पोखरा ट्रेड मलमा रहेको जिजी पोखराको उद्घाटन, तीजलाई लक्षित गर्दै चिनियाँ ब्रान्डका फेसनेबल पहिरनमा २५ प्रतिशत छुट

-


     पोखरा क्लिक     
     भाद्र ७ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरामा महिलाहरूका लागि आधुनिक, आकर्षक तथा फरक शैलीका पहिरन उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा आएको जिजी पोखराको आज (आइतबार) एक समारोहका बिच उद्घाटन गरिएको छ । कल्पु कलेक्सन चितवनकी संचालक कल्पना पौडेल (खड्का), टिकटकर शान्ति बराल, समाजसेवी शान्ति गिरी ले संयुक्त रुपमा रिवन काटेर जिजी पोखराको उद्घाटन गर्नु भएको हो ।

कल्पु कलेक्सनकी संचालक खड्काले पोखराको ट्रेड मलमा संचालनमा आएको यस पसलमा युवतीहरुको आकर्षण हुने बताउनु भयो । छिमेकी मुलुक चाइनाको ब्राण्डेड तथा फेसेनेवल कपडाको लागि जीजी पोखरामा आउन उहाँले आग्रह गर्नु भयो । संचालक जीवन पुरीलाई व्यवसायीक यात्राको शुभकामना दिदै उहाँले उच्च मनोवल गरी व्यसायीक यात्रामा अघि बढ्न सुझाव दिनुभयो ।

पोखरा ट्रेड मलको दोस्रो तलामा रहेको जिजीले विशेषगरी फेमिनिन, एलिगेन्ट तथा टाइमलेस फेसन मन पराउने युवती तथा महिलालाई लक्षित गरी विभिन्न डिजाइनका पहिरन तथा फेसन सामग्री उपलब्ध गराउँदै आएको छ। युरोपेली तथा फ्रेन्च फेसनबाट प्रेरित आधुनिक शैलीलाई नेपाली महिलाको रुचि, आवश्यकता र जीवनशैलीअनुसार प्रस्तुत गर्ने उद्देश्यले जिजी सञ्चालनमा ल्याइएको सञ्चालक जीवन पुरीले बताउनुभयो। पुरीका अनुसार जिजी केही समयदेखि अनौपचारिक रूपमा सञ्चालन हुँदै आए पनि आइतबार विशेष समारोहबीच औपचारिक रूपमा भव्य उद्घाटन गर्न लागिएको हो। नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै जिजीले चिनियाँ ब्रान्डका चर्चित तथा फेसनेबल पहिरनहरूको नयाँ कलेक्सनसमेत पोखरामा भित्र्याएको उहाँले जानकारी दिनुभयो। “पोखरामा महिलाहरूका लागि नयाँ शैली र गुणस्तरीय फेसनको छुट्टै गन्तव्य बनाउने हाम्रो उद्देश्य हो,” सञ्चालक पुरीले भन्नुभयो, “ग्राहकले आफूलाई मन परेको पहिरन रोज्न मात्र नभई सहज र व्यक्तिगत बुटिक सपिङको अनुभवसमेत प्राप्त गर्न सकून् भन्ने हाम्रो प्रयास छ।” जिजीको भव्य उद्घाटनका अवसरमा ग्राहकहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। उद्घाटन विशेषअन्तर्गत ग्राहकले आफूले रोजेका सामानमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

जिजीले कपडा बिक्रीलाई मात्र आफ्नो उद्देश्य नबनाई पोखरामा महिलाहरूका लागि आधुनिक फेसन डेस्टिनेसन निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ। नयाँ तथा आकर्षक कलेक्सनसँगै व्यक्तिगत सेवा र सहज सपिङ अनुभव प्रदान गर्ने जिजीको योजना छ। तीज नजिकिँदै गर्दा नयाँ तथा आकर्षक पहिरन खोजिरहेका महिलाका लागि जिजीको नयाँ कलेक्सन विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।