राजनीति

कांग्रेसको १५औँ महाधिवेशनमा युवा ठाकुर बरालको कास्की–३ बाट ३५ वर्षमुनिको प्रतिनिधित्वको दाबी

पोखरा, नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं.३ बाट ३५ वर्षमुनिको युवा समूहअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि युवा नेता ठाकुर बरालले आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने तयारी गर्नुभएको छ। ‘युवा शक्ति र परिवर्तनका एजेन्डा लिएर अगाडि बढौँ’ भन्ने नारासहित बरालले महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई अघि सार्नुभएको हो। पार्टीभित्र नयाँ पुस्ताको सहभागिता र उपस्थिति बढाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले आफ्नो राजनीतिक यात्रालाई नीतिगत सुधार, नेतृत्व हस्तान्तरण र पार्टी रूपान्तरणसँग जोड्नुभएको छ। बरालले युवालाई पार्टीको संगठनमा मात्र होइन, नीति निर्माण र निर्णय प्रक्रियामै… पुरा पढौ

कांग्रेसको १५औँ महाधिवेशनमा युवा व्यवसायी सौगात थापाको कास्की–२ बाट ३५ वर्षमुनिको प्रतिनिधित्वको तयारी

पोखरा, व्यवसायिक क्षेत्रमा सक्रिय युवा सौगात थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं.२ बाट ३५ वर्षमुनिको युवा समूहअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि आफूलाई प्रस्तुत गर्ने तयारी गर्नुभएको छ। पार्टीमा नयाँ पुस्ताको सहभागिता र उपस्थिति बढाउनुपर्ने धारणा राख्दै थापाले आफ्नो राजनीतिक यात्रालाई नीतिगत सुधार, नेतृत्व हस्तान्तरण र पार्टी रूपान्तरणसँग जोड्नुभएको हो। उहाँले अग्रज पुस्ताले पार्टी निर्माणमा पुर्‍याएको योगदान, संघर्ष र अनुभवप्रति सम्मान व्यक्त गर्दै त्यसबाट प्राप्त अनुभवलाई नयाँ पुस्ताको ऊर्जा, सोच र प्रविधिसँग जोडेर पार्टीलाई थप गतिशील बनाउनुपर्ने बताउनुभएको… पुरा पढौ

स्याङ्जा–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा पेशागत विज्ञतर्फ ई.सुदर्शन शर्माको आकांक्षा

‎स्याङ्गजा, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल ९सिडेन० का महासचिव ई। सुदर्शन शर्माले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा स्याङ्जा निर्वाचन क्षेत्र नं। १ बाट पेशागत विज्ञतर्फ महाधिवेशन प्रतिनिधि बन्ने आकांक्षा सार्वजनिक गरेका छन्। ‎आफ्नो जन्मस्थान आँधीखोला–६ बाट सन्देश जारी गर्दै शर्माले महाधिवेशन प्रक्रिया सुरु भएसँगै आफू जिल्ला फर्किएको उल्लेख गरेका छन्। उनले स्याङ्जा कांग्रेसका नेता, कार्यकर्ता, साथीभाइ तथा शुभेच्छुकसँग साथ र सद्भावको अपेक्षा गरेका छन्।‎‎शर्माले आफ्नो राजनीतिक, सामाजिक तथा पेशागत यात्राका विभिन्न पक्षसमेत सन्देशमा उल्लेख गरेका छन्। आफूले लामो समयदेखि कांग्रेस, समाज… पुरा पढौ

बाबुको विरासतसँगै आफ्नै पहिचान बोकेर राजनीतिमा किरण केसी

पोखरा, व्यवसाय, शिक्षा र सामाजिक सेवाको क्षेत्रमा आफ्नो परिचय बनाइसकेका युवा उद्यमी किरण केसी अब सक्रिय राजनीतिक यात्रातर्फ अघि बढेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं। २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला) पदमा उम्मेदवारी दिएसँगै केसीको राजनीतिक यात्रा औपचारिक रूपमा थप अगाडि बढेको हो। उद्योगपति तथा समाजसेवी स्वर्गीय सूर्यबहादुर केसीका माइला छोरा किरणका लागि कांग्रेसको राजनीतिमा प्रवेश केवल नयाँ यात्राको सुरुवात मात्र होइन, परिवारसँग जोडिएको राजनीतिक तथा सामाजिक विरासतलाई नयाँ पुस्ताको दृष्टिकोणबाट अघि बढाउने प्रयासका रूपमा पनि हेरिएको… पुरा पढौ

सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रणमा उपभोक्ता मञ्चको जोड

पोखरा, उपभोक्ता मञ्च गण्डकी प्रदेशको आयोजनामा सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रणबारे अन्तरक्रियात्मक सचेतना कार्यक्रम गरिएको छ । गण्डकी प्रदेश सरकारको सहकार्यमा पोखरामा आयोजित कार्यक्रमका वक्ताले सहज आपूर्ति व्यवस्थापनसहित मिसावट र महँगी नियन्त्रणमा सरोकारवाला सबै सचेत हुनुपर्नेमा जोड दिए । प्रदेशका प्रमुख सचिव भूपाल बरालले उपभोक्ता मञ्चले सही समयमा, सही कार्यक्रम गरेको भन्दै प्रशंसा गरे । उनले सहज आपूर्ति व्यवस्थापन, मिसावट र मूल्य नियन्त्रण सम्बन्धमा सरकार सहकार्य गर्न तयार रहेको उल्लेख गरे । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले… पुरा पढौ

भारी वर्षाको जोखिमपछि पोखराका सबै विद्यालय दुई दिन बन्द गर्न महानगरको निर्णय, प्रधानमन्त्री शाहद्वारा पनि उच्च सतर्कता अपनाउन आग्रह

पोखरा, ८, असोज सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिको जोखिमलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ। महानगरपालिकाले आज ८ गते (विहिबार) र भोलि ९ गते (शुक्रबार) विद्यालय बन्द रहने जनाएको हो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै प्रतिकूल मौसमका कारण पूर्वसावधानीस्वरूप विद्यालयमा स्थानीय बिदा दिने निर्णय गरिएको जानकारी दिएका छन्। महानगरपालिकाका अनुसार यी दुई दिनको पठनपाठनबाट हुने शैक्षिक क्षतिलाई पछि दिइने अन्य सार्वजनिक… पुरा पढौ

पोखरामा फ्लाई दुबईको पहिलो नियमित उडान, विमानलाई पानीको फोहोराले स्वागत, यात्रुलाई स्वागत तथा बिदाई (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ७ असोज, पर्यटनको राजधानि पोखरामा अन्तराष्ट्रिय नियमित हवाई उडानको सुरु भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले पहिलोपटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान आज (ब्ुधबार) देखि सुरु गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । https://www.youtube.com/watch?v=fz9vnWKK0OQ&t=51s दुबईबाट साँझ ६ः१८ बजे ११३ जना यात्रु बोकेर पोखरा अवतरण गरेको उक्त विमानलाई विमानस्थलका अधिकारी, पोखरा महानगरपालिका, पर्यटन व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिले स्वागत गरेका थिए। पहिलो उडानका यात्रुलाई समेत विशेष स्वागत गरिएको थियो। पोखराका मेयर धनराज आचार्य सहितको टोलीले यात्रुलाई… पुरा पढौ

पोखराको दिगो पर्यटनका लागि प्याराग्लाइडिङ बचाउँदै व्यवस्थापनमा जोड

पोखरा, ७ असोज, पोखराको पर्यटनको पहिचान र साहसिक पर्यटनको महत्वपूर्ण आधार बनेको प्याराग्लाइडिङलाई संरक्षण गर्दै यसको दिगो व्यवस्थापन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। नेपाल हवाई खेलकुद संस्था (ना) को २३औँ साधारण सभा तथा ११औँ अधिवेशन आज (बुधबार) पोखरामा सम्पन्न गर्दै उनीहरूले सुरक्षा, नियमन र व्यवसायिक स्थायित्वलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्। सन् १९९६ मा प्रशिक्षणात्मक उडानबाट सुरु भएको प्याराग्लाइडिङले सन् २००० देखि व्यावसायिक रूप लिएको ‘ना’ का अध्यक्ष अनिल केसीले बताए।सुरुमा सात कम्पनीबाट सुरु भएको व्यवसायमा अहिले ५७ कम्पनी र ४१३… पुरा पढौ

कास्कीको अन्नपूर्णमा पालिका तथा वडाको सिमाना पुनरावलोकनबारे छलफल, स्थानीय तहको प्रस्तावमाथि जिल्ला स्तरीय अध्ययन समितिद्वारा अन्तरक्रिया

पोखरा, असोज ७, गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर एवं नगरपालिका वर्गीकरणको पुनरावलोकनसम्बन्धी मापदण्ड, २०८३ अनुसार गठित कास्की जिल्ला स्तरीय पुनरावलोकन अध्ययन समितिले कास्कीको अन्नपूर्ण गाउँपालिकामा छलफल तथा अन्तरक्रिया गरेको छ। अन्नपूर्ण गाउँपालिकाबाट प्रस्तावित वडा सिमाना हेरफेरसम्बन्धी विषयमा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग राय, सुझाव र आवश्यक जानकारी संकलन गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख एवं अध्ययन समितिका संयोजक लिलाधर पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण… पुरा पढौ

बजेट ठूलो कुरा होइन, प्रभावकारी कार्यान्वयन महत्वपूर्ण होः पौडेल

पोखरा, आर्थिक उपार्जनमा पहुँच र अर्थपूर्ण सहभागिताबिना महिला सशक्तीकरण तथा समग्र विकास सम्भव नहुने सरोकारवालाले बताएका छन् । विशेषगरी दलित तथा सीमान्तकृत महिलाका लागि वडादेखि नै पर्याप्त बजेट विनियोजन नहुने र विनियोजित बजेटसमेत लक्षित समुदायसम्म प्रभावकारी रूपमा पुग्न नसकेको उनीहरूको गुनासो छ । दलित महिला सङ्घ (फेडो) कास्कीले ‘जातीय तथा लैङ्गिक विभेद समग्र विकासको अवरोध’ भन्ने नारासहित आयोजना गरेको स्थानीय सरकारका योजना, नीति र बजेटमा प्रमुख सरोकारवाला तथा पत्रकारसँगको अन्तरसम्वाद कार्यक्रममा सहभागीले दलित महिलालाई आयआर्जन, रोजगारी, सीप विकास तथा स्रोतसाधनमा… पुरा पढौ

This will close in 20 seconds