राजनीति

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई कास्कीमा भव्य विदाई

सागर सुनार,पोखरा, जेठ २६, कास्कीबाट सरुवा भई धनकुटा जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा जान लाग्नुभएकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई सोमबार पोखरामा विभिन्न संघसंस्था तथा नागरिक समाजले सम्मानसहित विदाई गरेका छन्। जिल्ला प्रशासन कार्यालय कास्कीको सभाहलमा आयोजित “विदाई तथा फेरि भेटौँला” कार्यक्रममा कर्मचारी मिलन केन्द्र कास्की, नागरिक समाज कास्की, पोखरा महानगरपालिका, पत्रकार महासंघ गण्डकी, पोखरा महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बराल, पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य ,नेपाल रेडक्रस सोसाइटी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।… पुरा पढौ

ओझेलमा परेका पर्यटकीय गन्तव्यको राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रचारमा जोड, तीनदिने अध्ययन भ्रमण सकेर पत्रकार टोली पोखरा फर्कियो (भिडियो सहित)

दीननाथ बराल,पोखरा, गण्डकी प्रदेशका ओझेलमा परेका तथा अपेक्षाकृत कम प्रचारप्रसार भएका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आर्थिक सहयोगमा सञ्चालित तीनदिने अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न भएको छ। भ्रमणमा सहभागी पत्रकारहरूको टोली पोखराबाट शुक्रबार प्रस्थान गरी तनहुँ, नवलपुर, स्याङ्जाका विभिन्न पर्यटकीय गन्तव्यको स्थलगत अवलोकन, अध्ययन र रिपोर्टिङ गर्दै आइतबार बेलुका पोखरा फर्किएको हो। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा, अन्नपूर्ण क्षेत्रलगायत विश्वप्रसिद्ध गन्तव्य चर्चामा रहे पनि ग्रामीण तथा नयाँ पर्यटकीय गन्तव्य… पुरा पढौ

पत्रकारलाई अनुसन्धानमूलक लेख लेखन तालिम

पोखरा, २४ जेठ, नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आईतबारदेखि अनुसन्धानमूलक लेख लेखन तालिम सुरु भएको छ । जेठ २७ गतेसम्म सञ्चालन हुने तालिमको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटनपछि मेयर आचार्यले पत्रकारिता क्षेत्रलाई अझ बढी जिम्मेवार र अद्यावधिक बनाउनु पर्ने बताए । उनले नेपालमा डिग्री हासिल गरेपछि वा परीक्षा सकिएपछि सिक्ने प्रक्रिया सकियो भन्ने गलत धारणा रहेको भन्दै यसलाई चिर्नुपर्ने धारणा राखे । विशेष गरी पत्रकारिता जस्तो संवेदनशील र गतिशील क्षेत्रमा आबद्ध व्यक्तिहरूका लागि हरेक मिनेट… पुरा पढौ

रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी, एक मतको रोमाञ्चक अन्तरले विजयी

पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको जिल्ला सभापतिमा यदुनाथ अधिकारी निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा भएको निर्वाचनमा अधिकारीले निकटतम प्रतिद्वन्द्वी एकराज न्यौपानेलाई मात्र एक मतको अन्तरले पराजित गर्दै विजयी हुनु भएको हो ।निर्वाचन परिणामअनुसार अधिकारीले ११५ मत प्राप्त गर्नुभयो भने न्यौपानेले ११४ मत ल्याउनुभयो। खसेको कुल २३३ मतमध्ये ४ मत ‘नो भोट’ अर्थात् कुनै पनि उम्मेदवारलाई नदिइएको पाइएको छ। पार्टीका २९० मतदाता रहे पनि सबैले मतदान नगरेको जनाइएको छ। त्यसैगरी सचिव पदमा विश्वराज पौडेल निर्वाचित हुनुभएको छ। उहाँले… पुरा पढौ

वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण

पोखरा, २२ जेठ, पोखरा महानगरपालिका क्षेत्रमा मेगा वृक्षारोपण अभियान जारी छ । पोखरालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न न्चभभल एयपजबचब, ऋभिबल एयपजबचब परियोजना अन्तरगत वृक्षारोपण अभियान थालिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । अभियान अन्तरगत विश्व वातावरण दिवसका अवसरमा शुक्रवार पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा ६ हजार बढी बिरुवाहरू लगाइएको छ । नगर प्रमुख धनराज आचार्यको उपस्थितिमा पोखरा उपत्यका नगर विकास समितिको कार्यालय परिसरमा विभिन्न प्रजातिका फूल तथा फलफूलका बिरुवाहरू लगाइएको छ । नगर प्रमुख आचार्यले मेगा वृक्षारोपणको अभियानका क्रममा… पुरा पढौ

पोखराको फोहोरमा भेटियो ग्रिनेट, नेपाली सेनाले अनुसन्धान गर्दै

दीननाथ बराल, पोखरा २१, जेठ, पोखरा महानगरपालिका–२१ निर्मलपोखरीस्थित फोहोर व्यवस्थापन स्थलमा ग्रिनेट फेला परेपछि नेपाली सेनाले अनुसन्धान सुरु गरेको छ । बिहीबार बिहान पोखराका विभिन्न क्षेत्रबाट सङ्कलन गरिएको फोहोरमा कवाडी सामग्री खोज्ने क्रममा रिमा शेर्पाले शंकास्पद वस्तु भेटे पछि प्रहरीले नेपाली सेनालाई उक्त बिषयमा जानकारी गराएसंगै हाल नेपाली सेनाले ग्रिनेटको बिषयमा अनुसन्धान गर्दै गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी विरेन्द्रकुमार पासवानले बम जस्तो शंकास्पद बस्तु ग्रिनेट रहेको पुष्टि भएसंगै थप अनुसन्धानको लागि नेपाली सेनाको डिस्पोजल टोलीले उक्त… पुरा पढौ

एआईमार्फत पाँच दिने ब्रान्डिङ तथा मार्केटिङ तालिम सुरु

पोखरा, २१ जेठ, पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रद्वारा व्यवसायी, उद्योगी तथा स्टार्टअप सञ्चालकहरूका लागि पाँच दिने “एआई प्रविधिद्वारा ब्रान्डिङ तथा मार्केटिङ” तालिम सुरु भएको छ । डिजिटल बजार प्रवद्र्धन, ब्रान्ड विकास तथा कृत्रिम बुद्धिमत्ता (ब्क्ष्) को प्रभावकारी प्रयोगमार्फत व्यवसाय विस्तार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिम उद्घघाटन कार्यक्रममा पोखरा महानगरपालिकाको कृषि प्रवद्र्धन महाशाखाका प्रमुख मनोहर कडरियाले निजी क्षेत्रको सशक्तीकरण तथा परम्परागत व्यवसायिक अभ्यासभन्दा नवप्रवर्तनमा जोड दिनुपर्ने आवश्यकता औंल्याए। उनले एआई प्रविधिको प्रयोगमार्फत मार्केटिङ, डिजिटल प्रवद्र्धन तथा गुणस्तरीय… पुरा पढौ

फिर्केखोलामा ढल विसर्जन रोक्न पोखरा महानगरको चेतावनी

पोखरा, पोखरा महानगरपालिकाले फिर्के खोलामा ढल सिधै फाल्ने काम रोक्न १० दिन भित्र आवश्यक सुरक्षा व्यवस्थाहरू पूरा गर्न आग्रह गरेको छ ।पोखरा महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै मापदण्ड बाहिरको जमिनमा सेफ्टी ट्याङ्की र सोफिट निर्माण नगरी ढल फाल्ने कार्य जारी रहे कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको हो । साथै, महानगरपालिकाले फिर्के खोलाको खोलाघर भित्र रहेका स्थायी तथा अस्थायी १६० संरचना हटाउने अभियान पनि जारी राखेको छ। वडा नं। १८ को अँधेरीकुनादेखि वडा नं। ६ गाईघाटसम्म फैलिएको खोलाघर सफाइ… पुरा पढौ

गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः सार्वजनिक ’रिटर्न टु भिलेज’ देखि गाँजा खेती नियमनसम्म (पूर्ण पाठ) सहित

पोखरा, १९ जेठ, गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ भन्ने दीर्घकालीन योजना सहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकारको आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्र्दै विभिन्न कार्यक्रम सहित कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, पूर्वाधार, ऊर्जा, खेलकुद तथा सुशासनलाई प्राथमिकतामा राखिएको बताउनु भएको हो । दोस्रो पञ्चवर्षीय योजनाको सोचलाई आत्मसात् गर्दै ल्याइएको यस नीति तथा कार्यक्रममा पर्यटन, दिगो… पुरा पढौ

पोखराको सेतीनदी पुल अवलोकन गर्दै मन्त्री लम्सालले समयमै निर्माण सम्पन्न गर्न निर्देशन

पोखरा, नेपाल सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पोखराको सेतीनदीमाथि निर्माणाधीन अबस्थामा रहेको सिग्नेचर पुल निर्माणको काममा कुनै पनि बहानाबाजी नगरी निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । पोखरा–मुग्लिन सडक आयोजना अन्तर्गत पृथ्वीचोकमा रहेको सेतीनदीमाथि निर्माण भइरहेको पुलको प्रगति बुझ्न मन्त्री लम्साल आज (सोमबार) स्थलगत अवलोकन गर्नु भएको थियो । स्थानीय अवरोधका कारण प्रभावित उत्तरतर्फको पुलको अवस्था निरीक्षण गर्दै उहाँले आयोजना सम्पन्न गर्न देखिएका समस्या तत्काल समाधानका लागि सरकार आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गर्दै निर्माण… पुरा पढौ