राजनीति

सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान

पोखरा, ८ जेठ, नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १६ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी दिनुभयो । पछिल्लो समय अभियान कास्कीका गाउँपालिकामा केन्द्रीत बनेको छ । संघले कास्कीको मादी गाउँपालिका वडा नं ३ याङ्जाकोट स्थित सीताराम मावि र वडा नं ४ तारकाङस्थित ध्रुव माविमा अभियान संचालन गरेको छ । सीताराम माविमा आयोजित कार्यक्रम… पुरा पढौ

लेखनाथको समग्र विकासका लागि लगानी बोर्ड र निजी क्षेत्रबीच सहकार्य बढाउँदै, पर्यटन, उद्योग र पूर्वाधार विकासमा जोड

लेखनाथ, लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार सम्पन्न विशेष बैठकमा लेखनाथ क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन लगानी, पूर्वाधार विस्तार तथा सरकारी र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ । संघकी अध्यक्ष जानुका पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकार लगानी बोर्डका पदाधिकारी, उद्योगी व्यवसायी, पूर्व पदाधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग, व्यापार, पर्यटन, पूर्वाधार तथा लगानी प्रवद्र्धनका विविध विषयमा विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा नेपाल सरकार लगानी बोर्ड काठमाडौंकी सह–सचिव… पुरा पढौ

पोखराको सार्वजनिक जग्गा खाली गराउने अभियान सुरु , केही ठाँउमा आफै हटाउदै

पोखरा, पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षणका लागि जारी गरेको अभियान अन्तर्गत पोखरा ९ मा रहेको अस्थायी टहरा र संरचना भत्काएको छ। अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशले महानगरको सूचनाअनुसार डोजर प्रयोग गरेर आफ्नो प्रयोगमा रहेको अस्थायी टहरा, सभाहल र केही संरचना भत्काएको महासंघका अध्यक्ष रुद्र गौतमले पोखराक्लिकलाई जानकारी दिनुभयो। महासंघले करिब ४ रोपनी क्षेत्रमा फैलिएको जग्गामा २०६७ सालमा करिब डेढ करोडको लागतमा बनाएको कार्यालय पक्की भवन पोखरा महानगरपालिकालाई हस्तान्तरण गर्ने तयारीमा रहेको गौतमले बताउनुभयो। उहाँले भन्नुभयो, “पोखरा महानगरपालिका वडा… पुरा पढौ

विपद व्यवस्थापनका लागि पूर्व तयारी र साझा सहकार्य आवश्यक छः मुख्यमन्त्री पाण्डे (भिडियो सहित)

दीननाथ बराल,पोखरा ७, जेठ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नदी तथा ताल क्षेत्रमा हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि समुदाय स्तरमा नियमित सचेतना र पूर्वतयारी अत्यावश्यक रहेको बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालय कास्की र सुरक्षा निकायहरूको संयुक्त आयोजनामा पोखराको फेवातालमा आज (विहिबार) सम्पन्न कृत्रिम उद्धार अभ्यास कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश प्राकृतिक रुपमा जति सुन्दर र विपदका दृष्टिले पनि उत्तिकै जोखिमपूर्ण क्षेत्र रहेकोले त्यसको न्यूनिकरण र क्षति कम गर्न समुदाय स्तरमा नियमित सचेतना र पूर्वतयारी अत्यावश्यक… पुरा पढौ

अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशले पोखरा ९ मा रहेको अस्थायी टहरा भत्काउन सुरु गर्यो

पोखरा, अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशले आज ९विहिबार० देखि पोखरा ९ मा आफ्नो अस्थायी टहरा र सभाहल सहित दुई कोठा भत्काउन सुरु गरेको छ । महासंघले यस कदमलाई सार्वजनिक जग्गा संरक्षण र पोखरा बसपार्क निर्माणमा सहयोग गर्ने उद्देश्यले रहेको जनाएको छ । अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशले बालेन सरकारले व्यबस्थापन गरेर अस्थायी र सुकुम्बासी बस्ती व्यवस्थापन गर्नुपर्नेमा उल्टो बाटोमा अघि बढिरहेको आरोप लगाउँदै आएको छ। महासंघका अध्यक्ष रुद्र गौतमका अनुसार, सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बढेको… पुरा पढौ

कास्कीमा असार एक गतेदेखि तिन महिना नदि तथा खानीजन्य सामाग्री उत्खननमा रोक

पोखरा ,जेठ ७, कास्कीमा असार एक गते बाट नदि तथाखानी जन्य सामाग्री उत्खननमा रोक लगाइएको छ । ढुंगा ,गीटी,बालुवा उत्खनन्,बिक्रि तथा ब्यबस्थापन सम्बन्धि मापदण्ड २०७७को दफा ९ बमोजिम गठन भएको जिल्ला नदिजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बुधबार सम्पन्न बैठकले मापदण्ड बमोजिम असार ,साउन र भदौ तिन महिना उत्खनन् गर्ने नपाइने ब्यबस्था बमोजिम सो निर्णय गरिएको हो । समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा बसेको बैठकले निर्णयलाई कडाइका साथ कार्यान्वय गर्न प्रदेश, स्थानीय तह… पुरा पढौ

फेवातालमा पौडी खेल्दा डुबेर एक युवाको ज्यान गयो

पोखरा, ७ जेष्ठ पोखराको प्रसिद्ध पर्यटकीय स्थल फेवातालमा पौडी खेल्ने क्रममा डुबेर कास्कीका एक युवकको ज्यान गएको छ । पोखरा महानगरपालिका–११, काहुँखोलाका करिब २७ वर्षीय रिवाज गुरुङ फेवातालमा पौडी खेल्दै गर्दा बेपत्ता भएका थिए । घटनाबारे खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिका कास्कीबाट उद्धार टोली परिचालन गरिएको थियो। टोलीको नेतृत्व सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्रीले गरेका थिए र उनीसँग १३ जना सदस्यको टोली थियो। टोलीमा विशेषज्ञ डाइभर र डिएम टिम पनि समावेश थिए । उद्धार… पुरा पढौ

गण्डकी प्रदेश सभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने

दीननाथ बराल,पोखरा ५, जेठ, गण्डकी प्रदेश सभाको अधिवेशन यही जेठ ११ गते सोमबारदेखि सुरु हुने भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (१०) बमोजिम गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेश प्रमुख भट्टद्वारा जारी विज्ञप्तिअनुसार प्रदेश सभाको अधिवेशन जेठ ११ गते सोमबार अपराह्न २ः०० बजेबाट सुरु हुने उल्लेख गर्नु भएको छ । प्रदेश प्रमुखको कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उक्त अधिवेशन सम्बन्धित सबैको जानकारीका लागि आह्वान गरिएको हो । गण्डकी प्रदेश… पुरा पढौ

मितेरी सहरको उपहार एम्बुलेन्स सेवा पोखरामा

दीननाथ बराल,पोखरा, ३ जेठ, अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स सेवा पोखरामा भित्रिएको छ । मित्र राष्ट्र चिनको मितेरी सहर जिजाङ प्रान्तको लिञ्जीबाट उपहार स्वरूप उक्त एम्बुलेन्स सेवा पोखरा महानगरपालिकालाई प्राप्त भएको महानगरले जनाएको छ । अत्याधुनिक एम्बुलेन्ससहित स्वास्थ्य सामग्री अन्ततः साढे तीन वर्षपछि पोखरा आइपुगेको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । मितेरी सहर लिञ्जीले नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि स्वागतस्वरूप अत्याधुनिक उपकरणसहितको एम्बुलेन्स, भेन्टिलेटर, अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामग्री सहयोग गर्ने घोषणा गरेको थियो । सामग्री चीनबाट रसुवाको… पुरा पढौ

पोखरामा रातभर रात्रिकालिन व्यवसाय गर्दा व्यावसायलाई नै असर परेको गुनासो, राति २ः०० बजेसम्म सञ्चालनको अनुमति दिन माग

दीननाथ बराल, पोखरा, १ जेठ, पर्यटनको राजधानि पोखरामा रात्रिकालिन व्यवसाय रातभर संचालन हुदै आएको अबस्थामा एकाद ठाँउमा प्रश्न उठ्न थालेसंगै व्यवसायीहरुले पहिलाकै अबस्थामा फर्काउने गरी रात्रि २ः०० बजेसम्मको लागि व्यवसाय संचालनको अनुमति दिन माग गर्नु भएको छ । पोखराको लेकसाइड, ड्यामसाइड लगायत पर्यटकीय क्षेत्रमा बढ्दो हो–हल्ला, ध्वनी प्रदूषण, अव्यवस्थित गतिविधि र शान्ति सुरक्षामा असर परेको भन्दै व्यवसायीहरुले अनुगमनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीसँग माग पेश गर्दै आज (शुक्रबार) ध्यानाकर्षण गराउनु भएको हो । पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा… पुरा पढौ