राजनीति

होटल संघद्धार राहत कोषमा सहयोग, संघ सहित संघमा आबद्ध होटलबाट करिब ४० लाख सहयोग

पोखरा, २४ भदौ, होटल संघ पोखरा नेपालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम प्रदान गरेको छ । संघका तर्फबाट दुई लाख रुपैयाँ, बाराही हस्पिटालिटिका तर्फबाट २० लाख ५५ हजार रुपैयाँ र अन्य होटलको सहित गरी कूल २९ लाख ३५ हजार आठ सय ३३ रुपैयाँको भौचर कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङलाई प्रदान गरिएको थियो । सो अवसरमा माउण्टेन ट्रष्टका तर्फबाट गरिएको १० लाख रुपैयाँ सहयोग बारे समेत जानकारी प्रदान गरिएको थियो । संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संघको… पुरा पढौ

पोउवा संघको चुनावःफेन्सी तथा रेडिमेड व्यवसायी संघका ९ उम्मेदवार, मनोहरी पौडेल मात्र विजयी

पोखरा, पोखरा उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचनमा उधोग वाणिज्य संघमा सवैभन्दा बढी सदस्य रहेको फेन्सी तथा रेडिमेड व्यवसायी संघबाट विभिन्न पदमा उम्मेदवारी दिएका ९ जनामध्ये मनोहरी पौडेल मात्र विजयी भएका छन्। फेन्सी तथा रेडिमेड व्यवसायी संघबाट पोखरा उधोग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा निर्वाचनमा अध्यक्षदेखि कार्यसमिति सदस्यसम्म विभिन्न पदमा आफ्ना ९ जना व्यवसायीलाई उम्मेदवार भएका थिए । तीमध्ये कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका पौडेलले निर्वाचनमा विजयी हासिल गर्दै संघको कार्यसमितिमा प्रतिनिधित्व सुनिश्चित गरेका हुन्। फेन्सी तथा रेडिमेड व्यवसायी संघका… पुरा पढौ

३ लाख बराबरका ३२८ थान नयाँ टी–सर्ट सहयोग

पोखरा, रसुवामा बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ सृष्टि क्रिएसन प्रा.लि., पोखरा ले करिब रु. ३ लाख बराबरका ३२८ थान नयाँ टी–सर्ट सहयोग गरेको छ।बाढीबाट प्रभावित बालबालिकादेखि युवा तथा ज्येष्ठ नागरिकसम्मका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि विभिन्न साइजका टी–सर्टहरू राहतस्वरूप पठाइएको हो। सृष्टि क्रिएसनका सञ्चालक शान्ता श्रेष्ठ को सञ्चालनमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभा सदस्य माननीय उत्तम प्रसाद पौडेलज्यू अतिथिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिका सभापति योगेन्द्र के.सी.को उपस्थिति रहेको थियो। कार्यक्रममा सृष्टि क्रिएसनका अन्य सञ्चालकहरूको समेत… पुरा पढौ

एन प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी निर्विरोध

पोखरा, नेसनल प्याब्सन, कास्कीको आइतबार सम्पन्न नवौं जिल्ला अधिवेशन एवम् १८ औं वार्षिक साधारण सभाले मनकाजी गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा प्रेमराज अधिकारी, उपाध्यक्षमा राजु केसी, सचिवमा शिवराज पौडेल, कोषाध्यक्षमा राजु कायस्थ, सहसचिवमा रमेशराज पौडेल, सहकोषाध्यक्षमा अर्जुनप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा अर्जुनप्रसाद पाण्डे, ज्ञानेन्द्रबहादुर थापा, तोलाकान्त न्यौपाने, दिपु भारी, रुद्रप्रसाद अधिकारी, देव क्षेत्री, माधव शरण पौडेल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सोमनाथ पौडेल पदेन सदस्य (माछापुच्छ«े गाउँपालिका)… पुरा पढौ

सुनगाभा बचत तथा ऋण सहकारीको निक्षेप सवा ७ करोड

पोखरा, सुनगाभा बचत ऋण सहकारी संस्था, पोखरा–१८, सेदी बगरको १७ औं साधारण सभा आइतबार सम्मपन्न भएको छ । संस्थाका अनुसार सहकारीले आ।व ८२÷८३मा ७ करोड २२ लाख ७ हजार ८ सय ७८ रुपैया निक्षेप संकलन गर्ने सफल भएको छ । १ करोड १६ लाख १३ हजार ५ सय शेयर पुँजी रहेको सहकारीले ५ करोड १० लाख १३ हजार ५ सय रुपैया कर्जा लगानी गरेको छ ।यस्तै, २५ लाख ३८ हजार ५ रुपैया कर्जा जोखिम कोषमा राखिएको छ । वार्षिक साधारणसभा… पुरा पढौ

एन प्याब्सन कास्कीको पदस्थापन कार्यक्रम

पोखरा, नेसनल प्याब्सन कास्कीका निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रम मंगलबार सम्मन्न भएको छ । निर्वाचन समितिले नेसनल प्याब्सन, कास्कीको आइतबार सम्पन्न नवौं जिल्ला अधिवेशन एवम् १८ औं वार्षिक साधारण सभाबाट सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई लाई पदस्थापन गरेको हो । उक्त कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रीय सचिव तथा निर्वाचन समितिका सदस्य राम थापा, वरिष्ठ उपाध्यक्ष याम खड्का, उपाध्यक्ष रामबहादुर मोची, कास्कीका निर्वतमान अध्यक्ष हेमन्त अधिकारीले अविर खादा र प्रशंशा पत्र प्रदान गरेका थिए । सर्वसम्मत निर्वाचित समतिको अध्यक्षमा मनकाजी गुरुङ,… पुरा पढौ

किम्रोङ खोला थुनिएपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता, वर्षाका कारण जोखिम थपियो

पोखरा, २३ भदौ, कास्कीको अन्नपूर्ण गाउँपालिका–११ किम्रोङ क्षेत्रमा पहिरोका कारण किम्रोङ खोला थुनिएपछि तल्लो तटीय क्षेत्रमा आकस्मिक बाढीको जोखिम बढेको छ। मंगलबार साँझ करिब ६ः३० बजेदेखि खोलाको पानीको बहाव अवरुद्ध भएको स्थानीयबाट सूचना प्राप्त भएपछि गाउँपालिकाले किम्रोङखोला तथा मोदीखोला तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। खोला कुन स्थानमा र के कारणले थुनिएको हो भन्ने विषयमा भने अहिलेसम्म यकिन हुन सकेको छैन। खोला थुनिएर पानी जम्मा हुँदै गएमा कुनै पनि समयमा अवरोध फुट्न सक्ने र त्यसबाट… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघमा पहिलो महिला अध्यक्ष शोभा गौतम निर्वाचित

पोखरा, पोखरा उद्योग वाणिज्य संघको ७२ वर्षे इतिहासमा नयाँ अध्याय थपिएको छ। संघको अध्यक्षमा शोभा गौतम निर्वाचित भएसँगै निजी क्षेत्रको यो पुरानो छाता संगठनले पहिलोपटक महिला नेतृत्व पाएको हो। संघको ३६औँ महाधिवेशनअन्तर्गत आइतबार भएको निर्वाचनमा अध्यक्ष पदका अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै गौतम निर्वाचित भएकी हुन्। अन्तिम मतपरिणामअनुसार गौतमले ७५१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी अर्जुन पोखरेलले ६३७ मत पाए। उत्तममान बुद्धाचार्यले ६०१ र बलराम आचार्यले २५३ मत प्राप्त गरे । गौतमले पोखरेललाई ११४ मतको अन्तरले पराजित गरेकी हुन्।… पुरा पढौ

हेभी इक्युप्मेन्ट अपरेटर संघ पोखराको अध्यक्षमा पुनः किशोर गौतम

पोखरा, नेपाल हेभी इक्युप्मेन्ट अपरेटर संघ पोखराको अध्यक्षमा किशोर प्रसाद गौतम पुनः सर्वसम्मत निर्वाचित हुनुभएको छ । संघको आइतबार अवेर सम्पन्न पाँचौँ अधिवेशनले गौतमको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा अनन्तराज पौडेल, सचिवमा कृष्णप्रसाद पौडेल, कोषाध्यक्षमा विशाल पौडेल र सहसचिवमा अर्जन अधिकारी चयन हुनुभएको छ। सदस्यहरूमा विष्णुप्रसाद भण्डारी, राजकुमार पौडेल, महेश्वर आचार्य र विश्वास अधिकारी रहनुभएको छ । निर्वाचन समितिको संयोजकमा सुशीलकुमार वाग्ले तथा सदस्यमा उमनाथ आचार्य र विष्णु अधिकारी रहनुभएको थियो । यसअघि… पुरा पढौ

पोखराको फेवातालमा सरसफाइ, एक गाडी फोहोर संकलन

पोखरा, फेवाताल संरक्षण अभियान अन्तर्गत पोखरा महानगरपालिका–१८ स्थित खपौंदी क्षेत्रमा बृहत् सरसफाइ गरिएको छ। वातावरण संरक्षणका लागि महाअभियान, कास्कीको अगुवाईमा फेवातालको स्वच्छता र वातावरणीय संरक्षणका लागि जलारी दिदीबहिनी समूह, फेवातालमा आश्रित जलारी समुदायको सहकार्यमा नियमित रूपमा हुँदै आएको सरसफाइ अभियानअन्तर्गत ताल किनार तथा प्याराग्लाइडिङ ल्यान्डिङ क्षेत्रमा सरसफाइ गरिएको हो। हरेक महिनाको तेस्रो आइतबार सञ्चालन हुँदै आएको अभियानमा ताल किनारमा फालिएका प्लास्टिकजन्य फोहोर, सिसाका बोतल तथा अन्य विभिन्न प्रकारका फोहोर संकलन गरिएको वातावरण संरक्षणका लागि महाअभियान, कास्की का संयोजक रामबहादुर पौडेलले… पुरा पढौ

This will close in 20 seconds