राजनीति

पोखरामा साउन २ गते खुला बास्केटबल प्रतियोगिता हुने

पोखरा, भगवती युवा क्लब राखु भगवती, म्याग्दीको आयोजनामा सुलभ प्रिजेन्ट्स थ्री बाई थ्री (३×३) खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी साउन २ गते पोखरा रंगशालास्थित कभर्ड हलमा आयोजना हुने भएको हो । प्रतियोगिताबारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा क्लबले सामाजिक चेतना, अनुशासन, गतिशीलता, स्वाभिमान र विकास, क्लबको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै पहिलो पटक म्याग्दी बाहिर खेलकुद कार्यक्रम आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक सुलभ मल्लले जानकारी दिए । क्लबले राखु भगवती क्षेत्रमा… पुरा पढौ

गण्डकी पदकबाट भलिवलकी शाही, क्रिकेटका प्रजु, आर्चरीका शेरचन, आईटीएफ तेक्वान्दोकी थापा मगर, भूतपूर्व खेलाडी मञ्च सम्मानित, फेन्सिङ, ह्यान्डबल र टेनिस संघ नगदसहित सम्मानित

दीननाथ बराल, पोखरा ३०, असार, गण्डकी प्रदेश खेलकुद परिषद्ले पहिलो पटक स्थापना गरिएको ‘गण्डकी प्रदेश खेलकुद पदक’ अन्तर्गत खेल क्षेत्रको विकास, प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको पहिचान स्थापित गर्न योगदान पु¥याउने खेलाडी, प्रशिक्षक, खेल पत्रकार तथा खेल संघलाई सम्मान गरेको छ । सम्मानित ह्ुनेहरुमा राष्ट्रिय महिला भलिबल टोलीकी अरुणा शाही, क्रिकेटका रिजन प्रजु, आर्चरीका योगेन्द्र शेरचन, अन्तर्राष्ट्रिय आर्चरी खेलाडी असिम शेरचन, आईटीएफ तेक्वान्दोकी सुस्मिता थापा मगर, खेल पत्रकार केशव पाठक तथा नेपाल भूतपूर्व खेलाडी मञ्चलाई गण्डकी पदकबाट सम्मान गरिएको छ… पुरा पढौ

पोखराका होटल व्यवसायी सन्तोष पोखरेलसहित ५ जना नेपाल पर्यटन बोर्डको सदस्यमा नियुक्त

दीननाथ बराल,पोखरा ३०, असार, केही समयदेखि रिक्त रहेको नेपाल पर्यटन बोर्डको निजी क्षेत्रतर्फको सदस्य पदमा अन्ततः पाँच जना नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज (मंगलबार) गरेको निर्णयअनुसार पोखराका होटल व्यवसायी सन्तोष पोखरेल सहित पाँच जनालाई बोर्ड सदस्यमा नियुक्त गरेको हो । पोखरेलसँगै आरोग्य पर्यटन क्षेत्रबाट डा. सोविता श्रेष्ठ ढकाल, पर्यटन व्यवसायी पेम्बा शेर्पा, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष खुमबहादुर सुवेदी तथा आईटी तथा वेलनेस पर्यटन विज्ञ सृजना केसी बोर्ड सदस्यमा नियुक्त भएका हुन्।… पुरा पढौ

गण्डकी पदकबाट खेल पत्रकार केशव पाठक सम्मानित

पोखरा, पोखराका खेल पत्रकार केशव पाठक ’गण्डकी खेल पदक’ बाट सम्मानित भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषद्ले स्थापना गरेको ‘प्रदेश खेलकुद पदक’ अन्तर्गत खेलकुद पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै पाठकलाई परिषदले आज(मंगलबार) पोखरामा आयोजित एक समारोहका बिच सम्मान गरेकोे हो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, सचिव शेषनारायण पौडेल,गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव श्रीधर शर्मा, मन्त्रालयका शाखा अधिकृत टंक प्रसाद ढकाल लगायतले सम्मान प्रदान गरेका थिए । सम्मानसँगै उनलाई नगद रु.… पुरा पढौ

विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट (भिडियो)

पोखरा, २९ असार, आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा पोखरामा प्रभातफेरी, सम्मान तथा विविध साहित्यिक कार्यक्रमका साथ भव्य रूपमा भानुजयन्ती मनाइएको छ। भानु वाङ्मय प्रतिष्ठान, पोखराको आयोजना तथा भानुमार्ग टोल विकास संस्था र भानुमार्ग (क) आमा समूहको सहआयोजनामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमार्फत् विश्वभरका नेपालीलाई एउटै सांस्कृतिक सूत्रमा जोड्ने ऐतिहासिक भूमिका खेलेको बताउनुभयो। https://www.youtube.com/watch?v=2Xnjp11HP8I उहाँले संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल र जनबोलीको नेपाली भाषामा अनुवाद गरेर भानुभक्तले साहित्यलाई जनजीवनसँग जोडेको उल्लेख… पुरा पढौ

हितान मगर र गुरुङ कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट सम्मानित

पोखरा, असार २९ , पत्रकार रुद्रबहादुर हितानमगर र इन्दिरा गुरुङ कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले स्थापना गरेको कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार अन्तर्गत हितानमगरलाई २०८२ सालको तथा गुरुङलाई २०८३ सालको पुरस्कार प्रदान गरिएको हो । पुरस्कार वितरण कार्यक्रममा गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारी र पुरस्कारदाता कर्म गुरुङले भांग्रा, घलेक, सम्मानपत्र तथा जनही १० हजार रुपैयाँ नगदसहित सम्मान गर्नुभयो । सो अवसरमा बोल्दै प्रेस रजिस्ट्रार भण्डारीले पत्रकारिता क्षेत्रमा समर्पित… पुरा पढौ

कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जाने सडक हाल अस्थायी रूपमा सुचारु, रातिको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

दीननाथ बराल,पोखरा, २९ असार, अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण हिजो ९आइतबार० देखि अवरुद्ध भएको कास्कीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत नयाँपुल–वीरेठाँटी–घान्द्रुक सडक खण्ड आज ९सोमबार० साँझदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ । अन्नपूर्ण गाउँपालिका–८ स्थित स्याउली बजार क्षेत्रमा गएको पहिरो हटाएर वैकल्पिक मार्ग निर्माण गरेपछि सडकमा सवारीसाधन सञ्चालन गरिएको अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पोखराक्लिकलाई जानकारी दिए। उनका अनुसार गाउँपालिका, सुरक्षा निकाय, स्थानीयवासी तथा डोजरको प्रयोगबाट संयुक्त रूपमा सडक खुलाइएको हो। सडक सञ्चालनमा आएसँगै आइतबारदेखि घान्द्रुक क्षेत्रमा रोकिएका १५ भन्दा… पुरा पढौ

पोखराको पृथ्वीचोकका अव्यवस्थित टिकट काउन्टर हटाउन यातायात व्यवसायीको माग (भिडियो सहित)

दीननाथ बराल,पोखरा, असोज २८, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले पोखराको पृथ्वीचोक क्षेत्रमा सञ्चालन भइरहेका अव्यवस्थित टिकट काउन्टर तत्काल व्यवस्थापन गरी हटाउन सरकारसँग माग गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेश समितिले आइतबार पोखरामा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले अव्यवस्थित रूपमा सञ्चालन भइरहेका टिकट काउन्टरका कारण यात्रु, व्यवसायी र ट्राफिक व्यवस्थापन सबै प्रभावित भएको बताए। उनले यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए।… पुरा पढौ

अन्नपूर्ण पदमार्गमा जाने किम्रुङको झोलुङ्गे पुल बगायो, स्याउली बजारको बस्तीमा क्षति, पालिका अध्यक्ष केसी सहितको टोली घटनास्थलमा, सतर्क रहन आग्रह

दीननाथ बराल,पोखरा, असार २८, कास्की अन्नपूर्ण गाउँपालिका ११ मा पर्ने किम्रुङ खोलामा आएको बाढीले अन्नपूर्ण पदमार्गको महत्वपूर्ण झोलुङ्गे पुल नै बगाएको छ। स्याउली बजारका केही बस्तीमा पनि क्षति पुगेको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले आज दिउसो कबिर ३ः३० बजे तिर आएको बर्षाद सहितको बाढीले अन्नपुर्ण क्षेत्रका धेरै वडा र पर्यटकीय क्षेत्र एवं स्थानिय बासिलाई प्रत्यक्ष असर पारेको पोखराक्लिकलाई बताए । पालिकाको टोली सहित सुरक्षा निकाय, जनप्रतिनिधि र घटनास्थलमा पुगेर अवस्थाको अनुगमन गरि रहेको उनले जनाए । नदी आसपासका… पुरा पढौ

पोखरा रात्रिकालीन सडक दौडको आयव्यय सार्वजनिक

पोखरा, असार २८, “जाग्छ पोखरा, दौडाउँछ पोखरा“ भन्ने मूल नारासहित पहिलोपटक आयोजना गरिएको पोखरा रात्रिकालीन सडक दौड प्रतियोगिता २०८२÷८३ को आयव्यय सार्वजनिक गरिएको छ । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रद्वारा आयोजित तथा पोखरा महानगरपालिका–९ को विशेष सहकार्यमा गत चैत २८ गते सम्पन्न प्रतियोगिताबाट कुल ३ लाख ३२ हजार २ सय ५० रुपैयाँ आम्दानी भएको छ भने प्रतियोगिता सञ्चालनका लागि ३ लाख ९० हजार १ सय रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ । यससँगै प्रतियोगितामा ५७ हजार ८ सय ५०… पुरा पढौ