राजनीति

बैंक तथा वित्तीय क्षेत्रको समस्यामा प्रतिफल आउने गरि काम गर्छु ःगोकर्ण कार्की

पोखरा २३, भदौ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार गोकर्ण कार्कीले देशमा अहिले व्यापार÷व्यवसाय गर्ने अवस्था नभएको बताएका छन् । अधिकांश युवा विदेशीने र स्वदेशमै केही गरौं भन्ने युवा समेत बैंक र वित्तीय क्षेत्रमा आएको समस्याका कारण व्यवसाय छाडेर जानुपर्ने स्थिति आएको र यसको अन्त्य गर्नुअत्यावश्कय रहेको बताएका छन् । बैंक, वित्तीय क्षेत्रका समीयाहरुको उचित निकासको लागि नियामक निकायहरुसँग प्रतिफल आउने गरी काम गर्छु’ कार्कीले भने, ।।।हिजो बैंकको चर्को ब्याजरदका कारण आम उद्योगी, व्यापारी, व्यवसायीले निकै कष्ट भोग्नुपरेको छ… पुरा पढौ

पोखरा महानगरपालिका र जापानको होकुतो सहर बिच पर्वतीय नगर मित्रता कायम

पोखरा, २२ भाद्र, पोखरा महानगरपालिका र जापानको होकुतो सहर बिच पर्वतीय नगर मित्रता ९भगिनी सम्बन्ध० कायम भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य र जापानको यामानासी प्रिफेक्चर स्थित होकुतो नगरका नगर प्रमुख एइजी उएमुराले शुक्रवार हस्ताक्षर गर्नुभएको हो । दुवै नगरहरूबिच मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र सम्मानको आधारमा पर्वतीय नगर मित्रता कायम गरिएको पोखरा महानगरपालिकाका नगर प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार दुवै सहरहरूका नागरिकहरू एक अर्काको पर्वतीय भूगोल, संस्कृति र इतिहासलाई सम्मान गर्दै… पुरा पढौ

पोउवासंघ महाधिवेशनः १६ बुँदे प्रतिबद्धता सहित अर्जुन पोखरेल प्यानल व्यवसायीको घरदैलोमा

पोखरा २०, भदौ, पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदै छ । महाधिवेशनबाट नयाँ नेतृत्व आउने भएकाले अध्यक्षमा उम्मेदवारी दिएका अर्जुन पोखरेल प्यानल सहित व्यवसायीको घरदैलोमा पुगिरहेका छन् । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल र गोकर्ण काकी चुनावी मैदानमा छन् । पोखरा उद्योग वाणिज्य संघको ३५ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले अध्यक्षका उम्मेदवार अर्जुन पोखरेल प्यानलसहित १६ बुँदे प्रतिबद्धता पत्र सहित व्यवसायीको घरदैलोमा पुगीरहेका छन् । पोखरेल प्यानलले… पुरा पढौ

लामाचौर कप भलिबल फाइनल ः एपिएफको प्रतिद्धन्द्धी पुलिस र न्यु डायमण्ड

पोखरा २०, भदौ महिलातर्फ एपिएफ र न्यु डायमण्ड तथा पुरुषतर्फ एपिएफ पोउवासंघ महाधिवेशनः १६ बुँदे प्रतिबद्धतासहित अर्जुन पोखरेल प्यानल व्यवसायीको घरदैलोमा पोखराः पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदै छ । महाधिवेशनबाट नयाँ नेतृत्व आउने भएकाले अध्यक्षमा उम्मेदवारी दिएका अर्जुन पोखरेल प्यानलसहित व्यवसायीको घरदैलोमा पुगिरहेका छन् । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल र गोकर्ण काकी चुनावी मैदानमा छन् । पोखरेल प्यानलको १६ बुँदे प्रतिबद्धता पत्रमा केः छ । पोखरा… पुरा पढौ

२६ औं लामाचौर तीज महोत्सव सुरु

पोखरा, १९ भदौ, नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ । महिलाहरुको महान् पर्व हरितालिका तीज अवसर एवं संस्थाको २८ औं वार्षिक समारोहमा लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव सुरु भएको हो । ३ दिनसम्म चल्ने महोत्सवको गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरे । उनले यसप्रकारका मेला महोत्सवले संस्कृतिको रक्षासहित आर्थिक चलायमानमा मद्दत पुग्ने विश्वास लिए । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेशकुमार गुरुङले लामाचौरमा हुने भलिबल प्रतियोगिताले भलिबल खेलको… पुरा पढौ

पोखरा उद्योग बाणिज्य संघमा ४ जना पदाधिकारी सहित ७ जना निर्वीरोध निर्वाचित

पोखरा १८, भदौं, पोखरा उद्योग वाणिज्य संघको पदाधिकारीमा ४ जना निर्विरोध चयन हुनु भएको छ । यसरी सर्वसम्वत निर्वाचित हुनेहरुमा वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बाँस्तोला, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध हुनु भएको हो । मंगलबार उम्मेदवारी फिर्ता र उम्मेदवारको नामावली प्रकाशनको कार्यक्रम रहेको निर्वाचन समिति संयोजक कृष्णमोहन श्रेष्ठले बताउनु भयो । निर्वाचन तालिका अनुसार आइतबार उम्मेदवारी दर्ता भएको थियो भने सोमबार दाबी विरोधको समय दिइएको थियो । उक्त पदमा भने ४ जनको मात्र उम्मेदवारी… पुरा पढौ

शिक्षामा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्छ : मन्त्री थापा

पोखरा १८, भदौं, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्ने बताएका छन् । मन्त्रालयले मंगलबार तनहुुँ जिल्लाको आबुखैरेनीमा आयोजना गरेको वार्षिक विकास अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री थापाले प्रदेश सरकार संस्कार सिकाउने शिक्षामा समेत केन्द्रित रहेको जानकारी गराए । उनले प्रदेशमा भएका विभिन्न जातजातिको भाषालाई संरक्षण गर्न मातृभाषा शिक्षालाई समेत प्राथामिकता राखेको उल्लेख गरे । “हामी नैतिक शिक्षालाई आत्मसात् गर्दै अगाडि बढीरहेका… पुरा पढौ

मन्त्री दीपक मनाङेको राजीनामा स्वीकृत

दीननाथ बराल, पोखरा १७, भदौ, गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) को राजीनामा स्वीकृत भएको छ । आज (सोमबार) अपरान्ह मन्त्री मनाङेले पेश गरेको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सचिवालयले जनाएको छ । सोमबार मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार बिकास तथा यातायात व्यबस्था मन्त्रालयबाट हटाएर वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनु भएको थियो । नेकपा एमालेका ४ जना मन्त्रीलाई आज नै मुख्यमन्त्री पाण्डेले नियुक्ति गर्नु भएको थियो । उहाँहरुको सपथ ग्रहण पश्चात मन्त्री गुरुङ सपथ… पुरा पढौ

गण्डकी प्रदेशमा एमालेका ४ मन्त्रीद्धारा सपथ ग्रहण

दीननाथ बराल,पोखरा, १७ भदौ, गण्डकी प्रदेशमा नेकपा एमालेबाट ४ जना मन्त्रीहरु नियुक्त भएसंगै उहाँहरुले आज नै सपथ ग्रहण गर्नु भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कास्कीका प्रकाशबहादुर केसी, नवलपुरकी पद्मा जिसी (श्रेष्ठ), बागलुङका कृष्ण पाठक र पर्वतका मित्रलाल बस्याललाई सोमबार मन्त्री नियुक्त गरेसंगै सोमबार नै उहाँहरुले सपथ ग्रहण गर्नु भएको हो । उहाँहरुलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको कार्यालयको सभा हलमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण समेत गराइएको हो । प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्रीको उपस्थितिमा पद तथा… पुरा पढौ

व्यवसायीक जीवन रक्षा कर्जा मंसिरबाट सकिदै, गण्डकी प्रदेशमा १ अर्ब ८१ करोड कर्जा प्रवाह

दीननाथ बराल, पोखरा १६, भदौं, गण्डकी प्रदेशमा संचालन भएको व्यवसायीक जीवन रक्षा कर्जा कार्यक्रम चालु आर्थिक बर्षको मंसिरबाट सकिने भएको छ । प्रदेश सरकारले प्रदेशमा १ अर्ब ८१ करोड ३० लाख कर्जा प्रवाह भएको छ । गण्डकी प्रदेश सरकारले कोरोनाबाट प्रभावित भएका उद्योगी व्यवसायीहरुको उत्थानको लागि ल्याएको व्यवसायीक जीवन रक्षा कोष (निब्याजी कर्जा प्रवाह) कार्यक्रम २०७७÷०७८ बाट चैत मसान्तरसम्ममा उक्त रकम बराबरको कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले जनाएको छ । प्रदेशका १ हजार ६ सय ३८ वटा… पुरा पढौ