पोखरा, असार ७, पोखरा महानगरपालिका वडा नम्बर ९ कार्यालयले थकाली समुदायको सामाजिक तथा सांस्कृतिक गतिविधिलाई थप व्यवस्थित बनाउन फर्निचर सामग्री सहयोग गरेको छ। वडा कार्यालयले करिब एक लाख रुपैयाँ बराबरका फर्निचर सामग्री तीन गाउँले थकाली सेवा समाजलाई आज (आइतबार) हस्तान्तरण गरेको हो। आइतबार आयोजित एक कार्यक्रममा वडा अध्यक्ष दीपेन्द्र मर्सानीले समाजका अध्यक्ष कमलप्रसाद थकाली, उपाध्यक्ष कृष्णलाल थकाली, सचिव आशबहादुर थकाली लगायतलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो। समाजघर तथा कार्यालय सञ्चालनलाई सहज बनाउन उक्त सहयोग गरिएको वडा अध्यक्ष मर्सानीले बताउनुभयो। कार्यक्रममा बोल्दै…
पुरा पढौ