
पोखरा,
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई शहरी विकास तथा सार्वजनिक सेवा क्षेत्रमा पुर्याएको योगदान र नेतृत्वको कदर गर्दै प्रतिष्ठित ‘Visionary Leadership in Urban Development and Public Service Award’ प्रदान गरिएको छ।
क्यानडास्थित Canadian Media को आयोजनामा भएको Asian Professional Achievement Award Nepal 2025 समारोहमा पूर्वराष्ट्रपति डा. रामवरण यादवले नगरप्रमुख आचार्यलाई उक्त अवार्ड प्रदान गर्नुभएको हो। शहरी विकास, सार्वजनिक सेवा तथा स्थानीय तहको नेतृत्वका क्षेत्रमा पुर्याएको योगदानको मूल्यांकन गर्दै आचार्यलाई सम्मान गरिएको आयोजकले जनाएको छ। पोखरा महानगरपालिकाको विकास, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा नागरिकमैत्री स्थानीय शासनका लागि उहाँले निर्वाह गर्नुभएको भूमिकालाई सम्मानको मुख्य आधार मानिएको छ।




