‘देश सुध्रिएन भन्ने आवाज बाक्लिँदैछ, पार्टी सुधारको संकल्प गरौँ’ ठाकुर बराल

-


     पोखरा क्लिक     
     असाेज १२ गते २०८३ मा प्रकाशित


पोखरा,

देश सुधारको आवश्यकता औंल्याउँदै नेपाली कांग्रेसभित्र पुस्तान्तरण, युवाको नेतृत्व र पार्टी संगठनमा देखिएको उमेरगत सीमाबारे प्रश्न उठाइएको छ। युवा नेतृत्वले देश हाँकिरहेको वर्तमान अवस्थामा पार्टीको महाधिवेशन प्रतिनिधि छनोटमा भने युवालाई अवसरका लागि लामो समय कुर्नुपर्ने अवस्था किन भन्ने प्रश्नसमेत उठाइएको हो।

“देश सुध्रिएन भनेर किन आवाज बाक्लिएको छरु देश ३५ वर्ष उमेरका युवाले नेतृत्व गरिरहेका छन्,” भन्दै कांग्रेसभित्र युवाको सहभागिता र नेतृत्व विकासका लागि थप अवसर सिर्जना गर्नुपर्ने धारणा अघि सारिएको छ। केन्द्रमा गुट–उपगुट नभएकोमा खुसी भइरहँदा जिल्लास्तरमा भने अग्रजहरूले निर्माण गरेको भनिएको सीमारेखाबारे पनि प्रश्न उठाइएको छ। पार्टीलाई थप सुदृढ र गतिशील बनाउन पुरानो अभ्यास र सीमाभन्दा माथि उठेर नयाँ पुस्तालाई अवसर दिनुपर्नेमा जोड दिइएको छ भन्छन युवा नेता ठाकुर बराल ।

“आउनुस्, हामी संकल्प गरौँ, पार्टी सुध्रिन्छ,” भन्ने आह्वानसहित युवाको क्लस्टरतर्फबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिइएको उनले जनाए । उम्मेदवारले आफ्नो उम्मेदवारीमा साथ, सहयोग र समर्थनका लागि पार्टीका नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूसँग विनम्र अनुरोधसमेत गरेका छन्। “जय नेपाल” भन्ने प्रतिबद्धतासहित युवाको प्रतिनिधित्व र पार्टी सुधारलाई आफ्नो उम्मेदवारीको मूल आधार बनाइएको छ।