राजनीति

मदरल्याण्ड माविका विद्यार्थीले संयुक्त राष्ट्रसंघको नमूना सभामा भाग लिने

पोखरा, माघ २६, पोखरा महानगरपालिका–७ मासवारस्थित मदरल्याण्ड माविका विद्यार्थीले संयुक्त राष्ट्रसंघको नमूना सभामा भाग लिने भएका छन । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय हुने उक्त सम्मेलनमा मदरल्याण्डका ६ जना विद्यार्थी सहभागि हँुदैछन । विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार पाँचदिनसम्म संचालन हुने उक्त सभा आइतबारदेखि सुरु हुँदैछ । विद्यालयका प्राचार्य डा. नारायण बरालको नेतृत्वमा विद्यार्थी र शिक्षक सहितको टोली अमेरिका गएको आचार्यले जानकारी दिए ।आचार्यका अनुसार संयुक्त राष्ट्रसंघकै सभाको शैलीमा आयोजना हुने यो नमूना सभामा नेपालको तर्फबाट मदरल्याण्ड मात्र… पुरा पढौ

कास्की–२ का कांग्रेस उम्मेदवार माधवप्रसाद बास्तोला घाइते, मनिपाल शिक्षण अस्पतालमा उपचार हुदै

पोखरा, कास्की क्षेत्र नं। २ का नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला चुनावी अभियानका क्रममा आफै सिँढीमा लडेर घाइते हुनुभएको छ । आइतबार अपराह्न चुनावी अभियान अन्तर्गत मतदाता भेटघाट गर्ने क्रममा सिँढीबाट चिप्लिएर लड्दा उहाँ घाइते हुनुभएको उहाँको निर्वाचन सचिवालयले जनाएको छ । दुर्घटनापछि उहाँलाई तत्काल पोखरा ११ फूलबारीस्थित मनिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार उम्मेदवार बास्तोलाको देब्रे हात भाँचिएको छ । हाल उहाँको उपचार जारी रहेको अस्पताल श्रोतले पोखराक्लिकलाई जनाएको छ । यसैबीच, नेपाली कांग्रेसका युवा… पुरा पढौ

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

पोखरा ,माघ २५, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’ अभियानलाई तीव्र बनाएका छन्। सोही क्रममा आइतबार कास्की जिल्ला क्षेत्र नम्बर २ अन्तर्गत पोखरा महानगरपालिका–२१ मा उम्मेदवार पौडेलले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै सुझाव संकलन समेत गरेका हुन् । संवाद यात्राअन्तर्गत पोखरा २१का बिभिन्न ठाउँहरु पोखरेल थोक, शिवालय, निर्मल पोखरी, मैदान, ठुलिस्वारा, चिलाउने खर्क तथा थाप्ले–तिलाहारसम्म पुगेर स्थानीय बासिन्दासँग छलफल तथा अन्तरक्रिया… पुरा पढौ

एजेण्डासहितको नयाँ विकल्प हामी हौं, मतदाताले चिन्छन्ः कुशल गुरुङ

पोखरा, २५ माघ, कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्ती, टोलमा पुगेर आफ्ना एजेण्डा बताइरहेका कुशलले नयाँ पार्टी भनेरमात्रै नहेर्न र उसको योजना, क्षमता पनि हेर्न अनुरोध गरेका छन् । कास्कीको अँधेरीखोला, मौजा, सहरी वडादेखि निर्मरपोखरीसम्म आफ्ना एजेण्डा राख्दै मतादातालाई भेट्दै हिँडेका कुशलले देशमा सुशासन र विकासका लागि अनुहारमात्र बदलेर नहुने बताए । ‘सामाजिक सञ्जालमा अहिले गलत सूचना र सामाग्रीको… पुरा पढौ

युवाहरूलाइ सृजनशील उत्पादनसंग जोड्नुर्छ एमाले उम्मेदवार—आचार्य

पोखरा ,माघ २४, ने क पा ( एमाले) कास्की क्षेत्र न २ का प्रतिनिधि सभाका उम्मेदवार रश्मि आचार्यले सृजनशिल युवाहरूलाइ उत्पादन संग जोड्ने गरेर आफू घर घर मा पुग्ने बताएका छन । मर्यादित रोजागारीको बाताबरण निर्माण गर्ने नीति निर्माणमा जोड दिने भन्दै आचार्यले योजनाबद्ध दिगो बिकासका लागि जनताको कर जनतासंगैका कार्यक्रममा आफू प्राथमिकतामा राख्ने उल्लेख गरे।प्रभाबकारी नीति ,कार्यान्वयन मार्फत युबा महिला र पछाडी पारिएकाहरूको सबलिकण गर्न आफू अघि बढ्ने उल्लेख गरे । ने क पा (एमाले ) कास्की क्षेत्र न… पुरा पढौ

नेपाली काँग्रेसको पोखरा–२७ मा सम्पर्क कार्यालय स्थापना

पोखरा, नेपाली काँग्रेस कास्की क्षेत्र नं. १ ले विभिन्न ठाउँमा सम्पर्क कार्यालय स्थापना मतदातासँगको सुझाव संकलनलाई तीव्र बनाएको छ । शनिवार कास्की क्षेत्र नं. १ को पोखरा महानगर पालिका वडा नं. २७ को आवसनगरमा चुनाव प्रचार प्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरिएको छ । सम्पर्क कार्यालयको क्षेत्र नं. १ कास्कीका प्रतिनिधि सभा सदस्य उम्मेदवार तिलक रानाभाटले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार तिलक रानाभाटले देश र जनतासँग डराउने पार्टी भनेकै नेपाली काँग्रेस भएको बताउँदै सधैँ जनताको… पुरा पढौ

कास्की–१ मा गनेस पौडेलको संवाद यात्रा तीव्र ः टोल–टोलमा उत्साहित जनता, परिवर्तनको अपेक्षा

२४ माघ, पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार गनेस पौडेलको ‘स्थानियसँग संवाद यात्रा’ चुनावी अभियानको केन्द्रमा देखिएको छ । कास्की क्षेत्र नम्बर १ पोखरा महानगरपालिका अन्र्तगत वडा नम्बर १३ का टोल–टोल पुगेर जनताको मन बुझ्ने, सुझाव संकलन गर्ने र मत माग्ने क्रममा स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ। शनिबार बिहान ८ बजे पोखरा–१३ पाटन बेसीमा सम्पर्क कार्यालय उद्घाटन तथा संवाद यात्रा कार्यक्रमबाट अभियान सुरु गरिएको थियो । बिहान १० बजे कञ्चन टोल, दिउँसो १२… पुरा पढौ

कास्की १ एमाले सहितका दलबाट नेकपा प्रवेश गर्नेको लर्को, शनिबार ५३ जना नेकपा प्रवेश (भिडियो सहित)

पोखरा, माघ २४, कास्की क्षेत्र नम्बर १ मा एमाले सहितका दल छाडेर नेकपा प्रवेश गर्नेको लर्को नै लागेको छ । जेनजीको माग पूरा गर्ने जनताको भरोसाको रुपमा रहेको पार्टी नेकपा भएकोले उक्त पार्टीमा प्रबेश गरेको उहाँहरुले बताउनु भयो । उक्त अभियान अन्तर्गत शनिबार काहुँखोलामा आयोजित सम्पर्क कार्यालय स्थापना कार्यक्रममा ५३ जना एमाले सहितका अन्य दलका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेको सो क्षेत्रकी चुनावी कमाण्डर तथा समानुपातिक उम्मेदवार सोमती गुरुङले जानकारी दिईन् । https://www.youtube.com/watch?v=9kEhrVy1D4A कार्यक्रममा रणबहादुर विश्वकर्मा सहितका ५३ जना… पुरा पढौ

बद्लिएर आएको कांग्रेसले अब भ्रष्टाचार न्यूनिकरण गर्दै देश सम्हाल्ने जिम्मेवारी लिन सक्छः सभापति थापा

दीननाथ बराल, पोखरा २३, माघ, नेपाली कांग्रेसका सभापति गगन थापाले बद्लिएर आएको कांग्रेसले अब भ्रष्टाचार न्यूनिकरण गर्दै देश सम्हाल्ने जिम्मेवारी लिन सक्ने दाबी गर्नु भएको छ । नेपाली कागेंस गण्डकी प्रदेशको बैठकमा शुक्रबार पोखरामा सम्बोधन गर्दै उहाँले हाल समाजमा नागरिकको व्यापक आक्रोश, राज्यका संस्थाप्रति चरम अविश्वास र सामाजिक कोलाहाल देखिएको उल्लेख गर्दै त्यसलाई सम्हाल्ने ऐतिहासिक जिम्मेवारी अब कांग्रेसको काँधमा आएको उहाँदले बताउनु भयो । भ्रष्टाचारलाई देशको सबैभन्दा ठूलो शत्रुको संज्ञा दिँदै उहाँले व्यक्तिमा होइन, प्रणाली र संस्थागत सुधारमा कांग्रेसको विश्वास… पुरा पढौ

बगैँचा स्पोर्टस् मिट २०८२ सम्पन्न, २६ समूहमा ७९ बाबुनानी पुरस्कृत

पोखरा, २३ माघ, पोखराको बगैँचा मन्टेश्वरी प्री–स्कुलद्वारा आयोजित बगैँचा स्पोर्टस् मिट २०८२ सम्पन्न भएको छ । माघ १८ देखि २३ गतेसम्म सप्ताहव्यापी रूपमा सञ्चालन गरिएको स्पोर्टस् मिटमा १० प्रकारका मनोरञ्जनात्मक खेलहरू समावेश गरिएका थिए । प्रतियोगितामा २६ समूहका ७९ जना बाबुनानीहरूले उत्साहजनक सहभागिता जनाएका थिए । स्पोर्टस् मिटका विजेता बाबुनानीहरूलाई पोखरा महानगरपालिका वडा नं। १५ का कार्यवाहक वडाध्यक्ष बलराम पौडेल, पोखरा–१० का वडा सदस्य पूर्ण न्यौपाने तथा बालविकास विज्ञ प्रभा भुजेलले मेडल र प्रमाणपत्र प्रदान गरे । समापन समारोहमा बोल्दै… पुरा पढौ