राजनीति

प्रत्येक कार्यालयमा सूचना अधिकारी तोकी नागरिकलाई सूचना उपलब्ध गराउने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन

कास्की, पोखरामा सूचनाको हक सम्बन्धी ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयनका विषयमा अन्तरक्रिया सहित सूचना अधिकारी बैठक सम्पन्न भएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा मंगलबार बसेको बैठकमा जिल्लास्थित सरकारी तथा सार्वजनिक निकायका सूचना अधिकारीहरू, सञ्चारकर्मी तथा सूचना अभियन्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीहरू चित्राङगत बराल र शिव लम्साल ले सूचनाको हक सम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराउँदै प्रत्येक कार्यालयमा सूचना अधिकारी तोकी नागरिकलाई सूचना उपलब्ध गराउने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न आग्रह गर्नुभयो। प्रमुख जिल्ला अधिकारी… पुरा पढौ

पोखरामा अवैध ट्रान्स पार्टी गरिरहेको अवस्थामा ३८ जना पक्राउ

पोखरा, सायद कसैले कल्पना पनि नगरेको दृश्य सोमबार राति पोखराको सेदीस्थित सामुदायिक वन नजिकै देखियो। संगीतको तेज धुन, जंगलको एकान्त वातावरण र त्यसैबीच लागुऔषधको नशामा रमाइरहेका युवायुवती—यही अवस्थाबाट प्रहरीले ३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र लागुऔषध नियन्त्रण ब्युरो पोखराको संयुक्त टोलीले राति करिब १ः३० बजे गोप्य सूचनाका आधारमा छापा मारेको थियो। यो ट्रान्स पार्टी कम्तीमा ७२ घण्टासम्म सञ्चालन गर्ने योजना बनाइएको रहेछ। तर प्रहरीको सक्रियताले पहिलो रातमै उक्त योजना असफल बनायो। प्रहरीले… पुरा पढौ

काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ

काठमाडौं, काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ परेका छन्। आज (मंगलबार) बिहान काठमाडौँ उपत्यका प्रहरी कार्यालयको टोलीले सुविधानगरस्थित निवासबाट नियन्त्रणमा लिएको प्रहरी श्रोतले जनाएको छ । रिजालमाथि गत भदौ २३ र २४ गते भएको तथाकथित “जेनजी आन्दोलन” मा दमन गरेको आरोप लागेको छ। सो समयमा उनी काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रूपमा कार्यरत थिए। आन्दोलनपछि उनी एक महिनाभित्रै उक्त पदबाट बाहिरिएका थिए । यस प्रकरणमा गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले विस्तृत अनुसन्धान गर्दै रिजाललाई दोषी ठहर गरी… पुरा पढौ

कसैले पनि कानून हातमा लिनु हुँदैनः मुख्यमन्त्री पाण्डे, सहारा क्लव सहित ३ पत्रकार सम्मानित (भिडियो सहित)

पोखरा, १६ चैत, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कानून बाधक बनेको अवस्थामा त्यसलाई संशोधन गर्न सकिने स्पष्ट पार्दै कसैले पनि कानून हातमा लिन नहुने बताएका छन्। नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा ७१औँ स्थापना दिवसको अवसरमा पोखरामा सोमबार आयोजित पत्रकारिता सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो धारणा व्यक्त गरेका हुन्। https://www.youtube.com/watch?v=1n4JBBR9hhI उनले वर्तमान राजनीतिक परिस्थितिमा सत्ता पक्ष बलियो र प्रतिपक्ष कमजोर रहेको उल्लेख गर्दै यस्तो अवस्थामा पत्रकारिता क्षेत्रको जिम्मेवारी अझ बढेको तर्क गरे । “अहिलेको अवस्थामा पत्रकारिता कमजोर… पुरा पढौ

कार्की आयोगको प्रतिवेदन जलाउँदै पोखरामा पनि एमालेका नेता तथा कार्यकर्ता सडकमा

दीननाथ बराल. पोखरा १४, चैत जेन–जी आन्दोलन छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै नेकपा एमाले निकट विद्यार्थी तथा युवा संगठनहरूले पोखरामा प्रदर्शन गरेका छन्। प्रतिवेदनलाई ‘एकपक्षीय र पूर्वाग्रही’ भएको आरोप लगाउँदै प्रदर्शनकारीहरूले सार्वजनिक रूपमा प्रतिवेदन जलाएर विरोध गरेका हुन् । कार्की आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले शनिबार पक्राउ गरेपछि विरोध झन् चर्किएको हो। पार्टी नेतृत्वमाथि ‘थरपकड’ गरिएको भन्दै अनेरास्ववियु र युवा संघ नेपालको अगुवाइमा पोखरामा विरोध प्रदर्शन गरिएको… पुरा पढौ

प्रतिभा माविमा बिदाई, भविश्य उज्जवल बनाउन लगनशीलता र अटुट निरन्तरता चाहिन्छः अध्यक्ष पौडेल

पोखरा, चैत १४, पोखराको पालिखेचोकस्थित प्रतिभा माविले कक्षा १२ का विद्यार्थीलाई शनिबार एक कार्यक्रम आयोजना गरि बिदाई गरेको छ । कक्षा १२ को अन्तिम परीक्षाको पर्खाइमा रहेका विद्यार्थीलाई विद्यालयले शनिबार बिदाई गरेको हो । बिदाई कार्यक्रमका लागि कक्षा ११ का विद्यार्थीले संयोजन गरेका थिए । शनिबार आयोजित बिदाई कार्यक्रमको प्रतिभा मावि संचालक समितिका अध्यक्ष नारायण पौडेलले उद्घाटन गरेका थिए । अध्यक्ष पौडेलले कक्षा ११ ले १२ का विद्यार्थीलाई बिदाई गर्नु आफैमा गतिलो संस्कार भएको बताए । उनले कम्तिमा दुइवर्षको यो… पुरा पढौ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ, प्रतिशोध होइन गृहमन्त्री गुरुङ

काठमाण्डौं, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आज बिहानै पक्राउ गरेको छ । गृहमन्त्री सुधन गुरुङले यो कदम प्रतिशोध नभई “न्यायको सुरुआत” भएको स्पष्ट पार्नुभएको छ । जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदनका आधारमा प्रहरीले आज बिहानै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई नियन्त्रणमा लिएको श्रोेतको भनाई छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुखका अनुसार प्रहरी टोली बिहान करिब ५ बजे भक्तपुरको सूर्यविनायकस्थित निवासमा पुगेर दुवै नेताहरूलाई पक्राउ गरी काठमाडौँ ल्याएको हो ।… पुरा पढौ

धार्मिक पदमार्ग विकासमा मन्त्री पौडेलको जोड, “म आफैँ लेखक र पदयात्री, समस्यासँग परिचित छु”

पोखरा, नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल(गनेस) ले पद बहालीसँगै नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेल बाट राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उहाँ सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएको हो। वालेन्द्र शाह नेतृत्वको सरकारमा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री पौडेललाई मन्त्रालयका सचिव, विभागीय प्रमुख तथा कर्मचारीहरूले स्वागत गरेका थिए। पद बहालीपछि कर्मचारीलाई सम्बोधन गर्दै उहाँले पर्यटन क्षेत्रलाई मुलुकको समृद्धिको आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।… पुरा पढौ

अति तथा मध्यम गरिब घर परिवारलाई महानगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने

पोखरा, १३ चैत्र, पोखरा महानगरपालिकाका अति तथा मध्यम गरिब घर परिवारलाई महानगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । सो का लागि महानगरपालिका र स्वास्थ्य बिमा बोर्ड, गण्डकी प्रदेश बिच सम्झौता समेत भइसकेको छ । पोखरा महानगरपालिकाको अति तथा मध्यम गरिब घर परिवारको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि विपन्न नागरिकहरूलाई स्वास्थ्य बिमा कार्यान्वयन कार्यविधि, २०८२, स्वास्थ्य बिमा ऐन र नियमावली बमोजिम यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । पोखरा महानगरपालिका गरिब घर धुरी पहिचान तथा परिचय पत्र विवरण मार्फत भूमि… पुरा पढौ

स्याङ्जाको स्वरेक कोटमा १२६ किलोको घण्टी र त्रिशूल स्तम्भ स्थापना

पोखरा, १३ चैत, स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ । स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशकी पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य सरस्वती अर्याल तिवारी ले ठूलो घण्टी र त्रिशूल स्तम्भको अनावरण गरिन्। सानो घण्टी ३० केजी को भने ज्येष्ठ नागरिकमार्फत अनावरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तिवारीले स्वरेक कोट आफ्नो माइती गाउँसँग… पुरा पढौ