राजनीति

कास्कीका सांसद उत्तम पौडेल रास्वपाको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारीमा

पोखरा, चितवनमा आगामी असार ७, ८ र ९ गते आयोजना हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनको तयारी तीव्र भइरहेको छ। महाधिवेशनमार्फत नेतृत्व चयन, संगठन विस्तार र आगामी राजनीतिक दिशा तय गर्ने लक्ष्य राखिएको पार्टीले जनाएको छ। महाधिवेशनको उद्घाटन भरतपुरको गेस्टहाउस चौरमा हुनेछ भने बन्द सत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ । देशभरबाट करिब २ हजार ५ सय प्रतिनिधि सहभागी हुने तयारी गरिएको श्रोतले जनाएको छ । यसैबीच, कास्कीका सांसद उत्तम पौडेल रास्वपाको केन्द्रीय सदस्य… पुरा पढौ

ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता सुरु

५ असार, पोखरा, पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता अन्तर्गत मालेपाटन खेल मैदानमा भएको पहिलो खेलमा बाराही माविले राष्ट्रिय माविलाई ८ विकेटले पराजित गरेको छ । पहिला ब्याटिङ गरेको राष्ट्रिय माविले १३ ओभरमा ४४ रन बटुलेर सम्पूर्ण विकेट गुमाएको थियो । जवाफमा बाराहीले ३.४ ओभरमा मात्र २ विकेटको… पुरा पढौ

खेल पत्रकारलाई एआई तालिम, अबको पत्रकारिता एआई र प्रविधिको प्रयोग गर्न रजिष्टार भण्डारीको आग्रह

पोखरा, ५ असार, नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा पोखरामा आज( शुक्रबार) देखि ‘डिजिटल युगको पत्रकारिता खेलकुद पत्रकारितामा एआई’ तालिम सुरु भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको सहयोगमा भएको तालिम शनिबारसम्म संचालन हुने भएको छ । तालिमको गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले उद्घाटन गर्दै अबको पत्रकारिता एआई र प्रविधिको प्रयोग गर्न आग्रह गरिन् । प्रेस रजिष्ट्रार भण्डारीले प्रविधिको विकाससँगै पत्रकारिताको परम्परागत शैलीलाई बदल्नुपर्नेमा जोड दिदै प्रविधिले विश्वलाई एउटा सानो गाउँ (ग्लोबल भिलेज) मा परिणत गरिसकेको उल्लेख गर्नुुभयो… पुरा पढौ

खानेपानीको आपुर्ति सहज बनाउन होटल व्यवसायीको माग, दैनिक बोरिङको पानी किन्नुपर्ने व्यवसायीको गुनासो

पोखरा, पोखराको लेकसाइड क्षेत्रमा खानेपानीको चर्को अभाव भएको भन्दै होटल संघ पोखरा नेपालको एक समूह आज(शुक्रबार) नेपाल खानेपानी संस्थान पोखरा पुगी समस्याबारे अवगत गराएको छ । पोखरा पर्यटनको राजधानी भए पनि प्रदेशकै प्रमुख पर्यटककीय केन्द्रमा दैनिक खानेपानी अभाव भएपछि संस्थानको ध्यानाकर्षण गराइएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनका अनुसार अझै व्यवसायीहरुले कबिर ६५ प्रतिशत जसो पानी बोरिङ र अन्य नीजि क्षेत्रसंग खरिद गर्न बाध्य हुनु परेको छ । आफुहरुले मुस्किलले करिब ३५ प्रतिशत जसो मात्र संस्थानको पानी उपलब्ध… पुरा पढौ

पोखराका २१ उद्योगमा जग्गा भाडा शुल्क नतिरेको भन्दै लाइन काटियो, दुई दिनमै उठ्यो साढे ३ करोड बक्यौता

दीननाथ बराल,पोखरा, असार ४, जग्गा भाडा बक्यौता नतिरेका उद्योगमाथि पोरखामा कडाइ सुरु गर्दै नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले पोखरा औद्योगिक क्षेत्रभित्र सञ्चालित २१ उद्योगको विद्युत् आपूर्ति काटेको छ। विद्युत् लाइन काट्न सुरु गरेसँगै उद्योगीहरू बक्यौता बुझाउन बाध्य भएका छन् भने दुई दिनमै करिब ३ करोड ६० लाख रुपैयाँ असुली भएको कार्यालयले पोखराक्लिकलाई जनाएको छ । नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड पोखरा शाखाले बुधबारदेखि बक्यौता रकम नतिरेका उद्योगहरूको विद्युत् लाइन काट्न थालेको हो। कार्यालयका प्रमुख रमेशराज नेपालका अनुसार हालसम्म २१ उद्योगको… पुरा पढौ

पोखरामा भोलि हुने ‘चङ्गा अल–स्टार फुटसल’ को तयारी पूरा, उद्घाटनमा कर्पोरेट र क्रियटर्स भिड्ने

पोखरा, प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । हाल जारी फिफा फुटबल विश्वकपको अवसरमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुलाई एउटै मैदानमा जमघट गराउनेगरी सो प्रतियोगिता आयोजना गर्न लागिएको हो । सामाजिक सेवा र परोपकारी कार्यमा टेवा पु¥याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको चंगा प्रोडक्सनका प्रमुख विवेक गुरुङले जानकारी दिए । सो प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू ९कलाकार, कन्टेन्ट क्रियटर, व्यवसायी लगायत० आबद्ध ४… पुरा पढौ

परिवार नियोजन संघ कास्कीको अभियान अमरसिंहमा

पोखरा, ४ असार , नेपाल परिवार नियोजन संघ कास्कीले शुरु गरेको यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान बिहीबार पोखरा महानगरपालिका वडा नं १२ स्थित अमरसिंह नमूना माविमा संचालन गरिएको छ । कास्कीका २४ वटा विद्यालय तथा कलेजमा संचालन गर्ने लक्ष्य सहित गत भदौ १७ गतेदेखि सुरु गरिएको अभियानको यो २१ औं कार्यक्रम भएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिनुभयो । सो विद्यालयमा आयोजित कार्यक्रमलाई पोखरा महानगरपालिका वडा नं १२ कार्यालयले सहयोग गरेको हो । पोखरा महानगरपालिका… पुरा पढौ

पोखरा महानगरले ल्यायो नयाँ नीति तथा कार्यक्रम पूर्ण पाठसहित

दीननाथ बराल,पोखरा, ४ असार, पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि पर्यटन, पूर्वाधार, सुशासन, हरित विकास र डिजिटल सेवामा केन्द्रित महत्वाकांक्षी कार्यक्रम अघि सारेको छ । महानगरको १९ औँ नगरसभामा आज (बिहीबार) वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख धनराज आचार्यले महानगरले पोखरा रिङरोड निर्माण प्रक्रिया सुरु गर्ने, आधुनिक बसपार्क निर्माण गर्ने लगायतका योजना सार्वजनिक गर्नु भएको हो । सभागृह निर्माण थाल्ने, पातलेछाँगोमा सिसा पुल सञ्चालनमा ल्याउने तथा फिर्केखोलालाई नयाँ पर्यटकीय करिडोरका रूपमा विकास गर्ने, हरित विद्यालय विकास,… पुरा पढौ

पोखरा बसपार्कमा चल्यो डोजर (भिडियो सहित), सुकुम्बासीको पहिचानसहित व्यवस्थापन गर्दै बसपार्क निर्माण कार्य अघि बढाइने मेयर आचार्यको भनाई

दीननाथ बराल, पोखरा, ४ असार, पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित पोखरा बसपार्क क्षेत्रमा अनधिकृत संरचना हटाउने अभियान अन्तर्गत आज (बिहीबार) देखि डोजर चलाउन सुरु भएको छ । विगत करिब ५ दशक देखि अड्किएको बसपार्क विस्तार तथा पुनर्निर्माण कार्यलाई तीव्रता दिन महानगरले अस्थायी रुपमा निर्माण भएका घर तथा टहरा हटाउने कार्य सुरु गरेको हो । https://www.youtube.com/watch?v=kdxJc74S3-c&t=522s सार्वजनिक जग्गा अतिक्रमण तथा अव्यवस्थित संरचनाका कारण बसपार्क निर्माण अघि बढ्न नसकेको अवस्थामा अब क्रमशः केही क्षेत्र खाली गर्दै व्यवस्थित विकास गर्ने योजना अघि… पुरा पढौ

पर्यटनको राजधानी पोखरामा खेलकुदको नयाँ क्षितिज, खेल पर्यटनले फेर्न सक्छ अर्थतन्त्रको अनुहार

दीननाथ बराल,पोखरा, पोखरा रंगशालामा आहा–रारा पोखरा गोल्डकप चलिरहँदा लेकसाइड आसपासका होटल तथा रेस्टुरेन्टमा चहलपहल बढ्छ । सहारा क्लबले विगत २५ वर्षदेखि निरन्तर गर्दै आएको आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताले फुटबल खेलसँगै पोखरा आसपास क्षेत्रको अर्थतन्त्रलाई समेत चलायमान बनाउँदै आएको छ । क्लबले हरेक वर्ष कम्तिमा दुईदेखि चार विदेशी टिमको सहभागितासहित आफ्नो मातृ संगठन सहारा युके, सहारा हङकङ र सहारा अस्ट्रेलियाबाट कम्तिमा ६० देखि ७० जनाको जम्बो टोली पोखरामा उतार्ने गरेको छ । उनीहरु कम्तिमा दुई साता पोखरामा बिताउने गरी आउँछन्… पुरा पढौ