राजनीति

न्युनतम पारिश्रमिक ,श्रम ऎन र सामाजिक सुरक्षा कोष तत्काल लागू गर्न जिसस कास्कीको आग्रह

भदौ ३० ,पोखरा, जिल्ला समन्वय समिति कास्कीले जिल्लामा न्युनतम पारिश्रमिक ,श्रम ऎन र सामाजिक सुरक्षा कोष तत्काल लागू गर्न आग्रह गरेको छ। मंगलबार जिसस कास्कीले जिल्लास्थित सम्पूर्ण क्षेत्रमा कार्यरत मजदुर ,कामदारहरू र रोजगारदाताहरूको सहभागीतामा आयोजना गरिएको अन्तरक्रीया कार्यक्रममा उक्त बिषयहरू कार्यान्वयन गर्न अनुरोध गरिएको जिसस प्रमुख लिलाधर पौडेलले बताउनुभयो। प्रमुख पौडेलले श्रमजीवी बर्गले पाउनु पर्ने न्युनतम पारिश्रमिक नपाएको, श्रम ऎनको प्रभाबकारी कार्यान्वयन नभएको र केही औद्योगिक ब्यबसाय ,शैक्षिक संस्था,संचार संस्था सहित सार्बजनिक ,सरकारी ,गैरसरकारी तथा निजि क्षेत्रमा कार्यरत कामदार एबम… पुरा पढौ

तीजमा सुनसान पोखरा ः घरघरमै सीमित भयो पर्व, मेला–महोत्सव रोकिँदा करोडौँको कारोबार प्रभावित

दीननाथ बराल, पोखरा २९, भदौं, विगतका वर्षहरूमा हरितालिका तीज नजिकिँदै गर्दा रातो पहिरनमा सजिएका महिलाको चहलपहल, तीज गीतका भाकासँगै गुञ्जिने सांस्कृतिक कार्यक्रम र मेला–महोत्सवले भरिभराउ हुने पोखरा यस वर्ष भने सुनसानजस्तै भएको छ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट देशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि शोकमा रहेको मुलुकप्रति ऐक्यबद्धता जनाउँदै पोखराका प्रमुख तीज महोत्सव तथा सामूहिक कार्यक्रम स्थगित गरिएपछि यस वर्षको तीजको रौनक बजारमा देखिएन । पोखरामा विगत २७ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको लामाचौर तीज महोत्सवसहित… पुरा पढौ

पोखरा बचत सहकारीले १८ करोड कर्जा असुली गरी १५ करोड बचत फिर्ता गर्यो

पोखरा २९, भदौं पोखरा–९, नयाँबजारस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पछिल्लो नौ महिनाको अवधिमा करिब १८ करोड रुपैयाँ बराबरको कर्जा असुली गरी १५ करोड रुपैयाँ बराबरको बचत फिर्ता गर्न सफल भएको जनाएको छ। वित्तीय संकटबाट गुज्रिएको सहकारीलाई पुनः नियमित कारोबारमा फर्काउने प्रयासस्वरूप कर्जा असुली र बचत फिर्तालाई प्राथमिकतामा राखिएको संस्थाले जनाएको हो। संस्थाको २७औँ वार्षिक साधारणसभामा सर्वपक्षीय विशेष समितिका सदस्य विनोद शर्मा न्यौपानेले छानबिनपछिको अवधिमा संस्थाले हासिल गरेको वित्तीय प्रगतिबारे जानकारी दिँदै कर्जा असुलीलाई अझ तीव्र बनाउनुपर्ने आवश्यकता… पुरा पढौ

४० कट्यो, जोश घटेनः लामाचौरमा प्रौढ भलिबल प्रतियोगिता हुँदै

दीननाथ बराल,पोखरा २९, भदौं, गुरुङ मगर समाजको आयोजनामा आउदो असोज १ गतेदेखि पोखरामा प्रौढ पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। ‘राष्ट्रिय खेलको विकास, स्वास्थ्यका लागि खेलकुद, ४० कट्यो, जोश घटेन, खेलकुदमा उमेरले छेक्दैन’ भन्ने नारासहित समाजको प्रथम वार्षिक उत्सवको अवसरमा पोखरा महानगरपालिका–१९, लामाचौरस्थित पातिघारी खेलमैदानमा असोज १ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगितामा ४० वर्ष उमेर कटेका पुरुष तथा ३० वर्ष उमेर कटेका महिलाले सहभागिता जनाउन पाउने आयोजकले… पुरा पढौ

बेगनासमा प्रथम तीजगीत प्रतियोगिताः उज्ज्वल आमा समूह प्रथम

पोखरा, तीजका गीत महिलाका भावना, पीडा, सामाजिक अवस्था र अधिकारका विषय अभिव्यक्त गर्ने सशक्त माध्यमका रूपमा विकास हुँदै आएका छन्। पछिल्लो समय तीजगीत मनोरञ्जनमा मात्र सीमित नरही महिला सशक्तीकरण, उद्यमशीलता, आर्थिक आत्मनिर्भरता र सामाजिक रूपान्तरणका विषय उठाउने माध्यमसमेत बन्न थालेका छन्। https://www.youtube.com/watch?v=BXm_tAbL-hU यही सन्देशलाई आत्मसात् गर्दै पोखरा–३१ स्थित बेगनासताल वराह क्षेत्रमा आयोजित प्रथम तीजगीत प्रतियोगितामा उज्ज्वल आमा समूह प्रथम भएको छ। पोखरा पार्टी मिडियाको आयोजना तथा बेगनासताल वराह क्षेत्र विकास संस्थाको समन्वयमा आयोजित प्रतियोगितामा विभिन्न महिला समूहले तीजगीतमार्फत सामाजिक, सांस्कृतिक… पुरा पढौ

आइतबार ट्रायलका लागि केही घण्टा खुलेको कृष्णभीर सडक सोमबार र मंगलबार पूर्ण बन्द हुने

दीननाथ बराल,पोखरा, २८ भदौ, राजधानी काठमाडौं जोड्ने पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा बाढीका कारण भासिएको सडक ट्रायलका रूपमा आइतबार केही घण्टा एकतर्फी सञ्चालनमा ल्याइएको छ। सडक निर्माणको बाँकी काम पूरा गर्न भने सोमबार र मंगलबार सडक पूर्ण रूपमा बन्द गरिने भएको छ। नयाँ ट्र्याक निर्माण गरी सडकको अवस्था परीक्षण गर्न आइतबार साँझ केही घण्टाका लागि मात्र सडकमा रोकिएका अत्यावश्यक सामग्री बोकेका करिब ५० देखि ६० वटा सवारीसाधनलाई एकतर्फी रूपमा आवतजावत गराइएको हो। शर्मा–जेडआईसीजीका प्रतिनिधि इश्वर नेपालका अनुसार सडकको प्रारम्भिक परीक्षण सफल… पुरा पढौ

कास्कीका २५ बालगृह भोटेकोशी बाढी प्रभावित १७० जना बालबालिकाको संरक्षण गर्न तयार (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २८ भदौ, भोटेकोशी सहित रसुवा, नुवाकोट, गोर्खा, धादिङ लगायत जिल्लामा आएको विनाशकारी बाढीका कारण अभिभावक गुमाएका तथा जोखिममा परेका बालबालिकाको दीर्घकालीन संरक्षणका लागि कास्कीका बालगृहहरू अघि सरेका छन्। कास्कीमा सञ्चालित २५ वटा बालगृहले राज्यले आवश्यक प्रक्रिया पूरा गरी जिम्मेवारी दिएमा तत्काल तथा आकस्मिक व्यवस्थापनसहित १७० जना बालबालिकालाई दीर्घकालीन संरक्षण गर्न सकिने बालगृह सञ्जाल कास्कीले जनाएको छ । https://www.youtube.com/watch?v=ROkuPelZ2JQ&t=7s आज (आइतबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा राज्यले अनुमति दिएमा बाढी प्रभावित बालबालिकालाई आफ्नो क्षमता र स्रोतअनुसार संरक्षण दिन आफूहरू तयार… पुरा पढौ

साइकल सिटी पोखराद्वारा सफल पौडेललाई साइकल हस्तान्तरण

पोखरा, साइकल सिटी पोखराले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सफल पौडेललाई साइकल हस्तान्तरण गरेको छ। साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको पहल तथा विभिन्न फनराइड समूहको सहयोगमा पौडेललाई साइकल प्रदान गरिएको हो। साइकल हस्तान्तरण कार्यक्रममा चालिसे साइकल पोखराका प्रोप्राइटर तथा गण्डकी प्रदेश साइकल संघका अध्यक्ष अशोक चालिसे र चालिसे साइकलका संस्थापक शिव चालिसेको विशेष सहयोग रहेको छ । कार्यक्रममा साइकल सिटी पोखराका अध्यक्ष श्रेष्ठले साइकललाई केवल यातायातको साधनका रूपमा मात्र नभई स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक एकताको माध्यमका रूपमा लिनुपर्ने बताउनुभयो। साइकल… पुरा पढौ

नगरप्रमुख धनराज आचार्यलाई प्रतिष्ठित अवार्ड

पोखरा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई शहरी विकास तथा सार्वजनिक सेवा क्षेत्रमा पुर्‍याएको योगदान र नेतृत्वको कदर गर्दै प्रतिष्ठित ‘Visionary Leadership in Urban Development and Public Service Award’ प्रदान गरिएको छ। क्यानडास्थित Canadian Media को आयोजनामा भएको Asian Professional Achievement Award Nepal 2025 समारोहमा पूर्वराष्ट्रपति डा. रामवरण यादवले नगरप्रमुख आचार्यलाई उक्त अवार्ड प्रदान गर्नुभएको हो। शहरी विकास, सार्वजनिक सेवा तथा स्थानीय तहको नेतृत्वका क्षेत्रमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै आचार्यलाई सम्मान गरिएको आयोजकले जनाएको छ। पोखरा महानगरपालिकाको विकास, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा नागरिकमैत्री स्थानीय शासनका लागि… पुरा पढौ

नाट्टा गण्डकीको तीन दिने GDS तालिम सम्पन्न, ६२ जना पर्यटन व्यवसायी सहभागी

पोखरा, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा SABRE Nepal Partner को सहकार्यमा सञ्चालित तीन दिने GDS (Global Distribution System) तालिम सम्पन्न भएको छ। पर्यटन तथा हवाई टिकटिङ व्यवसायमा कार्यरत टुर तथा ट्राभल कम्पनीका कर्मचारी तथा व्यवसायीको प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिम भदौ २६ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको थियो। तालिममा नाट्टा गण्डकी प्रदेशमा आबद्ध सदस्य टुर एन्ड ट्राभल कम्पनीबाट ६२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो। तालिमको समापन समारोह नाट्टा गण्डकी प्रदेशका अध्यक्ष संगीता शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको… पुरा पढौ

This will close in 20 seconds