राजनीति

भारतमा स्थगित गोर्खा भर्ती केन्द्र पुनः सञ्चालन गर्न सेना प्रमुख सेठसमक्ष आग्रह

दीननाथ बराल, पोखरा, नेपालबाट भारतीय सेनामा हुने गोर्खा भर्ती पुनः सञ्चालन गर्न भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठसमक्ष पोखरामा आग्रह गरिएको छ । नेपाल भ्रमणमा रहेका जनरल सेठ आज (बुधबार) पोखराको रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालयमा आयोजित कार्यक्रममा सहभागी भएका बेला भारतीय भूतपूर्व सैनिकहरूले अग्निपथ योजना अन्तर्गत गोर्खा भर्ती खुलाउन पहल गर्न आग्रह गरेका गर्नु भएको हो । भारतीय पूर्वसैनिक कल्याणकारी संघ नेपालका सहअध्यक्ष तथा गण्डकी अध्यक्ष क्याप्टेन गजबहादुर थापाले जनरल सेठसँग प्रत्यक्ष भेट गर्दै नेपालबाट भर्ती रोकिँदा हजारौँ नेपाली… पुरा पढौ

टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्य नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको सदस्यमा मनोनयन

पोखरा, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद आचार्य नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेशको आमन्त्रित सदस्यमा मनोनयन भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेशको २०८३ जेठ २४ गते बसेको दोस्रो कार्यकारिणी समिति बैठकले आचार्यलाई आमन्त्रित सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो । महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेलले आचार्यलाई मनोनयन गरिएको पोखराक्लिकलाई जानकारी दिँदै महासंघलाई सशक्त रुपमा अघि बढाउने कार्यमा उनको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरेका छन् । महासंघको सदस्यमा मनोनयन भएपछि… पुरा पढौ

प्रदेश खेलकुद परिषद् गण्डकीको पदक वितरणमा गम्भीर त्रुटि, छानविन समितिले बुझायो प्रतिवेदन

पोखरा, प्रदेश खेलकुद परिषद् गण्डकी (गखेप) ले गरेको पदक वितरण प्रक्रियामा गम्भीर कमजोरी र कार्यविधिको उल्लंघन भएको निष्कर्षसहित छानविन समितिले प्रतिवेदन सरकारलाई बुझाएको छ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव शेषनारायण पौडेलको संयोजकत्वमा गठित समितिले सोमबार मन्त्रीलाई प्रतिवेदन बुझाएको हो। परिषद्ले पदक वितरण गर्दा सम्बन्धित सिफारिस समितिको निर्णय र सिफारिसलाई बेवास्ता गरेको विषय सार्वजनिक भएपछि मन्त्रालयले छानविन समिति गठन गरेको थियो । छानविनका क्रममा पदक वितरणको प्रक्रिया, कानुनी व्यवस्था, सम्बन्धित कार्यविधि तथा निर्णय प्रक्रियाको अध्ययन गर्दा विभिन्न चरणमा गम्भीर… पुरा पढौ

सिटीवानले पाँचौ संस्करणको तीज गीत मेला गर्ने, मेला भाद्र २३ गते गण्डकी प्रज्ञा प्रतिष्ठानमा हुने

गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सिटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर गर्दै यस वर्ष पनि सास्कृतीक तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । “तीजको वेला सिटीवानको सास्कृतीक मेला, प्रदेश स्तरीय पाँचौ खुल्ला तीज गीत प्रतियोगिता–२०८३” नाममा टेलिभिजनले तीजका सास्कृतीक पक्षहरुको संरक्षण गर्ने उद्धेश्यले मेला आयोजना गरेको टेलिभिजनले जनाएको हो । टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले पछिल्लो समयमा डिजिटल प्रविधिको प्रयोगका कारण नेपालीहरुका कतिपय संस्कृतीहरु लोप हुन लागेको भन्दै सवैको संस्कृती संरक्षणमा टेलिभिजन लाग्ने धारणा राखिन् ।… पुरा पढौ

पत्रकार किशोर श्रेष्ठ हिरासतबाट मुक्त, प्रेस स्वतन्त्रताबारे सर्वोच्चको महत्वपूर्ण व्याख्या

काठमाडौं, सर्वोच्च अदालतको आदेशपछि अग्रज पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ हिरासतबाट मुक्त भएका छन्। न्यायाधीशद्वय डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई हिरासतमा राखिरहन आवश्यक नदेखिएको भन्दै हाजिर जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो। एक युवतीको तस्बिर र समाचार जनआस्थामा प्रकाशित भएपछि वैयक्तिक गोपनीयताको हक उल्लङ्घन भएको भन्दै श्रेष्ठविरुद्ध जाहेरी परेको थियो। सोही जाहेरीका आधारमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरी हिरासतमा राखेको थियो। मुद्दाको सुनुवाइका क्रममा प्रकाशित तस्बिर सम्बन्धित युवती आफैंले… पुरा पढौ

पोखरा–२२ का २ सय परिवारलाई पहिलो चरणमा इन्डक्सन चुल्हो वितरण (भिडियो सहित),गाउँका सबै घर धुरीलाई चुल्हो वितरण हुने

दीननाथ बराल, पोखरा, १ भदौ, हाल देश भर खाना पकाउने ग्यास अभाव भएको अबस्थामा पोखरा महानगरपालिका वडा नं. २२ (पुम्दी–भुम्दी) का २ सय परिवारलाई बिद्युतीय (इन्डक्सन) चुल्हो वितरण गरिएको छ । बजारमा ग्यास अभाव हुन थाले पछि वडाबासीलाई त्यसको विकल्पका रूपमा पोखरा २२ वडा कार्यालयले विद्युतीय (इण्डक्सन) चुल्हो वितरण गर्ने अभियान आज सोमबारदेखि सुरु गरेको हो । https://www.youtube.com/watch?v=o0ADYbe71Fg वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागत साझेदारीमा सोमबार पहिलो चरणमा २ सय वटा मात्र चुल्हो वितरण गरिएको… पुरा पढौ

फेसबुकबाट घोषणा गर्दै पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुनसहित चार जना प्रत्यासी बिच प्रतिष्प्रर्धा हुने

पोखरा, ३१ साउन पोखरा उद्योग वाणिज्य संघको आगामी ७२औँ वार्षिक साधारणसभा तथा ३६औँ महाधिवेशन नजिकिँदै जाँदा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ। भदौ २० र २१ गते हुने महाधिवेशनमा अध्यक्ष पदका लागि यसअघि तीन जनाले उम्मेदवारी घोषणा गरिसकेका छन्। पछिल्लो समय युवा व्यवसायी अर्जुन पोखरेलले पनि सामाजिक सञ्जालमार्फत अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेसँगै अध्यक्षका आकांक्षीको संख्या चार पुगेको छ। पोखरेलले फेसबुक स्टाटसमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै निजी क्षेत्रका मुद्दालाई खरो रूपमा उठाउने र व्यवसायीका समस्या समाधानका लागि निडर… पुरा पढौ

सहारा एकेडेमीको सहयोगार्थ ‘समर हाइकिङ फर च्यारिटी’ सम्पन्न (भिडियो सहित)

दीननाथ बरालपोखरा, ३० साउन, सहारा फुटबल एकेडेमीको सहयोगार्थ पोखरामा आयोजना गरिएको ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ सम्पन्न भएको छ । पोखरा महानगरपालिका–९ को समन्वय तथा सहारा क्लब पोखराको आयोजनामा भएको हाइकिङमा २ सय १५ जनाको सहभागिता रहेको क्लबले जनाएको छ । https://www.youtube.com/watch?v=E_tqCyo2F04 पोखरा–९ स्थित फल्चाबाट सुरु भएको हाइकिङ रानीपौवा, चापापानीचोक हुँदै पर्यटकीय क्षेत्र काहुँडाँडामा पुगेर समापन भएको थियो । हाइकिङको उद्घाटन पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले रिबन काटेर गर्नुभएको थियो । काहुँडाँडामा आयोजित समापन समारोहमा बोल्दै वडाध्यक्ष मर्सानीले सहारा क्लबले… पुरा पढौ

कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको पहुँच बढाउन जनप्रतिनिधि र कृषकसँग अन्तरक्रिया

स्याङ्जा, श्रावण २९, कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको आवश्यकता, महत्व र बीमा दाबी भुक्तानी प्रक्रियाबारे स्थानीय जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी तथा कृषकलाई जानकारी गराउने उद्देश्यले स्याङजाको अर्जुनचौपारी गाउँपालिकामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको आयोजना तथा अर्जुनचौपारी गाउँपालिकाको सहयोगमा गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा निजीवन बीमाअन्तर्गत सम्पत्ति बीमा, मोटर बीमा, हवाई बीमा, पशुपन्छी तथा जडीबुटी बीमालगायत विभिन्न प्रकारका बीमाको आवश्यकता, महत्व, जोखिम न्यूनीकरण तथा दाबी भुक्तानी प्रक्रियाबारे विस्तृत जानकारी गराइएको थियो। कार्यक्रममा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका गण्डकी… पुरा पढौ

स्टेप बाई स्टेप मा.वि.मा चेस प्रतियोगिता

पोखरा, २९ साउन, पोखरा मासवारमा रहेको स्टेप बाई स्टेप माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीबीच चेस प्रतियोगिता उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूमा तार्किक सोच, एकाग्रता, धैर्यता तथा निर्णय क्षमता विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विद्यालयका १५५ जना छात्र तथा छात्राले सहभागिता जनाएका थिए। प्रतियोगिताको अवसरमा विद्यालयका प्राचार्य निर्मला बरालले चेस खेलले विद्यार्थीहरूको बौद्धिक तथा तार्किक क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले अध्ययनसँगै यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा समेत सहयोग पुग्ने धारणा व्यक्त गरिन्। त्यसैगरी… पुरा पढौ

This will close in 20 seconds