
पोखरा,
हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्र, नारायणस्थान नदिपुरमा श्रीमद्भागवत महापुराणको कथा अनन्त श्री विभूषित आध्यजगतगुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य जी महाराज (महायोगी सिद्ध बाबा) को संकल्पमा सुरु भएको छ । कथा अनन्त श्री श्री १००८ वैष्णव महन्त श्री हरिशंकरदास वेदान्ती जी महाराजले कथा वाचन गर्न सुरु गर्नु भएको हो ।
शुभारम्भको पहिलो दिन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य प्रमुख अतिथि रहनु भयो । उहाँले पोखरालाई मुक्ति क्षेत्रको द्वार भन्दै यस क्षेत्रको समग्र विकासमा हिमालयन सिद्ध महायोगसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भयो ।
हाल हरिबोधिनी एकादशीदेखि हरिशयनी एकादशीसम्म चतुर्मास व्रत अनुष्ठान जारी छ । आयोजक समितिले आत्मकल्याण चाहनेहरूलाई अनुष्ठानमा सहभागी भई लाभ लिन अनुरोध गरेको छ ।







