राजनीति

पोखराबाट काठमाडौं हवाई उडान बढाउन तीन एयरलाइन्सलाई मेयर आचार्यको आग्रह, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको यात्रु सुरक्षामा जोड

पोखरा, १० भदौ, भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पोखरा–काठमाडौं सडकमार्ग प्रभावित भएपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा–काठमाडौं हवाई सेवा थप गर्न बुद्ध एयर, श्री एयर लायन्स , यति एयरलायन्स तीनवटै कम्पनीलाई आग्रह गर्नुभएको छ । बाढीका कारण स्थलमार्गबाट काठमाडौं जाने अवस्था असहज बनेपछि पोखरामा रहेका स्वदेशी तथा विदेशी पाहुना र अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्ने महानगरवासीलाई सहज बनाउन हवाई उडान बढाउन आग्रह गरिएको उहाँले जनाउनु भयो । मेयर आचार्यले पोखरा–काठमाडौं रुटमा आवश्यकता हेरेर थप उडान सञ्चालन… पुरा पढौ

अन्ततः प्रदेश सरकारमा रहेका एमालेका ४ मन्त्रीले दिए राजीनामा

दीननाथ बराल, पोखरा १०, भदौं, गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका चार मन्त्रीले आज (बुधबार) सामूहिक राजीनामा दिनुभएको छ । एमाले गण्डकी प्रदेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै मन्त्रीहरूले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामा पत्र पेश गर्नु भएको हो । राजीनामा दिनेमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्की र स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे रहनु भएको छ । एमालेबाट सरकारको नेतृत्व गरेका मन्त्री गोविन्दबहादुर नेपालीले… पुरा पढौ

गोगन मा.वि.मा २३ लाख ५२ हजार रुपैयाँ बोलकबोल रकम हस्तान्तरण

पोखरा, १० भदौ, पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन माध्यमिक विद्यलायमा पूर्व बोलकबोल भएको रकम २३ लाख ५२ हजार ४०० रुपैयाँ एक समारोहका बीच आज हस्तान्तरण गरिएको छ । विद्यालयमा २०६६ फागुन १५ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको महायज्ञका क्रममा शिक्षासेवी स्व.भक्तबहादुर बस्नेतले बोलकबोल गर्नुभएको २५ लाख ५५ हजार ५५५ रुपैयाँ बोलकबोल रकम मध्ये बाँकी २३ लाख ५२ हजार ४०० रुपैयाँ उहाँका परिवारजनले आज विद्यालयमा हस्तान्तरण गर्नुभएको हो । स्व.भक्तबहादुर बस्नेतका परिवारजनका तर्फबाट उहाँकी धर्मपत्नी चिनुमाया बस्नेतले सहित छोरा,… पुरा पढौ

व्यवसायीको घरदैलोमा शोभा गौतम प्यानल, ‘सुदृढ संघ, सक्षम नेतृत्व र समृद्ध व्यवसाय’ को प्रतिबद्धता

पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै गर्दा निर्वाचनको माहोल तातेको छ । आगामी भदौ २० र २१ गते हुने महाधिवेशनमा विभिन्न पदका उम्मेदवारहरू व्यवसायी तथा उद्योगीको घरदैलोमा पुगेर आफ्ना एजेन्डा र प्रतिबद्धता प्रस्तुत गर्दै मत माग्न व्यस्त छन् । यसै क्रममा अध्यक्ष पदकी उम्मेदवार शोभा गौतम नेतृत्वको प्यानलले घरदैलो अभियानलाई तीव्रता दिएको छ । गौतमको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार टीकाराम सुवेदी, उद्योग उपाध्यक्षका उम्मेदवार सौगात थापा, वाणिज्य उपाध्यक्षका उम्मेदवार भीम गौतम, महासचिवका उम्मेदवार तारानाथ ढुंगाना, कोषाध्यक्षका उम्मेदवार… पुरा पढौ

‘व्यवसायीको उत्थान, समुन्नत संघ’को नारासहित अर्जुन पोखरेल पुनः अध्यक्षको दौडमा

पोखरा, पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलले निजी क्षेत्रको सुदृढीकरण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालन, साना तथा मझौला व्यवसायीको संरक्षण र युवालाई स्वदेशमै उद्यमशीलतामा आकर्षित गर्ने विषयलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्। ‘व्यवसायीको उत्थानः समुन्नत संघ’ भन्ने मूल नारासहित अध्यक्ष पदमा पुनः उम्मेदवारी दिएका पोखरेलले कठिन अवस्थामा निजी क्षेत्र र व्यवसायीको बलियो खम्बाका रूपमा संघलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।व्यव साय सञ्चालनको चुनौती आफैंले समेत भोगिरहेको उल्लेख गर्दै पोखरेलले व्यवसायीका समस्या आफ्ना व्यक्तिगत सरोकारसमेत… पुरा पढौ

युवाको आवाजदेखि संस्थागत सुदृढीकरणसम्म पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा सौगात थापा

पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६ औँ महाधिवेशनमा उद्योग उपाध्यक्ष पदका लागि युवा व्यवसायी सौगात थापाले उम्मेदवारी दिएका छन्। भाद्र २० र २१ गते हुने महाधिवेशनलाई लक्षित गर्दै थापाले आफू स्वयं युवा व्यवसायी भएकाले नयाँ पुस्ताले उद्योग तथा व्यवसाय क्षेत्रमा भोगिरहेका चुनौती, सम्भावना र आवश्यकतालाई नजिकबाट बुझेको बताएका छन्। अंशुवरा ग्रुपका प्रबन्ध निर्देशक थापा पोखराको व्यवसायिक क्षेत्रमा सक्रिय युवा व्यवसायी हुन्। उनी बैगचा वेलनेस रिसोर्ट प्रालि सञ्चालन तथा व्यवस्थापनसँगै पोखरा ट्रेडमलका प्रबन्ध निर्देशकका रूपमा समेत व्यवसायिक क्षेत्रमा क्रियाशील छन्। विभिन्न… पुरा पढौ

पोखराबाट नियमित अन्तरास्ट्रिय उडान गराउने बिषमा पोखराका पर्यटन व्यवसायी र यूएईका राजदूत बीच छलफल

पोखरा, पोखराबाट नियमित अन्तरास्ट्रिय उडान गराउने बिषमया पोखराका पर्यटन व्यवसायी र यूएईका राजदूतबीच पोखरा–दुबई उडानबारे छलफल भएको छ । पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष तथा नाटा गण्डकी प्रदेशका पूर्वअध्यक्ष पोम नारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य बासुदेव त्रिपाठी, होटल संघ गण्डकी प्रदेशका अध्यक्ष हरि शर्मा गैरे, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, नाट्टा गण्डकी प्रदेशका कार्यकारी सदस्य विजय पौडेल तथा विशेष उपस्थितिका रूपमा नाटा केन्द्रीय अध्यक्ष भरतजंग पाण्डे लगायत पर्यटन व्यवसायीहरूको… पुरा पढौ

संघ हाम्रो परिवार’देखि डिजिटल रूपान्तरणसम्म स् शोभा गौतम प्यानलका प्रतिबद्धता

पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदकी प्रत्याशी शोभा गौतम नेतृत्वको प्यानलले उद्योगी–व्यवसायीको साझा हित, संस्थागत सुशासन, डिजिटल रूपान्तरण, लगानी प्रवद्र्धन तथा पोखराको आर्थिक विकासलाई केन्द्रमा राखेर प्रतिबद्धता सार्वजनिक गरेको छ । आगामी भदौ २० र २१ गते हुने महाधिवेशनका लागि गौतम नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ ढुंगाना, कोषाध्यक्षमा जीवनप्रकाश श्रेष्ठ र उपमहासचिवमा यादव पोखरेल उम्मेदवार छन्। प्यानलले संघलाई पारदर्शी, उत्तरदायी, प्रविधिमैत्री तथा सबै उद्योगी–व्यवसायीको… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघमा दुई प्यानल सहित नयाँ नेतृत्व चयनका लागि चार जनाबीच प्रतिस्पर्धा हुने

दीननाथ बराल,पोखरा ९, भदौं, पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि यही भदौं २० र २१ गते महाधिवेशन हुने भएको छ । संघको अध्यक्ष पदमा दुई प्यानल सहित चार जनाले उम्मेदवारी दर्ता गराएसँगै चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ । निर्वाचनमा अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतम अध्यक्ष पदका लागि मैदानमा उत्र्रिनु भएको हो । चार उम्मेदवारमध्ये बलराम आचार्य र शोभा गौतमले पदाधिकारीसहितको प्यानल बनाएर चुनावी अभियान अघि बढाउदा उत्तममान बुद्धाचार्य र… पुरा पढौ

पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले संस्कृति समूहलाई वाद्यवादन सामग्री हस्तान्तरण

पोखरा, नेपालीहरूका प्रमुख चाडपर्व नजिकिँदै गर्दा पोखरा महानगरपालिका वडा नं ३, नदीपुरस्थित संस्कृति समूहलाई वाद्यवादन सामग्री हस्तान्तरण गरिएको छ। पोखरा महानगरपालिका वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले संस्कृति समूहलाई रु २५ हजार बराबरका विभिन्न वाद्यवादन सामग्री हस्तान्तरण गर्नुभएको हो। चाडपर्वका अवसरमा हुने सांस्कृतिक गतिविधिलाई थप प्रभावकारी बनाउन तथा स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको अध्यक्ष मर्सानीको भनाई रहेको छ । सामग्री हस्तान्तरण गर्दै अध्यक्ष मर्सानीले पोखरा प्राकृतिक सौन्दर्यसँगै कला, संस्कृति र… पुरा पढौ

This will close in 20 seconds