गोनेसा नेपालको २४ औं साधारण सभा तथा सामाजिक परिक्षण सम्पन्न गैर सरकारी संस्थाहरू राष्ट्रको समृद्धिका सहयात्री जिसस प्रमुख पौडेल

-


     पोखरा क्लिक     
     असाेज १६ गते २०८३ मा प्रकाशित


पोखरा ,असोज १६,

मानवताको लागि मिलेर सेवा गरौंू भन्ने मुलनाराका साथ स्थापित बालबालिकाको क्षेत्रमा कृयाशिल सामाजिक संस्था असल छिमेकी सहयोग संघ ९गोनेसा० नेपाल पोखराको औं साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम २०८३ असोज १६ गते पोखरा सम्पन्न भएको छ । प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सामाजिक संघ संस्थाहरू राष्ट्रको समृद्धिका सहयात्री रहेको बताउनु भयो ।

प्रमुख पौडेलले गैरसरकारी संस्थाहरूले नेपालको विकासको निम्ति खेलेको भूमिका अतुलनीय रहेको र गैससहरू पार्दशिता, जवाफदेहीतामा अब्बल हुन आग्रह गर्नु भयो । वरिष्ठ अधिकारकर्मी एवं ग‍ोनेसाका अध्यक्ष रामप्रसाद सुवेदीले संस्थाद्वारा दिगो विकास लक्ष्यको तीन र चार अनुरूप परियोजनाहरू कार्यान्वयन गर्दै आएको बताउनु भयो । २०५६ साल देखी अनौपचारिक ९सुकुम्बासी बस्ती० मा बसोबास गर्ने बालबालिकाको न्यूनतम आवश्यकता शिक्षा, स्वास्थ्य,पोषण, जिविकोपार्जन, जलवायु परिवर्तन, सरसफाइ र आर्थिकसामाजिक रूपान्तरणलाई निरन्तर सहयोग गर्दै आएको छ । उहाँ अनुसार बालबालिकाको सुरक्षित तथा गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न यस वर्ष दुई वटा नयाँ भवन निर्माण सम्पन्न गरिएको छ । चोरसाँघुमा नयाँ बालविकास भवन तथा नयाँबजार शान्तिवनमा अर्को नयाँ भवन निर्माण सम्पन्न गरिएको छ, यसैगरि रातोपैरामा रहेको बालविकास भवनलाई पोखरा महानगर १७ को आर्थिक सहयोगमा मर्मत तथा स्तरोन्नति गरिएको छ । उहाँका अनुसार संस्थाले प्रारम्भिक बाल विकास कार्यक्रम अन्तर्गत करिब २ सय ७६ जना साढे दुई वर्ष देखि पाँच बर्ष उमेर समूहका बालबालिकाहरूले बालविकास केन्द्रबाट सेवा लिएको बताउनु भयो । त्यसैगरी, न्यून आय भएका तथा विपन्न परिवारका बालबालिकालाई सामुदायिक विद्यालयमा निरन्तर शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यले यस आर्थिक बर्षमा ३ सय ७८ जना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराई आवश्यक सहयोगबाट विद्यार्थी लाभान्वित भएको बताउनु भयो । जस अनुुसार १७३ बालक र २०५ बालिका रहेका छन् ।

उहाँका अनुसार बालबालिकाहरूलाई स्टेशनरी, विद्यालय पोशाक, झोला तथा परामर्श सेवा प्रदान गरिएको छ । आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने संस्थाको मूल उद्देश्य रहेको जानकारी दिनु भयो ।यस मध्ये ६ सय ४१ जनाले विद्यालय शिक्षा पुरा गरि विभिन्न पेशामा आवद्ध भएको बताउनु भयो । साथै, आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई समयमै आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुऱ्याएको छ। यस आर्थिक वर्षमा स्वास्थ्य सेवाको विवरण तल दिइएको छ । स्वास्थ्य क्लिनिकबाट उपचार गरिएको संख्या १ हजार ३ सय जना,मणिपाल शिक्षण अस्पतालमा पठाएको संख्या १ सय ४३ जना, पोषण पुनस्थापन केन्द्र पठाएको ३ जना, आँखा अस्पतालमा उपचार गराइएको ४ जना र शहिद गंगालाल हृदयरोगमा उपचार १ जनाक‍ो वार्षिक स्वास्थ्य परीक्षण गरिएको जानकारी दिनु भयो ।
सामाजिक परिक्षण विज्ञ एवं सामाजिक अभियान्ता नारायण पौडेलले संस्थाद्वारा आर्थिक बर्ष २०८१र२०८२ का गतिविधिको सामाजिक परिक्षण गर्नु भएको थियोे ।

संस्थाले सो अवधिमा सञ्चालन गरेका कार्यक्रम, उपलब्धि र सिकाइका बुँदाहरूको विस्तृत प्रस्तुति गर्नु भएको थियोे ।उहाँको प्रस्तुतिपछि सरोकारवाला, अभिभावक, शिक्षक र बालबालिकाले संस्था संचालन गरेका कार्य सुझाव सहित आआफ्ना धारणा राख्नु भएको थियोे ।
पोखरा महानगर क्षेत्र भित्र स्थानीय समुदायमा आधारित १२ ओटा बाल विकास केन्द्रहरू संचालनमा रहेका छन् । सो संस्थाले बालविकास केन्द्र स्थापना र दैनिक केन्द्र संचालन ,बालविकासका लागि पोषण ,अभिभावक सचेतना कार्यक्रम ,बालविकास सहजकर्ताहरूको तालिम,बालविकास केन्द्र मर्मत सम्भार र पुनःनिर्माण ,बालबालिका विधालय भर्ना सहयोग कार्यक्रम , स्वास्थ्य सेवा कार्यक्रम ,सामुदायिक विकास परियोजना , जलवायु उन्थानशिलता तथा अनुकुलन कार्यक्रम दिवस समारोह सम्बन्धि विशेष कार्यक्रम ,नागरिक समाजका संस्था र सञ्जाल संगको समन्वय र सहकार्य लगायतका काम गर्दै आइरहेको छ।

साधारण सभामा महासचिव श्यामनाथ कुवरको प्रगति प्रतिवेदन र आगामी वर्ष संचालित कार्यक्रमहरूको कार्य योजना प्रस्तुत गरिएको थियो भने कोषाध्यक्ष निरमाया गुरूङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । आगामी आर्थिक वर्ष २०८३र८४ का लागि प्रस्तावित कार्यक्रमहरूमा बाल विकास कार्यक्रम, विद्यालय भर्ना कार्यक्रम, जलवायु उत्थानशिलता तथा अनुकुलन कार्यक्रम र संस्थागत विकास रहेका छन् । जसका लागि अनुमानित २ करोड २० लाख लागत लाग्ने अनुमान गरिएको छ । दुवै प्रतिवेदन उपर छलफल पश्चतात सर्वसम्मत पारित भएको कार्यकारी निर्देशक शिवराज शर्माले जानकारी दिनु भयो ।

कार्यक्रममा पोखरा महानगरपालिका९ ७ का अध्यक्ष राममोहन आचार्य, पोखरा महानगरपालिका९ १७ का वडा सदस्य बिक्रम गुरूङ, पोखरा मनपा वडा ९२५ का सदस्य कृष्णबहादुर कुँवर, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन ९रेवान० पोखराका अध्यक्ष बसन्त गौतम, पोखरा महानगरपालिका स्वास्थ महाशाखाका अधिकृत अर्जुनबहादुर क्षेत्री, जानकी माध्यमिक विद्यालय, महतगौडाका प्रधानाध्यापक अर्जुन कँडेल, गैरसरकारी संस्था महासंघ नेपाल, कास्कीका उपाध्यक्ष सरोजनारायण बराल, संस्थाका कार्यकारी निर्देशक शिवराज शर्मा, लगायतले शुभकामना एवं बालबालिकाको लागि उदाहरणिय र अभिभावकत्व ग्रहण गरेकोमा आभार व्यक्त गर्नु भएको थियो ।

साधारणसभामा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियोे । जस अनुसार रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका अध्यक्ष बसन्त गौतम, धनेश्वर रखाल, बिमल बहादुर कुँवर, कृष्णबहादुर कुँवरलाई सम्मानित हुनु भयो भने जानकी माध्यमिक विद्यालय, महतगौडामा कक्षा १० मा अध्ययनरत समीर चौधरीलाई छात्रवृत्ति प्रदान गरिएको छ।असल छिमेकी सहयोग संघ (गोनेसा) का अध्यक्ष रामप्रसाद सुबेदीको अध्यक्षतामा सदस्य केशकुमारी भुजेल स्वागत र कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नु भएको थियोे ।