राजनीति

पोखरा वडा नं.२२ मा वडा युवा परिषद्को कार्यालय शुभारम्भ

पोखरा, अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा महानगरपालिका नगर युवा परिषद् तथा वडा कार्यालयअन्तर्गत रहेको वडा युवा परिषद्ले पोखरा–२२ मा आफ्नो कार्यालयको शुभारम्भ गरेको छ। कार्यालय शुभारम्भ कार्यक्रमको अध्यक्षता नगर युवा परिषद्का सदस्य तथा वडा युवा परिषद्का अध्यक्ष दिनेश बरालले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा अध्यक्ष हिमलाल बराल तथा विशेष अतिथिका रूपमा नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपाने को उपस्थिति रहेको थियो। कार्यक्रममा वडा अध्यक्ष हिमलाल बरालले वडा युवा परिषद्को कार्यालय नियमित रूपमा खुला राखी वडाभरिका युवाहरूलाई परिषद्… पुरा पढौ

खौलालाँकुरी सम्पर्क समाजको मानव सेवा आश्रममा सहयोग

पोखरा खौलालाँकुरी पोखरा सम्पर्क समाजले छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रितलाई मंगलबार बेलुकाको खाना खुवाएको छ । संस्था स्थापनाको आठौं वर्ष प्रवेश गरेको अवसरमा समाजले यस्तो सहयोग गरेको हो । आश्रममा ९० जना (महिला) आश्रित छन् । उक्त कार्यक्रमको उद्घाटन गर्दै समाजका अध्यक्ष लालप्रसाद शर्माले समाजको आठौ वर्षको यात्रा केवल वर्ष गन्तीको मात्र यात्रा नभई सामाजिक भावना, आपसी एकता, सहकार्य र सेवाको यात्रासमेत रहेको बताए । ‘समाज परिवर्तन ठूलो कामबाट मात्र हुँदैन । कहिलेकाहीँ एउटा व्यक्तिलाई दिएको सहयोग, एक छाक खाना,… पुरा पढौ

पृथ्वीराजमार्ग बसपार्क अगाडि अब जथाभावी पार्किङ गर्न नपाइने, सबै बस बसपार्कबाटै सञ्चालन हुने

दीननाथ बराल, पोखरा २६, साउन, पोखराको पृथ्वीचोक क्षेत्रलाई व्यवस्थित बनाउने अभियान सुरु भएको छ । पोखरा बसपार्क निर्माणका लागि बसपार्कभित्र रहेका केही संरचना हटाइएसँगै अब पृथ्बीचोक क्षेत्रका पृथ्वीराजमार्गको सडक तथा फुटपाथमा हुने जथाभावी पार्किङ र यात्रु चढाउने–ओराल्ने कार्यलाई पूर्ण रूपमा रोक्ने अभियान आजबाट सुरु भएको हो । तष्विर शुदर्शन रञ्जित अब पृथ्वीचोक हुँदै पोखरा भित्रिने तथा बाहिरिने सार्वजनिक सवारीसाधनले सडक र फुटपाथबाट यात्रु चढाउने–ओराल्ने पाउने छैनन् । सबै बसले पोखरा बसपार्कभित्रैबाट यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाइने भएको छ ।… पुरा पढौ

कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

पोखरा ,साउन २६, गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धि मापदण्ड ,२०८३ अनुसार गठित कास्की जिल्लास्तरिय पुनरावलोकन अध्ययन समितिले पालिकाहरूलाई सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद मिति २०८३ साउन २६ गतेबाट ७ दिन थप गरिएको छ । समितिले मिति २०८३ साउन ११ गतेको पत्र मार्फत पन्ध्र दिन भित्र अध्ययन समिति समक्ष प्रस्ताब पठाउन आग्रह गरेको थियो। सो अबधिमा अन्नपूर्ण गाउपालिकाको मात्रै प्रस्ताब प्राप्त भएको हुँदा बाँकी पालिकाहरूलाई प्रस्ताब पठाउन सात दिनको म्याद थप… पुरा पढौ

सहारा एकेडेमीको सहयोगार्थ आयोजना हुने च्यारिटी समर हाइकिङको पूर्व अवसरमा फल्चा तथा अन्तर्राष्ट्रिय झण्डा पार्कमा सरसफाइ तथा पुष्परोपण (भिडियो सहित)

जया पौडेल,पोखरा, २६ साउन, सहारा एकेडेमीको सहयोगार्थ आउँदो शनिबार पोखरामा आयोजना हुने ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ को पूर्व अवसरमा आज (मंगलबार) पोखरा–९ स्थित फल्चा तथा अन्तर्राष्ट्रिय झण्डा पार्कमा सरसफाइ तथा पुष्परोपण गरिएको छ । सहारा क्लब पोखराको आयोजना तथा पोखरा महानगरपालिका–९ को समन्वयमा हुने च्यारिटी हाइकिङको प्रचारप्रसारसँगै पर्यटकीय क्षेत्रको संरक्षण र सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले सरसफाइ तथा पुष्परोपण गरिएको क्लवले जनाएको छ । https://www.youtube.com/watch?v=nzVSF82lr5E&t=1558s कार्यक्रममा विभिन्न जातका एक सय भन्दा बढी फूलका बिरुवा रोप्नुका साथै फलफूल तथा अन्य रुखका बिरुवाको… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघमा अध्यक्षका लागि ३ जना बुद्धाचार्य, आचार्य र गौतम आकांक्षी, चुनावी सरगर्मी बढ्दो

दीननाथ बराल,पोखरा २५, साउन, पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको आगामी ७२ औं साधारण सभा तथा ३६ औँ महाधिवेशन नजिकिँदै जाँदा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । आगामी भदौ २० र २१ गते हुने महाधिवेशनमा अध्यक्ष पदका लागि हालसम्म तीन जनाले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छन् । हालसम्म संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, वाणिज्य उपाध्यक्ष बलराम आचार्य र महासचिव शोभा गौतमले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै, अर्जुन पोखरेलको नाम पनि… पुरा पढौ

गण्डकी खेलकुद पदक विवादमा परे पछि छानबिन समिति गठन, दोषी उपर कार्वाही गर्ने मन्त्री गुरुङको चेतावनी, साउन २९ गते भित्र प्रतिवेदन बुझाउने सचिव पौडेलको तयारी

दीननाथ बराल,पोखरा २५, साउन, ‘गण्डकी प्रदेश खेलकुद पदक’ विवादमा परेपछि अन्ततः गण्डकी प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ । गण्डकी प्रदेश खेलकुद परिषद्ले पहिलोपटक वितरण गरेको उक्त पदक वितरण प्रक्रिया, छनोट तथा सिफारिस, कार्यविधिको कार्यान्वयन र सार्वजनिक रूपमा उठेका अनियमितता तथा मिलेमतोका आरोपबारे सत्यतथ्य पत्ता लगाउन प्रदेश सरकारले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा मन्त्रालयका उपसचिव÷प्रवक्ता घनश्याम पौडेल र अधिकृत आठौ तहका कर्मचारी नारायण बास्तोला… पुरा पढौ

पोउवा संघको सचिवालय अगाडि बन्यो चौतारो,रोपियो नारेश्वर

पोखरा, पोखरा उद्योग वाणिज्य संघले पोखरा ४, गैह्रापाटनमा रहेको सचिवालय अगाडि बिश्राम गर्ने चौतारी निर्माण गरेको छ । चौतारीमा आइतबार पोखरा महानगपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले नारेश्वरको विरुवा रोपे । उनले चौतारोको अनावरणसमेत गरे । यसअघि पनि सो ठाउँमा चौतारौ नै रहेको थियो । तर, चौतारोमा रहेको राजवृक्ष सुकेपछि त्यसको पुननिर्माण र नयाँ विरुवा रोपिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकर्ण कार्कीले जानकारी दिए । चौतारो निर्माणको अभियानलाई वडा कार्यालय… पुरा पढौ

सामुदायिक वन दिवसः रातोपैह्रा वनमा २५० बाँसका विरुवा रोपियो

पोखरा, २४ साउन, सामुदायिक वन दिवसको उपलक्ष्यमा पोखरा १७ स्थित रातोपैह्रा सामुदायिक वन क्षेत्रमा बृक्षारोपण कार्यक्रमको आयोजना गरियो । सो अवसरमा वन क्षेत्रको भिरालो पाखोमा २५० वटा बाँसका विरुवा रोपिएको हो । पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले बाँसको विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै मानव जीवनको हरेक सुख, दुःखमा बाँसको महत्व रहेको बताउनुभयो । पोखरा १७ मा रातोपैह्रा र कालजरुवा दुईवटा सामुदायिक वन समुह रहेको उल्लेख गर्दै उहाँले चितवन जिल्लाबाट एक लाख रुपैयाको लागतमा खरिद गरिएका ५०० बाँसका विरुवा… पुरा पढौ

आजदेखि पोखराका खुद्रा पसलबाटै ग्यास वितरण हुदै, बजारमा ७ हजार भन्दा बढी सिलिण्डर आउने तयारी

दीननाथ बराल, पोखरा, २४, साउन, पोखरामा केही दिनयता देखिएको खाना पकाउने एलपी ग्यासको अभाव कम गर्न प्रशासनले वितरण प्रणालीलाई थप सहज बनाएको छ । अब आज (आइतबार) देखि उपभोक्ताले मुख्य डिलर वा डिपोमा लामो लाइन बस्नुपर्ने बाध्यता हटाउँदै आफ्नै नजिकका अधिकृत खुद्रा तथा किराना पसलबाटै ग्यास खरिद गर्न पाउने भएका छन् । पोखरा क्षेत्रका सबै अधिकृत ग्यास खुद्रा पसलबाट ग्यास बिक्री गर्ने गरी व्यवस्था मिलाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनु भयो । शनिबार ग्यास डिपो तथा बिक्री… पुरा पढौ

This will close in 20 seconds