राजनीति

पर्यटकीय गन्तव्य सराङकोटमा साढे २ करोडको लागतमा प्रहरी चौकीको नयाँ भवन

पोखरा, १ असोज, पर्यटकीय गन्तव्यका रूपमा तीव्र विकास भइरहेको पोखरा १८ को सराङकोटमा शान्ति सुरक्षा व्यवस्थापनका लागि नवनिर्मित प्रहरी चौकीको भवन सञ्चालनमा आएको छ। पोखरा महानगरपालिका–१८, चपाई चौतारामा निर्माण गरिएको प्रहरी चौकी सराङकोटको नयाँ भवनको विहिबार उद्घाटन गरिएको हो। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले एक कार्यक्रमबीच भवनको उद्घाटन गर्नुभयो। गण्डकी प्रदेश सरकारको स्वीकृत बजेटबाट २ करोड ४० लाख ४५ हजार ९ सय ८३ रुपैयाँ ६३ पैसा लागतमा भवन तथा अन्य भौतिक संरचना निर्माण… पुरा पढौ

हिमालय एअरलाइन्स्का कर्मचारीद्वारा बाढीपीडितका लागि १३ लाख २० हजार सहयोग

काठमाडौं, १ असोज, हिमालय एअरलाइन्स्का कर्मचारीहरूले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १३ लाख २० हजार ६ सय ६६ रुपैयाँ सहयोग गरेका छन्। कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको कुल १४ लाख ७० हजार ६ सय ६६ रुपैयाँमध्ये १० प्रतिशत रकम बाढीबाट प्रत्यक्ष प्रभावित हिमालय एअरलाइन्स्का कर्मचारीका परिवारलाई सहयोग गरिएको छ। बाँकी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। कर्मचारीहरूले संकलन गरेको रकमको चेक हिमालय एअरलाइन्स्का उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले संस्कृति, पर्यटन तथा… पुरा पढौ

उद्योगी व्यवसायीका समस्या समाधान गर्न परिणाममुखी सहकार्य आवश्यक सौगात थापा

पोखरा , पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सौगात थापाले उद्योगी व्यवसायीका साझा समस्या समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय र सहकार्य गर्दै परिणाममुखी काममा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्। पोखरा औद्योगिक क्षेत्र उद्योग संघको आयोजनामा पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योग उपाध्यक्ष थापाले औद्योगिक तथा व्यावसायिक क्षेत्रको विकासका लागि उद्योगी व्यवसायीबीचको एकता र सहकार्य महत्वपूर्ण रहेको बताए। कार्यक्रममा थापाले स्वागत तथा अन्तरक्रिया कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नराखी उद्योगी व्यवसायीबीचको… पुरा पढौ

पोखरा–दुबई उडान पहिलो फ्लाइटमै उत्साह, विश्वका २५० भन्दा बढी गन्तव्य जोडिने आशा

पोखरा, तीन वर्षभन्दा लामो प्रतीक्षापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको ढोका खुल्ने भएको छ। संयुक्त अरब इमिरेट्स ९यूएई० को वायुसेवा कम्पनी फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ अर्थात् असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सुरु गर्दैछ। दैनिक उडानको तयारीमा रहेको फ्लाई दुबईले टिकट बुकिङ खुला गरेसँगै पोखराको पर्यटन क्षेत्रमा समेत उत्साह देखिएको छ। पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार पहिलो उडान नै करिब भरिन लागेको छ भने त्यसपछिका उडानमा पनि यात्रुको सहभागिता उत्साहजनक हुने संकेत देखिएको छ। उनका… पुरा पढौ

मञ्च गण्डकीका अध्यक्ष आस्था र फोटो पत्रकार रञ्जित जापान जाँदै

पोखरा, जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदको प्रत्यक्ष अवलोकन तथा खेलकुद पत्रकारिताका लागि पोखराका दुई पत्रकार बुधबार जापान प्रस्थान गर्नुभएको छ। खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगर र अग्रज फोटो पत्रकार सुदर्शन रञ्जित एसियाली खेलकुदको समाचार संकलन तथा प्रतियोगिता अवलोकनका लागि जापान जानुभएको हो। एसियाली खेलकुदजस्तो महत्त्वपूर्ण अन्तर्राष्ट्रिय खेलकुद महोत्सवमा पोखराबाट पत्रकारको सहभागिताले नेपाली खेलकुद पत्रकारितामा समेत थप अनुभव र अन्तर्राष्ट्रिय सम्पर्क विस्तार हुने अपेक्षा गरिएको छ। आस्था खेलकुद पत्रकारितासँगै मञ्चको नेतृत्व गर्दै आउनुभएको छ भने रञ्जित… पुरा पढौ

असोज २४ गते हुने पर्वतीय दौडलाई सफल पार्न पुम्दी–भुम्दीवासी एकजुट, पुम्दी–भुम्दीको आर्थिक विकास पर्यटन र खेल पर्यटनबाटै सम्भव हुने वक्ताहरूको भनाइ

पोखरा, ३१ भदौ, पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते आयोजना हुने तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगितालाई सफल बनाउन स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्था, विद्यालय, युवा क्लब, टोल विकास संस्था, व्यवसायी तथा स्थानीय सरोकारवालाहरू एकजुट भएका छन् । पुम्दी–भुम्दीको पर्यटन, खेल पर्यटन तथा स्थानीय क्षेत्रको समग्र प्रवद्र्धनसँग जोडिएको प्रतियोगितालाई सफल बनाउन आवश्यक सहयोग, स्वयंसेवक परिचालन, धावक सहभागिता, स्वास्थ्य सेवा, खानेपानी तथा बाटोमा स्वागत–सत्कारलगायतका व्यवस्थापनमा स्थानीय तहबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता सरोकारवालाहरूले व्यक्त गरेका छन् । उनीहरूले प्रतियोगिता एउटा सामान्य खेलकुद… पुरा पढौ

९औँ विश्वकर्मा कप–२०८३ को तयारी अन्तिम चरणमा

पोखरा, विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय, कास्कीको आयोजनामा पोखरा रङ्गशालामा हुने ९औँ विश्वकर्मा कप–२०८३ वार्डस्तरीय खुला भलिबल प्रतियोगिता को तयारी अन्तिम चरणमा पुगेको छ। विश्वकर्मा पूजाको अवसर पारेर असोज १, २ र ३ गते आयोजना हुने प्रतियोगितामा देशका विभिन्न स्थानबाट १८ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत सामाजिक सद्भाव र एकता कायम गर्नुका साथै युवापुस्तालाई खेलकुदमा प्रोत्साहित गर्ने रहेको आयोजकले जनाएको छ। प्रतियोगिताबाट संकलित रकमको केही हिस्सा भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई… पुरा पढौ

सहारा क्लबको अभियानमा प्रदेश सरकारले आवश्यक सहयोग गर्छ ः मन्त्री गुरुङ, सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पराजुली पुरस्कृत

दीननाथ बराल, पोखरा, ३० भदौ, सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०८३ बाट रोहितराज पराजुली पुरस्कृत हुनुभएको छ । सहारा क्लब पोखराको २८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, प्रतिभा छनोट समितिका संयोजक नारायण कार्की, सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा लगायतले पत्रकार पराजुलीलाई सम्मान गर्नुभएको हो । २०६१ सालदेखि पोखरामा पत्रकारीता गर्दै आउनु भएको पराजुलीले ताम्रपत्र सहितको सम्मानको साथमा नगद… पुरा पढौ

रसुवाका विपद् प्रभावितलाई न्यू ग्यालेक्सीको साथ, प्रधानमन्त्री राहत कोषमा ५ लाख बढि सहयोग

पोखरा, न्यू ग्यालेक्सी मावि पोखरा–३ नदिपुरले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नगारिकहरुको राहत तथा पुनस्र्थापनका लागि ५ लाख १७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ । रसुवा जिल्लामा प्राकृतिक विपद्का कारण प्रभावित बनेका नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले पोखरा–३ नदिपुरस्थित न्यू ग्यालेक्सी माध्यमिक विद्यालयले हिसान कास्की मार्फत ३ लाख १७ हजार ७ सय ७७ र एन प्याब्सन कास्की मार्फत २ लाख रुपैया प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने गरी रकम हस्तान्तरण गरेको हो । विद्यालय… पुरा पढौ

न्युनतम पारिश्रमिक ,श्रम ऎन र सामाजिक सुरक्षा कोष तत्काल लागू गर्न जिसस कास्कीको आग्रह

भदौ ३० ,पोखरा, जिल्ला समन्वय समिति कास्कीले जिल्लामा न्युनतम पारिश्रमिक ,श्रम ऎन र सामाजिक सुरक्षा कोष तत्काल लागू गर्न आग्रह गरेको छ। मंगलबार जिसस कास्कीले जिल्लास्थित सम्पूर्ण क्षेत्रमा कार्यरत मजदुर ,कामदारहरू र रोजगारदाताहरूको सहभागीतामा आयोजना गरिएको अन्तरक्रीया कार्यक्रममा उक्त बिषयहरू कार्यान्वयन गर्न अनुरोध गरिएको जिसस प्रमुख लिलाधर पौडेलले बताउनुभयो। प्रमुख पौडेलले श्रमजीवी बर्गले पाउनु पर्ने न्युनतम पारिश्रमिक नपाएको, श्रम ऎनको प्रभाबकारी कार्यान्वयन नभएको र केही औद्योगिक ब्यबसाय ,शैक्षिक संस्था,संचार संस्था सहित सार्बजनिक ,सरकारी ,गैरसरकारी तथा निजि क्षेत्रमा कार्यरत कामदार एबम… पुरा पढौ

This will close in 20 seconds