
पोखरा,
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भोलि असोज १३ गते हुने क्षेत्रीय अधिवेशनमा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ कास्की निर्वाचन क्षेत्र नं। ३ बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदको उम्मेदवार बनेका छन्। लामो समयदेखि कांग्रेसको सांगठनिक राजनीतिमा सक्रिय गुरुङले स्थानीय तहको नेतृत्वबाट हासिल गरेको अनुभवलाई पार्टी संगठनसँग जोड्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्।
उनले आफ्नो उम्मेदवारीमा युवा प्रतिनिधित्व, समान सहभागिता र नेतृत्वमा पुस्तान्तरणलाई प्रमुख मुद्दाका रूपमा अघि सारेका छन्।
माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षका रूपमा स्थानीय सरकार सञ्चालन गरिरहेका गुरुङ यसअघि नेपाली कांग्रेस कास्की क्षेत्र नं। तरूण तद ३ को सभापति तथा माछापुच्छ्रे गाउँपालिका समितिको उपसभापतिको जिम्मेवारि गरि सकेका गुरुङले पदभन्दा जिम्मेवारी, भाषणभन्दा काम र व्यक्तिगत स्वार्थभन्दा जनसेवालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीय सरकार सञ्चालनको अनुभव र पार्टी संगठनमा गरेको कामलाई थप जिम्मेवार भूमिकामार्फत अगाडि बढाउने उनको भनाइ छ।
भोलि हुने क्षेत्रीय अधिवेशनलाई लक्षित गर्दै गुरुङले प्रतिनिधिहरूसँग मत, साथ र विश्वासको अपेक्षा गरेका छन्। उनले अनुभव र नयाँ पुस्ताको ऊर्जाबीच समन्वय गर्दै पार्टी संगठनलाई थप सक्रिय र जनतासँग जोड्ने आफ्नो उद्देश्य रहेको बताएका छन्। कास्की क्षेत्र नं। ३ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिका लागि प्रतिस्पर्धामा रहेका गुरुङको राजनीतिक यात्राको आगामी जिम्मेवारीबारे निर्णय अब क्षेत्रीय प्रतिनिधिहरूको मतले गर्नेछ।






