राजनीति

ढिकुरपोखरीको माछापुच्छ्रे माविका पूर्व विद्यार्थी मञ्चद्धारा निःशुल्क आँखा शिविर सञ्चालन, ५ सय जना लाभान्वित

पोखरा, कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीस्थित श्री माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसमा आयोजित एकदिने निःशुल्क आँखा शिविरबाट करिब ५ सय जना लाभान्वित भएका छन्। पूर्व विद्यार्थी मञ्च, माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसको आयोजनामा सम्पन्न शिविरमा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायका नागरिकले निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा लिएका हुन् । पूर्व विद्यार्थी मञ्चको आयोजना, अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोग, हिमालयन आँखा अस्पताल घारीपाटनको प्राविधिक सहयोग तथा माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसको स्थानीय व्यवस्थापनमा शिविर सञ्चालन गरिएको हो । शिविरमा आँखा परीक्षण… पुरा पढौ

भुर्तेल आधारभूत विद्यालयलाई १ लाख ७० हजार रुपैयाँ बराबरका शैक्षिक सामग्री हस्तान्तरण

पोखरा, पोखरा महानगरपालिका–२८ स्थित श्री भुर्तेल आधारभूत विद्यालय, स्याङखुदी लाई करिब १ लाख ७० हजार रुपैयाँ बराबरका कम्प्युटर, प्रिन्टर तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका–२८ का वडा अध्यक्ष कृष्ण लामिछाने को उपस्थितिमा विद्यालयलाई आवश्यक शैक्षिक तथा प्रविधिमैत्री सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिकी कार्यवाहक अध्यक्ष सबिता तिवारी को अध्यक्षतामा सम्पन्न भएको थियो । विद्यालयले प्राप्त सामग्रीले शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, आधुनिक र प्रविधिमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त… पुरा पढौ

पोखरामा करिब ३ बर्ष अघि निर्माण सम्पन्न भएको विद्युतीय शवदाह गृह अझै संचालनमा आउन सकेन, तत्काल संचालन गर्न स्थानियको माग

दीननाथ बराल, पोखरा २१, साउन, पोखरा महानगरपालिका–१० रामघाटमा करिब ३ बर्ष अघि निर्माण भएको आधुनिक विद्युतीय शवदाह गृह हालसम्म पनि संचालनमा आउन सकेको छ्रैन् । पोखरा महानगरपालिकाले आवश्यक कार्यविधि तयार गरिसकेको र केही प्राविधिक तथा व्यवस्थापकीय प्रक्रिया पूरा भएपछि छिट्टै विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याइने तयारी गरिएको पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारी ले पोखराक्लिकलाई बताउनु भयो । “विद्युतीय शवदाह गृह सञ्चालनसँग सम्बन्धित केही व्यवस्थापकीय तथा प्राविधिक विषय अध्ययन गरेर आवश्यक कार्यविधि तयार गरिएको छ । अब केही समयभित्रै शवदाह… पुरा पढौ

मर्दी हिमालमा तीन दिन देखि अलपत्र परेका पोखराका तीन युवाको सशस्त्र प्रहरी सहितको टोलीको साहसिक उद्धार

दीननाथ बराल, पोखरा, साउन २१, सशस्त्र प्रहरी बल सहितको साहसिक टोलीले कास्कीको मर्दी हिमाल पदयात्राका क्रममा बाटो बिराएर तीन दिनदेखि अलपत्र परेका पोखराका तीन जना युवाको आज (विहिबार) सकुशल उद्धार गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका कास्कीको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयको संयुक्त प्रयासपछि उहाँहरुलाई अन्नपूर्ण गाउँपालिका–११ अन्तर्गत छुमरुङ फेदी नजिकको मोदी खोलाको पारिपट्टिबाट सुरक्षित उद्धार गरिएको स्थानियले बताउनु भयो । उद्धार गरिएका युवामा पोखरा महानगरपालिका–१४ खसिबजारका २६ वर्षीय करण लामा, २४… पुरा पढौ

पोखरामा एलपी ग्यास सहज पार्न भोलि (शुक्रबार) देखि खुद्रा पसलबाटै बिक्रि वितरण हुने, स्टोर नगर्न आग्रह

दीननाथ बराल, पोखरा २१, साउन, गण्डकी प्रदेशको राजधानी पोखरामा केही दिनदेखि देखिएको खाना पकाउने एलपी ग्यासको अभाव अब विस्तारै हटाउने रणनीतिमा प्रशासन र व्यावसायीले अधिकृत डिलर र खुद्रा पसलबाट बिक्रि वितरण गर्न निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबारदेखि पोखराका सबै अधिकृत डिलर र खुद्रा बिक्री केन्द्रमार्फत नियमित वितरण गर्ने तयारी गरेसँगै बजारको अवस्था सहज बनाउने भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पोखराक्लिकलाई बताउनु भयो । https://www.youtube.com/watch?v=CXYk9fiHOvg&t=8s उहाँका अनुसार पोखरामा दैनिक ६ हजारदेखि ८ हजार ५… पुरा पढौ

नेपालमै इजरायली आधुनिक कृषि भित्र्याउने पहल ः पोखराका मेयर धनराज आचार्य र इजरायली राजदूतबीच सहकार्य विस्तारको संकेत

दीननाथ बराल, पोखरा २०, साउन, नेपालमै इजरायलको आधुनिक कृषि प्रविधि भित्र्याउने तथा पर्यटन, प्रविधि, रोजगारी र प्राविधिक ज्ञान आदान–प्रदानलाई नयाँ उचाइमा पु¥याउने उद्देश्य सहित पोखरा महानगरपालिका र इजरायल बीच सहकार्य विस्तार गर्ने विषयमा महत्वपूर्ण छलफल भएको छ । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बास र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँग आज शिष्टाचार भेट गर्दै दुवै पक्षका साझा हितका विविध विषयमा विस्तृत संवाद गर्नु भएको हो । भेटका क्रममा मेयर आचार्यले पोखरा महानगरपालिकाका कर्मचारी तथा प्राविधिक जनशक्तिको दक्षता अभिवृद्धिका लागि… पुरा पढौ

इजरायलमा नेपालीका लागि थप रोजगारीको अवसर विस्तार गरिने ः राजदूत बास

दीननाथ बराल, पोखरा, साउन २०, नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले इजरायलमा नेपाली श्रमिकका लागि थप रोजगारीका अवसर विस्तार गर्न पहल गरिने बताउनुभएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शिष्टाचार भेटका क्रममा राजदूत बासले नेपाली श्रमिकको सीप, दक्षता र श्रमको कदर गर्दै भविष्यमा थप रोजगारीका अवसर सिर्जना गर्न इजरायल सकारात्मक रहेको धारणा राख्नुभएको हो । भेटमा नेपाल–इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । साथै… पुरा पढौ

नवौं स्थापना दिवसमा जिसस कास्कीको निबन्ध प्रतियोगिता

साउन २०,पोखरा, जिल्ला समन्वय समिति कास्कीले आफ्नो नवौं स्थापना दिवसका अबशरमा निबन्ध प्रतियोगिता सम्पन्न गरेको छ। कास्की जिल्लाको सन्तुलित बिकासमा जिल्ला समन्वय समितिको भुमिका शिर्षकमा आयोजित निबन्ध प्रतियोगितामा कास्कीका विभिन्न बिद्यालयका कक्षा सातमा अध्ययनरत १२ विद्यार्थीहरूले सहभागीता जनाएका थिए। प्रतियोगितामा मर्निङ स्टार बोर्डिङ स्कुलका सक्षम अधिकारी ले प्रथम स्थान हासिल गरे। त्यसै गरि सृजना मा बि का आयुष पौडेल द्वितीय ,रेन्बो एकेडेमी होम्सका एन्जि भुजेल तृतीय ,र बिन्देश्वरी मा। बि।पोखरा १९ का एलिया अधिकारीले सान्त्वना स्थान प्राप्त गरे। उनीहरुले क्रमश… पुरा पढौ

गण्डकी प्रज्ञा प्रतिष्ठानमा ‘न्यूरो आर्ट’ कार्यशाला, भाषा शुद्धता अभियानदेखि अनुसन्धान प्रवर्द्धनसम्मका कार्यक्रम हुँदै

पोखरा २० साउन, गण्डकी प्रज्ञा प्रतिष्ठानले मानसिक स्वास्थ्य, सिर्जनशीलता र सांस्कृतिक चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले बुधबार पोखरामा ‘स्नायू स्वास्थ्य (न्यूरो आर्ट) कार्यशाला’ आयोजना गरेको छ। गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा न्यूरो आर्टमार्फत व्यक्तिको मानसिक स्वास्थ्य, आत्मविश्वास र सिर्जनात्मक क्षमताको विकासमा जोड दिइएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले न्यूरो आर्ट केवल कलासँग सम्बन्धित विषय मात्र नभई मन, मस्तिष्क र समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउने प्रभावकारी माध्यम भएको बताइन्। उनले यस्ता कार्यक्रमले… पुरा पढौ

विश्व कीर्तिमानी पर्वतारोही निम्स दाईप्रति पोखरामा श्रद्धाञ्जली, दीप प्रज्वलन गर्दै योगदानको प्रशंसा (भिडियो सहित)

दीननाथ बराल, पोखरा, साउन १९, विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ तथा पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी दिवंगत हुनु भएका अन्य नेपाली आरोहीहरूको स्मृतिमा पोखरामा आज श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन गरिएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा–६, लेकसाइडस्थित बाराहीचोकको चौतारीमा विश्व कीर्तिमानी नेपाली पर्वतारोही निम्स दाई सहितका हिमाल आरोहीको स्मृतिमा उहाँहरुले पुर्याएको योगदानको प्रशंसा गर्दै दिप प्रज्वलन गरिएको हो । https://www.youtube.com/watch?v=0UoplEgV9SA कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ आचार्य, नेपाल… पुरा पढौ

This will close in 20 seconds