राजनीति

गण्डकीमा बजेट खर्च ६४.३६ प्रतिशत

दीननाथ बराल,पोखरा, १ साउन, गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ मा विनियोजित बजेटको ६४.३६ प्रतिशत खर्च गरेको छ । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा ३२ अर्ब ६ करोड ८ लाख रुपैयाँको बजेटमध्ये २० अर्ब ५८ करोड ९ लाख रुपैयाँ खर्च भएको छ ।अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ को ६९.५४ प्रतिशतको तुलनामा ५.२८ प्रतिशतले कम भए पनि प्रतिकूल परिस्थितिका बीच प्रदेश सरकारले खर्चलाई सन्तोषजनक मानेको छ । कुल खर्चमध्ये चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख… पुरा पढौ

गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्रको अनुगमन

साउन १ , पोखरा, कोपिला नेपालद्वारा ब्यबस्थापन भएर संचालनमा रहेको गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्रको अनुगमन तथा निरीक्षण सम्पन्न भयको छ।जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल नेतृत्वको टिमले सो केन्द्रको स्थलगत अनुगमन गरेको हो। अनुगमनका क्रममा प्रमुख पौडेलले तत्कालीन समय २०७९ असारको पहिलो हप्ता आफू जिल्ला समन्वय समिति कास्कीको प्रमुखको पदभार लगत्तै पोखरा ३३ को आमाचौरस्थित करिब रुग्ण प्राय बनिसकेको भवन अनुगमनमा पुगेको स्मरण गर्नुभयो । पौडेलले तत्कालीन मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ र सामाजिक बिकास मन्त्री नरदेबी पुन… पुरा पढौ

हेम्जामा ‘बेस्ट माउन्टेन भ्यू टुर्स एण्ड ट्राभल्स’ सञ्चालनमा पर्यटन प्रवर्द्धन र भरपर्दो यातायात सेवामार्फत स्थानीय अर्थतन्त्रलाई टेवा पुग्ने अपेक्षा

पोखरा, साउन १, पोखरा महानगरपालिका–२५, हेम्जामा स्थानीय युवा व्यवसायी बाबुराम दाहाल को नेतृत्वमा स्थापना गरिएको ‘बेस्ट माउन्टेन भ्यू टुर्स एण्ड ट्राभल्स’ को औपचारिक शुभारम्भ गरिएको छ। स्थानीय स्तरबाट सुरु भएको यस व्यवसायले सुरक्षित, भरपर्दो तथा गुणस्तरीय यातायात सेवा प्रदान गर्दै पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधिमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। बाबुराम दाहालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पृथ्वी राजमार्ग बस कम्पनि प्रा।लिका सञ्चालक एवं कोहिली टुर्स एण्ड ट्राभल्सका अध्यक्ष मेघराज त्रिपाठी प्रमुख अतिथि रहनुभएको थियो। प्रमुख अतिथि त्रिपाठीले नेपालमा… पुरा पढौ

सेती नदी थुनिँदा झर्ना बन्यो, उच्च सर्तक हुन स्थानियको माग

दीननाथ बराल,पोखरा १, साउन, पोखरा महानगरपालिका–१५ र १७ को बिचमा पर्ने रातोपहिरा क्षेत्रस्थित सेती नदीमा केही महिना अघि गएको सुख्खा पहिरोका कारण हाल नदी थुनिएपछि त्यहाँ हाल झर्ना बनेको छ । सेतीनदीमा ठूलो जलाशय बनेको र त्यसबाट सम्भावित विपद्को जोखिम बढेको भन्दै स्थानीयले सम्बन्धित निकायलाई तत्काल अध्ययन तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । स्थानीय भगवान पोखरेलले करिब दुई महिना अघि खसेको सुख्खा पहिरोका कारण सेती नदीको बहाव अवरुद्ध भएको बताए। उनका अनुसार हाल नदीको पानी करिब ५० मिटर… पुरा पढौ

लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट

पोखरा, १ साउन, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले जनकविकेशरी धर्मराज थापाले नेपाली लोकसंगीतमा पुर्‍याउनुभएको योगदान अविष्मरणीय रहेको बताउनुभएको छ । धर्मराज–सावित्री थापा प्रतिष्ठानले जनकविकेशरी थापाको १०२ औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको सम्मान कार्यक्रममा प्रमुख अतिथि भट्टले लोकगीतमै नेपालीपन देख्नुहुने थापाले लोक साहित्य, संस्कृति एवं लोकगीत संगीत विधामा थापाले उल्लेखनीय योगदान पुर्‍याउनुभएको स्मरण गर्नुभयो । ‘नेपाली लोकगीतको ढुकढुकी, माटोको सुगन्ध बोकेका कालजयी सर्जक धर्मराज थापा नेपाली गाउँबेसी, उकाली–ओराली र पाखा–पखेराका भाकाहरूलाई सङ्कलन गरी तिनलाई राष्ट्रिय पहिचान दिने एक संवाहक हुनुहुन्थ्यो… पुरा पढौ

जेन्जी आन्दोलनले खरानी भएको अबस्थामा पनि उच्च अदालत पोखराको ७५.८८ प्रतिशत कार्यप्रगति, मुख्य न्यायाधीश बागचन्दको भनाई सहितको भिडियो

दीननाथ बराल,पोखरा, १ साउन, संवेदनशिल क्षेत्र उच्च अदालत पोखरा जेनजी आन्दोलनको मारमा परी खरानी भएको अबस्थाबाट पनि आर्थिक बर्ष २०८२÷०८३ मा ७५.८८ प्रतिशत कार्यप्रगती गर्न सफल भएको छ । भदौं २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटले कार्यालय भवन, अदालत परिसर तथा अभिलेखमा ठूलो क्षति पुर्‍याएर करिब तीन महिनासम्म सेवा प्रवाह प्रभावित बने पनि उच्च अदालत पोखराले आर्थिक वर्ष २०८२र८३ मा उल्लेखनिय प्रगती गरेको कार्यालयले जनाएको छ । https://www.youtube.com/watch?v=s5lNaZdxeNM&t=29s उच्च अदालत पोखराले बिहीबार आयोजना गरेको… पुरा पढौ

साउनभर सोमबार साँझ २५० मै अन्नपूर्ण केबलकार चढ्न पाइने, साउन–भदौमा बिहानको सेवा अस्थायी रूपमा बन्द

जया पौडेल,पोखरा ३२, असार पोखराको पर्यटकीय गन्तव्य अन्नपूर्ण केबलकारले साउन महिनाभर आन्तरिक पर्यटकलाई लक्षित गर्दै विशेष छुट योजना सार्वजनिक गरेको छ। साउन महिनाको प्रत्येक सोमबार बेलुका ४ बजेदेखि केबलकारमा यात्रा गर्ने नेपाली यात्रुले केवल २५० मै जाने–आउने सेवा उपलब्ध गराउने भएको कम्पनीका जनरल म्यानेजर दिनेश पौडेलले पोखराक्लिकलाई बताए । साउन सोमबार शिवभक्त, सराङकोट धाम पुग्ने दर्शनार्थी तथा पोखराको प्राकृतिक सौन्दर्य अवलोकन गर्न चाहने आन्तरिक पर्यटकलाई लक्षित गरेर यो योजना ल्याइएको उनले बताए । यसले धार्मिक पर्यटनसँगै मनोरञ्जनात्मक यात्रालाई पनि थप… पुरा पढौ

इनर ह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना सम्पन्न ः

इनर ह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २५÷२६ का अध्यक्ष इनर ह्वील अन्जु चालिसेले वर्ष २६÷२७ का नवनिर्वाचित अध्यक्ष इनर ह्वील अनिता पराजुली अधिकारीलाई पद हस्तान्तरण गर्नुभयो । क्लबको नव निर्वाचित उपाध्यक्षमा सम्झना तिमिल्सिना, सचिवमा मुना राना कोइराला, कोषाध्यक्षमा मिना बराल, जोइन्ट सेक्रेटरीमा सिलु चालिसे, आईएसओ शिबु आचार्य अधिकारी, क्लब इडिटरमा तुलसा चापागाईं र बोर्ड मेम्बरमा आनन्द बराल निर्वाचित हुनुभयो । यसअघि कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट ३५० नेपालका अध्यक्ष डा। सृष्टि श्रेष्ठ… पुरा पढौ

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारबाट भुपाल गुरुङ सम्मानित

पोखरा, असार ३१, अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार भुपाल गुरुङ सम्मानित हुनुभएको छ। निर्धारित मितिमा प्रदान गर्न नसकिएको उक्त पुरस्कार बुधबार पोखरामा आयोजित विशेष समारोहमा उहाँलाई अर्पण गरिएको हो। गत जेठ २० गते कास्कीको अन्नपूर्ण गाउँपालिका–घान्द्रुकमा सम्पन्न छैटौँ अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण आरोहण दिवसको समापन समारोहमा गुरुङलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरिएको थियो। विशेष परिस्थितिका कारण निर्धारित मितिमा पुरस्कार वितरण हुन नसकेपछि बुधबार विशेष समारोह आयोजना गरी पुरस्कार अर्पण गरिएको हो। अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष तथा अन्नपूर्ण… पुरा पढौ

पोखरामा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ३ वटा टिप्पर सहित चालक पक्राउ

दीननाथ बराल,पोखरा ३१, असार, पोखरामा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने टिप्पर सहित ३ जना चालक पक्राउ पर्नु भएको छ । पोखराको सेतीनदी किनारामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ३ वटा टिप्पर र चालकलाई पक्राउ गरी कार्वाही गरिएको कास्की प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका–२५ स्थित सेती नदी किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा तीन वटा टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्वाही गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । असार ३० गते राति करिब १०ः१५… पुरा पढौ