राजनीति

बजेट ठूलो कुरा होइन, प्रभावकारी कार्यान्वयन महत्वपूर्ण होः पौडेल

पोखरा, आर्थिक उपार्जनमा पहुँच र अर्थपूर्ण सहभागिताबिना महिला सशक्तीकरण तथा समग्र विकास सम्भव नहुने सरोकारवालाले बताएका छन् । विशेषगरी दलित तथा सीमान्तकृत महिलाका लागि वडादेखि नै पर्याप्त बजेट विनियोजन नहुने र विनियोजित बजेटसमेत लक्षित समुदायसम्म प्रभावकारी रूपमा पुग्न नसकेको उनीहरूको गुनासो छ । दलित महिला सङ्घ (फेडो) कास्कीले ‘जातीय तथा लैङ्गिक विभेद समग्र विकासको अवरोध’ भन्ने नारासहित आयोजना गरेको स्थानीय सरकारका योजना, नीति र बजेटमा प्रमुख सरोकारवाला तथा पत्रकारसँगको अन्तरसम्वाद कार्यक्रममा सहभागीले दलित महिलालाई आयआर्जन, रोजगारी, सीप विकास तथा स्रोतसाधनमा… पुरा पढौ

भोटेकोशी बाढीपीडितका लागि सिटीवान टेलिभिजनको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

पोखरा ६ असोज, सिटीवान टेलिभिजनले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। टेलिभिजनले आयोजना गरेको प्रदेशस्तरीय पाँचौँ खुला तीज गीत प्रतियोगिता–२०८३ बाट बचत भएको रकम बाढीपीडितको सहयोगका लागि कोषमा जम्मा गरिएको हो। यसपटकको तीज गीत प्रतियोगिता पनि भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई समर्पण गरिएको थियो। टेलिभिजनले जम्मा गरेको रकमको भौचर मङ्गलबार सिटीवान टेलिभिजनका अध्यक्ष पवनकुमार प्रजापति, सचिव सुरेश श्रेष्ठ, बोर्ड सदस्य तथा तीज गीत प्रतियोगिता… पुरा पढौ

फ्लाई दुबईको नियमित उडानको सुरुवातमै व्यवसायी उत्साहित, आगन्तुक पाहुना तथा यात्रुलाई स्वागत गर्न तयार, दुबईबाट आउने भन्दा जाने सङख्या बढी

दीननाथ बराल, पोखरा, ६ असोज, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु गर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित भएका छन् । लामो प्रतीक्षापछि पोखरा–दुबई सीधा हवाई सम्पर्क सुरु हुन लागेकाले यहाँका होटल, रेष्टुराँ तथा पर्यटनसम्बद्ध व्यवसायीले यात्रु तथा पर्यटकलाई स्वागत गर्न विभिन्न छुट तथा सेवा सुविधा घोषणा गरेका छन् । फ्लाई दुबईको पहिलो नियमित उडान बुधबार दुबईबाट पोखरा आउनेछ । उडान तालिकाअनुसार जहाज बुधबार साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र पोखराबाट यात्रु लिएर एक… पुरा पढौ

पोखरा–दुबई उडानले विश्वका शहरसँग जोडिने ढोका खोल्योः सदस्य पोखरेल

पोखरा, ६ असोज, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको नियमित उडान सुरु हुनु पोखरेलीका लागि ठूलो उपलब्धि भएको बताएका छन् । पोखरेलका अनुसार यसअघि पोखराबाट अन्तर्राष्ट्रिय उडानका नाममा मुख्यतः चार्टर्ड उडानमा निर्भर रहनुपर्ने अवस्था रहेकामा अब फ्लाई दुबईले विश्वका विभिन्न स्थानबाट टिकट बुक गर्न सकिने गरी नियमित व्यावसायिक उडानको तालिका सार्वजनिक गर्नु महत्वपूर्ण उपलब्धि हो । “यो पोखरा–दुबई र दुबई–पोखराको मात्र उडानको कुरा होइन । विश्वका धेरै देश र अन्तर्राष्ट्रिय शहरसँग कनेक्सन भएको विश्वकै… पुरा पढौ

पोखराको फिर्केखोला अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना ७ दिनभित्र भत्काउन महानगरको चेतावनी

पोखरा ५, असोज, पोखराको फिर्केखोलालाई अतिक्रमणमुक्त बनाउन पोखरा महानगरपालिकाले ७ दिने सूचना प्रकासन गरेको छ । पोखरा–१८ स्थित अँधेरीकुनादेखि फेवातालको गाईघाटसम्म बग्ने करिब ८ किलोमिटर लामो फिर्केखोलाको खोलाघर (बहाव क्षेत्र) भित्र निर्माण गरिएका अनधिकृत भौतिक संरचना ७ दिनभित्र अनिवार्य रूपमा हटाउन महानगरले असोज ५ गते अन्तिम पटक सार्वजनिक सूचना जारी गरेको छ । गत भदौ १५ गतेसम्म संरचना आफैँ हटाउन अन्तिम म्याद दिइएको थियो । तर, गत भदौ १० गते भोटेकोशी नदीमा आएको प्राकृतिक विपत्ति र निरन्तरको वर्षाका कारण उपकरण… पुरा पढौ

पाँच वर्षमा व्यवसाय प्रवर्द्धन केन्द्र उद्यमशील पोखरा बनाउने लक्ष्य

पोखरा, युवालाई सीप सिकाएर रोजगारी खोज्नेभन्दा उद्यम सिर्जना गर्न प्रोत्साहित गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले सञ्चालन गर्दै आएको व्यवसाय प्रवर्द्धन केन्द्र ९बीपीसी० पाँच वर्ष पूरा गरेको छ। पाँच वर्षको अवधिमा उद्यमशीलता विकास, सीप अभिवृद्धि, व्यवसाय परामर्श र बजार प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको केन्द्रले आगामी दिनमा निजी क्षेत्रसँगको सहकार्यलाई थप बलियो बनाउने भएको छ। केन्द्र स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थानीय युवाको सीपलाई रोजगारी र व्यवसायसँग जोड्ने गरी केन्द्रका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।… पुरा पढौ

कास्कीमा उपभोक्ता अदालत स्थापना गर्न माग,खानपिनमा ध्यान, शारीरिक व्यायमलाई नियमित गर्न सुझाव

पोखरा ४, असोज, उपभोक्ता अधिकार हननका घटनामा पीडितले सहज, छिटो र प्रभावकारी न्याय पाउने व्यवस्था गर्न कास्कीमा उपभोक्ता अदालत स्थापना गर्नुपर्ने माग सरोकारवालाले गरेका छन् । उपभोक्ता अधिकार कार्यान्वयनसँगै नसर्ने रोगको बढ्दो जोखिम न्यूनीकरणका लागि नागरिक तहबाटै सचेतना, पैरवी र दबाब अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन् । https://www.youtube.com/watch?v=pUJZ4B_V8eA&t=7s उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजना तथा गण्डकी प्रदेश समितिको समन्वयमा पोखरामा सम्पन्न ‘उपभोक्ता अदालत स्थापना तथा नसर्ने रोगका कारणहरू रोकथामसम्बन्धी नागरिक समाजको पैरवी’ विषयक सरोकारवालाबीचको अन्तरसंवादमा यस्तो माग… पुरा पढौ

तमु धिं नेपालको अध्यक्षमा सुवेदार मेजर श्रीप्रसाद गुरुङ निर्विरोध

पोखरा, तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालको आगामी तीन वर्षे कार्यकालका लागि सुवेदार मेजर श्रीप्रसाद गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ। तमु धिं नेपालको आगामी असोज ९ र १० गते पोखरामा हुने ४२औँ वार्षिक साधारणसभा तथा १७औँ महाधिवेशनअन्तर्गत शनिबार भएको मनोनयन दर्तामा अध्यक्षसहित सबै पदमा एकल उम्मेदवारी परेपछि पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन्। यद्यपि निर्वाचित पदाधिकारीहरूको औपचारिक घोषणा भने असोज ९ गते गरिने प्रमुख निर्वाचन अधिकृत एवं तमु धिं नेपालका संस्थापक उपाध्यक्ष शंकर गुरुङले जानकारी दिनुभयो। निर्वाचन समितिले… पुरा पढौ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डीन र अस्पताल निर्देशक नियुक्त

पोखरा, ४ असोज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा सहप्राध्यापक डा. डेविड श्रेष्ठ र अस्पताल निर्देशकमा सहप्राध्यापक डा. झपिन्द्र पोखरेल नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा.डा.नारायणसिंह गुरुङले छनोट समितिको सिफारिसका आधारमा तिमीहरूलाई उक्त जिम्मेवारी दिएका हुन्। नवनियुक्त डीन श्रेष्ठ र अस्पताल निर्देशक पोखरेलले आज पदभार ग्रहण गरेका छन्। डीनमा नियुक्त श्रेष्ठ यसअघि पनि प्रतिष्ठानको डीनका रूपमा काम गरिसकेका छन्। प्रतिस्पर्धात्मक प्रक्रियाबाट पुनः डीन बनेका उनले प्रतिष्ठानको शैक्षिक गुणस्तर सुधार, अध्ययन–अनुसन्धानको विस्तार तथा नयाँ शैक्षिक कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राख्ने बताएका छन्। “प्रतिष्ठानको… पुरा पढौ

गण्डकी प्रदेश सरकारले पनि मनायो संविधान दिवस

दीननाथ बराल, पोखरा, ३ असोज, गण्डकी प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ विभिन्न कार्यक्रम सहित मनाएको छ । संविधान दिवसका अवसरमा प्रदेश सरकारले पोखरामा आयोजना गरेको विशेष समारोहमा प्रदेश प्रमुख डिल्लीराज भट्टले सम्बोधन गर्दै संघीयताको प्रभावकारी कार्यान्वयनका लागि तीन तहका सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्व आवश्यक रहेको बताउनुभयो । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत गर्दै राज्यका सबै निकाय र तहमा महिला, दलित तथा पछाडि परेका समुदायको सहभागितालाई सुनिश्चित गर्नु महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो ।… पुरा पढौ

This will close in 20 seconds