राजनीति

परिपक्व र अनुभवी नेतृत्वप्रति व्यवसायीको विश्वास , उत्तममानप्रति बढ्दो समर्थन

पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष पदका उम्मेदवार उत्तममान बुद्धाचार्यप्रति उद्योगी व्यवसायीको सकारात्मक प्रतिक्रिया बढ्दै गएको छ। लामो समयदेखि व्यवसायमा सक्रिय रहँदै संघको नेतृत्व तहमा समेत अनुभव हासिल गरेका बुद्धाचार्यलाई परिपक्व, जिम्मेवार र अनुभवी नेतृत्वका रूपमा हेरिएको छ। व्यवसायीहरूसँगको भेटघाट तथा छलफलका क्रममा बुद्धाचार्यले संघलाई सबै व्यवसायीको साझा संस्थाका रूपमा अघि बढाउने र सरकारसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेका छन्। उनको अनुभव, संघमा गरेको लामो योगदान र व्यवसायीका समस्यालाई नीतिगत तहसम्म पुर्‍याउन सक्ने क्षमतालाई… पुरा पढौ

सन्तानेश्वरमा महायज्ञ जारी, तीन दिनमै एक करोड पाँच लाख संकलन

पोखरा, पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा तीन दिनमा १ करोड ५ लाख रुपैयाँ संकलन भएको छ। महायज्ञको दोस्रो दिनसम्म ८५ लाख रुपैयाँ संकलन भएकोमा तेस्रो दिन थप २० लाख रुपैयाँ सहयोग प्राप्त भएको अर्थ समिति संयोजक केशवप्रसाद अधिकारीले जानकारी दिए। तेस्रो दिन श्रीकृष्ण जन्माष्टमीसमेत परेकाले महायज्ञमा भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो। तेस्रो दिन सहयोग गर्नेमा राजेशकुमार–गंगा कार्कीबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ, लोकनाथ शर्मा र सूर्यबहादुर कुँवरबाट जनही… पुरा पढौ

‘मिडिया कप फुटसल’को तयारी तीब्र, दर्ता समय थपिन सक्ने

कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिको आयोजनामा असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को तयारी तीव्र पारिएको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा सञ्चालन हुने प्रतियोगितालाई व्यवस्थित र भव्य बनाउन आयोजकले खेलमैदान व्यवस्थापन, टिम समन्वय, प्राविधिक तयारी तथा विभिन्न संघ–संस्था र सरोकारवाला निकायसँगको सहकार्यलाई अघि बढाएको जनाएको छ । प्रतियोगिता गण्डकी प्रदेशस्तरीय भए पनि खेलकुद पत्रकारबीचको सम्बन्ध विस्तार र प्रतियोगिताको दायरा फराकिलो बनाउने उद्देश्यले ‘खुला खेल’को अवधारणामा सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ… पुरा पढौ

भोटेकोशी बाढीका प्रभावितलाई अरुण चौधरीको ११ करोड २२ लाखको सहयोग, व्यवसायमा सफलता, समाजमा संवेदना ः अरुण चौधरीको फरक परिचय

दीननाथ बराल,पोखरा १९, भदौं, व्यवसायमा सफल हुनु एउटा पक्ष हो, तर आफ्नो सफलताको केही हिस्सा समाजका लागि छुट्याउन सक्नु अर्को महत्वपूर्ण कुरा हो । यही कारण पर्यटन, अटोमोबाइल तथा शिक्षा क्षेत्रसँग जोडिएका व्यवसायी अरुण चौधरी व्यवसायीका रूपमा मात्र होइन, सामाजिक संवेदनशीलता र सहयोगी स्वभावका व्यक्तिका रूपमा पनि चिनिनुहुन्छ । चौधरी सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशकसमेत रहनुभएका चौधरी लामो समयदेखि व्यवसायसँगै सामाजिक गतिविधिमा पनि सक्रिय रहँदै आउनुभएको छ । उहाँको सामाजिक सक्रियता विशेषगरी बालबालिका, शिक्षा र विपद्का बेला प्रभावित समुदायलाई… पुरा पढौ

नेपाल दलित मोर्चा गण्डकीको एकता बैठक सम्पन्न

पोखरा, नेपाल दलित मोर्चा गण्डकी प्रदेश समितिको एकता बैठक बिहीबार पोखरामा सम्पन्न भएको छ। ‘नेपाली विशेषताको वैज्ञानिक समाजवादको आधार, राज्यका सबै निकायमा दलितका लागि विशेषाधिकार’ भन्ने नारासहित सम्पन्न बैठकले कुबिर बि।क।लाई संयोजक र टंक बि।क।लाई सहसंयोजक चयन गरेको छ। बैठकमा नेपाल दलित मोर्चाका केन्द्रीय इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य गणेश बि।क।ले दलित समुदायको सर्वाङ्गीण विकासका लागि दलित विकास प्राधिकरण गठन गर्नुपर्नेमा जोड दिए। संविधान सभा सदस्य परशुराम रम्तेलले दलितको विशेषाधिकार सुनिश्चित गर्न निरन्तर संघर्ष आवश्यक रहेको बताए।बैठकले गण्डकीका ११ वटै… पुरा पढौ

अपाङ्गता भएका व्यक्तिको मानसिक तथा शारीरिक विकासका लागि खेलकुद आवश्यक

पोखरा, अपाङ्गता भएका व्यक्तिको मानसिक तथा शारीरिक विकाससँगै मनोरञ्जन, आत्मविश्वास र सामाजिक सहभागिता बढाउन खेलकुदलाई प्राथमिकता दिनुपर्नेमा पोखरामा आयोजित एक छलफलका सहभागीहरूले जोड दिएका छन्। अपाङ्गता भएका व्यक्तिका लागि विशेष रूपमा खेल्न सकिने बोसिया लगायतका खेलको पहुँच विस्तार गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका हुन्। उनीहरूले यस्ता खेलले अपाङ्गता भएका बालबालिका, युवा तथा वयस्कको शारीरिक सक्रियता बढाउनुका साथै मानसिक स्वास्थ्य, आत्मविश्वास र सामाजिक घुलमिलमा समेत सकारात्मक प्रभाव पार्ने बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघकी अध्यक्ष गोमादेवी पौडेलले अपाङ्गता… पुरा पढौ

विपद् प्रभावितका लागि पोखरा रोयल सहकारीद्वारा ३ लाख ५२ हजार सहयोग

पोखरा, भदौ १८, रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३ लाख ५२ हजार १ सय सहयोग गरेको छ। ‘आहतमा राहत, सहकार्यमा सहकारी’ भन्ने भावनासहित सहकारीले संस्था, सञ्चालक समिति, विभिन्न उपसमिति तथा कर्मचारी परिवारको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो। सहकारीका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले देशका विभिन्न जिल्लामा विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग… पुरा पढौ

राष्ट्रिय माविमा दन्त परीक्षणसँगै विपद् प्रभावितका लागि २६ हजार सहयोग ंसंकलन

पोखरा, भदौ १८, पोखरा–१, पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा बाल स्वास्थ्य तथा दन्त परीक्षण शिविर सम्पन्न भएको छ। विद्यालयमा क्रियाशील नेपाल जुनियर रेडक्रस सर्कलको आयोजनामा बिहीबार सम्पन्न शिविरमा विद्यार्थीहरूको स्वास्थ्य तथा दन्त परीक्षणसँगै स्वास्थ्य सरसफाइ र मानवीय सेवाबारे सचेतना अभिवृद्धि गरिएको हो। नेपाल जुनियर रेडक्रस सर्कल, राष्ट्रिय माध्यमिक विद्यालयको आयोजनामा भएको कार्यक्रममा ८८ हरिचोक पोलिक्लिनिक प्रा.लि. र एस. श्री डेन्टल केयर प्रा.लि.को प्राविधिक सहयोग रहेको थियो। शिविरमा विद्यार्थीहरूको मुख तथा दाँतको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श प्रदान गरिएको थियो। चिकित्सक… पुरा पढौ

‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता’ हुने

पोखरा, दौतरी समूह रामबजारको आयोजनामा पोखरामा ‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ । आगामी भदौ १९ गतेदेखि २१ गतेसम्म पोखरा रंगशालास्थित मल्टिप्रपोज कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले विहीबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । खेलकुदको माध्यमबाट विद्यार्थीहरूबीच एकता, आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको दौतरी समुहका अध्यक्ष मनोज गुरुङले जानकारी दिए । करिब ४५ टीमको सहभागीता रहने उक्त प्रतियोगितामा प्रथम हुने विद्यालय वा टिमले नगद ५५… पुरा पढौ

बाढीपीडितको राहतका लागि छाचोक तमु समाजद्वारा प्रधानमन्त्री राहत कोषमा एक लाख सहयोग

कास्की, मादी गाउँपालिका–७, छाचोक तमु समाजले बाढी तथा डुबान प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु. १ लाख सहयोग गरेको छ । भदौ १० गते आएको विनाशकारी बाढी तथा डुबानका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायत देशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि पीडित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले समाजले आफ्नो कोषबाट उक्त रकम प्रदान गरेको हो। प्राकृतिक विपद्का कारण घरबार, सम्पत्ति तथा भौतिक संरचना गुमाएका नागरिकको पीडामा साथ दिन र राज्यको राहत तथा पुनःस्थापना अभियानमा सहयोग… पुरा पढौ

This will close in 20 seconds