पोखरा, भदौ २६, नेपालका कम्युनिस्ट तथा बामपन्थी शक्तिहरूबीच बढ्दो विभाजन, खस्किँदो जनमत र आगामी राजनीतिक दिशाबारे पोखरामा शनिबार बृहत् बहस हुँदैछ। विभिन्न धारमा विभाजित बाम दलका नेताहरूलाई एउटै मञ्चमा उभ्याएर बाम एकताको आधार, आवश्यकता र सम्भावनाबारे छलफल गर्न लागिएको हो। पुष्पलाल मित्रता केन्द्रको आयोजनामा शनिबार बिहान ११ः३० बजे पोखराको साइमन पार्टी प्यालेसमा ‘वर्तमान राजनीतिक परिस्थितिमा बामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठी आयोजना हुँदैछ। कार्यक्रममा नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र प्रसाद पाण्डे प्रमुख वक्ताका रूपमा सहभागी हुने आयोजकले पोखराक्लिकलाई जनाएको छ। त्यस्तै…
पुरा पढौ