राजनीति

आफ्नै पीडालाई भुलेर बाढीपीडितको साथमा ध्रुव थापा र मिलन थापा परिवार, ५० लाख सहयोग

पोखरा, आफ्नो घर–सम्पत्ति गुमाउनुको पीडा भोगिरहेका ध्रुव थापा र मिलन थापा परिवारले आफ्नै दुःखलाई एकातिर पन्छाउँदै बाढी तथा अन्य विपद्बाट प्रभावित परिवारको सहयोगमा हातेमालो गरेका छन् । थापा परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गरेका हुन् । आफ्नै घर खरानी भएको कहालीलाग्दो घटनाको एक वर्ष पुग्नै लाग्दा पनि थापा परिवारको घर पुनर्निर्माण हुन सकेको छैन। अहिले पनि साथीले उपलब्ध गराएको अपार्टमेन्टमा बस्दै आएको परिवारले आफ्नै पीडाका बीच विपद्मा परेका अन्य समुदाय र परिवारका लागि केही गर्नुपर्छ भन्ने… पुरा पढौ

राहत र उद्धारका लागि ७० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थासँग सहयोग मागिएको छ ः अध्यक्ष श्रेष्ठ, लक्ष्मी बिद्या पदकबाट ३ जना सम्मानित, राहत कोषमा २ लाख ५१ हजार सहयोग (भिडियो सहित)

दीननाथ बराल पोखरा, २० भदौ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि राज्यलाई ठूलो आर्थिक स्रोत आवश्यक रहेको बताएका छन् । उनले विपत्तिपछि उत्पन्न संकट सामना गर्न महासंघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट सहयोग जुटाउने पहल थालेको जानकारी दिए । https://www.youtube.com/watch?v=XiqJGx2UCmk&t=5s पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक साधारणसभाको शनिबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले राहत तथा उद्धारका लागि अन्तर्राष्ट्रिय क्षेत्रका ७० भन्दा बढी संघसंस्था तथा निकायलाई सहयोगको आग्रह गर्दै… पुरा पढौ

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले साढे २० लाख राहत कोषमा सहयोग गर्ने

कास्की, कास्कीको माछापुच्छ्रे गाउँपालिकाले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु २० लाख ५२ हजार ६८० सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाको आज (शनिबार) बसेको गाउँ कार्यपालिका बैठकले बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाका जनप्रतिनिधिको मासिक सेवा सुविधाबाट रु ७३ हजार ९००, कर्मचारीबाट रु ५ लाख १४ हजार ७७३, गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत… पुरा पढौ

व्यवसायीले भोगिरहेका समस्या तथा चुनौतीलाई सम्बन्धित निकायसँग आवश्यक पहल गर्छुः उपमहासचिवका प्रत्यासी प्रदीप राजभण्डारी

पोखरा, २० भदौ, पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा उपमहासचिव पदका लागि प्रदीप राज भण्डारीले उम्मेदवारी दिएका छन् । व्यवसायीको हकहित, संघको संस्थागत सुदृढीकरण र व्यावसायिक वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै उनले आफ्नो उम्मेदवारी अघि सारेका हुन् । लामो समयदेखि उद्योगी–व्यवसायीका गतिविधिसँग जोडिँदै आएका भण्डारीले संघभित्रको एकता र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । व्यवसायीका साझा समस्या पहिचान गरी समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्ने उनको भनाइ छ । उपमहासचिव पदका उम्मेदवार भण्डारीले व्यवसायिक विकासलाई प्राथमिकतामा राख्दै नयाँ… पुरा पढौ

१२ वर्षको व्यवसायिक अनुभव बोकेर पोउवा संघको चुनावी मैदानमा राम कँडेल, हँसिलो स्वभाव, कामप्रतिको विश्वास र संस्थागत अनुभवसँगै व्यवसायीको साझा आवाज बन्ने लक्ष्य

पोखरा हँसिलो अनुहार, सरल व्यवहार र कामप्रतिको दृढ विश्वास । व्यवसायमा निरन्तर सक्रियता र सहकर्मी व्यवसायीलाई अघि बढ्न प्रेरित गर्ने स्वभाव। यही पहिचान बोकेर युवा व्यवसायी राम कँडेल पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा खुला सदस्य पदका उम्मेदवार बनेका छन्। करिब १२ वर्षअघि व्यवसायिक क्षेत्रमा प्रवेश गरेका कँडेलले आफ्नो व्यवसायिक यात्रालाई विस्तार गर्दै लैजाँदा हस्पिटालिटी, होटल तथा पर्यटन, मानव संसाधन, सुविधा व्यवस्थापन, ट्रेडिङ, सुरक्षा सेवा तथा नेपाली मौलिक उत्पादनका क्षेत्रमा अनुभव हासिल गरेका छन्। व्यवसायमा आएको उतारचढाव, बजारको परिवर्तन र व्यवसायीले भोग्नुपर्ने… पुरा पढौ

युनाइटेड क्लब पोखराको अध्यक्षमा गणेश तिमिल्सिना

पोखरा, युनाइटेड क्लब पोखराको अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित भएका छन । क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि गणेश तिमिल्सिना अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शान्त बहादुर थापा, प्रथम उपाध्यक्षमा सूर्य बहादुर बानियाँ, द्धितिय उपाध्यक्षमा दिनेश सुनार, महासचिवमा सन्तोष कार्की, कोषाध्यक्ष जयराम आचार्य, सचिवमा विष्णु कुमार गुरुङ, सह कोषाध्यक्षमा शिव थापा निर्वाचित भएका छन । त्यसैगरी कार्यसमिति सदस्यहरुमा पूर्ण कुमार श्रेष्ठ, शान्ति सुवेदी, बुद्ध कार्की, पदम बहादुर कार्की ९बिजय०,… पुरा पढौ

प्रतिभा माविमा शैक्षिक बहसःसिकाई तरिका परिवर्तन गर्न सुझाव

पोखरा, भदौ २०, कक्षाकोठा व्यवस्थापन, विद्यार्थीको सिकाईलाई प्रभावकारि बनाउने तरिका तथा विकसित प्रविधि अनुसार शिक्षण सिकाईलाई कसरी अघि बढाउने भन्ने विषयमा पछिल्लो समय अन्योल उत्पन्न हुँदै गएको छ । त्यही अन्योललाई चिर्न सकिने उपायबारे पोखरामा शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाले गहन छलफल गरेका छन् । काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेशन र पोखराको प्रतिभा माविको आयोजनामा भएको छलफलमा पोखरा क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक सहित शिक्षा क्षेत्रमा सक्रिय पदाधिकारी सहभागि छन् । दुईदिनसम्म चल्ने छलफलले शिक्षण विधिलाई अगाडि बढाउने तरिकाबारे छलफल… पुरा पढौ

मनोहरी पौडेललाई जिताउन बुद्व विशाल बजार व्यापारिक एशोसियसनको आव्हान

‍‍‍पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा खुला सदस्य पदका उम्मेद्वार मनोहरी पौडेललाई विजयी गराउन बुद्व विशाल बजार व्यापारिक एशोसियसनले संस्थागत रूपमा आव्हान गरेको छ। एसोसिएशनले पौडेलको उम्मेद्वारीले व्यवसायीको हक, हित र आवाजलाई संघभित्र थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै आफ्ना सदस्य तथा सम्पूर्ण उधोगी व्यवसायी लगाएत विभिन्न वस्तुगत समितिहरूलाई सक्रिय सहयोग र मतदानका लागि आह्वान गरेको हो। एसोसिएशनका अध्यक्ष बुद्वी बहादुर कुँवर तथा महासचिव थमन सिह गुरूङद्वारा जारी अपीलमा संस्थागत एकता, आपसी सहकार्य र सामूहिक हितलाई केन्द्रमा राख्दै पौडेलको… पुरा पढौ

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भोटेकोशी बाढी प्रभावितलाई १० लाख सहयोग गर्यो

दीननाथ बराल,पोखरा१९, भदौं, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि १० लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । भोटेकोशी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले उक्त रकम सहयोग गरेको जनाएको छ । देशमा विपत्ति पर्दा सहयोगका लागि राज्यसँगै निजी क्षेत्र पनि अघि बढ्नुपर्ने मान्यतालाई आत्मसात् गर्दै कम्पनीले आफ्नो तहबाट उक्त सहयोगगरिएको ीका अध्यक्ष ऐनकुमार शाहीले बताउनु भयो । देशमा विपत्ति परेका बेला आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले सकेको सहयोग… पुरा पढौ

प्रधानमन्त्री दैवी प्रकोप कोषमा मदरल्याण्ड माविको ८ लाख १५ हजार

पोखरा, भदौ १९, रसुवा भोटेकोशीमा आएको बाढीले पीडित बनेका नागरिकको राहत, उद्धार र पुर्नस्थापनाका लागि पोखरा महानगरपालिका–७, मासवारस्थित मदरल्याण्ड माविले ८ लाख १५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयले शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यो रकम जम्मा गरेको हो । विद्यालयका प्राचार्य डा.नारायण बरालका अनुुसार कोषमा रकम जम्मा गर्ने बाहेक विद्यालयको जुनियर रेडक्रस सर्कलमार्फत संकलित राहत सामाग्री जिल्ला रेडक्रस सोसाइटी कास्कीलाइ हस्तान्तरण गरिएको छ । बाढी पीडितहरुको सहयोगार्थ काइन्डनेस क्लव मदरल्याण्डका सदस्य विद्यार्थीको सक्रियतामा… पुरा पढौ

This will close in 20 seconds