राजनीति

पोखरा उद्योग बाणिज्य संघको अध्यक्षमा कार्की बिजयी

पोखरा ३०, भदौ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की बिजयी भएका छन् । आज सम्पन्न भएको मतगणनाबाट कार्कीले १ हजार ३ सय ३९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिष्प्रर्धी अर्जुन पोखरेलले भने ८ सय ५१ मत प्राप्त गरे । पोखरेल प्यानल सहितको टिम चुनावी मैदानमा उत्रिएको थियो भने कार्की अध्यक्षका एक्ला उमेदवारको रुपमा प्रस्तुत भएका थिए । त्यसै गरी उपमहासचिवमा सुदीपमान प्रधानाङ्ग बिजयी भएका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उनले अर्जुन पोखरेल प्यानलबाट प्रतिष्प्रर्धामा रहेका… पुरा पढौ

ऐतिहासिक ओलम्पिक पदक बिजेता पलेशालाई मासिक भत्ता दिने गण्डकी प्रदेश सरकारको घोषणा

पोखरा, भदौ ३० गते पेरिस ओलम्पिक पारा तेक्वान्दोमा नेपाली ऐतिहासिक कास्य पदक बिजेता पलेशा गोवर्धनलाई पोखरामा सम्मान गरिएको छ । गण्डकी प्रदेश तेक्वान्दो संघ र कास्की जिल्ला तेक्वान्दो संघ द्वारा पोखरा रंगशालामा आइतबार आयोजित एक भब्य कार्यक्रमका बिच पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र टिमका म्यानेजर श्याम कृष्ण श्रेष्ठलाई सम्मान गरिएको हो । ओलम्पिक पदक बिजेता पलेशालाई गण्डकी प्रदेश सरकारले नगद १ लाख ५० हजार र पोखरा महानगर पालिकाले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित सम्मानपत्र द्वारा सम्मान गरिएको… पुरा पढौ

साना, मझौला र ठूला व्यवसायी सबैको पीर मर्कालाई बुझेर आएका छौंः पोखरेल प्यानल

पोखरा २८, भदौ, पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन भदौ २९ गते सम्पन्न हुँदैछ । नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल र गोकर्ण कार्की चुनावी मैदानमा होमिएका छन् । पोखरेल प्यानल सहित अगाडि बढ्दै छन् । यसअघि पोखरेलकै समूहमा रहेका पदाधिकारीहरु निर्विरोध निर्वाचित भइसकेका छन् । वरिष्ठ उपाध्यक्षमा उत्तममान बज्राचार्य, उद्योग उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ अर्जुन पोखरेल प्यानलबाट निर्विरोध भएका हुन् । अघिल्लो पटक हार बेहोरेका पोखरेल यसपाली भने… पुरा पढौ

व्यवसायी पलायन रोक्ने पोउवा संघले नै हो ः कार्की

पोखरा २८, भदौ, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले पछिल्लो समय व्यवसायी पलायन बढ्दै गएको बताएका छन् । पोउवासंघको ३५ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै कार्कीले व्यवसायी पलायन हुँदा सटरहरु खाली हुँदै गइरहेको र यसको समाधान संघले गर्न सक्ने बताए । संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदका उम्मेदार समेत रहेका कार्कीले संघ सद्यैं उद्योगी र व्यवसायीको अधिकारका लागि अघि बढिरहेको संस्था रहेको र यसको गरिमा घट्दै गएका कारण त्यसको साखँ जोगाउन समेत अत्यावश्यक रहेको बताए । उद्योगी तथा… पुरा पढौ

सबै व्यवसायीहरु मिलेर अगाडि बढ्न सके पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान संचालन गर्न सकिन्छः उम्मेदवार पोखरेल (अन्तर्वार्ता)

पोखरा २८, भदौ, पोखरा उद्योग वाणिज्य सङ्घका ३५ औं महाधिवेशन आज देखि सुरु हुदै छ । नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल नेतृत्वको प्यानल घरदैलो अभियानमा छन् । पोखरा उद्योग वाणिज्य सङ्घको ३४ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी समेत रहेका पोखरेल वर्तमान कार्यसमितिका केही पदाधिकारी र सदस्यसहित महाधिवेशनको तयारीमा छन् । यसैबीच प्रस्तुत छ, ३५ औं महाधिवेशनको अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलसँग चुनावसँगै समसामयिक विषयमा गरिएको कुराकानीको सम्पादित अंश । पोखरा उद्योग वाणिज्य सङ्घको ३५ औं महाधिवेशनमा नेतृत्वका लागि अध्यक्षको उम्मेदवार हुनुहुन्छ,… पुरा पढौ

किशोर किशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगर प्रमुख आचार्यको निर्देशन

पोखरा, २६ भाद्र , निजी स्वास्थ्य संस्था मार्फत किशोर किशोरी तथा युवा युवतीहरूलाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित गरी विस्तार गर्ने लक्ष्यले सञ्चालित मोमेन्टम परियोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा समन्वयात्मक छलफल गरिएको छ। किशोर किशोरी तथा युवा युवतीहरूलाई गुणस्तरीय परिवार योजना सेवाका अवरोधहरू हटाउने, परिवार योजना पद्धतिलाई परिष्कृत गरी विस्तार गर्ने, परिवार योजना सम्बन्धी संलग्नतालाई दिगो र व्यवस्थित बनाउन सकारात्मक र सक्षम वातावरण तयार गर्ने यसको प्रमुख उद्देश्य रहेको छ। सेवाग्राही–केन्द्रित गुणस्तरीय परिवार योजना… पुरा पढौ

गोकर्णलाई औद्योगिक क्षेत्र र विशाल बजारको साथ दिने आश्वासन

पोखरा २६, भदौ, पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा औद्योगिक क्षेत्रका उद्योगी र विशाल बजारका व्यवसायीले अध्यक्षमा गोकर्ण कार्कीलाई साथ दिने भएका छन् । कार्कीलाई औद्योगिक क्षेत्रका उद्योगि र विशाल बजारका व्यवसायिहरुले कार्यक्रमको आयोजना गर्दै अध्यक्षमा साथ दिने बताएका हुन् । अध्यक्ष पदका उम्मेदवार कार्कीले आफु कुनै गुट उपगुट नबनाइ स्वतन्त्र रुपमा अध्यक्षको पदमा उम्मेदवारी दिएको र उद्योग व्यवसायीको पिडा राम्रो सँग बुझेको बताउँदै सुझावसमेत लिएका थिए । उद्योगि तथा व्यवसायिहरुको सुझाव गुनासोलाई नेतृत्वमा पुगेपछि आफुले समाधान गर्ने प्रतिबद्धता… पुरा पढौ

आर्थिक चुनौतिको सामना गर्न हातेमालो गरौं ः गोकर्ण

पोखरा २५, भदौ, पोखरा उद्योग वाणिज्य संघको ३५ आंैं महाधिवनशनमा अध्यक्ष पदका उम्मेदवारी दिएका गोकर्ण कार्कीले आर्थिक चुनौतिले व्यवसायिहरु मारमा परिरहेको बताएका छन् । संघको अधिवेशन नजिकिदै गर्दा यतिबेला बजारमा चुनावी माहोल बढिरहेको छ । अस्वस्थका कारण घरदैलो अभियानमा हिड्न नसकेका कार्कीले आर्थिक चुनौतिको सामना गर्दै व्यवसाय प्रर्वद्धनका लागि एक अर्कासँग हातेमालो गर्न अत्यावश्यक रहेको बताएका हुन् । आफुले यी सबै पिर मर्का बुझेको र सुत्केरी हुँदाको व्यथा जसरी सुत्केरी हुनेलाई मात्र थाहा हुने बताउँदै बाँकीले बिचरा भन्ने बाहेक अन्य… पुरा पढौ

मुग्लिन–पोखरा सडक छिटो बनाउन मुख्यमन्त्रीको ताकेता

पोखरा २३, भदौ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुग्लिन–पोखरा सडकको काम छिटो गर्न सरोकारावालालाई ताकेता गरेका छन् । गण्डकी प्रदेशको लाईफलाईन रहेको मुग्लिन–पोखरा सडक विस्तार र स्तरोन्नतीको काम सुस्त भएपछि मुख्यमन्त्री पाण्डेले सहज रुपमा सवारी आउजाउ गर्ने गरी छिटो काम गर्न निर्देशन दिएका हुन् । ‘पुर्वी खण्डमा अहिले केही सहज भएको छ, तर पश्चिम खण्डमा काम ढिलो हुँदा सर्वसाधारणले सास्ती पाएका छन’ आईतवार मुख्यमन्त्री कार्यालयमा आयोजित सरोकारवाला विचको छलफलमा मुख्यमन्त्री पाण्डेले भने ‘कुनै समस्या भए हामी सहजीकरण गर्नेछौँ, तर कामको… पुरा पढौ

गण्डकीका मन्त्री थापाको १०० दिन सामाजिक र स्वास्थ्यमा उल्लेखिय सुधार भएको दाबी

पोखरा २३, भदौ, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुुकुमार थापाले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गरेका छन् । २०८१ जेठ १६ गते सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि १०० दिनमा आफुले गरेका महत्वपूर्ण कामका उपलब्धीहरु सार्वजनिक गरेका हुन् । उनको सय दिन २०८१ भदौ २० गते पुगेको हो । सय दिनमा सामाजिक विकास तर्फ र ९६ दिनमा स्वास्थ्य तर्फ भएका कामको फेहरिस्त आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री थापाले सुनाए । प्राविधिक तथा व्यवसायिक… पुरा पढौ