको २८ वर्षे इतिहासमा पहिलो पटक सशक्त महिला नेतृका रूपमा अध्यक्ष पदमा उम्मेदवारी दिएकी जानुकाले “इमानदारी,… पुरा पढौ

हिमालयन सिद्धमा श्रीमद्भागवत कथा सुरु, नगर प्रमुख आचार्यको प्रतिबद्धता

पोखरा, हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्र, नारायणस्थान नदिपुरमा श्रीमद्भागवत महापुराणको कथा अनन्त श्री विभूषित आध्यजगतगुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य जी महाराज (महायोगी सिद्ध बाबा) को संकल्पमा सुरु भएको छ । कथा अनन्त श्री श्री १००८ वैष्णव महन्त श्री हरिशंकरदास वेदान्ती जी महाराजले कथा वाचन गर्न सुरु गर्नु भएको हो । शुभारम्भको पहिलो दिन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य प्रमुख अतिथि रहनु भयो । उहाँले पोखरालाई मुक्ति क्षेत्रको द्वार भन्दै यस क्षेत्रको समग्र विकासमा हिमालयन सिद्ध महायोगसँग सहकार्य गर्ने… पुरा पढौ

मिडियामा आदिवासी जनजातिको समावेशिता, आजको अपरिहार्यता

पोखरा, २५ साउन, प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले सञ्चार क्षेत्रमा सम्पूर्ण समुदायको सहभागिता आजको आवश्यकता भएको बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दिवसको अवसरमा फोनिज गण्डकी र फोनिज कास्कीले पोखरामा आयोजना गरेको संवाद कार्यक्रममा वोल्दै सदस्य लामिछानेले सञ्चार क्षेत्रमा सम्पूर्ण समुदायको सहभागिता आजको आवश्यकता भएको बताए । अब कसरी आदिवासी जनजातिलाई पत्रकारितामा टिकाउने भन्ने सोच्नुपर्ने बेला आएको उनले उल्लेख गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलले यदि कुनै समुदायको व्यक्ति… पुरा पढौ

कास्कीमा नेपाल प्रेस युनियनको सदस्यता अभियान सुरु

पोखरा, २३ साउन, नेपाल प्रेस युनियन कास्कीले सय दिने सदस्यता अभियान सुरु गरेको छ । नयाँ सदस्य संख्या वृद्धि र पुराना सदस्यलाई सक्रिय र व्यवस्थित बनाउने उद्देश्यसहित नेपाल प्रेस युनियनले साउन १५ देखि सदस्यता अभियान सुरु गरेको थियो । सोही कार्यक्रम अन्तर्गत कास्की शाखाले केन्द्रीय अध्यक्ष शिव लम्सालको उपस्थिती यो अभियान सुरु गरेको हो । अभियानमा केन्द्रीय अध्यक्ष लम्सालले कास्कीमा क्रियाशील पत्रकारहरु विमलप्रसाद तिवारी (रुपन्देहीबाट स्थानान्तरण), सागर ढकाल, भानुभक्त पाण्डे, रिदेश सुनार, सुजन पौडेल र विनोद पहारीलाई सदस्यता दिएर अभियानको… पुरा पढौ

गण्डकीमा योजना बैंक अझै पनि निष्क्रिय, मुख्यमन्त्री पाण्डे “अर्को वर्ष २५ प्रतिशत बजेट योजना बैंकमार्फतै लागू गर्छौं”

दीननाथ बराल,पोखरा, २१ साउन, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चालु आर्थिक वर्षमा योजना बैंकमार्फत योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको स्वीकार गर्नुभएको छ। ऋाज (बुधबार) पोखरामा आयोजित १२औं प्रदेश विकास समस्या समाधान समिति बैठकपछि मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “यो मेरो अन्तिम बजेट हुनेछ, अब कुनै पनि हालतमा योजना बैंक प्रणालीबाटै योजना कार्यान्वयन गर्छौं।” उहाँका अनुसार अन्तिम समयमा विभिन्न तर्फबाट बजेटको माग बढ्दा योजना बैंकको प्रभावकारी कार्यान्वयन हुन सकेन। तर आगामी आर्थिक वर्षदेखि भने बजेटको कम्तीमा २५ प्रतिशत भाग योजना बैंकमार्फतै विनियोजन… पुरा पढौ

पोखरा महानगरपालिकाको नगर ऊर्जा योजना सार्वजनिक, दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्त्वपूर्ण कदम प्रमुख आचार्य

पोखरा, २० श्रावण, पोखरा महानगरपालिकाले नगर ऊर्जा योजना सार्वजनिक गरेको छ । दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्त्वपूर्ण कदम स्वरुप तयार गरिएको प्रथम नगर ऊर्जा योजना पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मङ्गलवार सार्वजनिक गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले वि।स २१०० सम्ममा “समुन्नत पर्यटकीय पोखरा” निर्माणको लक्ष्य सहित पोखरा महानगरपालिका कार्बन तटस्थ सहर निर्माणको अभियानमा प्रतिबद्धताका साथ लागिरहेको बताउनुभयो । किफायती, भरपर्दो, दिगो र आधुनिक ऊर्जामा सबै नागरिकहरूको पहुँच सुनिश्चित गर्ने दिगो विकासको… पुरा पढौ

प्रदेश प्रमुख भट्टद्वारा मगर र गुरुङ भाषासम्बन्धी बनेको विधेयक प्रमाणीकरण

पोखरा, १९ साउन, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा ९२० बमोजिम आज (सोमबार) प्रमाणीकरण गर्नुभएको छ । गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको हो । गत १२ गते प्राप्त भएको पत्र सोमबार प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका सहायक प्रवक्ता सीता सापकोटा सुवेदीले जानकारी… पुरा पढौ

दोस्रो पर्वतीय दौड प्रतियोगिताको पुरस्कार राशि दोब्बरले बृद्धि, पाँच इभेन्टमा दुई लाख छ हजार नगद सहित १८ धावक पुरस्कृत हुने

जया पौडेल,पोखरा १९, साउन, विश्व शान्ति तथा पर्यटन दिवसका सन्दर्भमा यहीँ असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो पर्वतीय दौड प्रतियोगिताका बिजेता गतवर्षको भन्दा दोब्बर पुरस्कार राशिसहित पुरस्कृत हुने भएका छन् । आयोजक संस्था पोखरा क्लिकले सरोकारवालासँगका विभिन्न चरणका छलफलबाट प्राप्त सुझाव र सल्लाहलाई अनुशरण गर्दै प्रतियोगिताका इभेन्टलाई पनि व्यवस्थित गरी नगद पुरस्कार राशिमा करिब ६६ प्रतिशतले वृद्धि गरेको हो । गत वर्ष ६८ हजार नगद राशिद्वारा छ जना धावक पुरस्कृत भएकामा यस वर्ष नगद दुई लाख छहजार रुपैयाँसहित १८… पुरा पढौ

सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढ्दैछ मन्त्री थापा

पोखरा, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानवसेवा आश्रम पोखरामा एनएमबी बैंकद्वारा आयोजित सौर्य उर्जा हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । गण्डकी प्रदेश सरकारको सडक मानवमुक्त प्रदेश निर्माणको परिकल्पनालाई सार्थक बनाउने क्रममा मानवसेवा आश्रमसँगको सहकार्यलाई उनले एक महत्वपूर्ण नीतिगत पहलकदमीको रूपमा व्याख्या गरेका छन् । सामाजिक उत्तरदायित्वका माध्यमबाट सञ्चालनमा रहेको मानवसेवा आश्रमलाई आश्रय, माया र सम्मान… पुरा पढौ

एमाले गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक पोखरामा सुरु, देश र पार्टीलाई सही दिशामा अघि बढाउन विधान संशोधन प्रस्ताव उपमहासचिव गुरुङ

साउन१८ पोखर, नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक पोखरामा सुरु भएको छ। बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा ९एमाले० का महासचिव शंकर पोखरेलले २०८४ सालमा एकल बहुमतको सरकार बनाउने लक्ष्यसहित विधान संशोधन प्रस्ताव ल्याइएको जानकारी दिनुभयो। महासचिव पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल बनाउन मिसन र भिजनसहितको सबल नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै त्यसकै आधारमा संशोधन प्रस्ताव अघि सारिएको बताउनुभयो। उहाँले जनताले विश्वास गरिसकेको पार्टीलाई अब अत्यधिक बहुमतले स्वीकार्ने वातावरण बनाउन विशेष ध्यान दिन जरुरी रहेको… पुरा पढौ