
दीननाथ बराल,
पोखरा १७, साउन,
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा पर्यटन र कृषिलाई लक्षित गरेर लगानी सम्मेलन गर्ने बताउनु भएको छ । आज (शनिबार) पोखराको वरपिपल रिसोर्टमा आयोजित अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ् गण्डकी प्रदेश समिति गठन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेशमा पर्यटन र कृषिको सम्भावना भएको हुँदा यही वर्ष लगानी सम्मेलन गर्ने बताउनुभएको हो।
गाउँ घरमा हाल बनेको स्थानीय मदिरालाई यही बर्खे अधिवेशनबाट कानूनी मान्यता दिने उहाँले बताउनु भयो । यसको दुरुपयोग भए ब्याकफायर समेत हुन सक्ने भएकोले हाल छलफलमा रहेको उहाँले बताउनु भयो । गाँजा खेतिलाई कानूनि मान्यता दिने बताउदै मुख्यमन्त्री पाण्डेले राईड शेरिङलाई समेत यही महिना पछि कार्यान्वयनमा ल्याउने बताउनु भयो । उक्त राइट सेयरिङ एपमा उद्योगी व्यवसायीहरुलाई लगानी गर्न समेत मुख्यमन्त्री पाण्डेले आग्रह गर्नुभयो। म केही गर्न सक्छु भनेर आत्मविश्वास हुनुपर्ने मुख्यमन्त्री पाण्डेले बताउनु भयो । विदेशको ज्ञान,सीप, पुँजि स्वदेशमा लगानी गर्न उहाँले सुझाव दिनुभयो । विदेशमा बसेर स्वदेशमा रहेकालाई भ्रष्टेशन नगराउन सुझाव दिनु भयो । मिस ईन्फरमेसनले निरासाजनक अबस्थाको मुलुकमा केही भएको तर केही नभएको भनेर नकारात्मक भाष्य खडा गरिएको पाण्डेले तर्क गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडबाट हाल १० अर्ब लगानी भएको बताउदै आवश्यक पर्ने स्थानमा व्यवसाय प्रवर्धनको लागि लगानी गर्न तयार रहेको बताउनु भयो । देशका सातै प्रदेशमा आगन्तुक पर्यटनलाई घुमघाम गर्ने वातावरण मिलाउन सके नेपालमा आउने पर्यटकको बसाई अबधि २० दिन पुर्याउन सकिने दाबी गर्नुभयो। सातै प्रदेशमा पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार र प्रवर्द्धन गर्नुपर्ने उहाँको जोड थियो। देशमा केही पनि हुन नसकेको भन्ने भाष्यलाई विदेश यात्रामा जादा समेत वकालत गर्दै आएको अध्यक्ष ढालले बताउनु भयो । उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञावालीले ६ हजार ४ सय ६० वटा वैदेशिक लगानीमा व्यवसाय सञ्चालन भएको उल्लेख गर्दै ६ अरब लगानी भएको उहाँले बताउनुभयो । नेपालमा धेरै सम्भावना भएको उहाँले दाबी गर्दै आवश्यक कानुनको लागि सहजीकरण गर्ने उल्लेख गर्नुभयो ।उक्त कार्यक्रमले नेपालमा भएको सम्भावनाको उजागर गर्दै लगानी भित्र्याउनको लागि थप उत्साह मिलेको कार्यक्रम संयोजक कृष्णप्रसाद आचार्यले बताउनुभयो ।पोखराका अग्रज पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले राज्यले नीजि क्षेत्रको उचित संरक्षण गर्न नसकेकोले गर्दा धेरै व्यवसायहरु प्लायन हुने अबस्थामा पुगेको बताए ।
विदेशमा रहेकाहरुले स्वयदेशमा आफ्नो कर्तव्य पालन हुने गरी आवश्यक ठाउँमा लगानी तथा सहयोग गर्न आग्रह गर्नुभयो । समाजसेवी एवं पर्यटन व्यवसायी गोमा ढकालले पोखरा र पोखरा आसपास क्षेत्रमा पर्यटनको अथाह सम्भावना रहेको दाबी गर्नुभयो । उक्त कार्यक्रमले नेपालमा भएको सम्भावनाको उजागर गर्दै लगानी भित्र्याउनको लागि थप उत्साह मिलेको कार्यक्रम संयोजक कृष्णप्रसाद आचार्यले बताउनु भयो । महासंघका केन्द्रिय अध्यक्ष स्वतन्त्रप्रताप शाहको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो । विदेशको सिप र कलासंगै पुँजि समेत स्वदेशमा लगानी गर्न आफुहरुले एनआरएनएलाई आग्रह गर्दै आएको महासंघ बागमतीका अध्यक्ष कृष्ण खतिवडाले पोखराक्लिकलाई बताउनु भयो ।







