पोखरामा प्रोटोन ईमास ५ बिक्रि वितरण सुरु, एकै दिनमा ३० वटा गाडी बुकिङ (भिडियो सहित)

-


     पोखरा क्लिक     
     श्रावण १३ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १३ साउन,

पोखरामा प्रोटोन ईमास ५ बिक्रि वितरण सुरु भएको छ । नेपालका लागि प्रोटोन सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो आधिकारिक बिक्री साझेदार स्क्वायर अटोमोबाइल्स प्रालिसँगको सहकार्यमा पोखरास्थित बुद्धचोकको शोरुमबाट नयाँ विद्युतीय बहुउपयोगी सवारी ‘प्रोटोन ईमास ५’ (कम्प्याक्ट इलेक्ट्रिक एसयूभी) सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार नेपालमा प्रोटोन ब्रान्डअन्तर्गत भित्रिएको दोस्रो विद्युतीय सवारीका रूपमा ‘ईमास ५ आधुनिक जीवनशैली र दैनिक यात्रालाई अझ सहज, बुद्धिमत्तापूर्ण र दिगो बनाउने उद्देश्यका साथ नेपाली बजारमा ल्याइएको हो । पहिलो चरणमा ३० वटा गाडीको माग भई अग्रिम बुकिङ भएको कम्पनीले पोखराक्लिकलाई जनाएको छ । नेपालको प्रमुख पर्यटकीय सहर पोखराबाट नयाँ विद्युतीय सवारी सार्वजनिक गरिनुले दिगो यातायातप्रति बढ्दो आकर्षण र विश्वासलाई थप बल मिलेको कम्पनीले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै जगदम्बा मोटर्सका वरिष्ठ महाप्रबन्धक सुशील क्षेत्रीले प्रोटोनसँगको सफल सहकार्यलाई निरन्तरता दिँदै नेपालको प्रमुख पर्यटकीय केन्द्र पोखराबाट ‘ईमास ५’ सार्वजनिक गर्न पाउँदा अत्यन्त उत्साहित भएको बताए। उनले अत्याधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा, व्यावहारिक उपयोगिता तथा प्रतिस्पर्धी मूल्यका कारण ‘ई।मास ५’ पोखरा र गण्डकी प्रदेशका ग्राहकहरूको पहिलो रोजाइ बन्ने विश्वास व्यक्त गरे। विश्वस्तरीय विद्युतीय सवारी नेपाली बजारमा उपलब्ध गराउँदै नेपालको दिगो यातायात अभियानमा योगदान दिन पाउनु कम्पनीका लागि गौरवको विषय भएको उनको भनाइ थियो ।

क्षेत्रीले ‘ईमास ५’ को आगमनसँगै पोखरा तथा गण्डकी प्रदेशका ग्राहकहरूले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन र सहज प्रयोगको अनुभव प्राप्त गर्ने विश्वास व्यक्त गरे। साथै यसअघि सार्वजनिक भएको ‘प्रोटोन ईमास ७’ ले नेपाली बजारमा पाएको सकारात्मक प्रतिक्रिया, ग्राहकहरूको उत्साह, अग्रिम बुकिङ (बुकिङ) तथा बिक्रीमा देखिएको विश्वासका लागि स्क्वायर अटोमोबाइल्स प्रालिका सञ्चालक तथा सम्पूर्ण टोलीप्रति आभारसमेत व्यक्त गरे । मलेसियाको अग्रणी राष्ट्रिय अटोमोबाइल ब्रान्ड प्रोटोनले सन् २०१७ देखि जिली सँगको रणनीतिक साझेदारीमार्फत अन्तर्राष्ट्रिय बजारमा आफ्नो विस्तारलाई तीव्र बनाउँदै आएको छ। हाल ‘प्रोटोन ईमास’ मलेसियाको अग्रणी विद्युतीय सवारी ब्रान्डका रूपमा स्थापित भइसकेको छ भने नेपालसहित विभिन्न अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति निरन्तर विस्तार गरिरहेको कम्पनीले जनाएको छ । ‘प्रोटोन ईमास ५’ नेपालमा ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई संस्करणमा उपलब्ध हुनेछ। पोखरामा सार्वजनिक गरिएको अवसरमा कम्पनीले ‘प्राइम’ संस्करणको विशेष सुरुआती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तथा ‘प्रिमियम’ संस्करणको विशेष सुरुआती मूल्य ३४ लाख ९९ हजार रुपैयाँ तोकेको जनाएको छ ।

कम्पनीका अनुसार यो विशेष मूल्य पहिलो एक सय ग्राहक तथा सीमित अवधिका लागि मात्र लागू हुनेछ । इच्छुक ग्राहकहरूले पोखरास्थित प्रोटोन शोरुममा पुगेर ‘ईमास ५’ को प्रत्यक्ष अवलोकन गर्न, परीक्षण यात्रा (टेस्ट ड्राइभ) गर्न तथा यसमा समावेश अत्याधुनिक प्रविधिको अनुभव लिन सक्ने स्क्वायर अटोमोबाइल्स प्रालिका अध्यक्ष आर्दशमान श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार पहिलो चरणमा कम्पनीमा उक्त गाडीको अत्याधिक माग भएको छ ।