राजनीति

पर्यटनको राजधानी पोखरा हुँदै प्रधानमन्त्री गाउँको अन्नपूर्ण इको भिलेजमा बास बस्दै, शनिबार मुस्ताङ जाने

दीननाथ बराल,पोखरा, ५ भदौ, पर्यटनको राजधानी पोखरा निजी भ्रमणमा आउनुभएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा बास बस्नुभएको छ। प्रधानमन्त्री शाह शुक्रबार दिउँसो श्रीमती सविना काफ्ले र छोरीसहित निजी गाडीमा सडकमार्ग हुँदै पोखरा आउनुभएको हो। पोखरा आइपुगेपछि प्रधानमन्त्री शाह स्थलमार्गबाटै अस्ताम पुग्नुभएको हो। ग्रामीण परिवेशमा रहेको इको भिलेजबाट मौसम खुलेका बेला अन्नपूर्ण हिमशृंखलासँगै पोखराको हेमजा बजार र आसपासका मनोरम दृश्य देख्न सकिन्छ। शान्त र प्राकृतिक वातावरणमा रहेको यो स्थानमा प्रधानमन्त्री शाहले पारिवारिक समय बिताउने बताइएको… पुरा पढौ

पर्यटन चालकका लागि पोखरामा २० घण्टे व्यावहारिक अंग्रेजी भाषा तालिम सुरु (भिडियो सहित) ,गण्डकी प्रदेशमा पर्यटनको अथाह सम्भावना छः मन्त्री रिमाल

दीननाथ बराल पोखरा, भदौ ४ पर्यटन क्षेत्रमा कार्यरत पर्यटक सवारी चालकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा २० घण्टे व्यावहारिक तथा सघन अंग्रेजी भाषा तालिम सुरु भएको छ । नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको आयोजना, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको समन्वय तथा अमेरिकी दूतावास नेपालको सहयोगमा आज (बिहीबार) देखि तालिम सुरु भएको हो । https://www.youtube.com/watch?v=2wA1o3bnGYU तालिम भदौ ८ गतेसम्म पोखरास्थित होटल एलिगेन्समा सञ्चालन हुने भएको नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकीका अध्यक्ष रविप्रसाद आचार्यले बताउनु भयो । तालिममा १९… पुरा पढौ

राइट टु प्रोटिन रनको पाँचौं संस्करण असोज ३ गते पोखरामा हुने करिब ४ हजार धावक सहभागी हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा, ४ भदौ, प्रोटिनयुक्त आहार, पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउने उद्देश्यले आयोजना हुँदै आएको ‘राइट टु प्रोटिन रन–२०२६’ को पाँचौं संस्करण आगामी असोज ३ गते पोखरामा हुने भएको छ । प्रतियोगितामा करीब ४ हजार भन्दा बढी धावक सहभागिता गराउने लक्ष्य राखिएको आयोजक नेपाल दाना उद्योग संघले विहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मार्फत जानकारी गराएको हो । https://www.youtube.com/watch?v=kLyUL-MSOiA&t=122s प्रतियोगिता पोखराको लेकसाइडस्थित बसुन्धरा पार्कबाट सुरु हुने भएको छ भने हाप म्याराथन सहित विभिन्न ८ वटा विधामा… पुरा पढौ

भारतमा स्थगित गोर्खा भर्ती केन्द्र पुनः सञ्चालन गर्न सेना प्रमुख सेठसमक्ष आग्रह

दीननाथ बराल, पोखरा, नेपालबाट भारतीय सेनामा हुने गोर्खा भर्ती पुनः सञ्चालन गर्न भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठसमक्ष पोखरामा आग्रह गरिएको छ । नेपाल भ्रमणमा रहेका जनरल सेठ आज (बुधबार) पोखराको रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालयमा आयोजित कार्यक्रममा सहभागी भएका बेला भारतीय भूतपूर्व सैनिकहरूले अग्निपथ योजना अन्तर्गत गोर्खा भर्ती खुलाउन पहल गर्न आग्रह गरेका गर्नु भएको हो । भारतीय पूर्वसैनिक कल्याणकारी संघ नेपालका सहअध्यक्ष तथा गण्डकी अध्यक्ष क्याप्टेन गजबहादुर थापाले जनरल सेठसँग प्रत्यक्ष भेट गर्दै नेपालबाट भर्ती रोकिँदा हजारौँ नेपाली… पुरा पढौ

टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्य नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको सदस्यमा मनोनयन

पोखरा, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद आचार्य नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेशको आमन्त्रित सदस्यमा मनोनयन भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेशको २०८३ जेठ २४ गते बसेको दोस्रो कार्यकारिणी समिति बैठकले आचार्यलाई आमन्त्रित सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो । महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेलले आचार्यलाई मनोनयन गरिएको पोखराक्लिकलाई जानकारी दिँदै महासंघलाई सशक्त रुपमा अघि बढाउने कार्यमा उनको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरेका छन् । महासंघको सदस्यमा मनोनयन भएपछि… पुरा पढौ

प्रदेश खेलकुद परिषद् गण्डकीको पदक वितरणमा गम्भीर त्रुटि, छानविन समितिले बुझायो प्रतिवेदन

पोखरा, प्रदेश खेलकुद परिषद् गण्डकी (गखेप) ले गरेको पदक वितरण प्रक्रियामा गम्भीर कमजोरी र कार्यविधिको उल्लंघन भएको निष्कर्षसहित छानविन समितिले प्रतिवेदन सरकारलाई बुझाएको छ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव शेषनारायण पौडेलको संयोजकत्वमा गठित समितिले सोमबार मन्त्रीलाई प्रतिवेदन बुझाएको हो। परिषद्ले पदक वितरण गर्दा सम्बन्धित सिफारिस समितिको निर्णय र सिफारिसलाई बेवास्ता गरेको विषय सार्वजनिक भएपछि मन्त्रालयले छानविन समिति गठन गरेको थियो । छानविनका क्रममा पदक वितरणको प्रक्रिया, कानुनी व्यवस्था, सम्बन्धित कार्यविधि तथा निर्णय प्रक्रियाको अध्ययन गर्दा विभिन्न चरणमा गम्भीर… पुरा पढौ

सिटीवानले पाँचौ संस्करणको तीज गीत मेला गर्ने, मेला भाद्र २३ गते गण्डकी प्रज्ञा प्रतिष्ठानमा हुने

गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सिटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर गर्दै यस वर्ष पनि सास्कृतीक तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । “तीजको वेला सिटीवानको सास्कृतीक मेला, प्रदेश स्तरीय पाँचौ खुल्ला तीज गीत प्रतियोगिता–२०८३” नाममा टेलिभिजनले तीजका सास्कृतीक पक्षहरुको संरक्षण गर्ने उद्धेश्यले मेला आयोजना गरेको टेलिभिजनले जनाएको हो । टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले पछिल्लो समयमा डिजिटल प्रविधिको प्रयोगका कारण नेपालीहरुका कतिपय संस्कृतीहरु लोप हुन लागेको भन्दै सवैको संस्कृती संरक्षणमा टेलिभिजन लाग्ने धारणा राखिन् ।… पुरा पढौ

पत्रकार किशोर श्रेष्ठ हिरासतबाट मुक्त, प्रेस स्वतन्त्रताबारे सर्वोच्चको महत्वपूर्ण व्याख्या

काठमाडौं, सर्वोच्च अदालतको आदेशपछि अग्रज पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ हिरासतबाट मुक्त भएका छन्। न्यायाधीशद्वय डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई हिरासतमा राखिरहन आवश्यक नदेखिएको भन्दै हाजिर जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो। एक युवतीको तस्बिर र समाचार जनआस्थामा प्रकाशित भएपछि वैयक्तिक गोपनीयताको हक उल्लङ्घन भएको भन्दै श्रेष्ठविरुद्ध जाहेरी परेको थियो। सोही जाहेरीका आधारमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरी हिरासतमा राखेको थियो। मुद्दाको सुनुवाइका क्रममा प्रकाशित तस्बिर सम्बन्धित युवती आफैंले… पुरा पढौ

पोखरा–२२ का २ सय परिवारलाई पहिलो चरणमा इन्डक्सन चुल्हो वितरण (भिडियो सहित),गाउँका सबै घर धुरीलाई चुल्हो वितरण हुने

दीननाथ बराल, पोखरा, १ भदौ, हाल देश भर खाना पकाउने ग्यास अभाव भएको अबस्थामा पोखरा महानगरपालिका वडा नं. २२ (पुम्दी–भुम्दी) का २ सय परिवारलाई बिद्युतीय (इन्डक्सन) चुल्हो वितरण गरिएको छ । बजारमा ग्यास अभाव हुन थाले पछि वडाबासीलाई त्यसको विकल्पका रूपमा पोखरा २२ वडा कार्यालयले विद्युतीय (इण्डक्सन) चुल्हो वितरण गर्ने अभियान आज सोमबारदेखि सुरु गरेको हो । https://www.youtube.com/watch?v=o0ADYbe71Fg वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागत साझेदारीमा सोमबार पहिलो चरणमा २ सय वटा मात्र चुल्हो वितरण गरिएको… पुरा पढौ

फेसबुकबाट घोषणा गर्दै पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुनसहित चार जना प्रत्यासी बिच प्रतिष्प्रर्धा हुने

पोखरा, ३१ साउन पोखरा उद्योग वाणिज्य संघको आगामी ७२औँ वार्षिक साधारणसभा तथा ३६औँ महाधिवेशन नजिकिँदै जाँदा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ। भदौ २० र २१ गते हुने महाधिवेशनमा अध्यक्ष पदका लागि यसअघि तीन जनाले उम्मेदवारी घोषणा गरिसकेका छन्। पछिल्लो समय युवा व्यवसायी अर्जुन पोखरेलले पनि सामाजिक सञ्जालमार्फत अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेसँगै अध्यक्षका आकांक्षीको संख्या चार पुगेको छ। पोखरेलले फेसबुक स्टाटसमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै निजी क्षेत्रका मुद्दालाई खरो रूपमा उठाउने र व्यवसायीका समस्या समाधानका लागि निडर… पुरा पढौ