राजनीति

प्रदेश प्रमुख समक्ष प्रदेश लोक सेवा आयोग गण्डकीको प्रतिवेदन पेस

पोखरा, २५ भदौ गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशको वार्षिक प्रतिवेदन पेस गरिएको छ । आयोगले आर्थिक वर्ष २०८२र०८३ मा सम्पन्न गरेका कामकारबाही समेटिएको छैटौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टसमक्ष विहीबार पेस गरिएको हो । आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले ‘प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ५०’ बमोजिम प्रदेश प्रमुखलाई प्रतिवेदन पेस गर्नुभयो । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले सार्वजनिक प्रशासनलाई चुस्त, निष्पक्ष, जवाफदेही र सक्षम बनाउन आयोगको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो… पुरा पढौ

कुमुदिनी होम्सद्वारा बाढी पीडितलाई राहत

पोखरा, पोखरा महानगरपालिका वडा नं।४ मा रहेको कुमुदिनी माध्यमिक विद्यालयले भदौ १० मा आएको विनाशकारी भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितका लागि सामाजिक उत्तरदायित्व वहन गर्दै २ लाख ५५ हजार १ सय ७२ रुपैयाँ सहयोग गरेको छ । विद्यालय परिवारले सङ्कलन गरेको रकम प्रधानमन्त्री दैवीप्रकोप कोषमा जम्मा गर्नका लागि प्याब्सन कास्कीका अध्यक्षलाई हस्तान्तरण गरेको हो । विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र प्रशासनको तर्फबाट आर्थिक रकम जुटाइएको हो । विद्यार्थीहरुबाट ५१ हजार ४ सय ७५ रुपियाँ सङ्कलन भएको छ ।… पुरा पढौ

रसुवा बाढीपीडितका लागि नमस्ते कम्युनिटी फाउन्डेसनको २० लाख सहयोग

पोखरा, रसुवामा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि नमस्ते कम्युनिटी फाउन्डेसन–नेपालले हालसम्म २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । आज मात्रै फाउन्डेसनले थप ८ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको नमस्ते कम्युनिटी फाउन्डेसन–नेपालका संस्थापक विष्मराज पौडेलले बताउनु भयो । फाउन्डेसनको यो तेस्रो चरणको सहयोग हो। योसँगै रसुवा बाढीपीडितका लागि फाउन्डेसनको कुल योगदान २० लाख रुपैयाँ पुगेको उहाँले जनाउनु भयो । यस मानवीय अभियानलाई सफल बनाउन फाउन्डेसनको निकट साझेदार… पुरा पढौ

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष आफ्नो राजीनामा बुझाउनुभएको हो । मन्त्री यादवको सचिवालय तथा उहाँको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको जानकारीअनुसार व्यक्तिगत कारणले मन्त्री पदबाट राजीनामा दिएको उल्लेख गर्नु भएको हो । राजीनामा व्यक्तिगत कारणले दिएको उल्लेख गर्दै उहाँले आफ्नो कार्यकालमा मन्त्रालयको जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राप्त सहयोग, सहकार्य र सद्भावका लागि सम्बन्धित सबैप्रति आभार व्यक्त गर्नुभएको छ। मन्त्री यादवले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको… पुरा पढौ

बाढीले बगाएको चुलो फेरि बाल्न पोखराका कवाडी व्यवसायीको १० लाखको सहयोग

पोखरा, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले घरबारसँगै भान्साका सामानसमेत गुमाएका परिवारको चुलो फेरि बाल्न पोखराका कवाडी व्यवसायीहरू जुटेका छन्। व्यवसायीहरूले करिब १० लाख रुपैयाँ बराबरका भाँडाकुँडा संकलन गरी बाढी प्रभावित १ सय ६५ परिवारका लागि राहत सहयोग गरेका हुन्। युवा व्यवसायी सुजन गुरुङको विशेष पहल र आह्वानमा पोखराका कवाडी व्यवसायीहरूबाट संकलित रकमबाट आवश्यक भाँडाकुँडा खरिद गरी राहत सामग्री तयार गरिएको हो। संकलित सामग्री पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हालै हस्तान्तरण गरिएको छ।राहत प्याकेजमा १ सय ३० थान प्रेसर कुकर, १… पुरा पढौ

भोटेकोशी बाढी प्रभावितका लागि वाडाको १ लाख २५ हजार सहयोग

पोखरा, भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) ले १ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ। वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उक्त रकम बराबरको चेक कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई हस्तान्तरण गर्नु भएको हो । बाढी प्रभावितको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने गरी उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने प्रजिअ गुरुङले बताउनु भयो । चेक हस्तान्तरण गर्दै अध्यक्ष कोइरालाले प्राकृतिक विपत्तिका बेला… पुरा पढौ

मुस्किलले बचेको त्यो क्षण आज पनि सम्झिँदा शरीर सिरिङ्ग हुन्छःअटो व्यवसायी मिलन थापा

पोखरा, २४ भदौ, ‘घर जल्यो, भत्कियो, तर हिम्मत जलेको छैन। धनसम्पत्ति गुम्यो, तर आशा गुमेको छैन। सम्झनाका चिनोहरू खरानी भए, तर सपना खरानी भएको छैन।’पोखराकी एक व्यवसायी मिलन थापाले सामाजिक सञ्जालमा लेखेका यी शब्द केवल एउटा भावुक अभिव्यक्ति मात्र होइनन्, एक वर्षअघि आफ्नै आँखाअगाडि घर, व्यवसाय र जीवनभरको मेहनत आगोमा खरानी भएको परिवारको पीडाको दस्तावेज हुन्। आज भदौ २४ गते। थापा परिवारले त्यो कहालीलाग्दो दिन भोगेको पनि एक वर्ष पूरा भएको छ। आफ्नै पसिना, परिश्रम र जीवनभरको कमाइले बनाएको घर… पुरा पढौ

मन्त्र थकालीका ४ महिला उद्यमीले खुलेर गरे सहयोग, भोटेकोशी बाढी प्रभावितका लागि २१ लाख सहयोग

दीननाथ बराल,पोखरा, २४ भदौ, रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार एवं पुनस्थापनाका लागि पोखराका चार महिला उद्यमीले संचालन गरेको मन्त्र थकालीले २१ लाख एक हजार ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । पोखराको न्यूरोडबाट करिब १८ वर्षअघि सुरु भएको मन्त्र थकालीका सञ्चालक नमिता शेरचन भट्टचन, रोश्नी तुलाचन शेरचन, विनिता गौचन र तृष्णा शेरचनले संयुक्त रूपमा उक्त रकम सहयोग गर्नुभएको मन्त्र थकालीले पोखराक्लिकलाई जनाएको छ । उहाँहरूले केही दिन अघि नेपाल सरकारका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई उक्त… पुरा पढौ

भोटेकोशी बाढीपीडितका लागि प्रगति माविको ७ लाख सहयोग

पोखरा, रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहतका लागि पोखरा–१६, बाटुलेचौरस्थित प्रगति माध्यमिक विद्यालयले सात लाख एक सय ३१ रुपैयाँ सहयोग गरेको छ। विद्यालय परिवार, शिक्षक, कर्मचारी तथा विद्यार्थीको सहभागितामा संकलन गरिएको उक्त रकम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कास्कीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ। विद्यालयका सूचना अधिकारी जयराम पौडेलका अनुसार राहत अभियानअन्तर्गत विद्यार्थीबाट एक लाख ९१ हजार १६६ रुपैयाँ संकलन भएको थियो। शिक्षक तथा कर्मचारीबाट दुई लाख ७३… पुरा पढौ

रसुवा बाढीपीडितका लागि सोसल पब्लिक स्कुलको तीन लाख ८५ हजार सहयोग

पोखरा, विपद्मा परेका नागरिकको सहयोगका लागि पोखरा–१०, बुद्धचोकस्थित सोसल पब्लिक स्कुलले तीन लाख ८५ हजार २४३ रुपैयाँ राहत रकम संकलन गरी हस्तान्तरण गरेको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि विद्यालयले राहत संकलन अभियान सञ्चालन गरेको थियो। विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको योगदानसँगै विद्यालयको आफ्नै स्रोतबाट रकम जुटाइएको विद्यालयका प्रिन्सिपल सिद्धार्थ शर्माले जानकारी दिनुभयो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)… पुरा पढौ

This will close in 20 seconds