राजनीति

आन्दोलनका क्रममा फरार रहेका कैदी पोखरामा पक्राउ

पोखरा, २५ फागुन, कास्की कारागारबाट फरार रहेका एक जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । डाँकाचोरी मुद्दामा सजाय भुक्तान गरिरहेका कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाचोक निवासी सूर्यबहादुर घर्ति क्षेत्री गत २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीबाट फरार भएका थिए । फरार भएपछि उनको खोजतलास भइरहेको अवस्थामा आज दिउँसो करिब १२ः४५ बजे नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका… पुरा पढौ

सांसद महाविर पुनलाई पोखरामा पुस्तक बिक्री गर्न भ्याई नभ्याई (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २५ फागुन, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा प्रतिनिधिसभा सदस्य महाविर पुनलाई आज (सोमबार) पोखरामा आफ्नो जीवनीमा आधारित पुस्तक बिक्री गर्न भ्याई नभ्याई भएको छ । केन्द्र सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउने अभियान अन्तर्गत पुनले सोमबार पोखराका विभिन्न क्षेत्रमा पुस्तक बिक्री गर्नु भएको हो । https://www.youtube.com/watch?v=-B46S6cnMFc पोखराको अमरसिंहचोक, पृथ्वीचोक लगायतका स्थानमा पुगेर उहाँले दिन भरीजसो पुस्तक बिक्रि गर्न भ्याई नभ्याई भएको थियो । स्वयं पुस्तक बिक्री गर्नुका साथै पाठकलाई हस्ताक्षर गरेर पुस्तक हस्तान्तरण गरी फोटो समेत खिचाउनु भएको… पुरा पढौ

कास्कीमा समानुपातिक तर्फ पनि रास्वपाको बहुमत कास्कीका ५७ पार्टीको मतपरिणाम, सबै भन्दा थोरै मितेरी पार्टी नेपालको ३ मत

दीननाथ बराल,पोखरा,२४ फागुन, देशै भरी रास्वापाको वर्चश्व कायम गर्दा त्यसको प्रभाव कास्की क्षेत्रमा पनि पर्यो । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक तर्फको मत परिणाम सार्वजनिक हुदाँ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत ल्याउन सफल भएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा खसेको मत परिणामअनुसार रास्वपाले करिब ६० प्रतिशत मत प्राप्त गर्दै पहिलो स्थानमा आउन सफल भएको हो । निर्वाचन कार्यालयका अनुसार कास्कीका तीन निर्वाचन क्षेत्रमा समानुपातिक तर्फ कुल १ लाख ९१ हजार ४२५ मत खसेको थियो ।… पुरा पढौ

अधिकार, न्याय र अवसरसहितको समान समाज निर्माणमा प्रदेश सरकार प्रतिबद्ध स् मन्त्री थापा

पोखरा, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अधिकार, न्याय र अवसरसहितको समान समाज निर्माणमा गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन । ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एकीकृत सेवा कार्यालय कास्कीले आयोजना गरेको कार्यक्रम उनले यस्तो बताएका हुन । “च्ष्नजतक, व्गकतष्अभ, ब्अतष्यल ायच बिि ध्यmभल बलम न्ष्चकि” तथा राष्ट्रिय नारा “सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर” का साथ आयोजित कार्यक्रममा महिला सशक्तीकरण, समानता र न्याय सुनिश्चित गर्ने विषयमा विशेष छलफल… पुरा पढौ

एमालेको गढ कास्कीमा रास्वपाको वर्चस्व, कास्की–१ मा गनेस र कास्की–२ मा उत्तम फराकिलो मतान्तरसहित विजयी

पोखरा, फागुन २३, लामो समयदेखि नेकपा एमालेको प्रभाव क्षेत्र मानिँदै आएको कास्कीमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले बलियो उपस्थिति देखाएको छ। कास्कीका ३ वटै जिर्वाचन कास्की क्षेत्र १, २ र ३ दुवैमा रास्वपाका उम्मेदवारहरू फराकिलो मतान्तरसहित विजयी हुँदै पार्टीले वर्चस्व कायम गर्न सफल भएको हो। कास्की क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदवार खड्कराज ९गनेस० पौडेल ३९ हजार ८८३ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तिलकबहादुर रानाभाटले ११ हजार २१४ मत प्राप्त गरे। नेकपा एमालेका वैनबहादुर… पुरा पढौ

एमालेको गढ भत्काउँदै रास्वपाकी नेतृ बिना गुरुङ विजयी, जेनजी आन्दोलनको भावना अनुसार काम गर्ने प्रतिबद्धता (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २३ फागुन कास्की निर्वाचन क्षेत्र नं। ३ मा नेकपा एमालेको बलियो आधार क्षेत्र मानिँदै आएको राजनीतिक गढ भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार बिना गुरुङ फराकिलो मतान्तर सहित विजयी हुनुभएको छ। उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मनोज गुरुङलाई २४ हजार ९ सय ७० मतअन्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो। https://www.youtube.com/watch?v=G15hunNGtCg निर्वाचन कार्यालयका अनुसार विजयी गुरुङले ३७ हजार ७ सय ५० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी कांग्रेसका मनोज गुरुङले १२ हजार ७… पुरा पढौ

देश रास्वपामय भयो, ठूला दललाई आफ्नो साख जोगाउन मुस्किल

दीननाथ बराल,पोखरा, २२ फागुन, प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा देशको राजनीतिक चित्रमा अप्रत्याशित परिवर्तन देखिन थालेको छ । नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर उल्लेखनीय प्रदर्शन गर्दै ठूला दललाई दबाबमा पारेको छ। शुक्रबार साँझ ८ बजेसम्मको मतपरिणाम अनुसार रास्वपाले ३ स्थानमा जित हासिल गरेको छ भने देशभर ११० स्थानमा अग्रता कायम गरेको छ। हालसम्म नेपाली काँग्रेसले २ स्थानमा जित हासिल गरेको छ भने १२ स्थानमा अग्रता कायम गरेको छ। नेकपा (एमाले) १० स्थानमा अग्रता कायम… पुरा पढौ

मुस्ताङमा काँग्रेसको जित दोहोरियो, योगेश गौचन थकाली पुनः निर्वाचित

दीननाथ बराल,पोखरा, २२ फागुन हिमालपारिको जिल्ला मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका युवा नेता योगेश गौचन थकाली पुनः निर्वाचित भएका छन्। नेकपा ९एमाले० का उम्मेदवार इन्द्रधार बिष्टलाई १ हजार ८०६ मतान्तरले पराजित गर्दै थकालीले लगातार दोस्रो पटक विजय हासिल गरेका हुन्। निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार थकालीले ३ हजार ३०७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बिष्टले १ हजार ८०३ मत पाएका छन्। यससँगै २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जस्तै यस पटक पनि थकालीले एमाले उम्मेदवारलाई पराजित… पुरा पढौ

एमालेको गढ मानिने कास्कीमा प्रारम्भिक चरणमै रास्वपाको मतान्तर फराकिलो हुँदै

दीननाथ बराल,पोखरा, २२ फागुन, एमालेको बलियो प्रभाव क्षेत्रका रूपमा चिनिँदै आएको कास्की जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित रूपमा फराकिलो अग्रता कायम गर्न सफल भएको छ । तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारले सुरुदेखि नै मतान्तर बढाउँदै लगेपछि कास्कीको राजनीतिक समीकरणमा नयाँ संकेत देखिन थालेको हो । पछिल्लो मतपरिणाम अनुसार कास्की–१ मा ११ हजार ८०५ मत गणना हुँदा रास्वपाका गणेश पौडेल ५ हजार ६५ मतसहित अग्रस्थानमा रहनु भएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका… पुरा पढौ

पोखरामा १०४ वर्षीय वृद्धद्वाराद्धारा मतदान, किरियापुत्रीले पनि गरे मतदान

लेखनाथ, २१ फाल्गुण, प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि विहिबार कास्कीमा सम्पन्न भएको निर्वाचनमा पोखरामा ज्येष्ठ नागरिकदेखि किरियामा बसेका नागरिकसम्मले समेत उत्साहपूर्वक मतदान गरेका छन् । पोखरा महानगरपालिका–३२ बडहरेस्थित चन्द्रज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा १०४ वर्षीय काशीनाथ पण्डित र उनकी धर्मपत्नी मनधरा पण्डितले मतदान गरेकी हुन । वृद्ध उमेरमा पनि मतदान गर्न पुगेका ज्येष्ठ नागरिक र शोकको अवस्थामा रहेका किरियापुत्रीले समेत मतदानमा सहभागी भएर लोकतान्त्रिक अभ्यासप्रति आफ्नो जिम्मेवारी निर्वाह गरेको स्थानियले बताए । स्थानीयवासीका अनुसार पण्डित दम्पती बिहानै घरबाट निस्केर मतदान केन्द्रमा… पुरा पढौ