राजनीति

पोखरा–२२ पुम्दी भुम्दीमा दोश्रो कोदो दिवसको अवसरमा शनिबार विभिन्न कार्यक्रम हुने

दीननाथ बराल,पोखरा १५, साउन, पोखरा–२२ (पुम्दी—भुम्दी) को कोदीमा भोलि (शनिबार) दोस्रो कोदो दिवसको अवसरमा विभिन्न कार्यक्रम हुने भएको छ । कोदो खेतीको प्रवद्र्धन, स्थानीय उत्पादनको संरक्षण तथा पोषणयुक्त खाद्यान्नको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका–२२ को कोदीमा शनिबार दोस्रो कोदो दिवस भव्य रुपमा मनाउने तयारी गरिएको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखराक्लिकलाई बताउनु भयो । उक्त अवसरमा १० प्रकारका कोदोका परिकार प्रदर्शनी गरिने भएको छ भने कोदो बिक्रि समेत हुने भएको उहाँले जनाउनु भयो । पुम्दी–भुम्दी कृषि सहकारी… पुरा पढौ

कास्कीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षले सक्रिय भूमिका निर्वाह गर्ने निर्णय

दीननाथ बराल,पोखरा, १५ साउन, कास्कीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षले सक्रिय भूमिका निर्वाह गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले आज (शुक्रबार) पोखरामा आयोजना गरेको धार्मिक तथा सामाजिक सद्भाव सुदृढ बनाउन सर्वपक्षीय समन्वय बैठकमा सरोकारवाला निकायले कास्कीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धत्ता जनाएका हुन् । कास्कीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय बैठकबाट चारबुँदे निर्णय गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको अध्यक्षतामा शुक्रबार सम्पन्न… पुरा पढौ

प्रदेश प्रमुखबाट पुनर्विचारका लागि फिर्ता गरिएको गाँजा खेतीसम्बन्धी विधेयक प्रदेश सभाबाट पुनः हुबहु पारित

दीननाथ बराल,पोखरा, साउन १५, गण्डकी प्रदेश सभाले प्रदेश प्रमुखबाट पुनर्विचारका लागि सन्देशसहित फिर्ता गरिएको औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न बनेको विधेयक पुनः कुनै संशोधन नगरी हुबहु पारित गरेको छ । आज (शुक्रबार) बसेको प्रदेश सभाको बैठकले सबै दलको समर्थन सहित विधेयक सर्वसम्मत रूपमा पारित गरेको प्रदेश सभा सचिवालयले जनाएको छ । प्र्रदेश प्रमुख डिल्लीराज भट्टले संघीय कानुनसँग बाझिएको भन्दै तीन बुँदे सन्देशसहित यही साउन ८ गते प्रदेश सभामा फिर्ता पठाएको विधेयकलाई प्रदेश सभाले आफ्नो… पुरा पढौ

गण्डकीमा सामाजिक सुरक्षा कोषमा आबद्धता बढ्दो, एक वर्षमा १,३०७ रोजगारदाता र ३३ हजारभन्दा बढी योगदानकर्ता थपिए (भिडियो सहित)

दीननाथ बराल, पोखरा, गण्डकी प्रदेशमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजनाप्रति आकर्षण बढ्दै गएको छ । गत आर्थिक वर्षमा मात्रै प्रदेशभर १ हजार ३ सय ७ वटा रोजगारदाता (संघ–संस्था तथा प्रतिष्ठान) सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् । https://www.youtube.com/watch?v=2vv8bTgphzg&t=5s त्यसै गरी प्रदेशमा ३३ हजार ३ सय ३३ जना नयाँ योगदानकर्ता कोषमा आबद्ध भएको सामाजिक सुरक्षा कोष, सम्पर्क कार्यालय पोखराका प्रमुख डि.पी. सुन्दर पराजुलीले बताउनु भयो । पछिल्लो समय रोजगारदाता र श्रमिक दुवैमा सामाजिक सुरक्षा योजनाप्रतिको विश्वास बढ्दै जाँदा कोषमा आबद्ध… पुरा पढौ

सरकार र नेपाल चिकित्सक संघबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता, बिहीबारबाट देशभर अस्पतालका नियमित सेवा पुनः सुचारु हुने

दीननाथ बराल,पोखरा, साउन १३, सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशव्यापी आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। सहमतिसँगै बिहीबारदेखि देशभरका सरकारी, सामुदायिक तथा निजी अस्पतालमा आकस्मिकसहित सबै नियमित स्वास्थ्य सेवा पुनः सुचारु हुने भएको संघले पोखराक्लिकलाई जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज (बुधबार) स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसँगै गृह, कानुन तथा उद्योग मन्त्रालयका उच्च अधिकारी र नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको गहन छलफलपछि पाँच बुँदे सहमति भएको जनाएको छ । सहमतिसँगै नेपाल चिकित्सक संघले आन्दोलन स्थगित गर्दै… पुरा पढौ

पोखरा प्रज्ञा–प्रतिष्ठानको कुलपति सरस्वती प्रतीक्षा सहितको टिमलाई मेयर धनराज आचार्यद्वारा नियुक्तिपत्र प्रदान, प्रतिष्ठानलाई सिर्जनात्मक केन्द्रका रूपमा विकास गर्छौं ः कुलपति प्रतीक्षा

दीननाथ बराल, पोखरा, १३ साउन, पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा–प्रतिष्ठानको नयाँ नेतृत्व चयन गर्दै कवि तथा उपन्यासकार सरस्वती लालचन ‘प्रतीक्षा’ लाई कुलपतिमा नियुक्त गरेको छ । बुधबार पोखराका मेयर धनराज आचार्यले नवनियुक्त पदाधिकारीलाई नियुक्तिपत्र प्रदान गर्दै प्रतिष्ठानलाई पोखराको कला, साहित्य, भाषा र संस्कृतिको समृद्धिका लागि प्रभावकारी संस्थाका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।, प्रतिष्ठानको उपकुलपतिमा कला तथा साहित्यकर्मी तिलक पुर्जा पुन मगर तथा सदस्य–सचिवमा लोकगीत तथा संगीतकर्मी जीवन दाहाल नियुक्त हुनुभएको छ । प्रज्ञा परिषद् सदस्यमा फाइन आर्टबाट हरेराम जोजेजु,… पुरा पढौ

पोखरामा प्रोटोन ईमास ५ बिक्रि वितरण सुरु, एकै दिनमा ३० वटा गाडी बुकिङ (भिडियो सहित)

दीननाथ बराल,पोखरा, १३ साउन, पोखरामा प्रोटोन ईमास ५ बिक्रि वितरण सुरु भएको छ । नेपालका लागि प्रोटोन सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो आधिकारिक बिक्री साझेदार स्क्वायर अटोमोबाइल्स प्रालिसँगको सहकार्यमा पोखरास्थित बुद्धचोकको शोरुमबाट नयाँ विद्युतीय बहुउपयोगी सवारी ‘प्रोटोन ईमास ५’ (कम्प्याक्ट इलेक्ट्रिक एसयूभी) सार्वजनिक गरेको छ । https://www.youtube.com/watch?v=kMivIrZfP_g&t=10s कम्पनीका अनुसार नेपालमा प्रोटोन ब्रान्डअन्तर्गत भित्रिएको दोस्रो विद्युतीय सवारीका रूपमा ‘ईमास ५ आधुनिक जीवनशैली र दैनिक यात्रालाई अझ सहज, बुद्धिमत्तापूर्ण र दिगो बनाउने उद्देश्यका साथ नेपाली बजारमा ल्याइएको हो । पहिलो… पुरा पढौ

ओम शान्तीको पार्दी शाखामा गुरु पूर्णिमा विशेष सम्मान तथा रूपान्तरणकारी शिविर

दीननाथ बराल,पोखरा १३, साउन, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र, नेपालद्वारा आयोजित गुरु पूर्णिमा विशेष सम्मान तथा ‘रूपान्तरणकारी शिविर (रि–इग्नाइट प्रशिक्षक सम्मेलन)’ कार्यक्रम आज (बुधबार) पोखराको पार्दी शाखामा सम्पन्न भएको छ । ‘आत्म–साक्षात्कार र प्रेमपूर्ण सम्बन्ध, आफ्नो उद्देश्यलाई पुनः जागृत गरौँ, प्रेरित, सशक्त र रूपान्तरित बनौँ’ भन्ने मूल भावका साथ आयोजित कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेले जीवन क्षण भरमै भंग हुने भएकाले ज्ञान, ध्यान र सकारात्मक कर्मलाई आत्मसात् गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले मानिसले जीवनमा केही… पुरा पढौ

सरस्वती प्रतीक्षा पोखरा प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा नियुक्त

पोखरा, पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा–प्रतिष्ठानको नयाँ नेतृत्व चयन गरेको छ। चर्चित कवि तथा उपन्यासकार सरस्वती प्रतीक्षा प्रतिष्ठानको कुलपतिमा नियुक्त भएकी छन्। आज (बुधबार) महानगर प्रमुख धनराज आचार्यले नवनियुक्त पदाधिकारीहरूलाई नियुक्तिपत्र प्रदान गर्ने कार्यक्रम तय गरिएको छ। महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा गठित सिफारिस समितिले कुलपति, उपकुलपति, सदस्य–सचिवसहित प्राज्ञसभा सदस्यहरूको नाम सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा सरस्वती प्रतीक्षालाई कुलपतिको जिम्मेवारी दिइएको हो।प्रतिष्ठानको उपकुलपतिमा तिलक पुन पुर्जा र सदस्य–सचिवमा जीवन दाहाल नियुक्त भएका छन्। त्यसैगरी परिषद् सदस्यका रूपमा हरेराम जोजिजू, सीता… पुरा पढौ

जनगुनासो पछि बैदामको फ्रेस जुस सेन्टरमा अनुगमन, ५० हजार रुपैयाँ जरिवाना

दीननाथ बराल, पोखरा, साउन १२, पर्यटनको राजधानि पोखरामा संचालनमा रहेको एक जुस पसललार्ई जिल्ला प्रशासन कार्यालय कास्कीले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी व्यवसाय सञ्चालन गरेकोले पोखरा महानगरपालिका–६, बैदामस्थित फ्रेस जुस सेन्टरलाई ५० हजार जरीवाना गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पोखराक्लिकलाई बताउनु भयो । उक्त पसलबाट जुस सेवन गरेपछि उपभोक्ता बिरामी भएको जनगुनासोका आधारमा आज (मंगलबार) कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी बरालको नेतृत्वमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा पसलमा अत्यधिक… पुरा पढौ

This will close in 20 seconds