उद्योग बाणिज्य संघका अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार सहयोग

-


     पोखरा क्लिक     
     भाद्र ११ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरा उद्योग वाणिज्य संघका अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ। यही भदौ २० र २१ गते हुने पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गर्नुभएका पोखरेलले निर्वाचनमा हुने खर्चलाई मितव्ययी बनाउँदै बचत भएको केही रकम विपद् प्रभावितका लागि राहत कोषमा सहयोग गरेको बताउनुभयो।

देशमा ठूलो विपत्ति प दुःख व्यक्त गर्दै प्रभावित नागरिकको खोजी, उद्धार तथा राहत वितरणको कामलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन सरकारसँग आग्रह गर्नुभयो। पोखरेलले विपद्को यस कठिन समयमा सबै पक्षले आ–आफ्नो ठाउँबाट सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो।